Monday, May 5, 2008

समाजमा घुसेका साँपहरु


सुरेश परिवर्तन

प्रकृतिविदहरु विषालु सर्पमा धेरै फाईदा देख्छन। सर्पले जमिनलाई मलिलो बनाउनु त छँदैछ, यदि यिनका विषलाई सही उपयोग गर्ने हो भने अर्बुद जस्ता भयँकर रोगका लागी औषधी बनाउने सकिन्छ भन्ने विचार पनि यदाकदा सुनिएको हो। तर, जनमानसिकतामा सर्प जहिले पनि एउटा डरको विषय बनेको छ। "सर्पलाई टाउकोमै हान्नु पर्छ," "सर्पलाई दुध ख्वाएर आफ्नो बनाउन सकिन्न," "सर्प सँग मित्रता हुँदैन" यावत कुराहरु हामी धेरैका मानसिकतामा प्रवेश गरेका कुरा हुन। किसानका लागी गुणी साँप, बैज्ञानिकहरुका लागी पनि गुणी छन। तर, जनमानसमा भने सर्पको एउटै छवि छ‍-त्यो हो डर, त्रास र मृत्युको। फलस्वरुप, साँप बिम्बका रुपमा प्रयोग भएका छन। साँप खानेहरु बाहेक अन्य सपनामा साँप देख्दा पनि तर्सन्छन र झसँग बिउँझदै वरपर सशँकित नजरले हेर्छन। वास्तवमा मैले जीवनमा खतरनाक वास्तविक साँपहरु या त म्युजियमको एक्वारियममा देखेको छु या त चित्र-चलचित्रमा। तर, साँपजस्तै विषालु तत्वहरु भने मानवका रुपमा धेरै देखेको छु। समाजमा घुसेका साँपहरुका रुप र विषालुपन हेर्ने हो भने, प्राकृतिक र वास्तविक साँप मेरा लागी शायद त्यति डरको विषय हुँदैन होला। किनभने, एकपटकको जम्का भेटमा टोक्न नसकेको साँपले तपाँईलाई फेरी टोक्नका लागी अाँखामा चित्र बनाएको हुन्छ भन्नेमा मेरो पटक्कै विश्वास छैन। 

तर, मानवरुपी साँपहरु यति खतरनाक हुन्छन की-भनिसाध्य छैन। सारा दुनियाका अगाडी साँप हो भन्ने स्पष्ट भईसक्यो, तर पनि साँप अझै राजनीति गर्दैछन। हिजो रुँदै भन्थे, म कहाँ साँप हुँ र? म त "हजुरहरुकै नन्हा सा प्यारा सा मुन्ना हुँ"। साँपहरुकै साथी सहसाँपहरु धेरैले ताली पिटेका थिए। केहीले भन्थे पनि "तँलाई साँप भन्ने पो साँप हो, तँ बिचरो किन रुन्छस?" हाम्रो समाज साँप देखि एकदम डराउँछ। मेरा एकजना नेवार छिमेकीले त के सम्म पनि भनेका छन भने "य्हो, य्हो, परिवर्तनलाई साँपले टोक्छ-टोक्छ"। विचरा आफु साँप होईन भन्ने देखाउन जहिले पनि पार्टीको आयोजना गर्छन, भोज भतेर गर्छन र अनुपस्थितहरुलाई भने हाम्रो अगाडी कुरा गर्नै डराउँछ, त्यसैले भोज खान आएनन भनेर भन्छन रे। खै कुरा उनले नबुझेका हुन कि मैले नबुझेको। मेरो विचारमा त साँपसँग सहभोज गर्न त धेरै डराउँछन नी ? होईन र? जे होस, विचराले बिर्से होलान सारा विद्धत वर्गका अगाडी उनलाई मन्डलाकार साँप भन्ने जनाउने ई-मेल। खै त मित्र, ई‍-मेलको जवाफ- २ वर्ष कट्यो। शालीन र भद्रहरु मुखामुख कहिले गर्दैनन। शब्दले तर्क हाल्छन। मुखामुख गर्ने, गुन्डागर्दी गर्ने, मसल पावर देखाउने, मनी पावर देखाउने र जीवन वरवाद गरिदिन्छु भन्नेहरुलाई नेपालीहरु के भन्छन थाहा छ? साँप-साँपहरुलाई यो कुरा के थाहा? र साँपहरुलाई के थाहा भोजको निम्तोमा विषको प्याला पिलाउने उनका दाउ अरुले बुझेका छन भनेर। 

साँप हो भन्ने थाहा छ, तर पनि केही साथिहरु साँपसँगै जोरी खोज्छन। साँप हो भन्ने थाहा छ, तै पनि केही साथिहरु साँपसँगै सहभोज गर्छन। साँपको समाजमा मानवसमाजका ईतिवृति कहन्छन र आशा गर्छन, साँपले अरुलाई पो डस्छ। मलाई कहाँ डस्छ? साँपलाई दुध ख्वाउने हात, कहिले नडसिएका छैनन। साँपलाई सँगै सुताउने गर्धनहरु कहिले नडोबिएका छैनन। तर, पनि साथिहरुले कहिले सिकेनन। म विस्मातमा पर्छु किनभने साँपै-साँप भएका ठाँउमा साथिहरु जानु भएको छ तर न कुनै एन्टी स्नेक भ्याक्सिन छ न कुनै डाक्टर। आफुले पनि साधन बोक्नु भएको छैन, अरुका लागी पनि बोक्नु भएको छैन। अनि यस्तो अवस्थामा साँपसँग जित्न सकिएला त?

No comments: