Friday, May 2, 2008

धनको प्रभाव


सुरेश परिवर्तन

एनआरएन-अहिले चुनावी माहौलले प्रभावित छ। नेपाली समूदायका विभिन्न पेशा-समूह र क्षेत्रबाट अहिले नेपालीहरु आ-आफ्ना उम्मेदवारीता घोषणा गर्दै छन। जापानमा बन्दी जीवन बितारहेका दु:खी नेपालीहरु देखी लिएर अन्य पिडित र उत्पिडित नेपालीहरुलाई पनि सहयोग गर्ने कुरामा उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेका कुरा सुनिन आएका छन। चुनावी अभियानमा व्यक्त भावनाहरु नराम्रा छैनन। मतदातालाई प्रभावित गर्न र आफ्नो पक्षमा मत खसाल्न उम्मेदवारहरुले आश्वासन दिनु राम्रै कुरा हो। तर, एनआरएनमा आवद्ध भयो भन्दैमा "अो हो, बाबु पनि एनआरएन!" भन्ने उदगारका साथ ईष्टमित्रहरुबाट उच्च सम्मान पाएँ भन्ने कुरा भने अलिक वाहियता नै लाग्यो। किनभने, सँसदद्वारा पारित "एनआरएन विधेयक"ले २ वर्ष भन्दा बढि नेपाल बाहिर बसेका सबै नेपालीलाई गैर-आवासीय नेपालीको दर्जा दिएको छ । यसको सीधा अर्थ हो, खाडीमा श्रमिक नेपाली देखि अमेरिकामा प्रोफेसर सबै नेपालीहरु ए्््उ्टै दर्जामा छन। तसर्थ, सम्मानको कुरा साँचो हो भने त्यो हाम्रा खाडी क्षेत्रमा कार्यरत श्रमीक साथिहरुले पनि पा्उ्नु पर्ने हो नी। तर, व्यवहारमा ्््उ्हाँहरुले कहिले त्यो सम्मान पा्््उ्नु भएको छैन। आफ्नै पैसा ितरेर हवाई यात्रा गर्दा खेरी पनि ्््उ्हाँहरुले मानवोचित व्यवहार पाएका छैनन। यसले के देखा्उ्ँछ भने या त केही नेपालीहरु एनआरएन बन्ने प्रावधानसँग परिचित छैनन या त ्उ्हाँहरुले डा. ्उ्पेन्द्र महतोलाई मात्र एनआरएनको ठेकेदार रुपमा देख्नु भएको छ र एनआरएनका रुपमा डा. महतोका आज्ञापालक, चाटुकार, चम्चा र सेवकहरुलाई मात्र देख्ने गरेका छन। 

धनपति डा. उपेन्द्र महतोको एनआरएनले हालसम्म पनि लाखौँका सँख्यामा रहेका नेपालीहरुलाई उपेक्षा गर्दै आएका छन। धनपतिहरुले मात्र चुनाव लडन र जीत्न सकोस भन्ने उहाँहरुको आशयका कारण द्रुततर गतीमा विकास भईरहेको सुचना-प्रविधीको कुनै प्रयोग नगरीकन नेपालमै चुनाव गर्ने रणनीति उहाँहरुले बनाउनु भएको छ। फलस्वरुप, एनआरएनको अन्तर्राष्ट्रिय समिति देखि लिएर विभिन्न राष्ट्रिय समितिहरुमा "गाँठवाल"हरु मात्र चुनाव लडन सक्षम भएका छन। एनआरएन जापानको वर्तमान चुनावमा पनि अध्यक्षमा लडनेले पचास हजार येन (करीब ५०० डलर) धरौती राख्नु पर्ने प्रावधान छ रे। सामाजिक कार्य गर्ने सँस्थाको चुनाव लडन किन पैसा चाहिने? के सामाजिक कार्य विना पैसा गर्न सकिन्न र? यस चुनावमा प्रत्यासी सबै मित्रहरुले यस प्रश्नको जवाफ दिनु आवश्यक छ। 

सरकारद्वारा पारित एनआरएन विधेयकको ठुलो अपव्याख्यामा अहिले हामी अधिकाँश लागेका छौँ। प्रतिस्पर्धी सँगठन नहोस भन्ने हेतुले डा. उपेन्द्र महतो र उहाँका सहयोगीहरु आफु सँबद्ध सँस्थालाई नै असली एनआरएन सँगठन हो भन्ने देखाउन चाहनु हुन्छ। पैसाको खोलो बगाई, नवधनाढ्यहरुको चकाचौध र ग्लेमरको प्रदर्शनमा त्यसैकारण उहाँहरु लाग्नु भएको हो। अर्कोतर्फ, यस अपव्याख्यामा हामी पनि सँलग्नु हुनुको कारण भने हामीसँग समयको अभाव नै हो। दिनको १२ घन्टा भन्दा बढी जोतिनु पर्ने अवस्थाका हामी धेरैलाई कफी-बियर-ह्विस्की गफमा रम्दै धन्दाको प्रवर्धन गर्न फुर्सद छैन। फलस्वरुप, हामी अहिले असँगठित छौँ र डा. उपेन्द्र महतोकै जस्तो अर्को सँस्था खोलेर नेपालमा दर्ता गर्न सकेका छैनौँ। हो, हाम्रै कमजोरीका कारण हो हामी सबैले "ल, ठीकै छ, बनिसकेको सँस्था छ, त्यसैमा लागौँ"भनेर एनआरएनका कृयाकलापमा सरीक भएका हौँ। 

तर, हाम्रा कमजोरी सधैँ यस्तै रहन्छ भन्ने छैन। खाडी क्षेत्रका लाखौँ नेपालीहरु, मलेशियाका लाखौँ नेपालीहरु, बेलायताका हजारौँ नेपालीहरु र अमेरीकाका लाखौँ नेपालीहरुका समस्यालाई सँबोधन नगर्ने हो, हामीहरुलाई सँगठनमा प्रवेश गर्नबाट अनेकौँ राजनैतिक तिकडम गर्ने, आरोप लगाउने र होच्याउने जस्ता कामहरु गर्ने हो भने हामी सबै नेपाली धनपति वर्गको एनआरएन भन्दा छुट्टै अर्को एनआरएन खोल्न सक्छौँ। विदेशका नेपालीहरुलाई एकजुट गर्छौँ भन्ने प्रतिबद्धता बोकेका विद्वान उम्मेदवारहरुको के बिचार छ? के एनआरएनलाई धनको प्रभावबाट मुक्त गर्न उहाँहरु सक्षम हुनुहुन्छ?

No comments: