
आफ्नै अभिनय शैली बोकेका नाना पाटेकर बलिउडका प्रतिभाशाली अभिनेताहरुमा एक मानिन्छ। अर्का तर्फ छन फरदिन खानका पिता तथा कुर्बानी जस्तो ट्रेन्ड सेटिँग सिनेमाका निर्देशक तथा अभिनेता फिरोज खान। मनमा ईच्छा थियो फिरोज भाई र नाना पाटेकर सँगै कुनै एक सिनेमामा हेर्ने। त्यो ईच्छा पुरा गर्यो ब्लकबस्टर वेलकमले। कथावस्तुका हिसाबले वेलकम हाँस्य प्रधान सिनेमा हो। उदय शेट्टीका रुपमा रहेका नाना पाटेकर आफु डन-माफिया भएता पनि आफ्नी बहिनीको बिहे आपराधिक काममा असँलग्न परिवारमा गर्न चाहन्छन। उता डा. घुँघुरुका रुपमा रहेका परेश रावल आफ्ना भान्जा अक्षय कुमारको वैवाहिक सँबन्ध एकदम शरीफ खानदानमा गर्न चाहन्छन। घटनाक्रमले मोड लिँदा अक्षय कुमार र नाना पाटेकरकी बहिनी केटरीना कैफ बिच प्रेमको टुसा पलाउँछ र दुबै कुनै हालतमा विहे गर्ने निर्णयमा पुग्छन।
नाना पाटेकरको आपराधिक गतिविधि थाहा पाएका परेश रावल भने नाना पाटेकरले अपराधको जीवन त्यागेमा मात्र उनकी बहिनीलाई आफ्नो भान्जी बुहारीको रुपमा स्विकार्ने घोषणा गर्छन। प्रेम प्रसँग र अभिनयको लोभ देखाउँदै नाना पाटेकरलाई आपराधिक जीवनबाट विमुख गर्ने प्रयासको आरडीएक्सका भूमिकामा रहेका फिरोज खानका फिल्मी छोराले विरोध गर्छ र हात हालाहालको स्थितीमा फिरोज खानका फिल्मी छोरालाई घाँटीमा गोली लाग्छ। छोरो मर्यो भन्ने खबरले सुपरमाफिया फिरोज खान ईटालीबाट आउँछन अनि पछि सत्य तथ्य पत्ता लगाउँछन। आफ्नै मान्छेले छोरोलाई गोली हानेको कुराले फिरोज खान क्रुद्ध हुन्छन । त्यसपछि भएभरका विरोधीहरुलाई एउटा पहाडको टुप्पोमा रहेको काठे घरमा बोलाउँछन र मृत्युको खेल खेलाउँछन। त्यतिनै बेला पहिले सो घर भत्काउन आउँदा पिटाई खाएका नगरपालीका कर्मचारी आउँछन र काठको घरलाई पहाडको टुप्पोबाट तल धकेलिदिन्छन। कुनै कर्मचारी सोध्छन, "होईन हजुर, यसो गर्दा त सबै जना मर्छन नी।" त्यसवेला उक्त कर्मचारी भन्छन," सब सालाहरु अपराधी हुन। धकेलीदिए हुन्छ सबलाई, अनि हेर हामीले कति पुरस्कार पाउँछौँ।" हाँस्य भन्दा विडम्बना धेरै छ यो सीनमा। किनभने त्यो घरमा अपराधिलाई सुधार्ने क्रममा भएको दुर्घटनाका कारण अर्का खुँखार अपराधीका हातबाट सजाय पाउन लागेका सुधारवादी प्रेमी-प्रेमीका दुबै छन। तर, बाहीरिका नजरमा भने त्यो घर पुरै अपराधीको घर बनेको छ।
एउटै घरमा अपराधी र अपराधीलाई सुधार्ने व्यक्तिहरु हुन सक्छन जसरी समूद्रमा मोतीका साथ-साथै कुडा-कर्कट । तर, भित्री कुरा बाहिरकाले थाहा पाएका छन भन्ने हुँदैन। बाहिरकाहरु हेर्छन यहाँ भेला छ, भेलामा केही माफिया छन र केही अपराधिहरु छन। माफिया र अपराधिहरुसँग बस्नै सबै अपराधी नै हुन्नछ। लिटिल नलेज ईज डेन्जरस थीँग भन्छन नी। हो त्यस्तै हो, आफ्नो काममा लागेका कर्तव्यनिष्ठहरु पनि लिटिल नलेजमै बस्छन अनि तुरुन्तै निर्णय दिन्छन "साला! सब अपराधी हुन।"
वेलकमको अन्तिमतिरको यो दृश्यमा हाँस्यलाई चम्काउन घर भत्किनु जरूरी देखिन्छ यदि पटकथाकार र निर्देशनको परिकल्पनालाई हेर्ने हो भने। तर, उनले आफ्नो कथाको माग अनुसार राखेको मोडले भने जबर्जस्त सामाजिक सन्देश दिएको छ। त्यो सन्देश यो ठाँउमा चाहिन्छ वा त्यो ठाँउमा चाहिन्छ भनेर म भन्न सक्दिन। तर, मेरो विचारमा हाम्रा केही सामाजिक सँगठनहरुमा रहेकाहरुले भने यो सन्देश बुझ्नु पर्छ। हामी छौँ, हाम्रो बहुमत छ, हामीले गर्न सक्छौँ, हामीले थप्न सक्छौँ, हामीले काम गर्न सक्छौँ भन्नेहरुले बुझ्नु पर्छ, हामी-हामी भन्ने चक्करमा अरु कसैले "तिमीहरु साला! सब एक हो" भनेर नभनोस।
वेलकम, एभरीवडी कम वेलकम
वेलकम टु द पार्टी कम वेलकम
ह्याज एनोदर गर्ल फर एभरीवन
वेलकम वेलकम वेलकम
No comments:
Post a Comment