Saturday, May 10, 2008

वेलु थापामाथि किन आक्रमण?

सुरेश परिवर्तन
अप्राकृतिक, अनैतिक र मन्डले गठनबन्धनका कारण मात्र बेलु थापालाई एनआरएन-जापानको चुनावमा हराईएको छैन। वेलुजीका सकृयता, फ्राड मन्डलेलाई अन्तर्राष्ट्रिय समितिमा पुग्नबाट रोक्न उहाँले खेल्नु भएको भूमिका र एनआरएन जापानमा लोकतान्तृक प्रवृतिलाई सँस्थागत गर्न उहाँले समय खर्चिनु भएपछि धेरै मन्डलेहरु तिलमिलाएका थिए। फलस्वरुप, जसरी हुन्छ वेलु थापाजीलाई एनआरएन जापानमा निर्वाचित हुन नदिन फ्राड मन्डले लगायत उनका हितैषी, शुभचिन्तक(?) प्रगतीवादी मन्डलेहरु लागेका थिए। चुनावको अघिल्लो दिन वेलु थापाजी माथि कसले आक्रमण गर्ने खोज्यो? राष्ट्रिय सँयोजक भईरहेका व्यक्तित्वलाई हात भाँच्छु, खुट्टा भँाच्छु भन्ने गुन्डा-‍मन्डले‍-असामाजिक तत्व को हो? त्यसको निर्क्योल अझै हुन सकेको छैन। यस्तो अवस्थामा राष्ट्रिय सँयोजक बेलु थापाले "महासचिव"का लागी भोट मागे भन्ने मन्डले प्रचारले के देखाउँछ भने वेलु थापालाई बदनाम गर्न सयौँ स्वयमसेवक परिचालन गर्न सक्ने प्रगतीवादी मन्डलेहरुले नै केही गुन्डा-मन्डले-असामाजिक तत्वहरुलाई परिचालन गरेका थिए। मन्डले नियन्त्रित निर्वाचन आयोगले हुँदै नभएको "महासचिव"पद मतपत्रमा लेख्नु र केही गुन्डा-मन्डले-असामाजिक तत्वले "महासचिव"का नाममा बेलुजीका लागी भोट माग्नु के सँयोग मात्र हो त? अहँ , कदापी होईन। यसले के देखाउँछ भने मतपत्रमा "महासचिव" लेख्ने तत्वहरुले नै बेलुजीका लागी "महासचिव"पदमा भोट मागेका थिए। चुनावका अवधिमा जसरी हुन्छ मतदातालाई भ्रमित गर्न र वेलुजीका भोट काटन केही मन्डलेहरु निर्वाचन आयोगसँग साँठगाँठ गर्दै लागेका थिए भन्ने यसले प्रमाणित गर्दैन र? 

लान्छनाको शृँखला
बेलु थापालाई आक्रमण गर्ने तत्वहरु अहिले मात्र सक्रिय भएका होईनन। एनआरएनको चुनाव त ए्उ्टा बहाना मात्र थियो। जसरी महेश श्रेष्ठलाई लोकतन्त्रको नेतृत्व गरेकोमा बदला लिईन खोजिएको छ, एनआरएनको चूनावलाई ्उ्पयोग गर्दै वेलु थापामाथि पनि ्उ्हाँको गणतन्त्र प्रतीको प्रतिबद्धताका कारण अाक्रमण गरिएको हो भन्ने यो पँक्तिवार विश्वस्त छ। धेरै लोकतन्त्रवादीहरुलाई नपच्ला, तर कुरा सत्य हो हिजो लोकतान्तृक आन्दोलनका वेलामा गणतन्त्रका लागी अभिमत वना्््उ्ने अरु कोही थिएनन, वेलु थापा नै थिए। लोकतान्तृक समूहमा पसेका मन्डलेहरुका गुप्तचर तथा दलालहरुले त्यसवेला वेलुजीका अभिव्यक्ती सुने पश्चात आफ्ना मालिक तथा मन्डले राजदूतावासमा जापानको माओवादीका नेता वेलु थापा हुन भन्ने जना्उ् दिने गर्दथे।

विगतका यी प्रचारलाई हेर्ने हो भने, वेलु थापा माओवादी हुन या होईनन भन्ने कुरा बेलुजीलाई भन्दा फ्राड मन्डले, प्रगतीवादी मन्डले र यीनका समूहलाई धेरै थाहा हुन सक्छ । किनभने हिजो ज्ञानेन्द्रको सत्ता रहेका बखत जब सिधा-सादा नेपालीहरुलाई माओवादीका नाममा एकलासमा लगेर गोली ठोक्ने प्रचलन थियो, त्यसवेला जापानमा धेरै जसो मन्डलेहरु यस पँक्तिकारका साथ-साथै वेलु थापालाई पनि माओवादी हो भन्ने गर्थे। आफ्ना राजनैतिक आस्था विपरीत जबर्जस्ती लेबलिँग गरिँदा हामीले स्पष्ट भनकेा थियौँ, "हामी माओवादी होईनौँ तर माओवादीको विरोध गर्दैनौँ किनभने यो समस्या राजनैतिक समस्या हो।" त्यसवेला जापानका केही प्रमूख मन्डलेहरु भने, " लौ, न नी! माओवादीहरुले आफुलाई माओवादी होईनन भन्छन, के सुन्नु परेको यो भन्दै हिँडथे।" "वाईसीएल र उन्नत नेपाल"लाई बेलुजीले समुद्रपारीमा स्थान दिनु हुँदा पनि यी मन्डलेहरु भन्दै थिए,"लौ हेर, यी दौँतरी अब वाईसीएल बनेछन।" तर, अहिले आफ्ना नेता ज्ञानेन्द्र धरासयी भएपछि राष्ट्रवादको मखुन्डो अोढन बाध्य भएका मन्डलेहरु भन्दैछन, "तिनीहरु कहाँ माओवादी हुन र?"

जापानका माओवादी देखि नेपालका वाइसिएल सम्मलाई थाहा छ, हाम्रो उक्त पार्टी र भातृसँगठन सँग कुनै सँबन्ध छैन। विचार र अभिमत व्यक्त र प्रसारका बखत राजनैतिक पार्टीका कुनै भातृसँस्थाको राम्रो कामको प्रशँसा गरिन सक्छ। यस्तै कुनै वेला पार्टीका नेता देखि कार्यकर्तासम्मका गलत प्रवृतिको विरोध पनि गरिन सक्छ। सचेत नेपालीहरुले गर्ने काम भनेको निस्वार्थ मुल्याँकन नै हो। कसैले राम्रो मुल्याँकन गर्ने बितिक्कै उता ढल्क्यो भन्नु मेरो हिसाबले अपरिपक्व सोचको सूचक हो। मन्डलेहरु त अपरिपक्व छँदैछन, केही लोकतान्तृकहरु पनि अपरिपक्व निष्कर्षमा पुग्न हतारिन्छन। फलस्वरुप, कुनै वस्तुगत आधार विना लान्छना लगाउने चलन त छँदैछ, त्यसको साथै ठूलो डरलाग्दो कुरा भने असहज परिस्थितीमा गरिन खोज्ने भिक्टीमाईजेशन नै हो। अहिले हेर्नुस, कसैले भन्छन हामीलाई माओवादी? मैले सुनेँ अनुसार त मानव-तस्करीमा सँलग्न, फ्राड, माफिया तत्वहरु आफै राष्ट्रवादको मुकुन्डो अोढदै माओवादीतिर ढल्कँदै छन रे। 

कस्ले गर्छन यस्तो काम?
एनआरएन-जापानको देखिएको करौडौँको चलखेल, राजनैतिक पार्टीका पावर ब्रोकरहरुले गरेका अनैतिक, अपवित्र र अराजनैतिक गठबन्धनले स्पष्ट रुपमा एउटा सँकेत दिएको छ। त्यो हो, जापानमा मानव तस्कर-फ्राड-माफियाहरु आर्थिक रुपमा निक्कै सम्पन्न भईसकेका छन। अवैध तरिकाले कमाएको धन भएकाले नै हो यिनीहरुलाई सामाजिक सँस्थाको चुनावमा पैसा खर्च गर्न कुनै कठीनाई नभएको । धनको बलमा मान्छे परिचालनको नमूना एनआरएनको दोस्रो अधिवेशनमा देखिसकेपछि, आफ्ना कु-कृत्यका विरोध गर्नेहरु माथि परिस्थिति अनुसार माओवादीको "लेबलिँग" लगाउने काम यीनै व्यक्तिहरु गर्दछन भन्नेमा अब कुनै शँका छैन। राष्ट्रिय मानव तस्करहरुलाई निगरानीमा राख्ने घोषणा गरेका माओवादीहरुका यस्ता भ्रामक काममा लाग्ने अन्तर्राष्ट्रिय मानव तस्कर गिरोह, फ्राड र माफिया तत्वहरुका वारेमा के धारणा छ? सुन्न उत्सुक छु।

No comments: