
नेवार समूदाय तथा काठमाडौँ उपत्यकामा अादीकाल देखी प्रचलित नेपाल भाषामा विश्वकै पहिलो ब्लग (दनेवा: ) सँचालन गर्नु हुने श्री सुवर्ण बज्राचार्यले एनआरएन-जापानको दोस्रो कार्यसमितिमा कोषाध्यक्ष पदका लागी उम्मेदवारी दिनु भएको छ।
जनआन्दोलन-२ को पूर्वसँध्यामा टोक्योमा आयोजित लोकतान्तृक जुलुस प्रदर्शनमा सक्रिय सहभागी श्री सुवर्ण बज्राचार्य लोकतान्तृक वृतमा सुपरिचित तथा लोकप्रिय व्यक्तित्व हुनुहुन्छ। लामो समय जापानमा बिताउनु भएका सुवर्ण बज्राचार्यज्यूले विभिन्न साँस्कृतिक तथा धार्मिक कार्य मार्फत बुद्ध दर्शन र नेपाललाई जापानका मित्रहरु समक्ष जहिले पनि सुव्यवस्थित ढँगले प्रस्तुत गर्दै आउनु भएको छ। उहाँका सकृयताकै कारण धेरै जापानीजहरु नेपाल र बौद्ध दर्शनका तर्फ आकर्षित भएको कुरा नजिकका स्रोतले बताएका छन। नेपाललाई विश्वसामू चिनाउन पहिले देखि सकृय श्री सुवर्ण बज्राचार्यको सहभागतिाले एनआरएन आन्दोलन झन बलियो हुने विश्वास अधिकाँशले लिएका छन।
लोकतान्तृक मित्र श्री राम कुमार बस्नेतका साथै, श्री सुवर्ण बज्राचार्यको पनि उम्मेदवारिताले बौद्धिक, लोकतान्तृक तथा प्रखर युवाहरु एनआरएनको साझा उद्देश्यलाई सफल पार्न कटिबद्ध देखिन्छ। श्री सुवर्ण बज्राचार्यलाई अत्याधिक बहुमतले विजयी गराउन हुन सबैमा हार्दिक अपिल गर्दछु।
No comments:
Post a Comment