Sunday, May 4, 2008

उपेन्द्र महतो बहुलाउने दिन

सुरेश परिवर्तन


आज मे ४ तारिखका दिन एनआरएन जापानको दोस्रो राष्ट्रिय अधिवेशन हुँदैछ। पहिलो कार्यसमितिका कार्य तथा प्रगती विवरणका साथै दोस्रो कार्यसमितिको पनि चुनाव आज नै हुने सँभावना देखिन्छ। सँबध्द स्रोतका अनुसार आजका अधिवेशनमा सहभागी हुनका लागी लगभग २००० गैर-आवासीय नेपालीले आफ्ना नाम दर्ता गराएका छन। कुनै अधिवेशनमा यतिको सँख्यामा नेपालीहरु जम्मा हुनु भनेको मेरा लागी निक्कै खुशीको कुरा हो। तर, एनआरएन अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा. उपेन्द्र हिराचन (सरी महतो) यो कुरा मान्न तयार हुनुहुन्छ जस्तो मलाई लाग्दैन। पहिलो कारण; डा. उपेन्द्रले जीवनमा कहिले वास्तविक चुनाव भोगेका छैनन। पैसाको चकाचौधमा, "मालिक! हजुर अध्यक्ष हुने हो भने, हामी जीवनभर हजुरलाई छोडने छौँ।" भन्नेहरुका जमात मात्र उहाँले भेट्टाउनु भएको छ। डा. उपेन्द्रको ईशारामा अधिकाँस एनआरएनहरु लम्पसार पर्छन। तर, धनुषाका सलिड मधेशीहरु भने लम्पसार पर्दैनन। किनभने, यदि, डा. उपेन्द्र साँच्चिकै मधेशी धर्तीपुत्र (सन अफ द स्वाईल) भएका भए त, साला महासेठले अवश्य चुनाव जित्नु पर्ने थियो नी। हैन र?

साँच्चिक्कै भन्ने हो भने, डा. उपेन्द्र महतोले जीवनमा कहिले ११०० भोट ल्याएर चुनाव जितेका छैनन। तर, भोली एक सच्चा नेपाली भने करीब ११०० सय भन्दा बढी भोटका साथ एनआरएनका चुनावमा जित्दै छन। अब, डा. उपेन्द्र महतोले गर्न नसकेको कामलाई फत्ते गर्न सकेका नेपाली सुपुत्रलाई हामीले के भन्ने? 

व्यक्तिगत रुपमा बढदो सहभागीताले म वास्तवमै धेरै खुशी छु। किनभने पछिल्लो वर्ष, एनआरएनकै चुनावका बखत हामी अधिकाँश लोकतान्तृत मित्रहरुले सयौँको सँख्यामा मतदानका लागी उपस्थित हुँदा त्यसवेलाका मन्डले प्रत्यासीहरु धेरै हतप्रभ थिए। एकाधले मलाई सुनाएका पनि थिए, " पहिले एनआरएनमा आओ भनी मान्छे खोज्नु पर्थ्यो, अहिले त आकाशबाट माछा बर्से झैँ पो आएका छन।" उक्त मन्डले मित्रले आफ्नो हातबाट सँगठन चिप्लिने डरका कारण नै त्यसो भनेका थिए। तर, यसपाली, खै मन्डले मित्रले के भन्लान, कुन्नी ? सुन्नका लागी उत्सुक छ। जे होश, डा. उपेन्द्र महतोले सँविधान सभामा विदेशिएका नेपालीहरुलाई मतदानको व्यवस्था गर्ने ढोँग जति पिटे पनि, उनले हामीलाई त्यो मताधिकार कहिले दिलाउन सकेनन। फलस्वरुप, आज जापान भरिकै नेपालीहरु एक ठाँउमा भेला हुँदै मतदान गर्दै छन र डा. उपेन्द्रलाई सम्झाउँदै छन, " भैया, कर नहीँ सकते तो, बोलते क्योँ हो?"। अब, आफुले जीवनमा कहिले ल्याउन नसकेको जति भोट ल्याएर एनआरएनमा चुनिने, आफुले दिन नसकेको मताधिकारलाई गिज्याउन नेपालीहरु सबै एकै ठाउँमा भेला हुन्छन भने, त्यो दिनलाई महतो बौलाउने दिने नभनेर के भन्ने?

No comments: