Saturday, May 3, 2008

"सोच"को यौन पक्ष

सुरेश परिवर्तन


कर्ण शाक्यको "सोच" मेरो सँसारबाट डा्््उ्नलोड गरेर पढेपछि मन आनन्दित भयो। गान्धिको अटोबायोग्राफी पश्चात कुनै अन्य लेखकको इमान्दार अभिव्यक्ति "सोच"मा पढन पाइयो। ढोँग र पाखन्डको दुनियामा कर्ण शाक्यले जुन सरलताले आफ्नो जीवनका अनुभवलाई पस्के, त्यसमा इमान्दारीताको छनक त छँदैछ साथै कटु सत्यको पनि। "सोच" पढे पछि क्युशुमा हाल प्राध्यापनरत मित्र रमेश पोखरेलसँग छलफल गर्न पाईयो। "जँगलको" प्रशँगमा मन खोलेरै हाँस्यौँ। वास्तवमा कर्ण शाक्यले आफ्ना हाकिमले कट्टु भित्रको जँगल र त्यहाँ रहेको जनावरको कुरा गरे भन्ने उल्लेख गरेर हाम्रो जीवनको छाडा पक्षलाई स्पष्ट पारेका छन । एउटा वयस्क व्यक्ति पनि आफ्ना हाकिमका यौन दुर्व्यहारको शिकार कसरी हुन्छ भन्ने कुरा स्पष्ट पारेका छन। काठमाडौँका एक कम्प्युटर सप्लायर्स भाइले नेपालका हाकिमहरुका कुरा यस्तै हिसाबले सुनाएका थिए। विभिन्न मन्त्रालयमा कम्प्युटर सप्लाई गर्ने जिम्मा पाएका भाईले कम्प्युटरका साथ-साथै हाकिम साहेबहरुलाई सीडी पनि दिनु पर्ने स्थिति रहेछ। कम्प्युटर ईन्स्टल गर्ने वेलामा "त्यस्तै छ नि!" पनि राख्न अनुरोध गर्ने बुढा हाकिमका तरुनी छोरीहरु कति सेक्सी होलान भन्ने कुराले हाँसोको फोहरा छुटने गर्दथ्यो। यौन साहित्यलाई पनि साहित्य मान्नु पर्छ भन्ने अग्रज दाज्यु नरहरि आचार्यको अन्तर्वार्ता पढेपछि यीनले पनि जवानीमा "मस्तरामकी कहानी" टन्नै पढे कि के हो जस्तो लागेको थियो। 

"सोच"को ठुलो पक्ष भनेकै इमान्दारीता हो। दुई-दुई पटक रन्डी कोठीमा पुगेको सकार्ने महात्मा गान्धीले जस्तै हाम्रा कर्ण शाक्यजीले पनि पेन्टहाउसका सेन्टरफोल्ड मोडेलसँगको मित्रता सकारेका छन। अलिगढमा पढने बेलामा त्यहाँ अध्ययनरत एक वरिष्ठ दाज्युबाट सधन्यवाद प्राप्त एक दर्जन भन्दा बढी प्ले-व्वाई र पेन्ट हाउसका किताबले गर्दा हाम्रा धेरै साथिहरुले भलिबल खेल्ने छोडेका थिए। सुनौली बोर्डर देखि गोरखपुरसम्मको चेकपोस्ट कटाउन धौ-धौ परेका हामीले बल्ल-बल्ल भारतीय कस्टम र सुरक्षा अधिकृतको तिखो नजरबाट अमूल्य उपहार जोगाएर लगेका थियौँ। त्यसपछि त के थियो, प्रत्येक पानामा नविनता नहराउन्जेल र प्रत्येक पानाका सचित्र वर्णन मष्तिष्कमा नछाउन्जले सबले मजाले आनन्द लिए। कहिले ३७४बाट राती १ बजे किताब चाहियो भन्दै ढोका ढकढक्याउँथे त कहिले ३०५ बाट। अनि म्यारिस रोडका भाईहरुले भने हप्ता भरिका लागी १-१ गोटाका दरले लिन आउँथे। त्यहाँ टाईम लागेको पनि शायद ५ जनाको समूह सँगै बस्ने भएकोले हुन सक्छ। एकान्तमा पढन एक जनालाई करिब १ दिन त छुट्याउनै पर्यो नी हैन र? 

प्ले-ब्वाई र पेन्ट हाउसको पुलिन्दा पछि त केही समय हाम्रो दिनचर्या एकदमै फरक हुन गएको थियो। ४२ डिग्रीको रापिलो घाम ढल्कँदै गएपडि खेलीने भलिबलका ठाउँमा धेरै मित्रहरुले अर्कै बल खेल्न थालेका थिए प्ले-ब्वाई र पेन्ट हाउस च्याप्दै। मुस्लिम विश्वविध्यालयमा नेपालीहरुसँग प्ले-व्वाई र पेन्ट हाउस प्रशस्त हुने भएपछि धेरै इन्डियनहरुले पनि ईर्ष्या गरेका थिए। हामिसँगै उधारोमा लगेका किताब अलिक कट्टर भनौँ या गुन्डा टाईपको रुम पार्टनरले भेट्टाएपछि एक जना इन्डीयन मित्रले लगभग आफ्नै रुमबाट बाहिरिएका थिए। करिब २ वर्षको दु:ख र पेलान पछि उनले फेरी आफ्नो कोठा भेट्टाएका थिए। उनका ति रुम पार्टनरले पनि त्यो किताब च्याते जस्तो त मलाई लाग्दैन। किताबको बहाना त हिन्दु रुम पार्टनरलाई निकाल्नु मात्र पो थियो। त्यसपछी एक्लै कोठामा पेन्टहाउसका सजीव चित्रले भरिएको पुस्तकभित्र ह्यारी पोर्टर पसेजस्तै मजाले पसे होलान नी। वास्तवमा भन्ने हो भने नेपाली र भारतीयहरु यौनका मामिलामा भर्खर मात्र खुल्ला हुन थालेका हुन। भारतीयहरुले "मस्तरामकि जवानी"का मार्फत शाब्दीक रुपमै केही रोमाँचक कथाहरु नबनाएका होईनन। तर, नेपालमा त्यस्तो साहित्य पाउन पनि लगभग ०४६ साल नै कुर्नु परेको थियो। 

०४६ सालको प्रजातन्त्र पश्चात नै हो नेपाली प्रकाशनहरु बजारमा देखिन थालेका। अनुभवहिनहरुले अनुभवि फ्यान्टासीको जालो बुन्दै लेखेका यौन साहित्य पढदा खेरी एक हिसाबले कुतकुती नै लाग्ने गर्थ्यो। त्यसमा फेरी लाईन बाई लाईन कन्ठ पार्ने साथिहरुको सँबादले माहौलनै अर्को बन्ने गर्थ्यो। "खानु छ सागपात, .............,अनि यत्रो बन्छ जीउ" भन्ने त हामी मध्ये कसैले थेगो नै बनाएका थियौँ क्यार। यौन साहित्य युवा र गधा पच्चिस ननाघेकाहरुले मात्र पढछन भन्ने पहिले म सोच्ने गर्दथेँ। एकदिन छिमेकी दाज्युले म्यारिज खेल्ने निम्तो गरेपछि आधा घन्टा पछि आउँछु भनेर भनेता पनि, तासको गड्डी समातिहालुँ भन्ने दाउले १० मिनेटमै घरबाट निस्केको थिएँ। छिमेकि दाज्यु यस्तै कुनै सजीव अँग्रेजी पत्रिकामा लठ्ठिनु भएको कुरा ढोका खोलेर सोफा पछाडी पुगेर के हेर्दै रहेछन यी बुढा, भनेर मजाले हेरुन्जेल पनि उनले पत्तो नपाउनुले थाहा पाएको थिएँ। म पछाडी बसेर उनले हेर्ने हेरेको थाहा पाएर हो कि भित्रको जनावर जागेका कारणले हो, बुढा त एकछिन सम्म सोफाबाट उठदै उठेनन। अनि,स्थितीलाई सामान्य तुल्याउने हेतुले म आफै हाँस्दै बाहिर निस्केँ। शायद चोरी समातेरै त होला नी, त्यो दिन मैले मजाले जित्न सकेको थिएँ। 

