Monday, May 26, 2008

संविधानसभा कति समानुपातिक ?

- महेश्वर श्रेष्ठ
नेपाल र नेपाली जनताको भाग्य र भविष्य कोर्ने भनिएको ऐतिहासिक संविधानसभाको निर्वाचन 'केहि अपवादलाई छोडेर' दक्षिण एसियाली मुलुकहरुमा जसरि निर्वाचनहरु 'हुने' गर्दछन्, त्यसरी नै 'स्वतन्त्र, निष्पक्ष, धाधली रहित रुपले र शान्तिपुर्ण एवं उल्लासमय वातावरणमा' सम्पन्न भई त्यसको अन्तिम परिणाम समेत घोषणा भइसकेको छ र पर्सि २०६५ जेठ १५ गते त्यसको प्रथम बैठक समेत आव्हान भइसकेको छ ।

संविधानसभामा मुलुकका सबै जातजाति, भाषाभाषी र लैङ्गकि जनसंख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने विषयलाई लिएर ठूलै आन्दोलन चलेको थियो जसको फलस्वरुप अन्तरिम संविधानमा तेस्रो संशोधन भई ३३५ सदस्य समानुपातिक निर्वाचनबाट, २४० सदस्य प्रत्यक्ष निर्वाचनबाट र २६ सदस्य मन्त्रीपरिषदले मनोनित गर्ने गरी कूल ६०१ सदस्यीय संविधानसभाको संरचनामा सहमति भएको थियो ।

शुरुमा २४० सदस्यहरुको प्रत्यक्ष निर्वाचनमा पनि समावेशी र समानुपातिकताको अवधारणालाई अंगिकार गरिने छ भनिए तापनि पछि समानुपातिक तर्फ ३०% भन्दा कम उम्मेदवारी दिने दलहरुले समानुपातिक प्रतिनिधित्व सम्बन्धि नियम पालना गर्नु नपर्ने भनी संविधानसभा निर्वाचन सम्बन्धि ऐन नियम संशोधन भए पछि समानुपातिक प्रतिनिधित्वको अवधारणा र आन्दोलनले ठूलै धक्का खान पुगेको छ ।

संविधानसभा निर्वाचनको अन्तिम नतिजा अनुसार संविधानसभामा समानुपातिक प्रतिनिधित्वको माग गर्ने प्रमुख जातजाति र भाषाभाषीहरुको प्रतिनिधित्व प्रतिशत कति रह्यो भन्ने बारे तलको तालिकामा देखाउने प्रयास गरिएको छ । ठकुरी र क्षेत्रीहरुको कतिपय थर मिल्ने हुदा छुट्याउन गाहारो परी तिनलाई एकै ठाउमा राखिएको छ । केहि मगरहरुले क्षेत्रीको जस्तै थर लेख्ने हुदा तिनीहरुको आकडा विश्सनीय नहुन सक्छ ।

क्षेत्री र ठकुरीको प्रतिनिधित्व दुइ-तिहाई पनि हुन सकेन भने पाहडीया बाहुनको प्रतिनिधित्व भने निकै उच्च छ । नश्ल, भाषा र धर्म मिल्ने यी तीन वटै जातलाई एउटै समुहमा राख्दा भने उनीहरुको सामुहिक प्रतिनिधित्व ११६.५७ पुग्छ । मगर र तामाङको प्रतिनिधित्व ६० पनि पुग्न सकेन । मुसलमानहरुको प्रतिनिधित्वले बल्ल दुइ-तिहाई नाघ्न सकेको छ भने नेवार र थारुहहरुको प्रतिनिधित्व क्रमसः ८७.५० र ९२.३१ मै सिमित रह्यो । र्राईहरुको प्रतिनिधित्वले १०० नाघेको छ भने गुरुङ र यादवको प्रतिनिधित्व डेढी र डेढी भन्दा बढी छ । लिम्बुहरुको प्रतिनिधित्व जनसंख्याको अनुपातमा झण्डै दोब्बर छ ।

m.shresthas@gmail.com
२००८ मइ २५

No comments: