Thursday, May 22, 2008

नागर्जुनमा ज्ञानेन्द्र , नारायणहिटीमा थप सुरक्षा

संविधानसभाको बैठकबाट गणतन्त्र घोषणा गर्न पांच दिन बांकी हूदा राजा ज्ञानेन्द्र छटपटीमा परेका छ्न । राजा ज्ञानेन्द्र आज नागर्नुन दरबारतिर लागेका छ्न भने १३ गते मात्र नारायणहिटी पर्कने कार्यक्रम रहेको समाचार छ । समाचार स्रोतका अनुसार बिहान १० बजे उनी नागर्जुन तर्फ लागेका छन । माओवादीले गणतन्त्र घोषणाको दिन उपत्यकामा देशभरका आफ्ना कार्यकर्ता राजधानी आउन दिएको निर्देशन अनुसार दरबारले उच्च सुरक्षा अपनाएको छ । जसानुसार नारायणहिटी सुरक्षार्थ पांचवटा सुरक्षा घेरा राख्ने तयारी बईरहेको छ । दरबारको बिशेष अनुरोधमा सरकारले नेपाली सेना तैनाथ गर्न लागेको छ । सुरक्षाको लागि नारायणहिटी भित्र दूइ घेरा र बाहिर तीन घेरा तैनाथ गरिने र दरबारको ढोकामा फाइटर ट्यांकर सहितको सैनिक टोली राखिने भएको छ ।
सभवत त्यो दिन दरबारमार्गमा रहेको महेन्द्र शालिक परिसर , निर्वाचन आयोग, शिछा मन्त्रालय रहेको केशर महल, लैनचौर , गैरिधारा, नागपोखरी , चौथो घेराभित्र रहेका छ्न । सो दिनमा रानीपोखरी , अस्कल, त्रिचन्द्र क्याम्पस, जय नेपाल हल परिसर, हत्तिसार, भाटभटेनी, कुमारी हल, कमल पोखरी पाचौं घेरामा रहने र उक्त घेराबाट मानिसहरुलाई दरबारतिर जान प्रतिबन्ध लगाईने संभावना रहेको छ । विशेष सुरक्षाको लागि १ हजार सेना आधुनिक हतियारसहित दरबार बाहिर खटिने छन भने दरबार भित्र भैरवनाथ गणको कमाण्डॊ टोली खटाइने भएको छ । दरबारको उत्तर र दछिण ढोकामा फाइटर ट्यांक राखी दरवारको पर्खालभित्र दोस्रो सुरक्षा घेरा राखिनेछ । सो दिन दरबारका कर्मचारीलाई बाहिर हिंडडूलमा प्रतिबन्ध लगाउने गरी राजा बस्ने मूल सदनको प्रथम घेरा अत्याधुनिक हतियारसहितको टोलीले गर्नेछ ।
सुरक्षाको लागि सरकारको निर्देशनमा नेपाली सेनाले सबै ब्यवस्था गरिसकेको जनाएको छ । राजाको आफन्तको सल्लाह अनुसार राजा ज्ञानेन्द्र दरबार बाहिर बस्न खोजे पनि उनीहरुको आग्रह अनुसार नरायणहिटी भित्रै बस्ने भएको स्रोतले जनाएको छ । स्रोत: खोजतलास दैनिक

No comments: