
साठी वर्ष काटे पछि हिन्दी चलचित्रका बिग बी अमिताभ बच्चन अहिले मजाले ब्लगिँग गर्दैछन(अमिताभको ब्लग)। दुई हप्ता अगाडी बिहारी भाई शत्रुधन सिन्हालाई दनक दिएका अमिताभले यसपाली भने किँग खान शाहरुखद्वारा सँचालित "पाँचवी पास"का सँबन्धमा टिप्पणी गरेछन। ठुल्ठुला अभिनेताहरुले सँचालन गरेका टेलिभिजन कार्यक्रम पनि किन असफल हुन्छन भन्ने अमिताभको सोधाई रहेछ आफ्ना ब्लगका पाठकहरुका लागी। तर, भारतका पत्रकारहरुलाई यो नै ठूलो स्कूप भएछ र घेरीहालेछन शाहरुख खानलाई। पत्रकार लगायत मिडियाका विभिन्न अँगलाई गुड ह्युमरमा राख्न सफल शाहरुखले पनि यसपाली भने चलाखीपूर्ण तवरले जवाफ दिएछन। खाडी मुलुकमा एउटा कार्यक्रमका दौरान अमिताभलाई दर्शक दिर्घा भन्दा निक्कै पछाडी राख्दा उनका मित्र अमर सिँह (जो आजकाल भारतमा "अमरसिँहकी अमर कहानी"का कारण प्र(कू)ख्यात छन)ले आयोजकसँग वादविवाद गर्दा स्वयम शाहरुख खानसँगै झगडा परेछ। बलिउडमा किँग खान र बिग बी का बिचमा शितयुद्ध त्यसबेला देखी नै शुरु भएको हो।
आमिर खान (आमिरको ब्लग)पश्चात शायद अमिताभ नै होलान जस्ले ब्लगका मार्फत आफ्नो अभिनय, टेलिभिजन कार्यक्रमहरुका सँबन्धमा भारतेलीहरुसँग सीधै सम्पर्क गर्दैछन। यस पँक्तिकारले पनि अमिताभको एउटा पोस्टिँगमा (जहाँ उनले महाराष्ट्र नवनिर्माण सेनाका राज ठाकरेका विरुद्ध केही लेखेका थिए) आफ्नो टिप्पणी राखेका थिए, तर सयौँ कमेन्टका बिचमा खोज्नै सकिएन।
अर्कातर्फ, अमेरीकामा एउटी धम्मरधूस महिला जेनेट फुल्दा उर्फ पास्ता क्वीनले आफ्नो चाकलाई करीब आधा-आधी पार्ने प्रकृयामा ब्लग लेखनका साथ-साथै एउटा पुस्तक पनि निकालेका रहेछन। १७० किलोग्रामको आफ्नो शरीरलाई ८४ किलोग्राममा ढाल्ने क्रममा आफ्ना अनुभवलाई ब्लगमार्फत पाठकहरुसँग पस्कँदा यिनी निक्कै लोकप्रिय बनेकी रहिछन। अर्गानिक खाना, सेक्स विद योगा र शारीरिक अभ्यासका विभिन्न कठीन कोर्श गर्नुको ठाउँमा यीनले पालीस नगरेका अन्न, सागसब्जी र बोसो रहित मासु खाँदै आफ्नो तौल घटाएकी रहिछन। तर, तौल घटाउने क्रममा आफुले लेख्ने गरेको ब्लगले निक्कै अनुशासित हुन यीनलाई मद्दत गरेको रहेछ। शारीरिक रुपमा तन्दुरुस्त रहने हो भने स्थिर रहनुको साटो निक्कै क्रियाशील हुनु पर्छ र तौल घटाउनु पर्छ भन्ने यीनको धारणा वास्तवमै सही धारणा हो जस्तो मलाई लाग्छ। जेनेट पास्ताक्वीन फुल्दाको ब्लग र पुस्तक यस साईटमा भेट्टाउन सकिन्छ; (हाल्फअफमी)
No comments:
Post a Comment