हाम्रो समाजमा यौनका पक्षहरुका सँबन्धमा शालीनता पूर्वक छलफल गर्ने बेला अहिले भर्खर स्थापना हुन थालेको जस्तो मेरो अनुभव छ। स्वास्थ्य शिक्षा पढाउँदा पुरुष र महिलाका जननेन्द्रियका सँबन्धमा कुरा गर्न नचाहने शिक्षकहरुले यौनको शालिन पक्षलाई कहिले बुझेनन। यौन सँबन्धि कुरा गर्ने बितिक्कै छाडा होईन्छ भन्ने धारणाले हाम्रो समाजमा यौन शिक्षा, यौन स्वास्थ्य र यौन व्यवहारका कुराले कहिले चर्चा पाएनन। फलस्वरुप, भित्र-भित्र गुम्सिन पुगेको कुन्ठाले बलात्कार, हाड-नाता करणी, यौन दुर्व्यवहार, बाल यौन शोषण जस्ता विकृति मौलाउँदै गएको छ। नेपालका प्रधान-न्यायाधीशको बाल यौन शोषण र धर्म पुत्रीसँगको करणीले नेपालका धेरै जनाको होश खुलेको हुनु पर्छ। व्यक्तिगत रुपमा ध्वस्त छवि बोकेका प्रधान-न्यायाधीशलाई महाभियोग लगाएर बर्खास्त गरिनु आवश्यक थियो। केही सचेत पत्रकारहरुका पक्षमा सबैले आवाज उठाउनु पर्ने थियो। तर, त्यस्तो केही भएन। उल्टो प्रधानन्यायाधीश स्वयमले बयान लिँदै पत्रकारहरुलाई नै १ वर्ष जेल कोच्ने दुस्साहस गरे। 

यौन शिक्षा नेपालको लागि अत्यन्त आवश्यक छ। ईन्टरनेटका माध्यमबाट घर-घरमा भित्रिएको पोर्नोग्राफीलाई नै हेर्ने हो भने पनि हामीले यौन शिक्षालाई कडाईका साथ लागु गर्न आवश्यक छ। तस्विरमा देखिएका चकाचौँधले कुन्ठित मन र मष्तिष्कले बलात्कार वा हाड-नाता करणी वा बाल यौन शोषणमा लाग्दैन भन्ने छैन। यौन व्यवहार कसरी गर्ने, यौन दुर्व्यहारले मानिसलाई मृत्युको मुखसम्म धकेल्न सक्ने र यौन दुर्व्यवहार कसरी र किन आपराधिक काम हो भन्ने कुरा यौन शिक्षाको माध्यमबाट आगामी पुस्तालाई शिक्षित गर्न आवश्यक छ। समाज समयान्तरका साथ विकसित र परिपक्व हुनुपर्छ। अधोगतिमा कुनै हालतमा पनि जान हुँदैन। नेपाली समाजमा अहिले यौनका सँबन्धमा विभेद, शोषण र दुर्व्यवहार झन-झन बढदै गएको छ। हाम्रो आर्थिक दुरावस्थाका कारण शरीर बेच्ने पेशामा लाग्नेहरुको सँख्या बढदै छ। द्वन्दका कारण विस्थापितहरु पनि आर्थिक कारणले यस पेशामै घुसेका छन। फलस्वरुप क्याबिन रेष्टुराँ देखी लिएर सामान्य भट्टी पसलमा समेत महिलाको शरीरलाई अर्थोपार्जनको साधनका रुपमा प्रयोग हुन गएको छ। यसले स्पष्ट गर्छ हामि नेपालीमा विश्वकै सबभन्दा पुरानो पेशालाई त्यागेर नयाँ पेशा अपनाउने अन्तर्दृष्टी छैन भन्ने। र यसको जिम्मेवार छन समाजका ठालुहरु, बौद्धिक भनाउँदाहरु, नेता भनाउँदाहरु, र सचेत भनाउँदाहरु। कर्ण शाक्यले आफ्नो पुस्तक मार्फत भन्न खोजेका कुराबाट पनि हामीले नसिक्ने हो भने आगामी पुस्ताले पनि जँगलको कुरा गर्न छोडने छैन र यौन दुर्व्यहारलाई निरन्तरता दिने छ। 

No comments: