Friday, May 30, 2008

ज्ञानेन्द्र शाह नारायणहिटीमा नै छन : गृहमन्त्री सिटौला

गृहमन्त्री कृष्णप्रसाद सिटौलाले ज्ञानेन्द्र शाह नारायणहिटीबाट बाहिरिएको भन्ने खबरहरुको खण्डन गर्दै सरकारसँग आवश्यक समन्वयपछि मात्रै उनी बाहिरिने बताउनुभएको छ।
सात दलीय कार्यदलको बैठकमा भाग लिन सिंहदरबार पुगेका गृहमन्त्री सिटौलाले संचारकर्मीसँगको कुराकानीमा ज्ञानेन्द्र नारायणहिटी दरबारमै रहेको बताउनुभयो । पूर्व राजा ज्ञानेन्द्र निजी निवासमा बसे पनि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकार तयार रहेको सिटौलाको भनाइ थियो । यद्यपि दरबारमा रहेको मात्रामा सुरक्षा प्रबन्ध अब नरहने उहाँले स्पष्ट गर्नुभयो ।
यसअघि केही संचार माध्यमले पूर्व राजा ज्ञानेन्द्र शाह र परिवार गएराति नै नारायणहिटी दरबारबाट महाराजगञ्जस्थित निर्मल निवास सरेको समाचार प्रकाशन प्रसारण गरेका थिए । पूर्व युवराज्ञी हिमानी रात्रीभोजका लागि नारायणहिटी गई राति १२.४५ बजेतिर निर्मल निवास फर्केको स्रोतले जनाएको छ।
यद्यपि नारायणहिटीबाट सेनाको हरियो रङ्गका केही ट्रक, पिकअप भ्यानले शाह परिवारका सामान निर्मल निवासमा सारिए दरबारले यसबारे सरकारलाई आवश्यक जानकारी नदिएको बताइएको छ ।

No comments: