Friday, May 30, 2008

ज्ञानेन्द्र शाह नारायणहिटीमा नै छन : गृहमन्त्री सिटौला

गृहमन्त्री कृष्णप्रसाद सिटौलाले ज्ञानेन्द्र शाह नारायणहिटीबाट बाहिरिएको भन्ने खबरहरुको खण्डन गर्दै सरकारसँग आवश्यक समन्वयपछि मात्रै उनी बाहिरिने बताउनुभएको छ।
सात दलीय कार्यदलको बैठकमा भाग लिन सिंहदरबार पुगेका गृहमन्त्री सिटौलाले संचारकर्मीसँगको कुराकानीमा ज्ञानेन्द्र नारायणहिटी दरबारमै रहेको बताउनुभयो । पूर्व राजा ज्ञानेन्द्र निजी निवासमा बसे पनि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकार तयार रहेको सिटौलाको भनाइ थियो । यद्यपि दरबारमा रहेको मात्रामा सुरक्षा प्रबन्ध अब नरहने उहाँले स्पष्ट गर्नुभयो ।
यसअघि केही संचार माध्यमले पूर्व राजा ज्ञानेन्द्र शाह र परिवार गएराति नै नारायणहिटी दरबारबाट महाराजगञ्जस्थित निर्मल निवास सरेको समाचार प्रकाशन प्रसारण गरेका थिए । पूर्व युवराज्ञी हिमानी रात्रीभोजका लागि नारायणहिटी गई राति १२.४५ बजेतिर निर्मल निवास फर्केको स्रोतले जनाएको छ।
यद्यपि नारायणहिटीबाट सेनाको हरियो रङ्गका केही ट्रक, पिकअप भ्यानले शाह परिवारका सामान निर्मल निवासमा सारिए दरबारले यसबारे सरकारलाई आवश्यक जानकारी नदिएको बताइएको छ ।

बिधिवतरुपमा मुलुकमा भित्रिएको गणतन्त्रको हार्दिक स्वागत - शान्ति तथा लोकतान्त्रिक मञ्च जापान

२९ मई, ०८ । शान्ति तथा लोकतान्त्रिक नेपाली मंच जापानले एक बिज्ञप्ति जारी गर्दै बिधिवतरुपमा मुलुकमा भित्रिएको गणतन्त्रको हार्दिक स्वागत गरेको छ ।
संस्थाका महासचिव बिश्वराज कंडेलद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ- सर्बप्रथम, स्वदेश तथा बिदेशमा बस्नुहुने संपूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु र नेपाललाई हृदय देखिनै माया गर्ने बिदेशी मित्रहरुमा शान्ति तथा लोकतान्त्रिक नेपाली मंच जापान (PDNFJ) को तर्फबाट हार्दिक अभिवादन ब्यक्त गर्दछौं ।
नेपाली जनताले दशकौं देखि परिकल्पना गरेको निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि नेपाली जनताको त्याग, बलिदान तथा शहिदहरुको सपना साकार पार्दै आज हाम्रो देश नेपाल नयां गणतान्त्रिक युगमा प्रवेश गरेको छ । यस अवसरमा हामी सम्पूर्ण नेपालीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै यस महत्वपूर्ण घडीमा सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्दान्जली प्रकट गर्न चाहन्छौं । निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको लागि जापानमा भएका आन्दोलन तथा बिरोध प्रदर्शनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी हुनुभएका सम्पूर्ण नेपाली तथा जापानी मित्रहरुलाई पनि यस संस्था हार्दिक बधाई तथा धन्यवाद ब्यक्त गर्न चाहन्छौं ।
गणतन्त्रको स्थापनाको साथसाथै यसलाई संस्थागत गर्नु सबैभन्दा महत्वपूर्ण भएकोले सम्पूर्ण राजनैतिक दल तथा नागरिक समाजले एकबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता हो । गणतन्त्र नेपालले अबका दिनमा विगतमा ज़स्तो हत्या, हिंसा र अपहरणको राजनीतीको सामना गर्न नपरोस र सम्पूर्ण नेपालीहरुले गणतन्त्रको प्रत्याभूति गर्न पाउन र यस गणतन्त्रको रक्षा गर्दै देश बिकासको मार्गमा अघि बढी शान्तिपूर्ण नयाँ नेपालको निर्माण गर्नमा सम्पूर्ण राजनैतिक दल, नागरिक समाज र नेपाली जनताहरु एकजुट भई अघि बढन प्रेरणा मिलोस भन्ने कामनाका साथ शान्ति तथा लोकतान्त्रिक नेपाली मंच जापान गणतन्त्र स्थापनाको हार्दिक स्वागत गर्दछ- बिज्ञप्तिमा भनिएको छ ।

गणतन्त्र नेपालको स्वागत तथा न्यानो अभिवादन - नेकपा एमाले प्रवास कमिटी जापान

२९ मई, ०८ । नेकपा एमाले प्रवास कमिटी जापानले एक बिज्ञप्तिमार्फत गणतन्त्र नेपालको स्वागत तथा न्यानो अभिवादन ब्यक्त गरेको छ ।
कमिटीका सचिव सुर्यप्रसाद पाठकद्वारा प्रेषित बिज्ञप्तिमा भनेको छ- जापान लगायत बिश्वका विभिन्न राष्ट्रहरुमा बसोबास गरिरहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुलाई नेकपा एमाले प्रवास कमिटी जापान गणतन्त्र नेपालको न्यानो अभिवादन ब्यक्त गर्दछ । ईतिहास निर्माण गर्नका लागि नै बनेको हुन्छ भन्ने कुरा जेठ १५ गते नेपालको संबिधान सभाको बैठकले राजतन्त्र सदाको लागी अन्त्य गरेर गणतन्त्र नेपालको स्थापना गरेबाट पुष्टी भएको छ ।
ईतिहासको विभिन्न चरणको आन्दोलनमा सयौ नेपाली आमाका वीर सन्ततीहरुले आफ्नो प्राणको आहुती दिएका छन ती महान शहीदहरुप्रति भावपुर्ण श्रद्दान्जली ब्यक्त गर्दछौ । पृथ्वीनारायण शाहबाट शुरु भएको आधुनिक नेपालको शाह वंशीय राजतन्त्र, भण्डारखाल पर्व, राणा शासनको उदय र पतन, ०७ सालमा प्रजातन्त्रको स्थापना, २०१५ सालको संसदीय निर्वाचन, २०१७ सालबाट राजा महेन्द्रले शुरु गरेको एक दलीय पन्चायती शासन प्रणाली, २०३६ सालको जनमत सग्रह, २०४६ सालको ऎतिहासिक जन आन्दोलन पुन प्रजातन्त्रको स्थापना, त्यसपछीका संसदीय शासन प्रणाली, हत्या हिंसाको राजनीतिको शुरुवात २०५९ जेठ १९ गतेको दरवार हत्याकाण्ड हुदै राजा ज्ञानेन्द्रको तानाशाही शासन प्रणाली, हरेक परिवर्तन बन्दुकबाट होईन जनताको मतपेटीकाबाट नै गर्न सकिन्छ भन्ने प्रजातन्त्रको सर्वब्यापी मान्यताबाट प्रेरित भई संसद पुर्न स्थापना अनि त्यसबाट संबिधानसभाको निर्वाचन अनि लोकतान्त्रिक गणतन्त्रको स्थापना भन्ने मुल नाराका साथ शुरु भएको २०६२/६३ को १९ दिने शान्तिपुर्ण जन-आन्दोलन, त्यसबाट पुर्न-स्थापित प्रतिनिधि सभा, त्यस प्रतिनिधिसभाबाट २०६२ जेठ ४ गतेको राजाको सम्पुर्ण अधिकार कटौती गर्ने ऎतिहासिक घोषणा, त्यस पश्चात बन्दुकबाट होईन मतपेटीकाबाट नै हरेक परिवर्तन हुन्छ भन्ने सर्वब्यापी मान्यतालाई आत्मसाथ गर्दै नेकपा माओबादीको हत्या र हिंसाको राजनीतिलाई अन्त्य गर्दै अन्तिरिम संसद मार्फ़त शान्तिपुर्ण राजनीतिमा प्रवेश, त्यसपछि संबिधान सभाको निर्वाचन हुदै संबिधान सभाको जेठ १५ गते को प्रथम बैठकबाट नेपालले राजा ज्ञानेन्द्रसगै २४० बर्षिय शाह वंशीय राजतन्त्रलाई सदाका लागि अन्त्य गरी २१ औ शताब्दी कै उदाहरण प्रस्तुत गरी बिश्वको ईतिहासमा आफ्नो नाम गणतन्त्र नेपाल भनेर लेखाउन सफल भएको छ ।
गणतन्त्र नेपालको घोषणासंगै नेपालका लागि सम्भावना र चुनौती दुबै एकसाथ उपस्थित भएको छ । गौतम बुद्दले शान्तिको सन्देश दिएको बिश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा आज अपहरण, हत्या र विध्वंशको राजनीतिले प्रश्रय पाएको छ भने अर्कोतर्फ़ नेपाल विदेशी राष्ट्रहरुको राजनैतिक क्रिडास्थल बनेको छ । यस्तो घडीमा स्थापना भएको गणतन्त्र नेपालका सामु निश्चत पनि विभिन्न जटिल खालका चुनौतीहरु छन तर चुनौतीसगै नया नेपाल निर्माणको विभिन्न सम्भावनाका ढोका पनि खुलेको छ । गणतन्त्रको घोषणासगै नया नेपालको आकाशमा उदाएको सुनौलो घामसंगै हत्या हिसाबाट आक्रान्त नेपालमा आर्थिक विकास, सामाजिक उन्नतिसगै गौतम बुद्दले परिकल्पना गरेको शान्तिपुर्ण नेपालमा परिणत होस भन्ने कामना नेकपा एमाले प्रवास कमिटी गणतन्त्रको स्थापनालाई हार्दिक स्वागत गर्दै सम्पुर्ण नेपाली जनताहरु प्रवासी नेपालीहरु सबैमा हार्दिक बधाई ज्ञापन गर्दछ ।

Thursday, May 29, 2008

युगान्तकारी परिवर्तनको नया युगलाई अभिवादन - संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापान

जेठ १५, २०६५ नेपालको इतिहासमा एऊटा पुरानो कालो युगको अन्त भएर नेपाली घर्तीमा एउटा नया युगको शुरु भएको शुरु भएको महान ऎतिहासिक दिन २४० वर्ष पुरानो सढे गलेको राज्य सत्ताको केन्द्रिय प्रतिनिधि सामन्ती राजतन्त्रको बैधानिक रुपमा अन्त भएको घोषणा गर्दै मुलुकमा संघिय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्ने ऎतिहासिक दिन, जुन दिनलाई नेपाली राजनैतिक ईतिहासमा एक नया युगान्तकारी परिवर्तनको दिनको रुपमा स्वर्ण अक्षरले लेखेको छ । यस दिनलाई हामी जापानमा रहेका गणतन्त्रबादीहरुको मोर्चा संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानको तर्फ़बाट हार्दिक क्रान्तिकारी अभिवादन गर्दछौ ।
मोर्चाका अध्यक्ष कृष्ण के. सीद्वारा प्रेस बिज्ञप्तिमा भनीएको छ-ब्यक्तिको जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि कहिलेकाही युगान्तकारी परिवर्तन हुने गर्दछ । यस्तै युगान्तकारी परिवर्तन हाम्रो प्यारो देश नेपाल र नेपाली जनताको ईतिहासमा पनि भएको छ । विगत ६० वर्षदेखि नेपाली जनताले प्रतिक्षा गरेको संबिधान सभाको निर्वाचनले यो युगान्तकारी परिवर्तनको फैसला गर्न सफल भएको छ । मुलुकमा यो परिवर्तन ल्याउनको लागि थुप्रै आन्दोलन, सघर्ष र युद्दहरु भए । अत्यन्तै ठुला ठुला त्याग, तपस्या तथा वलीदानहरु गर्नुपर्यो । संसारलाई नै थर्कमान पार्ने महान १० वर्षे जनयुद्द गर्नुपर्यो । त्यही जनयुद्दको आडमा उभीएर संसारलाइ चकित बनाउने ऎतिहासिक १९ दिने जन-आन्दोलन हुदै १२ बुदे सहमति, ऎतिहासिक ब्रिहत शान्ति सम्झौता, आन्तरिम संबिधान, संसद, सरकार, संसदको विशेष अधिवेशन, अन्तरिम संबिधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको उल्लेख, पटक पटक स्थगित हुदै शान्तिपुर्ण रुपमा सम्पन्न ऎतिहासिक संबिधान सभाको निर्वाचन र उक्त निर्वाचनबाट जन-अनमोदित भएको १० वर्षे जनयुद्दको सारथी नेकपा माओबादी लगायत नेपाली राजनितीलाई परिवर्तनको यो उचाईसम्म ल्याई पुर्याउन सहादत प्राप्त गर्नुहुने सम्पुर्ण महान शहीदहरुलाई गणतान्त्रिक मोर्चा जापान भावपुर्ण श्रद्दान्जली अर्पण गर्दछ ।
आजबाट सुतिरहेका ब्यक्तिहरु पनि विउझिन थालेका छन । सिंगो नेपाल परिवर्तनको जागरणले जुरुक्क उठेको छ । हजारौ वर्षदेखि सामन्तवादको शोषण तथा दमनमा पिल्सीएका महान नेपाली जनताहरुको विजयी भएका छन । यो विजय उत्सवमा सिंगो राष्ट्र जनसागरमा परिणत भएको छ । आफ्नो भाग्यको फैसला आफै गर्दै नेपाली जनता, आफ़्नो अधिकारलाई नया संबिधानमा लिपीबद्द गर्न एकजुट भएर उभीएका छन । यही संबिधान-सभा मार्फ़त नेपाली जनताले सामन्तवादको नाईके राजतन्त्रको अन्त्येष्टी भएको घोषणा गर्न सफल भएका छन । यो अन्त्येष्टी पुर्व मेची देखि पश्चीम माहाकाली सम्म हिमाल देखि तराई सम्म मात्र होईन संसारभरी छरिएर रहेका नेपालीहरु अत्यन्त हर्ष तथा उल्लासका साथ यो महान उत्सवमा सहभागी भैरहेका छन ।
ईतिहासमा जनताले जितेका छन । सामन्तवाद र त्यसका प्रिष्ट पोषकहरुले हारेका छन । यो जीतलाई सचेत नेपाली जनता र क्रान्तिकारीहरुले अत्यन्त होशीयारपुर्वक मनाउदै छन । ईतिहासबाट सिकेका क्रान्तिकारीहरुलाई थाहा छ "हरेक क्रान्तिले गम्भीर प्रतिक्रान्तिलाई जन्म दिदै अगाडी बढछ" । त्यसैले जनताको यो विजयलाई जोगाउदै अनन्तकालसम्म अगाडी वढाएर लैजाने दायित्व पनि क्रान्तिकारीहरुकै हो । आज प्रतिगमनकारीहरु तथा यथास्थितिबादीहरु जसले यो परिवर्तनलाई जवरजस्ती स्वीकार गर्न बाध्य भएका छन, उनीहरु यो परिवर्तन प्रति गम्भीर देखिएका छैनन । साथै उनीहरु परिवर्तनका सारथीका विरुद्द षडयन्त्र गर्दै कहिले संबिधान संसोधन्, कहिले ७ बुदे माग अगाडी तेर्स्याएर नेपाली जनताको जनादेशको अपमान गर्दैछन । तर नेपाली जनतालाई थाहा छ एक्काईसौ शताव्दीको नया विचार, नया नेत्रुत्वले मात्र नया नेपाल निर्माण गर्दै नेपाली जनताको उज्वल भविश्यको ग्यारेन्टी गर्नेछ । तसर्थ, संसारलाई नै चकित पार्नेगरी क्रान्तिको पक्षमा जनलहर सिर्जना गर्ने नेपाली जनताले क्रान्तिकारीहरुलाई नै राज्य संचालनको साचो सुम्पने निर्णय गरेका छन भने यथास्थितिबादका पहरेदाहरु जन निर्णयको विरुद्दमा कम्मर कसेर लागेका छन ।
यो विजयलाई अजर अमर बनाउनका लागि निरन्तर क्रान्ति र क्रान्ति भित्र पनि क्रान्ति गर्दै ईतिहासको क्रमभगंताको आवश्यक पर्ने देखिन्छ । नेपाली राजनितिको केन्द्र भागमा यतिबेला वर्ग सघर्ष अत्यन्त पेचिलो ढगंले अभिब्यक्त भएको छ । यो वर्ग सघर्ष निरन्तर जारी रहने छ । यो सघर्षमा जनताले एक हदसम्म विजय हासील गरेका छन । अभिवादन परिवर्तनकारी नेपाली जनताहरुलाई !!! अभिवादन असख्य प्रचण्ड र प्रचण्डपथका अनुयायीहरुलाई !!! अभिवादन युगान्तकारी परिवर्तनको नया युगलाई !!!
क्रान्तिकारी अभिवादन सहित !!! बक्तब्यमा उल्लेख छ

Wednesday, May 28, 2008

सात दलमै सहमति भयो

(Photo: Kantipuronline.com)
राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे पछि निर्णय गर्ने सात दलबीच सहमति भएको छ ।राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे निर्णय गर्न १३ दलको बैठक हुने भनिए पनि त्यसबारे सात दलमै सहमति भएपछि १३ दलको बैठक बसेन ।

बैठकमा सहभागी एमाले महासचिव झलनाथ खनालका अनुसार, संविधानसभा बैठकबाट गणतन्त्र घोषणा भएपछि संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था गरिएको घोषणा गर्ने तर, राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे पछि निर्णय गर्ने सात दलबीच सहमति भएको छ । माले महासचिव सिपी मैनालीले राष्ट्रपतिलाई सेनाको परमाधिपति बनाउने सहमति भएको पनि जानकारी दिए । यसैगरी राष्ट्रपतिको चयन पनि पछि गरिने सहमति भएको उनले उल्लेख गरे ।
अब सात दलको सहमतिलाई मन्त्री परिषद बैठकको निर्णयपछि संविधानसभाको बैठकमा प्रस्तुत गरिनेछ । बैठक अहिले बेलुका ६ बजेबाट बस्ने भनीए पनि अझै बस्न सकिएको छैन ।(हाल: बेलुका ७:४५)

Tuesday, May 27, 2008

रत्नपार्कमा बम बिस्फोट

राजधानीको मुटुमा अवस्थित रत्नपार्कमा आज अपरान्ह बम बिस्फोट हुदा एकजना बटुवा गम्भीर घाईते भएका छन भने अन्य केही ब्यक्तिहरु सामान्य घाईते भएका छन । घाईतेहरुलाई हाल वीर अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था सामन्य भएको अस्पताल स्रोतले जनाएको छ । गणतन्त्रको पूर्व सन्ध्यामा भएको यस घटनाले राजाबादीहरु अझै पनि षडयन्त्ररत छन भन्ने कुरालाई पुष्टी गरेको छ ।

Monday, May 26, 2008

संविधानसभा कति समानुपातिक ?

- महेश्वर श्रेष्ठ
नेपाल र नेपाली जनताको भाग्य र भविष्य कोर्ने भनिएको ऐतिहासिक संविधानसभाको निर्वाचन 'केहि अपवादलाई छोडेर' दक्षिण एसियाली मुलुकहरुमा जसरि निर्वाचनहरु 'हुने' गर्दछन्, त्यसरी नै 'स्वतन्त्र, निष्पक्ष, धाधली रहित रुपले र शान्तिपुर्ण एवं उल्लासमय वातावरणमा' सम्पन्न भई त्यसको अन्तिम परिणाम समेत घोषणा भइसकेको छ र पर्सि २०६५ जेठ १५ गते त्यसको प्रथम बैठक समेत आव्हान भइसकेको छ ।

संविधानसभामा मुलुकका सबै जातजाति, भाषाभाषी र लैङ्गकि जनसंख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने विषयलाई लिएर ठूलै आन्दोलन चलेको थियो जसको फलस्वरुप अन्तरिम संविधानमा तेस्रो संशोधन भई ३३५ सदस्य समानुपातिक निर्वाचनबाट, २४० सदस्य प्रत्यक्ष निर्वाचनबाट र २६ सदस्य मन्त्रीपरिषदले मनोनित गर्ने गरी कूल ६०१ सदस्यीय संविधानसभाको संरचनामा सहमति भएको थियो ।

शुरुमा २४० सदस्यहरुको प्रत्यक्ष निर्वाचनमा पनि समावेशी र समानुपातिकताको अवधारणालाई अंगिकार गरिने छ भनिए तापनि पछि समानुपातिक तर्फ ३०% भन्दा कम उम्मेदवारी दिने दलहरुले समानुपातिक प्रतिनिधित्व सम्बन्धि नियम पालना गर्नु नपर्ने भनी संविधानसभा निर्वाचन सम्बन्धि ऐन नियम संशोधन भए पछि समानुपातिक प्रतिनिधित्वको अवधारणा र आन्दोलनले ठूलै धक्का खान पुगेको छ ।

संविधानसभा निर्वाचनको अन्तिम नतिजा अनुसार संविधानसभामा समानुपातिक प्रतिनिधित्वको माग गर्ने प्रमुख जातजाति र भाषाभाषीहरुको प्रतिनिधित्व प्रतिशत कति रह्यो भन्ने बारे तलको तालिकामा देखाउने प्रयास गरिएको छ । ठकुरी र क्षेत्रीहरुको कतिपय थर मिल्ने हुदा छुट्याउन गाहारो परी तिनलाई एकै ठाउमा राखिएको छ । केहि मगरहरुले क्षेत्रीको जस्तै थर लेख्ने हुदा तिनीहरुको आकडा विश्सनीय नहुन सक्छ ।

क्षेत्री र ठकुरीको प्रतिनिधित्व दुइ-तिहाई पनि हुन सकेन भने पाहडीया बाहुनको प्रतिनिधित्व भने निकै उच्च छ । नश्ल, भाषा र धर्म मिल्ने यी तीन वटै जातलाई एउटै समुहमा राख्दा भने उनीहरुको सामुहिक प्रतिनिधित्व ११६.५७ पुग्छ । मगर र तामाङको प्रतिनिधित्व ६० पनि पुग्न सकेन । मुसलमानहरुको प्रतिनिधित्वले बल्ल दुइ-तिहाई नाघ्न सकेको छ भने नेवार र थारुहहरुको प्रतिनिधित्व क्रमसः ८७.५० र ९२.३१ मै सिमित रह्यो । र्राईहरुको प्रतिनिधित्वले १०० नाघेको छ भने गुरुङ र यादवको प्रतिनिधित्व डेढी र डेढी भन्दा बढी छ । लिम्बुहरुको प्रतिनिधित्व जनसंख्याको अनुपातमा झण्डै दोब्बर छ ।

m.shresthas@gmail.com
२००८ मइ २५

Sunday, May 25, 2008

नारायणहिटी लगायतका केही संबेदनशील क्षेत्रमा कर्फ्यु

जेठ १५ गते बस्ने प्रथम संसदको बैठकले गणतन्त्र घोषणाको तयारीमा जुटेको सरकारले गणतन्त्र घोषणाको २ दिन अगाडिवाटै नारायणहिटी क्षेत्र वरिपरी विरोध प्रर्दशन गरे गोली ठोक्ने आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना मार्फत नारायणहिटीका साथै ज्ञानेन्द्र शाह राजा हुनुभन्दा अगाडिको निवास निर्मल निवास वरिपरीको क्षेत्रलाइ समेत निषेधित भनेर भनिएको छ । उक्त निषेधित क्षेत्रमा धर्ना, जुलुश, विरोध प्रर्दशन लगायतका कुनैपनि गतिविधि गर्न नपाईने र गरेमा सुरक्षाकर्मीलाइ गोलीसम्म हान्ने अधिकार दिइएको हुन्छ ।

लागे रहो मुन्नाभाई र बिद्वान् मित्रहरु (भाग १)

- रामकुमार बस्नेत
पहिलो पटक यसै ब्लग मार्फ़त पढेको थिएं "लागे रहो मुन्नाभाई" को गुनगान। हुनत यस ब्लग या ब्ल्गर हरु मार्फ़त मैले धेरै कुराहरु पहिलो पटक जान्ने र सिक्ने मौका पाएको छु। बिद्वान मित्रको ब्लग पढेपछि के रहेछ यसमा भन्ने कौतुहल जाग्नु स्वाभाविकै थियो। हुनत संजय दत्तको प्राय सबैखाले भुमिका मन पर्ने हुनाले त्यसैपनि यो फ़िल्म हेरिन्थ्यो होला। तर ब्लगमै गुनगान पढे पछि भने जसरि पनि हेरि छाड्ने मौन अठोट गरें। तर हरेक दोश्रो, तेश्रो महिनामा इण्डिया गईरहेने भएपनि "लागे रहो मुन्नाभाई" हेर्ने मौका भने करिब एक बर्ष पछि नयाबर्षको छुट्टिमा नेपाल गएको बेलामात्रै मिल्यो। त्यसबेला सम्ममा "लागे रहो मुन्नाभाई" सुपर डुपर हिट भैसकेको थियो।
तर पहिलोपटक हेर्दा त्यसको कमेडि बाहेकको अरु केहि "शन्देस" बुझ्नै सकिन। नत "लागे रहो मुन्नाभाई" लाई दर्शहरुले यसरी मनपराउनुको कारणनै ठम्याउन सकें। फ़ेरी लाग्यो कुनै शिक्षाप्रद शन्देस नहुंदो हो त बिद्वान मित्रले पक्कै ब्लग लेखेर समयको बर्वादि गर्दैनथे होलान। आफ़्नै सानो मगजको कमजोरीले होला भन्ने निस्कर्ष निकालें। तसर्थ फ़ुर्सदमा हेर्नुपर्ला भनेर नेपालबाट फ़र्कंदा संगै लिएर आएं "लागे रहो मुन्नाभाई"को डि भि डी पनि।
दोश्रो पटकको हेराइमा लाग्यो सायद फ़िल्मका नायक संजय दत्तले गर्ने गान्धिगिरीको कारणले फ़िल्म चलेको हुनुपर्ला र बिद्वान ब्लगर मित्रले जगाउन खोजेको मुल शिक्षाप्रद आशय पनि त्यहि "गान्धिगिरी" हो की भन्ने भान पलभरका लागि लाग्यो। तर बिश्वास गर्नै सकिन। कसरि पत्यानु त्यो पनि "सौ मेसे अस्सि बेइमान" हुने आजको ईण्डियामा "गान्धिगिरी" को आदर्शले मानिसहरुलाई हलसम्म पुग्न बाध्य बनाउंछ भनेर। फ़ेरी बिना कारण कुनै बेला पनि उग्र रुप लिन सक्ने जातिय दंगाले गर्दा वाक्क भएका यहां(ईन्डिया)का मानिसहरु गान्धिजीलाई आदर त गर्छन तर कमैले मात्र उहांको आदर्शलाई मुक्तकण्ठले प्रशंसा गर्छन। कारण एउटै छ, भारत‌-पाकिस्तानको बिभाजन हुदा हिन्दुस्तानमै रहन् चाहने मुश्लिम धर्मालम्बिहरुले आदरका साथ भारतमै बस्न पाउन पर्छ भन्ने "गान्धिगिरी"। अझैपनि कैयौं भारतियहरु(मुश्लिम धर्मालम्बिहरु समेत)को बिश्वास छ यदि बिभाजन ताका सबै मुश्लिम धर्मालम्बिहरुलाई पाकिस्तान जान दिइएको( या पाठाइएको) भए सदा सदाको लागि जातिय दंगा-फ़सादबाट मुक्ती पाउने थियो हिन्दुस्तानले।
यस्तैमा कामको सिलसिलामा फ़ेरी इण्डियातिर गएको बेला एकदिन अनायासै स्थानिय समाचार पत्रमा "लागे रहो मुन्नाभाई" को सफ़लता र निर्देशकले फ़िल्ममार्फ़त दिनखोजेको सन्देशको बारेमा बिबेचना गरिएको लामो लेख पढ्ने मौका मिल्यो। लेख यति घतलाग्दो र चित्तबुझ्दो ( ब्यक्तिगत रुपमा मलाईचाहिं है) थियोकी बिश्वास गर्न करै लाग्थ्यो। अझ मेरो लागी त महिनौं देखि सुल्झाउन नसकेको गुत्थि सुल्झाइदिने चमत्कार भन्दा कम थिएन।
समग्रमा लेखको सार यस्तो थियो। रेडियोभित्रको काल्पनिक दुनियांलाई फ़िल्मका नायकले जानी-नजानीकनै "गान्धिगिरी" मार्फ़त जसरी बास्तविक दुनियांसम्म जोड्न पुगे, त्यो नै मानिसहरुमा यस फ़िल्म प्रति रुचि उत्पन्न गराउने मुल मन्त्र बन्यो। हुन पनि हो, संयोगबश एउटा एफ़ एम को काल्पनिक संसारमा "गान्धिगिरी" का बारेमा कार्यक्रम चलाउन पुगेका नायकले आफ़्ना साथीहरुसंग मिलेर यस्तो घनचक्कर चलाउछ्न की यसबाट बास्तविक संसारका मानिसहरु सिधै लाभान्वित हुन पुग्छन। कहिले आत्महत्या गर्न लागेका ब्यक्तिलाई कार्यक्रमबाटै सम्झाएर तेसो गर्नबाट रोक्छन त कहिले पुलिस र गुन्डाहरुको पर्वाह नगरी आफ़ैं उपस्थित भएर सामाजिक कुरितिलाई उजागर गर्छन्। हो लेखको अत्यन्तै चित्तबुझ्दो बिश्लेषण पनि यहि नै थियो।
यदि अलिकति बास्तबिक दुनियांको सम्पर्कमा पनि रहेर कर्म गर्ने हो भने काल्पनिक दुनियांमा रम्नेहरुले पनि बास्तविक समाजका लागि ठुलो योगदान गर्न सक्छन। हिजो-आज म अनुभव गर्दै छु एकथरी शिक्षित बर्ग आफ़ुहरु साधारण भन्दा केहि अलग, केहि बढि जान्ने, सुन्ने र अरुभन्दा पृथक रहेको देखाउन् आफ़्नो काल्पनिक दुनियां बसाउन थालेका छन् । हो उनीहरु बिद्वान छन अरुहरुभन्दा पनि पक्कै जानेका छन तर त्यसलाई आफ़ुमा नै सिमित गर्दा भन्दा त्यो विद्दत्त अरुमा बाडनु नै राम्रो होईन र ।
आलोचना मात्रै सबै समस्याको हल होईन, लगे रहो मुन्नाभाईले दिएको एऊटा सही सोच के हो भने हामीले पढेको वा जानेको कुरालाई वास्तविक जीवनमा लगाउनु पर्यो । यसोभन्दा भन्दै पनि म शिक्षित वर्गहरुलाई दोष दिनु भन्दा पनि, लगे रहो मुन्नाभाईले गरेको ज़स्तै सबैले आ‍आफ़्नो स्तरबाट सहयोग र शिक्षा दिएको खण्डमा शायद अर्को एउटा नया सोचको जन्म हुन पनि सक्दथ्यो की भन्ने मात्रै हो ।
यसै क्रममा प्रकाशित लेखहरुमा केहि नेपाली दाजुभाई दिदीबहिनीहरुले निर्ममता पुर्वक जापानीले रोपेको फ़ूलमा टेकीदिए या हललाई राम्रो गर्न सकिएन भनेर त भनियो तर त्यो समस्या त हामी नेपालीहरु सबैलाई थाहा नै छ । हाम्रो समस्या तथा गल्तीहरुलाई उजागर मात्रै गर्नु भन्दा पनि त्यसको लागि कम से कम त्यहा उपस्थित विद्वानहरुले त्यसो नगर्न सम्झाई दिन मात्र समय खर्चेको भए नत बिना कसूर मोहक फ़ूलले समयागाबै आफ़ुलाई ओइल्याउनु पर्थ्यो नत केही ब्यक्तिको कारण सारा नेपालीको ईज्जत जान्थ्यो । तसर्थ "लागे रहो मुन्नाभाई" शैलीमा समाजको सोचलाई बदल्ने तरीका पनि मलाई त राम्रो नै लाग्यो । "सोच" त्यो पनि सहि सोच मार्फ़त हामीहरुले एक अर्कालाई बदल्न पनि सकिन्छ की त । प्रयोग गरेर हेर्दा के नै हुन्छ र ।

Saturday, May 24, 2008

तिमी मेरो लौरो


नयाँ सरकार गठनबारे

- गाउँले यात्री
कुनैपनि समस्या परेमा अथवा कसैसँग परामर्श गर्नुपरेमा विराटनगर कुदिहाल्ने वयोबृद्ध पार्टीका सभापति सेरेमोनियलप्रसाद कोइराला समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सार्वजनिक भैसक्दा पनि कतै झुल्किनुभएको छैन । नयाँ सरकारको विषयमा माओवादीले ठूलो पार्टी भएको र जनादेश पनि माओवादी नेतृत्वको सरकार भएको बताइरहदा अर्कोतिर कोइराला जनादेश आफु र आफ्नो पार्टीलाई नभएपनि धनादेश र मनादेशले सास छउञ्जेल नेतृत्वको कुर्सी नछोड्न आश भएको बताउँदै अज्ञातस्थलबाट यस्तो भाषण दिएका छन्-
'उपरोक्त सम्बन्धमा म के भन्चु भने 'लठ्ठी पनि नभाँचिने साप पनि नमर्ने' हामीले यस्तो नीति अपनायौं भने सप्पैको भलो हुनेच ।' उनले अगाडी भनेकाछन्-' मैले भन्द्या छु अब म पनि संविधानसभा सदस्य भैसके, मलाई यसैमा ठूलो गर्व छ । प्रत्यक्षतर्फ चुनाउ लड्या भए खैं चुजाता, चिटौला र चेखरजस्तै लड्या लड्यै भैसक्थे होला । तर, एउटा कुरा माओवादीलाई धन्यवाद दिनैपर्छ कि जस्तो लाग्या छ, यस मानेमा कि समानुपातिक चिस्टम ल्याएर मेरो भलो गरिदिए । यदि यो चिस्टम नल्याएको भए मेरो सभासद् हुने सपना म नमर्दै सती गइसकेको हुने थियो होला । प्रचण्ड जी ! यसमानेमा तपाईलाई थोरै भएपनि धन्यवाद च है ।
'संविधानसभाको चुनाउ सोचेभन्दा धेरै चान्तिपूर्ण भयो । मैले त सोचेको थिए, दाङको लमहीमा जस्तो धेरै ठाउँमा हुनेछ । जेहोस् हाम्रा खुमबहादुरजी खुन्खारै हो । उनले जहिले पनि तहल्का मच्चाएरै छाड्छन् । चुनाउमा हारेपनि उनले जीतेकै मान्नुपर्छ । बरु यसपालि मेरो चोरी चुजाता किन पछि परी ? उसले भन्दै थिई- 'चुनाउसम्म दुइदर्जन बढी वाइचिएलको खुन नपिए त जित्नै सकिन्न ।' तर उसलाई के भयो खैं एउटा झिङ्गो पनि मरेन । कतै पुलिस पनि 'क्रान्तिकारी' भए कि ?
खैर जेसुकै होस् बितेका कुरा कोट्याएर कति मन दुखाउनु । बरु, नयाँ नेपालमा नयाँ कुरा गरौं । संविधानसभामा मेरो पार्टी दोस्रो भएर के भो त ? म पहिलो भएरै छोडे । कहा, कसरी, कता, के आधारमा नाप्नुहुन्छ म सधैं पहिलो भएको चु, सधैं पहिलो नै हुन्चु । उस्तै परे ६ सय १ जना सभासद्मध्ये सबभन्दा पहिले मर्ने सभासद् पनि मै हुनसक्छु । सकभर त्यस्तो नहोस् भन्ने हो । त्यसैले नयाँ सरकारको नेतृत्व पनि मैले नै गर्नुपर्छ । नेतृत्वमा म र मेरै पार्टी किन ? भन्ने कुरा म अहिले भन्दैन । (डामाडोल डट कम)

Thursday, May 22, 2008

नागर्जुनमा ज्ञानेन्द्र , नारायणहिटीमा थप सुरक्षा

संविधानसभाको बैठकबाट गणतन्त्र घोषणा गर्न पांच दिन बांकी हूदा राजा ज्ञानेन्द्र छटपटीमा परेका छ्न । राजा ज्ञानेन्द्र आज नागर्नुन दरबारतिर लागेका छ्न भने १३ गते मात्र नारायणहिटी पर्कने कार्यक्रम रहेको समाचार छ । समाचार स्रोतका अनुसार बिहान १० बजे उनी नागर्जुन तर्फ लागेका छन । माओवादीले गणतन्त्र घोषणाको दिन उपत्यकामा देशभरका आफ्ना कार्यकर्ता राजधानी आउन दिएको निर्देशन अनुसार दरबारले उच्च सुरक्षा अपनाएको छ । जसानुसार नारायणहिटी सुरक्षार्थ पांचवटा सुरक्षा घेरा राख्ने तयारी बईरहेको छ । दरबारको बिशेष अनुरोधमा सरकारले नेपाली सेना तैनाथ गर्न लागेको छ । सुरक्षाको लागि नारायणहिटी भित्र दूइ घेरा र बाहिर तीन घेरा तैनाथ गरिने र दरबारको ढोकामा फाइटर ट्यांकर सहितको सैनिक टोली राखिने भएको छ ।
सभवत त्यो दिन दरबारमार्गमा रहेको महेन्द्र शालिक परिसर , निर्वाचन आयोग, शिछा मन्त्रालय रहेको केशर महल, लैनचौर , गैरिधारा, नागपोखरी , चौथो घेराभित्र रहेका छ्न । सो दिनमा रानीपोखरी , अस्कल, त्रिचन्द्र क्याम्पस, जय नेपाल हल परिसर, हत्तिसार, भाटभटेनी, कुमारी हल, कमल पोखरी पाचौं घेरामा रहने र उक्त घेराबाट मानिसहरुलाई दरबारतिर जान प्रतिबन्ध लगाईने संभावना रहेको छ । विशेष सुरक्षाको लागि १ हजार सेना आधुनिक हतियारसहित दरबार बाहिर खटिने छन भने दरबार भित्र भैरवनाथ गणको कमाण्डॊ टोली खटाइने भएको छ । दरबारको उत्तर र दछिण ढोकामा फाइटर ट्यांक राखी दरवारको पर्खालभित्र दोस्रो सुरक्षा घेरा राखिनेछ । सो दिन दरबारका कर्मचारीलाई बाहिर हिंडडूलमा प्रतिबन्ध लगाउने गरी राजा बस्ने मूल सदनको प्रथम घेरा अत्याधुनिक हतियारसहितको टोलीले गर्नेछ ।
सुरक्षाको लागि सरकारको निर्देशनमा नेपाली सेनाले सबै ब्यवस्था गरिसकेको जनाएको छ । राजाको आफन्तको सल्लाह अनुसार राजा ज्ञानेन्द्र दरबार बाहिर बस्न खोजे पनि उनीहरुको आग्रह अनुसार नरायणहिटी भित्रै बस्ने भएको स्रोतले जनाएको छ । स्रोत: खोजतलास दैनिक

Wednesday, May 21, 2008

थाई प्रधानमन्त्री टेलिभिजन कार्यक्रमका कुक

थाइल्यान्डका प्रधानमन्त्री समक सुन्दराभेज टेलिभिजन कार्यक्रममा कुक बनेर प्रस्तुत हुन्छन् । विपक्षीहरूले निर्वाचन आयोगमा आपत्ति जनाउँदै प्रधानमन्त्रीले प्राइभेट कम्पनीमा जागिर खान नहुने बताएका छन् । प्रधानमन्त्री सुन्दराभेजले विपक्ष्ीहरूको यो व्याख्यालाई अस्वीकार गर्दै यसतर्फ आफू सचेत रहने बताएका छन् । उनले आयोगको फैसला नआउन्जेलसम्म टेलिभिजनमा कुकको कार्यक्रम चलाउनबाट 'ब्रेक' लिने पनि बताएका छन् । ७२ वषीय प्रधानमन्त्री सुन्दराभेज थाई टेलिभिजनमा नियमित रूपमा दुईवटा पकवान कार्यक्रम चलाउँछन् ।
२००६ मा सैनिक 'कू' भएपछि उनले सिनेटरको पद गुमाउनुपर्‍यो । त्यसपछि उनले टेलिभिजन कार्यक्रम चलाउन थालेका हुन् । पछि उनले पिपुल्स पावर पार्टीको स्थापना गरे । त्यस पार्टीले डिसेम्बर २००७ मा भएको निर्वाचनमा विजय हासिल गर्‍यो । उनी आफ्नो टिभी कार्यक्रममा कोकाकोलामा सुंगुरको खुट्टा डुबाएर कसरी स्वादिष्ट व्यञ्जन बनाउन सकिन्छ भन्ने देखाउँछन् । यसबाहेक रेस्टुराँ र स्थानीय बजारमा गएर कसरी गुणस्तरयुक्त उत्पादन छनोट गर्ने भन्ने सल्लाह टिभी दर्शकलाई दिने गर्छन् । टिभी कार्यक्रम सञ्चालन गरेर आफूले निवार्चन कानुनको उल्लंघन गरेको भन्ने विपक्ष्ीहरूको आरोपका सम्बन्धमा उनले भनेका छन्, 'मैले यसबारे कानुन विशेषज्ञहरूसँग सल्लाह लिँदा उनीहरूले म कम्पनीको जागिरदार नभएको बताएका छन् ।
विपक्ष्ीको यो समूह मलाई प्रधानमन्त्रीबाटै हटाउने प्रयास गरिरहेको छ । त्यसैले टिभी प्रोग्राममा आफ्नो उपस्थितिलाई केही समयका लागि स्थगित गर्नेछु र निर्वाचन आयोगलाई स्पष्टीकरण-पत्र पठाउनेछु ।' नयां पत्रिका

Sunday, May 18, 2008

एनआरएन जापानका सम्पुर्ण मतदातालाई धन्यबाद तथा नव कार्यसमितिको सफलताको लागि शुभकामना - श्रेष्ठ

१५ मे, २००८, एनआरएन जापानको गत चुनावका अध्यक्ष पदका प्रत्यासी श्री महेश श्रेष्ठले व्यक्तिगत रुपमा जित र हार भन्दा एनआरएन अभियानलाई कमजोर हुन नदिन हामी सचेत हुनुपर्छ र यसका निम्ति गलत प्रवृत्ति र प्रक्रियालाई सच्याएर असहज परिस्थितिलाई सहज बनाउनु पर्छ भन्दै, एनआरएनलाई भावना अनुरुप सँस्थागत रुपमा अघि बढाउन पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै, अधिवेशनमा मत दिनुहुने तथा सहभागी सम्पूर्ण जापानवासी नेपाली दाजुभाई तथा दिदिवहिनीहरु साथै उक्त अधिवेशन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निर्वाचन समिति, निवर्तमान कार्यसमिति लगायत सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ ।
वक्तब्यमा भनीएको छ - सँघीय लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ नेपाल वनाउनका लागि भएको सँविधान सभाको चुनाव पछि लगत्तै मे ४ तारिखका दिन सम्पन्न एनआआरएन जापानको दोस्रो अधिवेशनमा सबैले अपेक्षा गरे भन्दा अधिवेशनमा सहभागिता उत्साहपूर्ण रह्यो । यसलाई एनआरएन अभियानमा जापानवासी नेपालीहरुको सचेतता र सक्रियता बढेको कुराका रुपमा मैले लिएको छु । अर्कातिर अधिवेशनको तयारी व्यवस्थापन र निर्वाचन प्रक्रियाले असहज स्थितिको सिर्जना गरेको पाइएको छ ।

मे ४ तारिखका दिन सम्पन्न एनआरएन जापानको अधिवेशनलाई अधिवेशनमा सँलग्न विभिन्न पक्षहरुको मौखिक, लिखित प्रतिवेदनहरुको समिक्षा अध्ययन गर्दा उक्त अधिवेशन एनआरएनको विधान, भावना एवँ मर्म विपरित, सँसारमा नै प्रचलित निर्वाचन सम्बन्धी सर्वमान्य सिद्धान्तको ठाडो उल्लंघन गरी ,एनआरएन जापानको विधानको परिच्छेद-३ को धारा ४,धारा ५:१, ५:२, ५:३ र गैर आवासिय नेपाली सँधको सँसोधित विधान २००७ को परिच्छेद ४ को धारा ७:२ र धारा २३:२ को ठाडो उल्लँघन गरिएको पाइन्छ।

उक्त अधिवेशनमा धेरै टाढा टाढाबाट समेत आउनु भएका साथीहरु र हजारौँको सँख्यामा उपस्थित नेपालीहरुको भावना र त्यतिवेलाको परिस्थितिलाई समेत ध्यानमा राख्दै, विभिन्न प्रतिकुलताहरु,चुनावका प्राविधिक, वैधानिक एवँ प्रकृयागत त्रुटीहरुका वावजुद पनि उक्त चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरी, सम्भावित अशान्ति र अन्योलताको अन्त्य गर्नु उपयुक्त ठानी आफू चुनावी प्रकृयामा सामेल भएको जानकारी गराउन चाहान्छु । वास्तवमा चुनाव आफैमा नित्तान्त प्राविधिक कुरा हुँदाहुदै पनि उक्त चुनावलाई भावनाका आधारमा सम्पन्न गराइको हामीले महशुस गरेका छौं। जव प्राविधिक कुरा आउछ, तव विधान, नियम कानूनका कुरा आउछन्, भावनाका कुराहरु ओझेलमा पर्न जान्छन्। के अन्तराष्ट्रिय सँजाल वन्दै गैरहेकोको २० लाख प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने एनआरएनले विधि विधान का कुराहरुलाई वेवास्ता गर्दै,केवल भावनाका आधारमा मात्र सँगठन चलाउन सक्छ? एनआआरएन जापानको अहिलेको अधिवेशनको निर्वाचन प्रक्रियाले अहिले एनआरएन अभियानमा लागेका हाम्रा सामु केही गहन प्रश्नहरु खडा गरेका छन्। जापानको नक्कल गर्दै अन्य मुलुकहरुमा पनि कतै यस्तै शैलीको चुनावी परम्परा त बस्ने होइन? भन्ने कुराले एनआरएन अभियानमा लागेका हामीहरुलाई ज्यादै चिन्तित तुल्याएको छ।

अघि भनीएको छ - अर्को तर्फ अहिलेको एनआरएनको चुनावका कारण जापानको विशिष्ट परिस्थितिमा रहेर विभिन्न पेशा, व्यवसाय, श्रम गरी बसेका नेपालीहरु बीचको आपसी एकता, भाइचारा, परस्परका सहयोग र सद्‌भावमा कुनै आँच नआओस्, नेपालका लागि नेपाली भन्ने मूल नारा बोकेको एनआरएनको उद्देश्य र मर्ममा कुनै खलल नपरोस् र जापानवासी नेपालीहरुको हक हितका लागि सबै एकजुट भएर लाग्ने वातावरण वनोस् भन्ने कुरामा पनि हामी उत्तिकै सतर्क छौं। एनआरएन जापानको इतिहासमा हाम्रा सामु कठिन परिस्थिति अनि गहन जिम्मेवारी आएको छ। एनआरएन आइसिसिका जिम्मेवार पदाधिकारीहरुको उपस्थितिमा जुन प्रकृयाले चुनाव सम्पन्न भयो, यसले एनआरएनको सँस्थागत विकास र भूमिकामा नकरात्मक असर पार्न सक्ने कुरालाई ध्यानमा राख्दै,अहिलेको एनआरएन जापानको निर्वाचन एनआरएनको विधिविधान र मूल मर्म अनुरुप भयो कि भएन भन्ने सम्वन्धमा छानविन गरी आफ्नो स्पष्ट धारणा अगाडि ल्याओस् र आगामी दिनहरुमा एनआरएनका विभिन्न देशका निर्वाचन लगायत अन्य साँगठनिक कृयाकलापलाई निश्पक्ष,पारदर्शी र विश्वासयोग्य वनाउनका लागि जापानको एनआरएनवाट पाठ सिक्दै अगाडी वढोस् भन्ने आग्रह एनआरएनको सर्वोच्च निकाय एनआरएन आइसिसि समक्ष राख्न चहान्छु। अन्त्यमा, आफू एनआरएनका हरेक अभियानमा सकृयताका साथ लागि रहने प्रण गर्दै, नव निर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारी एवँ सदस्यहरुलाई हार्दिक धन्यवाद दिदै उक्त कार्यसमितिको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु।

Saturday, May 17, 2008

एमाले महासचिवमा खनाल

दुई सातादेखि जारी एमाले केन्द्रीय कमिटीको बैठकले झलनाथ खनाललाई महासचिव नियुक्त गरेको छ।झलनाथ खनाल नेकपा एमालेको महासचिव नियुक्त भएका छन्। एमाले केन्द्रीय कमिटीको बैठकले जेठ २ गते खनाललाई महासचिव नियुक्त गरेको हो। २००६ सालमा इलाममा जन्मेका खनाल २०३९ देखि २०४६ सम्म एमालेको पूर्व संगठन तत्कालिन नेकपा मालेको महासचिव थिए। २०६१ साल माघ १९ गते राजाको प्रत्यक्ष साशन सुरु भएपछि तत्कालिन महासचिव माधवकुमार नेपाल हिराशतमा रहेका कारण खनाल केही समय एमाले प्रमुख भएका थिए ।
संविधानसभा चुनावमा पार्टीको पराजयपछि महासचिवबाट राजिनामा दिएका माधवकुमार नेपालले बैशाख ३१ गते स्थायी समिति सदस्यहरुको छलफलमा खनाललाई महासचिव बनाउने प्रस्ताव राखेपछि खनालको महासचिव बन्ने सम्भावना देखिएको थियो । उक्त छलफलमा खनाललाई महासचिव बनाउने प्रस्तावको अर्का प्रभावशाली नेता केपी ओलीले समर्थन नगरेका कारण एमालेको प्रमुख नेता चयनमा जटिलता आउने संकेत देखिएको थियो ।
तर जेठ २ गतेको केन्द्रीय कमिटी बैठकमा ओलीले आफ्नो फरक मतलाई मत्थर बनाउदै प्रस्तावलाई मतदानमा नलान सहमति जनाएपछि खनाल सर्वसम्मतिमा महासचिव बनेका हुन् । खनाललाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पनि निवर्तमान महासचिव नेपालले नै राखेका थिए ।
महासचिवमा निर्वाचित भएपछि खनालले आफ्नो काँधमा अरु जिम्मेवारी थपिएको बताए । सिद्धान्त र राजनीतिमा गहिरो दखल राख्ने खनालको कमजोरी निस्क्रियता मानिन्छ । स्रोत : हिमालखबर डट कम

धन्यवाद

यस ब्लगमा लेख्ने मौका दिनु भएकोमा व्लग सँचालकलाई हार्दीक धन्यवाद। ब्लगमा लेख्ने निम्तो पाउदा अभिव्यक्ति स्वतन्त्रा पूर्ण रुपमा पाउने आशा गरेको थिएँ। विश्वजीले पनि आफुले सक्दो सहयोग दिनु भएको छ। यसमा म कसैलाई दोष दिने पक्षमा छैन। अरु भन्दा पनि म सबभन्दा आभारी ब्लगका पाठकहरु प्रति छु जस्ले यस ब्लगमा उठेका प्रश्नहरुले आफ्ना ध्यान तानेको कुरा बता्उ्नुभएको छ। अब शायद आगामी दिनदेखी लोकतन्त्र ब्लगमा म लेख्ने छैन। तर, एनआरएन अभियानको शुभचिन्तक भएका कारण यसका बारेमा भने लेखिनै रहने छु। सम्पूर्ण पाठक मित्रहरुलाई मेरो नयाँ ब्लग एनआरएन आन्दोलनमा एनआरएन सँबन्धी मेरा धारणाहरु पढन हुन हार्दीक अनुरोध गर्दछु।

वेलकम

सुरेश परिवर्तन
आफ्नै अभिनय शैली बोकेका नाना पाटेकर बलिउडका प्रतिभाशाली अभिनेताहरुमा एक मानिन्छ। अर्का तर्फ छन फरदिन खानका पिता तथा कुर्बानी जस्तो ट्रेन्ड सेटिँग सिनेमाका निर्देशक तथा अभिनेता फिरोज खान। मनमा ईच्छा थियो फिरोज भाई र नाना पाटेकर सँगै कुनै एक सिनेमामा हेर्ने। त्यो ईच्छा पुरा गर्यो ब्लकबस्टर वेलकमले। कथावस्तुका हिसाबले वेलकम हाँस्य प्रधान सिनेमा हो। उदय शेट्टीका रुपमा रहेका नाना पाटेकर आफु डन-माफिया भएता पनि आफ्नी बहिनीको बिहे आपराधिक काममा असँलग्न परिवारमा गर्न चाहन्छन। उता डा. घुँघुरुका रुपमा रहेका परेश रावल आफ्ना भान्जा अक्षय कुमारको वैवाहिक सँबन्ध एकदम शरीफ खानदानमा गर्न चाहन्छन। घटनाक्रमले मोड लिँदा अक्षय कुमार र नाना पाटेकरकी बहिनी केटरीना कैफ बिच प्रेमको टुसा पलाउँछ र दुबै कुनै हालतमा विहे गर्ने निर्णयमा पुग्छन। 

नाना पाटेकरको आपराधिक गतिविधि थाहा पाएका परेश रावल भने नाना पाटेकरले अपराधको जीवन त्यागेमा मात्र उनकी बहिनीलाई आफ्नो भान्जी बुहारीको रुपमा स्विकार्ने घोषणा गर्छन। प्रेम प्रसँग र अभिनयको लोभ देखाउँदै नाना पाटेकरलाई आपराधिक जीवनबाट विमुख गर्ने प्रयासको आरडीएक्सका भूमिकामा रहेका फिरोज खानका फिल्मी छोराले विरोध गर्छ र हात हालाहालको स्थितीमा फिरोज खानका फिल्मी छोरालाई घाँटीमा गोली लाग्छ। छोरो मर्यो भन्ने खबरले सुपरमाफिया फिरोज खान ईटालीबाट आउँछन अनि पछि सत्य तथ्य पत्ता लगाउँछन। आफ्नै मान्छेले छोरोलाई गोली हानेको कुराले फिरोज खान क्रुद्ध हुन्छन । त्यसपछि भएभरका विरोधीहरुलाई एउटा पहाडको टुप्पोमा रहेको काठे घरमा बोलाउँछन र मृत्युको खेल खेलाउँछन। त्यतिनै बेला पहिले सो घर भत्काउन आउँदा पिटाई खाएका नगरपालीका कर्मचारी आउँछन र काठको घरलाई पहाडको टुप्पोबाट तल धकेलिदिन्छन। कुनै कर्मचारी सोध्छन, "होईन हजुर, यसो गर्दा त सबै जना मर्छन नी।" त्यसवेला उक्त कर्मचारी भन्छन," सब सालाहरु अपराधी हुन। धकेलीदिए हुन्छ सबलाई, अनि हेर हामीले कति पुरस्कार पाउँछौँ।" हाँस्य भन्दा विडम्बना धेरै छ यो सीनमा। किनभने त्यो घरमा अपराधिलाई सुधार्ने क्रममा भएको दुर्घटनाका कारण अर्का खुँखार अपराधीका हातबाट सजाय पाउन लागेका सुधारवादी प्रेमी-प्रेमीका दुबै छन। तर, बाहीरिका नजरमा भने त्यो घर पुरै अपराधीको घर बनेको छ। 

एउटै घरमा अपराधी र अपराधीलाई सुधार्ने व्यक्तिहरु हुन सक्छन जसरी समूद्रमा मोतीका साथ-साथै कुडा-कर्कट । तर, भित्री कुरा बाहिरकाले थाहा पाएका छन भन्ने हुँदैन। बाहिरकाहरु हेर्छन यहाँ भेला छ, भेलामा केही माफिया छन र केही अपराधिहरु छन। माफिया र अपराधिहरुसँग बस्नै सबै अपराधी नै हुन्नछ। लिटिल नलेज ईज डेन्जरस थीँग भन्छन नी। हो त्यस्तै हो, आफ्नो काममा लागेका कर्तव्यनिष्ठहरु पनि लिटिल नलेजमै बस्छन अनि तुरुन्तै निर्णय दिन्छन "साला! सब अपराधी हुन।"

वेलकमको अन्तिमतिरको यो दृश्यमा हाँस्यलाई चम्काउन घर भत्किनु जरूरी देखिन्छ यदि पटकथाकार र निर्देशनको परिकल्पनालाई हेर्ने हो भने। तर, उनले आफ्नो कथाको माग अनुसार राखेको मोडले भने जबर्जस्त सामाजिक सन्देश दिएको छ। त्यो सन्देश यो ठाँउमा चाहिन्छ वा त्यो ठाँउमा चाहिन्छ भनेर म भन्न सक्दिन। तर, मेरो विचारमा हाम्रा केही सामाजिक सँगठनहरुमा रहेकाहरुले भने यो सन्देश बुझ्नु पर्छ। हामी छौँ, हाम्रो बहुमत छ, हामीले गर्न सक्छौँ, हामीले थप्न सक्छौँ, हामीले काम गर्न सक्छौँ भन्नेहरुले बुझ्नु पर्छ, हामी-हामी भन्ने चक्करमा अरु कसैले "तिमीहरु साला! सब एक हो" भनेर नभनोस। 

वेलकम, एभरीवडी कम वेलकम
वेलकम टु द पार्टी कम वेलकम
ह्याज एनोदर गर्ल फर एभरीवन
वेलकम वेलकम वेलकम

Friday, May 16, 2008

नव-निर्वाचित एन आर एन जापानका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना - नेकपा एमाले प्रवाश कमिटी जापान

मे ४ तारिख सम्पन्न भएको एन आर एन जापान को दोस्रो अधिवेशन सम्पन्न गर्नका लागी महत्वपूर्ण भूमिका खेल्नुहुने, आदरणीय सम्पुर्ण जापानबासी नेपाली दाजुभाई दिदी बहिनीहरु क्रियाशिल राजनैतिक संगठनहरु विभिन्न सामाजिक तथा व्यापारीक संघ सस्थाहरु लगायत पत्रकार साथीहरुमा एमाले जापान प्रवास कमिटीको तर्फ़बाट र मेरो ब्यक्तिगत तर्फ़बाट हार्दीक बधाई अभिवादन गर्दछु ।

नेकपा एमाले प्रवाश कमिटी जापानका सचिव सुर्यप्रसाद पाठकद्वारा जारी वक्तब्यमा हालै सम्पन्न एन आर एन जापानको निर्वाचन र त्यस सम्बन्धमा चलेका विभिन्न खालका चर्चाहरुबाट ने क पा एमाले जापान प्रवास कमिटीको ध्यानाकर्षण भएको भन्दै, जसरी नेपालमा संबिधान सभाको चुनाव विभिन्न आशंका विच सम्पन्न भएको थियो, त्यस्तै गरी एन आर एन जापानको निर्वाचन पनि विभिन्न प्रतिकुल परिस्थितिका वावजुद पनि सम्पन्न भएको जनाएको छ ।

निर्वाचनलाई स्वच्छ र पारर्दशी बनाउनका लागि खेल्नु पर्ने महत्वपुर्ण भुमिकामा निवर्तमान कमिटीको व्यापक कमि-कमजोरी रहेको र निर्वाचनलाई स्वच्छरुपमा सम्पन्न गर्न महत्वपुर्ण सम्मानित भुमिका निर्वाह गर्नुपर्ने आइसीसी का जिम्मेवार पदाधिकारीहरुको भुमिका समेत सन्तोषजनक नरहेको पाइएको छ । तरपनि एन आर एन जापान प्रतिको उत्साह र विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरुको भावनालाई आत्मसात गर्दै सबैको सहमतिबाट निर्वाचन प्रक्रियालाई अगाडी बढाउने निर्णय अनुरुप नै एन आर एन जापानको निर्वाचन सम्पन्न भई नया कमिटीको चयन समेत भई सकेको अवस्थामा अव विगतको तिक्तता बिर्सी, सहमति र सहकार्यको संस्कारलाई विकास गर्दै, यस्ता कमि कमजोरीहरु आगामी दिनमा दोहोरिन नदिने प्रतिवद्दताका साथ एन आर एन जापानको अभियानमा संलग्न हुनका लागि, सबैलाई आफ़्नो ब्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठेर एकै ठाउमा बसेर छलफल गर्न आव्हान गर्दछु ।

साथै बक्तब्यमा भनिएको छ - जापानमा विश्वकै उच्च सामाजिक सदभाव र पारस्परिक सम्मान छ, यसलाई अनुसरण गर्दै वोलीमा अथवा उपदेश दिनका लागि मात्र नभई आफ़्नो व्यवहारमा समेत हामी सबैले लागु गर्नुपर्ने यथार्थलाई आत्मसाथ गर्दै नया नेपालको आर्थिक, सामाजिक एंव संघीय लोकतान्त्रिक गणतन्त्रको विकाशको मार्गमा लाग्न एन आर एन जापान र नव-निर्वाचित कार्य-समिति सफल होस भन्ने कामनाका साथ एमाले प्रवास कमिटीले शुभकामना ब्यक्त गर्दछ।

Thursday, May 15, 2008

संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानद्वारा ध्यानाकर्षण

एनआरएन जापानको मे ४ का दिन सम्पन्न दोश्रो राष्ट्रिय अधिवेशनको निर्वाचनमा देखिएका कमजोरी तथा त्यसबारे सार्वजनिक रुपमा उठेका टिका टिप्पणी प्रति संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानको ध्यानाकर्षण भएको जनाएको छ ।
मोर्चाका अध्यक्ष कृष्ण केसी द्वारा जारी वक्तब्यमा यसको उल्लेख गरिएको छ । केसीद्वारा जारी बक्तब्यमा भनिएको छ - एनआरएन जापानको दोश्रो सम्मेलन आयोजक समितिले निर्वाचन लगायत सम्मेलन सम्पन्न गर्नका लागि गर्नुपर्ने आधारभूत तयारीमा अत्यन्त ठूलो कमजोरी देखायो । उसले ४ तारिकको निर्वाचनका लागि त्यसैदिनको दिउसो १२ वजेसम्म मतदाता नामावालीको बारेमा छलफल गरि समय लम्ब्यायो । अन्तत एनआरएन आइसीसीको जिम्मेवार ब्यक्तिहरु सहितको रोहवरमा अधिवेशन स्थलमा उपस्थित सबै नेपालीलाई मतदान गर्न दिने सहमति गर्दै एनाअरएनको सदस्य हुन १८३ दिन पुग्न पर्ने बैधानिक व्यबस्थाको ठाडो उलंघन गरियो । संस्थाको साधारण सदस्य समेत नभएका ब्यक्तिलाई केवल पासपोर्ट वा एलाइन कार्ड वा ड्राईभिङ लाईसेन्स देखाएर भोट खसाल्ने जस्ता विधान विपरितका कार्य आइसीसी कै ब्यक्तिहरुको रोहवरमा भयो । बिधान भन्दा बाहिर गएर निर्वाचन सम्पन्न गर्न खोज्दा मतदानकेन्द्र अराजक भिडमा परिणत हुन पुग्यो । जसले गर्दा निर्वाचनको सिंगो प्रकृया नै गलत दिशाबाट अगाडि बढ्ने स्थिति देखा पर्यो ।
बक्तब्यमा अघि भनिएको छ - मतदानलाई व्यबस्थित गर्न निर्वाचनमा सहभागी सम्पूर्ण पक्षको सल्लाह बा रोहबरमा स्वयमसेवकको व्यबस्था गर्न नसक्नु, उम्मेदवारहरुको प्रतिनिधी (एजेन्ट) राख्ने व्यबस्था नगर्नु, मत खसालेको ब्यक्तिको पहिचानको ब्यवस्था नहुनु र भए पनि ढिको गरी औंलामा मसी लगाउने अस्थायी ब्यवस्था गरिनु, कतिपय ब्यक्तिबाट पटक-पटक मतदान गरिनु, कतिपय मतदातालाई मतदानका बारेमा जानाकारी नहुनु र मतदातालाई सिकाउने नाममा कसैका पक्षमा मतदान गर्न प्रेरित गर्नु र मतदान कार्य गोप्य हुन नसक्नु जस्ता स्वच्छ निर्वाचन बिरोधी क्रियाकलापहरु मतदान केन्द्रमा देखापरे जसलाई निर्वाचन आयोगले मुकदर्शक बनेर हेरिरह्यो । मतदानमा देखापरेका उल्लेखित घटनालाई रोक्नका लागि समन्धित पक्षलाई सचेत बनाउने काममा राजनैतिक दल र नागरिक समाजको भूमिका पटक्कै नहुनुले पनि त्यसप्रकारका कामहरुले प्रश्रय पाउन गए । यस्तो अवस्थामा निर्वाचन कसले जित्यो र कसले हार्यो भन्दा पनि सिंगो लोकतान्त्रिक पद्धति प्रकृया नियम कानून वा विधि विधान र निर्वाचनमा स्वच्छ प्रतिष्पर्धाको संस्कृति र संस्कार जस्ता एक्काइसौ शताव्दीका स्थापित लोकतान्त्रिक मूल्य मान्यताहरुले हारेको हामीले महशुस गरेका छौ । मुलुक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न जुटिरहेको बेला जापान जस्तो संसारको उच्च बिकसित र लोकतान्त्रिक पद्धति र संस्कार भएको देशमा रहेका हामी नेपालीहरुले एउटा सानो संस्थाको निर्वाचनमा देखा परेका वा प्रयोगमा ल्याएको पद्धति र प्रक्रियालाई संसारको कुनै पनि लोकतन्त्रवादी ब्यक्तिले देख्यो भने उसले हाम्रो लोकतन्त्रपतिको प्रतिवद्दता माथि नै प्रश्न चिन्ह खडा गर्न सक्दछ । साथै यो निर्वाचनले हामी जापानवासी बिभिन्न संघ संस्थाका जिम्मेवार व्यक्तीहरुको कमजोरीलाई पनि संगै उजागर गरेको छ । त्यसैले यतिबेला कुनै पनि व्यक्ति समूह बा पार्टीलाइ दोष लगाउनुभन्दा हामी आ-आफ्ना कमजोरी प्रति निर्मम बन्दै आफुलाइ सार्वजनिक रुपमै सच्चाएर अगाडी बढनु पर्दछ भन्ने हामीलाइ लाग्दछ ।
अघि भनिएको छ - मूलत: एनआरएन जापानको दोश्रो अधिवेशन आयोजक समिति, एनआरएन आइसीसीका जिम्मेवार ब्यक्तिहरु , निर्वाचन समितिले व्यापक कमजोरीका बाबजुद सम्मेलन सफलतापूर्वक सम्पन्न भएको घोषणा गरे पनि यो निर्वाचनको विरुद्दमा चौतर्फी सार्वजनिक टिका टिप्पणी भईरहेको अबस्थामा एनाआरएन आइसीसीले एउटा स्पष्ट दृष्टिकोण सार्वजनिक गरोस भन्ने हामी माग गर्दछौ । साथै सो निर्वाचनमा आ-आफ्नो व्यस्तताका बाबजुद पनि हजारौको संख्यामा उपस्थित भएर मतदान गर्नुभएका सम्पुर्ण लोकतन्त्रबादी जापानवासी नेपालीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

अभिताभ बच्चन र आधी चाकको कुरा

सुरेस परिवर्तन

साठी वर्ष काटे पछि हिन्दी चलचित्रका बिग बी अमिताभ बच्चन अहिले मजाले ब्लगिँग गर्दैछन(अमिताभको ब्लग)। दुई हप्ता अगाडी बिहारी भाई शत्रुधन सिन्हालाई दनक दिएका अमिताभले यसपाली भने किँग खान शाहरुखद्वारा सँचालित "पाँचवी पास"का सँबन्धमा टिप्पणी गरेछन। ठुल्ठुला अभिनेताहरुले सँचालन गरेका टेलिभिजन कार्यक्रम पनि किन असफल हुन्छन भन्ने अमिताभको सोधाई रहेछ आफ्ना ब्लगका पाठकहरुका लागी। तर, भारतका पत्रकारहरुलाई यो नै ठूलो स्कूप भएछ र घेरीहालेछन शाहरुख खानलाई। पत्रकार लगायत मिडियाका विभिन्न अँगलाई गुड ह्युमरमा राख्न सफल शाहरुखले पनि यसपाली भने चलाखीपूर्ण तवरले जवाफ दिएछन। खाडी मुलुकमा एउटा कार्यक्रमका दौरान अमिताभलाई दर्शक दिर्घा भन्दा निक्कै पछाडी राख्दा उनका मित्र अमर सिँह (जो आजकाल भारतमा "अमरसिँहकी अमर कहानी"का कारण प्र(कू)ख्यात छन)ले आयोजकसँग वादविवाद गर्दा स्वयम शाहरुख खानसँगै झगडा परेछ। बलिउडमा किँग खान र बिग बी का बिचमा शितयुद्ध त्यसबेला देखी नै शुरु भएको हो।
आमिर खान (आमिरको ब्लग)पश्चात शायद अमिताभ नै होलान जस्ले ब्लगका मार्फत आफ्नो अभिनय, टेलिभिजन कार्यक्रमहरुका सँबन्धमा भारतेलीहरुसँग सीधै सम्पर्क गर्दैछन। यस पँक्तिकारले पनि अमिताभको एउटा पोस्टिँगमा (जहाँ उनले महाराष्ट्र नवनिर्माण सेनाका राज ठाकरेका विरुद्ध केही लेखेका थिए) आफ्नो टिप्पणी राखेका थिए, तर सयौँ कमेन्टका बिचमा खोज्नै सकिएन। 
अर्कातर्फ, अमेरीकामा एउटी धम्मरधूस महिला जेनेट फुल्दा उर्फ पास्ता क्वीनले आफ्नो चाकलाई करीब आधा-आधी पार्ने प्रकृयामा ब्लग लेखनका साथ-साथै एउटा पुस्तक पनि निकालेका रहेछन। १७० किलोग्रामको आफ्नो शरीरलाई ८४ किलोग्राममा ढाल्ने क्रममा आफ्ना अनुभवलाई ब्लगमार्फत पाठकहरुसँग पस्कँदा यिनी निक्कै लोकप्रिय बनेकी रहिछन। अर्गानिक खाना, सेक्स विद योगा र शारीरिक अभ्यासका विभिन्न कठीन कोर्श गर्नुको ठाउँमा यीनले पालीस नगरेका अन्न, सागसब्जी र बोसो रहित मासु खाँदै आफ्नो तौल घटाएकी रहिछन। तर, तौल घटाउने क्रममा आफुले लेख्ने गरेको ब्लगले निक्कै अनुशासित हुन यीनलाई मद्दत गरेको रहेछ। शारीरिक रुपमा तन्दुरुस्त रहने हो भने स्थिर रहनुको साटो निक्कै क्रियाशील हुनु पर्छ र तौल घटाउनु पर्छ भन्ने यीनको धारणा वास्तवमै सही धारणा हो जस्तो मलाई लाग्छ। जेनेट पास्ताक्वीन फुल्दाको ब्लग र पुस्तक यस साईटमा भेट्टाउन सकिन्छ; (हाल्फअफमी)

Wednesday, May 14, 2008

के उपेन्द्र महतोले केही गर्लान?

सुरेश परिवर्तन
१९८३ मा बेलायतबासी आप्रवासी भारतीय लखुभाई पाठकले १ लाख डलर चन्द्रा स्वामीका मार्फत तत्कालीन विदेश मन्त्री पी.भी. नरसिँह रावलाई दिएका थिए। न्युजप्रिन्ट तथा कागज कारखानाका लागी चाहिने कच्चा पदार्थको सप्लाई गर्ने कन्ट्रयाक्ट हातमा पार्ने धूनले लख्खुभाई पाठकले कुख्यात हतियार बितरक अदनान खशोगी (मुझको भी तु लिफ्ट करादे वाला अदनान सामी होईन)का मित्र चन्द्रा स्वामीको मनोरँजनका लागीमात्र तिस हजार डलर खर्च गरेका थिए। नरसिँह रावको राजनैतिक जीवनको कालो धब्बा लगाएको यस घुस कान्डले २००३ सम्म पनि उनका पिछा छोडेको थिएन। भारतको अर्थतन्त्रलाई खुला बजार अर्थतन्त्रमा ल्याउने श्रेय पाउने नरसिँह रावको एउटा उद्देश्य आप्रवासी भारतीयहरुको पूँजी भारतमा भित्र्याउनु पनि एक थियो। पूँजी त भित्रियो साथ-साथै आप्रवासीलाई ठगेको चर्को आवाज पनि सुनियो। आप्रवासी भारतिय कानूनको निर्माण तथा पूँजी लगानीका लागी आवश्यक कानूनहरु तत्पश्चात भारतेली सँसदले निर्माण गर्यो। गैर-आवासीयहरुको बढदो आर्थिक, सामाजीक र राजनैतिक सफलताले गर्दा अहिले भारत सरकार सिमित रुपमा द्वैद नागरिकता पनि प्रदान गर्दैछ। 
भारतमा लख्कूभाई पाठक ठगिनु पर्दा एनआरआई कानूनहरु निर्माण हुन निक्कै मद्दत गरियो। कलिउड र हाम्रा छोटे नेताहरुले भारतका हरेका कुरा पछ्याए जस्तै गैर-आवासीय नेपालीहरुले पनि एउटा कुरा पछ्याए-त्यो हो गैर-आवासीय नेपालीसँघको स्थापना गरेर। तर, ठूलो गल्ती भने केन्द्रिकृत ढाँचामा अन्तर्राष्ट्रिय समन्वय परिषद राख्दै, प्रत्येक देशमा राष्ट्रिय समन्यय समितिहरुलाई शाखा कार्यलयका रुपमा खोलेर नै गरेको देखिन्छ । भारतेलीहरुले विभिन्न देशमा एनआरआई एसोसियसन बनाएका छन तर कुनै छाता सँगठन बनाएका छैनन। भारत सरकार आफैले कानून बनाईसकेका अवस्थामा सो कानून अन्तर्गत आप्रवासी भारतीयहरुको कुनै पनि सँगालोले बनाएको सँगठनलाई नै आप्रवासी भारतियहरुको सँगठन मानिने भएका कारण अहिले छातासँगठन विना नै प्रशस्त आप्रवासी भारतीयहरुका सँगठन छन। अनि, आप्रवासी भारतियहरुको विश्व सम्मेलन केन्द्र सरकार लगायत राज्य सरकारहरुले आ-आफ्नै स्तरमा गर्दैछन। 
एनआरएनको नयाँ विकसीत स्वरुप
गैर-आवासीय नेपाली सँगठन र गैर-आवासीय भारतेलीहरुका बिचमा तुलना गर्दा, आप्रवासी भारतीयहरुका मामिलामा भारत सरकार आफै अगाडी सरेर हरेक मु्द्दामा आप्रवासी भारतीयहरुका साथ दिईरहेका छन। अमेरीकामा बबी जिन्दल बाराक ओबामाका साथ उप-राष्ट्रपतिको चुनावमा लडने सँभावना देख्दा प्रसन्न भारतीय नेताहरु मलेशीयामा भारतेलीहरु विरुद्ध दमन गर्दा चर्को रुपमा अप्रसन्नता व्यक्त गर्दछन। आप्रवासीका मु्द्दामा भारत सरकार स्वयम नै अगाडी बढेर बोल्ने हुँदा, कुनै छाता सँगठनको आवश्यकता नरहेको स्पष्ट देखिन्छ। नेपालको स्थितिमा भने यहाँ सँगठनको आवश्यकता नेपाल सरकारले भन्दा बढी गैर-आवासीयहरुले महशुस गरेका छन। यसको प्रमूख कारण नेपाली राजनितिज्ञहरुको सँकीर्ण सोच र धनपति गैर-आवासीयहरुको राजनैतिक महत्वकाँक्षा नै हो। 
एनआरएन सँगठनको निर्माणलाई हालसम्मको गतिविधि र कृयाकलापको नजरले हेर्न हो भने अब यो कुनै व्यावसायिक उद्देश्य भन्दा पनि राजनैतिक उद्देश्य बोकेको सँगठनका रुपमा देखिन थालेको छ। नेपाल सरकारले गैर-आवासीय नेपाली विधेयक पारित गरिसकेपछि यस सँगठनको खासै केही महत्व देखिन्न। गैर-आवासीय विधेयक पास भए पश्चात यो सँगठन विघटन गरिएमा पनि यहाँ सँलग्न कसैलाई फरक पर्दैनथियो। तर, त्यसो गरिएन र धमाधम कन्फ्रेस, अधिवेशनहरु गरिँदै छन।
एनआरएनले कस्तो राजनीति गर्दैछ?
ठाउँ-ठाउँमा क्षेत्रिय भेला गर्दै नेपालमा विकासका लागी यसो गरेँ/गर्ने वा उसो गरेँ/गर्नु जस्ता कुराहरु उल्लेख गर्दै आफ्ना भेला र अधिवेशनका सफलतामा एनआरएन ठुलो खुशी व्यक्त गर्दछ। नेपाल सरकारले पास गरेको विधेयकलाई हेर्ने हो भने पनि यस्ता भेला र यस्ता भेलामा गरिने(घोषणा मात्र भएपनि) सामाजिक कृयाकलापका सँबन्धमा केही उल्लेख गरिएको पाईन्न । पाईने एउटै सुविधा परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न पाउने मात्र हो। एनआरएन सँगठनको उद्देश्य अनुसार देखिएका यसका कृयाकलापहरुका सँबन्धमा विधेयक चुप छ। यसले के देखाउँछ भने सामाजिक कृयाकलापका आडमा अहिले एनआरएन एक हिसाबले सशक्त सँगठनको निर्माण गर्दैछ। विभिन्न मुलुक, पेशा र क्षेत्रका नेपालीहरुलाई सामाजिक काम गरौँँ भन्दै अहिले एनआएनले आफ्नो सँगठनलाई मजबुत गर्देछ॥ यसको वर्तमान उद्देश्य सामाजिक देखिन्छ तर भविष्यमा कुन मोड लेला थाहा छैन। 
एनआरएनमा भित्रिएको विकृति
नेपालमा राजनीति गर्न सँगठन, पैसा र प्रचार अति आवश्यक छ। तर, सच्चा समाजसेवीहरुलाई न सँगठन चाहिन्छ न प्रचार। खुरुखरु समाजसेवा गर्छन र जे-जति सामाजिक सम्मान पाए, त्यतिमै खुशी रहन्छन। तर, एनआरएनमा भने त्यस्तो छैन। यहाँ एउटा होडबाजी छ कसले बढी समाजसेवा गर्यो भन्ने प्रचार गर्ने। कहिले कुनै जिल्लामा पाँचवटा कम्प्युटर दिएको चर्चा गर्छन भने कहिले मेनेजर अफ द ईयर पायो भन्ने प्रचार गर्छन। आफ्नो अध्यक्षतामा रहेको सँगठनमा कुनै देशबाट कसैलाई अन्तर्राष्ट्रिय समन्वय परिषदमा नियुक्त गर्नु भन्दा अगाडी ति व्यक्ति उक्त देशको एनआरएन सँगठनमा छन कि छैनन? त्यो कुरा त मेनेजर अफ द ईयरले थाहा पाउनु पर्ने होईन र? एनआरएन जापानको मतदाता नामावली पुरै पल्टाएँ तर मैले कही पनि २७ जनवरी २००८मा जापानबाट आइसीसीमा को-अप्ट गरेका डा. कुमार बस्नेतको नाम मतदाता नामावलीमा भेट्टाईन। 
एनआरएन जापानको वर्तमान सँकट अरु कुनै कारणले भन्दा प्रचारमूखी ढोँगले गर्दा आएको हो। यो सँस्थामा पुग्न हानाथाप गर्नु, हात-खुट्टा भाँच्ने धम्की दिनु, टाउको फोडछु भन्नु, चुनावी प्रकृयालाई दिन दहाडै बलात्कार गर्नुले के देखाउँछ भने केहि नेपालीमा एनआरएनमा पस्ने बितिक्कै शुद्ध होईन्छ, दुधले धोएको मानिन्छ र ठुलो सामाजीक प्रतिष्ठा पाईन्छ भन्ने सोचमा छन। यो एकदम गलत सोच हो, तर पनि हामी सबै एनआरएन भन्दै पछि-पछि दगुरिरहेका छौँ। यसमा म अरुभन्दा पनि ठुलो दोषी डा. उपेन्द्र महतो स्वयमलाई देख्छु। टन्न पैसा हुने मान्छेलाई समाजसेवा गर्नु छ, देवघाटमा वृद्धाश्रम बनाउनु छ, पशुपतिमा वृद्धाश्रम बनाउनु छ र ठाउँ-ठाउँमा कम्प्युटर बाँडनु छ भने के कुनै सँगठनको जरुरत पर्छ? डा. उपेन्द्र महतोले अब के गर्नु पर्छ भने जापानको एनआरएनको चुनाव परिणामलाई बदर गर्ने घोषणामात्र होईन, अन्तर्राष्ट्रिय समन्वय परिषद नै भँग गर्नु पर्छ। होईन, सँगठन चाहिन्छ भन्ने सोच उहाँ राख्नु हुन्छ भने सँगठनभित्रको राजनीति र त्यो राजनीतिले भित्र्याएको कुडा-कर्कटलाई पनि उहाँले सँबोधन गर्ने नीति बनाउनु पर्छ। 

Tuesday, May 13, 2008

नेपाली साहित्य र म

सुरेश परिवर्तन

नेपाली साहित्यमा त्यति रुचि छैन भनेर कसरी भनुँ। प्रज्ञा प्रतिष्ठानको ढोकामा रहेको पसलबाट समलोचना लगायत विभिन्न साहित्यिक पत्रिकाहरु किनेर पढने गरेको थिएँ। म मा नेपाली साहित्य प्रति मेरो अनुराग जगाउनमा मेरा दिवगँत पिताजी लगायत काकाहरुले पढने गर्नु भएको पत्रिका-उपन्यासले धेरै ठुलो भूमिका खेलेको छ। काकाले कोठा सर्ने बेलामा किताबै-किताबले भरेको काठको बाकस भर्याङ््ग मूनि राख्नु भएको थियो। त्यतिकै चन्चलतावश बाकस खोलेर हेर्दा केही किताब देखेँ र पढन मन लाग्यो। " बालक बबुरो द्विज सुकनाम, हुँ म परेको छु एक पिँजरामा..." कवि शिरोमणि लेखनाथ पौड्याल द्वारा रचित "पिँजडाको सुगा" मैले कन्ठै पारेको थिएँ। त्यो बेला खै किन हो मलाई, त्यो कविताले एकदम घत पारेको थियो। स्कूलको पाठ्यक्रममा समावेश "सत्य सन्देश" पढिरहेकै थिएँ। कृष्णगोपाल सर "झुकेको वृक्ष निहुरिन्छ निरन्तर..........." हाम्रो आदर्श हुनुपर्छ भन्नुहुन्थ्यो। तर, पाठ्यक्रममा समावेश नभएको "पिँजडाको सुगा" मलाई जहिले पनि मन पर्यो। अहिले पनि म कहिलेकाँही गुनगुनाउँछु जब मेरी बुढी ज्यादा कच-कच गर्न थाल्छिन।
काकाको खजानामा रहेको यस पुस्तकबाट मैले जीवनमा शायद पहिलो पटक बन्धनको कष्ट महशुस गरेको थिएँ भने काकाकै खजानामा रहेको "स्वास्नीमान्छे" उपन्यासबाट जीवनकै पहिलो उन्मुक्ती महशुस गरेको थिएँ। नेपाली शब्द भन्डार निक्कै कमजोर थियो, अर्थ नबुझे पनि उपन्यासमा प्रस्तुत "नितम्ब'को नचाईले रोमान्चित हुन्थे। अहिले म महशुस गर्छु, १४-१५ वर्षे वय: सन्धी नाघ्ने उमेरका र नेपाली शब्दका अर्थ राम्रोसँग नबुझ्ने बालकमा पनि उत्तेजना जगाउन सक्ने शब्दशिल्पीहरुलाई हामीले मान्नै पर्छ। यो थियो, नेपाली साहित्यमा मेरो अनुराग जगाउन सफल काकाको खजानाको कुरा।
क्याम्पसमा प्रवेश र नेपाली विषयको अध्ययनका क्रममा भाषा-व्याकरणकै सन्बन्धमा पनि केहि सिक्नु पर्छ भन्ने भावना जागृत हुन पुग्यो। यसमा धेरथोर दवाव नेपाली विषयमा आवश्यक व्याकरणिय ज्ञानको कारण पनि थियो। जब अमृत क्याम्पसका लक्ष्मीकाँत पन्थीसरसँग सल्लाह मागेँ, उहाँले "राम्रो रचना मिठो नेपाली" लगायत अन्य व्याकरणका पुस्तकहरुका नाम दिनु भयो। "राम्रो रचना मिठो नेपाली"को नाम अहिले सम्झेको कारण पनि एउटा छ। त्यो हो, उक्त व्याकरणिय पुस्तकमा प्रस्तुत नाटककार बालकृष्ण समद्वारा रचित एउटा छन्दको कारण हो जसमा कुनै बुढी आमैलाई चाक्सी कति मिठो भनि सोध्दा, उक्त बुढी आमै आफुलाई बोक्सी भनिन भनेर रिसाउने एउटा छन्दात्मक दृष्टान्त छ।
क्याम्पस पश्चात भारतमा अध्ययनका क्रममा नेपाली साहित्यबाट केही लगाव हट्यो र अँग्रेजीमा पढन थालियो। हामी धेरैका अँग्रेजी सुध्रनुमा हाम्रो भारत अध्ययनको देन छ जस्तो मलाई लाग्छ। अध्ययन पश्चात काठमाडौँमा एकाध गोएथे ईन्स्टीच्युटमा गएको सम्झना छ। त्यो पनि कुनै नेताको पुस्तक विमोचन समारोहमा हो जस्तो लाग्छ। तर, नेपाली साहित्यमा मेरो अनुराग जगाउने काम भने न्युरोडको पीपलबोटले नै गरेको हो। भारतबाट भर्खर नेपाल फर्केको म टाईम्स अफ ईन्डीयाको खोजीमा नजर दौडाईरहेको थिएँ, त्यतिकैमा प्रतिष्ठानबाट प्रकाशित हुने "समालोचना"मा आँखा पर्यो। १५‍‍-२० रुपैयाँ दरका ती त्रैमासिक (शायद) एकाध हातमा राखे र हेर्न थालेँ। नेपाली साहित्यमा उदियमान तथा स्थापितहरुका रचनामा आँखा जुधेपछि पढन मन लाग्यो र किनेँ। त्यसपछि समालोचना मैले शायद लगातार नै किनेँ होला। काठमाडौँ विश्वविध्यालयमा १९९६ देखि पढाउन थाले पछि त यसमा रुचि झन बढन थाल्यो। कारण विश्वविध्यालयका नेपाली भाषाविद र रचनाकारहरुका रचनाहरु पढने उत्साह।
भवानी भिक्षु, दौलत विक्रम, सरुभक्तहरु धेरै पढियो जस्तो लाग्छ। रचनाको नाम केही पनि याद छैन। विपी कोईरालाका त सबै जसो रचनाहरु पढेको छु। कवितामा मेरो रुचि पछि रहेन। फलस्वरुप, गध्य, पध्य र निबन्धहरु धेरै पढन थालियो। वास्तवमा, अन्य धेरै नेपालीहरु जस्तै म पनि शौकिया पाठक मात्र हुँ। जानकार पाठक होइन। वास्तवमा अन्य धेरै जसोलाई जसरी मलाई पनि पुरस्कृत कृतिहरुनै पढन मन लाग्छ। अहिले मलाई पढन मन लागेको चाँही कृष्ण धारावासीको मदन पुरस्कार प्राप्त कृति हो। नाम बिर्सेको छु। किताब पसलमा गएर भन्छु र किन्छु।
म, जस्तै सबै नेपाली पाठकहरु हुन्छन भन्ने छैन। कोही नेपाली साहित्य भन्ने बितिक्कै भुतुक्क हुन्छन र हरेक नयाँ लेखक र रचनाकारका नाम सम्झन्छन होला। कमला स्वरुपको नाम चाँही उनले राजा ज्ञानेन्द्रको समर्थन गरेका कारण कतै पढेको थिएँ र सम्झेको हुँ। राजतन्त्रको समर्थन गर्नेहरु साहित्यकार होईनन भन्ने पक्षमा म छैन। लेखनाथ पौड्याललाई "पिँजडाको सुगा" लेखेका कारण राणाविरोधि भनेर दु:ख दिएका थिए रे पछि "सत्य सन्देश" कै आडमा विरोधीहरुले महेन्द्रभक्त भनेका थिए रे। यी कुराहरु एकदम वाहियात हुन। मलाई सबभन्दा वाहियात लागेको त युद्ध प्रसाद मिश्र र मोदनाथ प्रश्रितलाई "प्रगतीशिल" साहित्यकार भनेको कुराले नै हो। साहित्य अभिव्यक्तीको माध्यम मात्र हो, यहाँ सर्जकको राजनैतिक आस्था कहीले खोजीनु हुँदैन। तर पनि मानिसहरु गुट बनाउँछन र नियोजीत प्रयोजनका लागी त्यस्ता गुट-समूहको प्रयोग गर्छन। सुन्दै छु, जापानका डा. गणेश कुमार बस्नेत अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका हर्ताकर्तामा नियुक्त भएका छन रे। राम्रो हो, यदि यीनले उक्त पदमा बसेर राम्रा सिर्जना गर्ने र आफ्ना मनोवेदनालाई जनसमक्ष पोख्ने हो भने। होईन, यो अध्यक्ष बन्ने यावतका कुराहरु राजनीतिबाट प्रेरित छ भने, अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाली साहित्य कहिले उँभो लाग्दैन।

Monday, May 12, 2008

एनआरएन-जापान दोस्रो अधिवेशन: कानूनी तथा वैधानिक प्रश्नहरु

सुरेश परिवर्तन
एनआरएन-जापानको दोस्रो अधिवेशनका दौरान जे-जति घटनाहरु घटे, त्यसले हाम्रा अगाडी केही कानूनी र वैधानिक प्रश्नहरु उठाईएका छन। यस अधिवेशनका लागी तयार गरिएका आचारसँहितालाई हेर्ने हो भने, आचारसँहित निषेधात्मक मात्र छ। यसले अधिवेशन अगाडी वा अधिवेशन पछाडी कुनै हृँशक घटना भएमा वा मादकपदार्थका सेवन गराउँदै, भोज-भतेर गर्दै भोट किन्ने प्रयास गरेमा के कार्यवाही गर्छ भनेर केही उल्लेख गरेको छैन। अधिवेशन स्थलमा यो गर्ने र त्यो नगर्ने जनाउ दिने आचार-सँिहतामा केही भयो भने निर्वाचन समितीकै निर्णयलाई अन्तिम निर्णय मान्ने भन्ने कुराले के देखाउँछ भने निर्वाचन समितिमात्र होईन, आचार सँहिता स्वयम निर्वाचनमा धाँधली गर्ने प्रयोजनले बनाईएको छ। जापानमा चौथो वर्षमा प्रवेश गरेको एनआरएनको वर्तमान अधिवेशन र त्यसको तयारीमा रहेको कमी-कमजोरी स्पष्ट रुपमा एउटा सँकेत गर्छ-त्यो हो जापानमा रहेका विद्धत वर्गको ठूलो हिस्सा अझै एनआरएनमा सँलग्न छैन। केही साथिहरुका भनाई सुन्ने हो भने, अब कुनै दिन व्यक्तिगत तथा सामूहिक रुपमा एनआरएन परित्यागको खबर आउन वेर छैन। 
हिँसा विरुद्ध कानूनी कदम
यस दोस्रो अधिवेशनको मूल विशेषता के रह्यो भने यो पूर्णत निर्वाचन केन्द्रित रह्यो। कसैलाई सर्वाधिक मत दिलाउने चक्करमा यति विघ्न अत्याचार र अन्याय गरिएका छन कि तिनका अब कानूनी र वैधानिक उपचारको बाटो खोज्नु जरूरी भईसकेको छ। कानूनी उपचारको हकमा भने पिडित पक्ष आफैले सँबन्धित निकायमा उजुरी दिने र पिडकहरुमाथि कार्यवाहीको बाटो खोज्नु पर्छ। एनआरएन-जापानको विधानको धारा १९ अनुरुप पनि "विधानमा उल्लेख नभएका हकमा कुनै समस्या पर्न आएमा प्रचलित कानुन बमोजिम गरिने छ।" उल्लेख गरिएका कारण जापानको प्रचलित कानून अनुरुप पिडित पक्षले आफ्नो उजुरी दर्ता गर्दा कुनै समस्या नआउने देखिन्छ।
विधान सँशोधन
तर, वैधानिक रुपमा, यस अधिवेशनको गतिविधिलाई हेर्ने हो भने आगामी दिनका लागी अन्तर्राष्ट्रिय समन्वय समिति निक्कै चनाखो हुनु पर्छ। एनआरएन सँगठनको विधान र एनआरएन-जापानको विधान दुबै निर्वाचन प्रकृयाका सँबन्धमा त्यति चनाखो देखिन्न। दोस्रो अधिवेशनले निर्वाचन प्रकृया अधिवेशनकै दिनमा मात्र चल्दैन भन्ने कुरा जनाईसकेको छ। केही समिति व्यक्तिहरु एनआरएन आन्दोलनमा सँलग्न रहँदा बनाईएका कारण यी दुबै विधानहरु चुनावी प्रकृयाका सँबन्धमा खुकुलो देखिएको हो। हजारौँ व्यक्तिहरु परिचालीत हुने, मतदाता नामावलीमा आफ्नो नाम नरहँदा हात-खुट्टा भाँच्ने कुरा आउने, र चुनाव नभएमा टाउको फोडने कुराहरु सुन्नु पर्ने अवस्थामा केहि व्यक्तिलाई निर्वाचन गर भनेर जिम्मेवारी दिँदा निष्पक्ष निर्वाचन कदापि हुन सक्दैन।"निर्वाचन समिति"मा सिमित वर्तमान प्रावधानहरुलाई अब परिमार्जन गर्नु पर्छ। 
सर्वप्रथम, "निर्वाचन समिति"मा एनआरएनका सल्लाहकार-सँरक्षक जस्ता भूमिकामा रहेका निष्पक्ष र निर्विवाद व्यक्तित्वहरु सँलग्न हुनुपर्छ। एनआरएन-जापानको निर्वाचनमा मतदाता नामावलीका सँबन्धमा उठेका विवादलाई हेर्ने हो भने यदि यस चुनावमा सँरक्षक आफैलाई निर्वाचन आयुक्त तोकिएको भए यति विध्न विवाद नचर्किन सक्थ्यो। दोस्रो, अधिवेशन अवधिमा "निर्वाचन समिति" तथा अध्यक्ष मन्डललाई कुनै उम्मेदवार तथा मतदाताले देखाएको हृँशक व्यवहारकै आधारमा साधारण सदस्यबाट निलम्बन गर्ने र कानूनी उपचारको लागी कदम चाल्न सकिने प्रावधानहरु एनआरएनले आफ्ना विधानमा राख्नु पर्छ। यसका लागि अर्थ र सँशाधनको पनि आवश्यक हुने हुँदा निर्वाचनका अवधिमा कुनै एनआरएन-सँगठनको निर्वाचन अवधिभर सम्पूर्ण कार्य प्रमूख निर्वाचन आयुक्त वा अध्यक्षले गर्ने प्रावधान राख्नु पर्छ। 
वर्तमान चुनावलाई चुनौती
एनआरएन-जापानको दोस्रो चुनावलाई कानूनी रुपमा चुनौति दिन सकिन्छ। मतदाता नामावलीमा गरिएका धाँधलीका नमूना, जो पायो त्यसले भोट हाल्यो भन्ने आरोप  र उपलब्ध प्रमाणका आधारमा वर्तमान निर्वाचन समितिका सदस्यहरुका विरुद्ध तथा वर्तमान चुनाव परिणामका विरुद्ध एनआरएन सँगठनको विधान अनुरुप [APPLICABLE LAW:The governing law of the Kingdom of Nepal shall apply to the matters relating to the NRN Association. (किँगडम चाँही मन्डलेले हटाएको रहेनछ)] चुनौती दिन सकिन्छ। अन्तर्राष्ट्रिय समन्वय समितिसँगै मिल्नु पर्छ भन्ने मलाई लाग्दैन। उम्मेदवार वा मतदातालाई चित्त नबुझे नेपालमा कुनै कानून-व्यवसायी मार्फत उजुरी दर्ता गराए केही फरक नपर्ला की?

Sunday, May 11, 2008

एन.आर.एन. को अधिवेशन जात्रा:राष्ट्रियताको घोर बेइज्जतीको एक दिन-४

स्रोत: बसन्तगौतमडटकम

भिडका केहि फोटोहरु यहाँ राखिएका छन्। केहि फोटोहरु मित्र प्रताप छत्कुलीबाट प्राप्त भएका हुन्। उहाँलाई धन्यबाद।



हल परिसरमा सुन्दर फूलहरु फूलिरहेका थिए। केहि नेपालीहरु 'निर्दयी' पाराले फूलमा टेकिरहेका थिए, कोहि बसिरहेका थिए। दिनभरि उभिँदा थकाई लागेर बसेका भनौं भने सबैनै थाकेका थिए। अलिकति मात्रै चेतना भए मान्छेहरु त्यसरी बस्ने थिएनन्।


चुनाव हुने-नहुने अथवा कुन ढंगले हुने हो निश्चित थिएन। वातावरण झन-झन तनावमय हुँदै थियो। मतदाता नामावलीमा अझै मतैक्यता हुन सकेको थिएन शायद। 
साढे तीन बजेपछि होला, मतदाता नामवाली ल्याएर टाँसियो हलको मूलढोकाको दुईतिर। त्यसपछि मतदाताहरु लाईन लागे। अलिक ध्यान दिएर हेर्दा मतादात नामावली पनि 'गज्जब' देखियो। एउटै मान्छेको नाम धेरै ठाऊँमा पनि देखिन्थ्यो। एउटै नामको अगडि कहिले Mr. कहिले Ms. देखिन्थ्यो। टोकियोमा आएर लोग्नेमान्छेको middle name, kumari पनि हुन्छ भन्ने जान्न पाईयो:) केहि उदाहरणहरु छन् यहाँ, आनन्द लिनुस्।



भिडको टाउकोमाथीबाट मोबाइलले धेरै खिच्न सकिएन। यिनैको भरमा पनि तपाईँ अन्दाज गर्न सक्नुहुन्छ, मतदाता सूचि कति हचुवाको भरमा बनाईएको थियो। 
मतदाताको लाईन एकदम भद्रगोल देखिन्थ्यो। एनआरएनका स्वयंसेवकहरु बाहिर देखिएका थिएनन्। हामीसंग बिल्कूल सम्बन्ध नभएका केहि जापानी कर्मचारीहरु हाम्रा 'मतदाता'को लाइनलाई मिलाउँदै र सोझ्याउँदै थिए! 'हग्ने'लाई भन्दा 'देख्ने'लाई लाज!
त्यतिखेरसम्म के स्पष्ट भईसकेको थियो भने अब सदस्यताको बाल मतलब हुने छैन र जस्ले पनि भोट हाल्न पाउनेछ। मलाई यस्तो काइते चुनावमा भोट हालेर आफ्नो हात 'फोहर' गर्न मन लागेन र जो साथीका लागि म टोकियो आएको थिएँ उहाँलाई सोधें, चुनावप्रति उहाँको राय के छ र भोट हालौं कि नहालौं भनेर। उहाँले भोट हाल्ने अनुरोध गरेपछि बेलुकी सात बज्ने बेलामा लाइनमा बसें।
भित्र मतदान गर्ने ठाऊँमा पनि कम्ता भिडभाड थिएन। तलका फोटोहरुबाट देख्न सक्नुहुन्छ। को भोट हालीसकेको हो र को भोट हाल्न जाँदैछ, पत्तै हुँदैन थियो। यस्तो भिडभाडमा गोप्यताको के अर्थ रह्यो?! कस्ले कस्लाई भोट हाले भनेर स्टेजमा बसेका केहि ब्यक्तिले सजिलै हेर्न सक्थे।



यो एउटा सामान्य मतदाताको अनुभव हो। यो चुनावसंग अझ नजिक सम्बन्ध भएका साथीहरुका धारणा तपाईँ समुन्द्रपारीडटकम, लोकतन्त्रब्लग दनेवा:आदिमा पढ्न सक्नुहुन्छ।
यो अनुभवपछि म एनआरएनको साधारण सदस्यता पनि परित्याग गर्ने निर्णयमा पुगेको छु। लेख्न भने एनआरएनको बारेमा पछि पनि लेख्दै गरौंला। अहिलेलाई यो शृंखलालाई समाप्त पार्ने अनुमति चाहन्छु। धन्यबाद!

एनआरएनमा भाँडभैलो मच्चाउने को?

सुरेश परिवर्तन
धाक-धम्की, गुन्डा परिचालन, धाँधलीको नाँगोरुपको प्रदर्शन पश्चात जापानका फ्राड, मन्डले तथा माफिया तत्वहरु अहिले आफ्ना शुभचिन्तक, व्यापारिक साझेदार, अरौटे-भरौटे लगायत सबैलाई अर्हाउँदै छन र भन्दै छन हामी चुप लाग्नु पर्यो। लोकतान्तृक पार्टीको वरिष्ठ हुँ भन्ने तर अवैध धन्दाबाट अर्थोपार्जन गर्ने लोभ छोडन नसकेकाहरु सीधै कुरा गर्ने हिम्मत गर्दैनन तर अन्यलाई भन्छन," सुरेशजीलाई सम्झाउनु पर्यो।" उहाँहरुका विचारमा हाम्रा अभिव्यक्तिहरुले एनआरएन आन्दोलनलाई भाँडभैलोमा परिणत गर्न लागेको छ किनभने हामीले लोकतान्तृक पद्धति स्विकारेनौँ रे। पटक-पटक मैले भनेको छु-ढ्वाँगमा मत हाल्नु र त्यो गन्नु मात्र लोकतान्तृक पद्धती होईन। निष्पक्ष निर्वाचन आयोग, धाक-धम्की र गुन्डागर्दीको अनुपस्थिती, मादक पदार्थ-भोज भतेर निषेध, धनको दुरुपयोग र तुजुकको अन्त्य नभएको कुनै पनि चुनाव लोकतान्तृक पद्धतीमा पर्दैन।

एनआरएन जापानको चुनावलाई हेर्ने हो भने यहाँ निर्वाचन आयोग पूर्ण रुपमा पुर्वाग्रही छ र कसैलाई गुन्डा परिचालनको ईशारा गर्दैछन। लगतै तयार भएको समयम्यादपछिको मतदाता नामावलीले भन्छ कोही यहाँ छन जो तुरुन्तातुरुन्त लाखौँ-लाख जापानिज येन निकाल्न सक्छन र सदस्यता शुल्क तिर्न सक्छन। बसका बस टन्न रक्सी-बियर ख्वाउँदै ओसारिएका मतदातातहरुका कथाले देखाउँछ-एक भोट लिनका लागी हजारौँ खर्च गर्नेहरु यहाँ छन। यहाँ निर्वाचन आयोग पूर्ण रुपले भक्त बहादुर कोइरालाको शाही आयोगका रुपमा रहेका छन। यहाँ धाक-धम्की दिनेहरु शाही सत्ताका बेलामा परिचालित कमल थापाका गुन्डाहरु भन्दा फरक छैनन। यहाँ मादक-पदार्थ-भोज-भतेर गर्नेहरु कुनै नातावादी लोकतान्तृक नेताकी सुपुत्री भन्दा फरक छैन र यहाँ धनको दुरुपयोग गर्ने र तुजुक देखाउनेहरु माफिया-फ्राड-मानवतस्कर र सीताराम प्रसाईजस्ता बैँकठगहरु भन्दा फरक छैन। तर, सत्ताका दलाल र दूतावासलाई प्रभावित गर्न सक्छुभन्दै ध्वाँस देखाउनेहरु भने भन्दैछन,"यी ब्लगरेहरुले भाँडभैलो मच्चाउने लागेका छन।"

चुनावी प्रक्रियामा हामी सहभागी नभएका होईनौँ। निर्वाचन कार्यलय सम्म पुगेर वस्तुस्थिती मैले बुझेको थिएँ। लोकतान्तृक व्यक्तित्वहरु महेश श्रेष्ठजी, बेलु थापाजी लगायत जिज्ञान कुमार थापाजीसँग लगातार सम्पर्कमा थिएँ। स्पष्ट रुपमा महशुस गरेको थिएँ अब यहाँ केही न केही हुनेछ, किनभने नैतिक पतन भईसकेका फ्राड मन्डले फेरी जम्जमाएर बसेका छन। मलाई थाहा थियो-यहाँ भाँडभैलो अब मच्चाईन लागेको छ र लोकतन्त्रको नाममा जबर्जस्त धाँधली गर्दै कुनै व्यक्तिविशेषलाई एनआरएन जापानको सर्वाधिक मत प्राप्त नेता बनाईन लागेको छ। नभन्दै निर्वाचन आयोगमा रहेका मन्डलेका अाडमा चुनाव प्रकृयाको हरेक क्षणमा भाँडभैलो मच्चाइएको छ। जिज्ञान कुमार थापा जस्ता वास्तविक रुपमा ईमान्दारीता पूर्वक छोटो समयमा प्रगती गर्दै जापानिज जनता-सँस्था-सरकारको विश्वास जितेर सल्लाहकार बन्नेहरु माथि गुन्डा-मन्डले-असामाजिक तत्वहरुको परिचालन गरिएको छ। "नेपालीका लागी नेपाली" नारालाई सार्थक बनाउन एनआरएन-जापानमा राष्ट्रिय सँयोजकका रुपमा आफ्नो अमूल्य समय दिएर सँस्थालाई जीवन्त पार्ने निर्भिक पत्रकार बेलु थापा माथि असभ्य पशूतुल्य नरपिडक जत्थाबाट आक्रमण गर्ने प्रयास गरिएको छ। नागोयादेखि रातभर कष्ट सहेर एनआरएनको अधिवेशनमा सहभागी हुन आएका मित्रहरुलाई जथाभावी गाली गर्दै मान-मर्दन गरिने प्रयास गरिएको छ। हामी सबै नेपालीका साझा अभिभावक डा. गणेश योन्जन जस्ता लोकतान्तृक व्यक्तित्वसमेत चिन्तीत बन्न बाध्य हुने गरी सबैका अगाडी टाउको फोडने धम्कीका साथ चुनावकै दिन मन्डले रुपको प्रदर्शन गरिएको छ। 

हामीले केही अभिव्यक्ति दिँदा भाँडभैलोको सँकेत पाउनु हुने सत्ताका दलाल, धनपति मित्रहरुले स्पष्ट रुपमा भन्नु पर्छ, भाँडभैलो यहाँ कसले मच्चाएको छ? नेपालीको विश्वास र सँस्कृति मात्र होईन एनआरएनकै पवित्र उद्देश्य माथि दिन-दहाडै बलात्कार गर्ने नरपिचास-मन्डले-माफिया-मानव तस्करहरुले कि हामीले? अन्यका त के कुरा, अन्तर्राष्ट्रिय समितिमा पुगेका र कुनै वेला अध्यक्ष हुन्छु भन्नेहरुसम्म यहाँ भाँडभैलो मच्चाउँदै छन। पहिलो कार्यसमितिकै सदस्यहरुले भनेका छन एसिया प्यासीफिककाहरु मर्यादा र विधीमा भाँडभैलो मच्चाउँदै शपथ ग्रहण गराउँदै छन। जापानभित्रका मानव तस्कर-फ्राड-मन्डले-माफियाका गतिविधिहरु र अन्तर्राष्ट्रिय समतििकाहरु सबै कुनै न कुनै रुपमा दोस्रो अधिवेशनलाई "भाँडभैलो अधिवेशन"मा परिणत गर्न लागेका छन, तर आरोप भने हामीलाई छ किनभने हामीले केही शब्द मार्फत आफ्ना भनाई राख्यौँ।

Saturday, May 10, 2008

वेलु थापामाथि किन आक्रमण?

सुरेश परिवर्तन
अप्राकृतिक, अनैतिक र मन्डले गठनबन्धनका कारण मात्र बेलु थापालाई एनआरएन-जापानको चुनावमा हराईएको छैन। वेलुजीका सकृयता, फ्राड मन्डलेलाई अन्तर्राष्ट्रिय समितिमा पुग्नबाट रोक्न उहाँले खेल्नु भएको भूमिका र एनआरएन जापानमा लोकतान्तृक प्रवृतिलाई सँस्थागत गर्न उहाँले समय खर्चिनु भएपछि धेरै मन्डलेहरु तिलमिलाएका थिए। फलस्वरुप, जसरी हुन्छ वेलु थापाजीलाई एनआरएन जापानमा निर्वाचित हुन नदिन फ्राड मन्डले लगायत उनका हितैषी, शुभचिन्तक(?) प्रगतीवादी मन्डलेहरु लागेका थिए। चुनावको अघिल्लो दिन वेलु थापाजी माथि कसले आक्रमण गर्ने खोज्यो? राष्ट्रिय सँयोजक भईरहेका व्यक्तित्वलाई हात भाँच्छु, खुट्टा भँाच्छु भन्ने गुन्डा-‍मन्डले‍-असामाजिक तत्व को हो? त्यसको निर्क्योल अझै हुन सकेको छैन। यस्तो अवस्थामा राष्ट्रिय सँयोजक बेलु थापाले "महासचिव"का लागी भोट मागे भन्ने मन्डले प्रचारले के देखाउँछ भने वेलु थापालाई बदनाम गर्न सयौँ स्वयमसेवक परिचालन गर्न सक्ने प्रगतीवादी मन्डलेहरुले नै केही गुन्डा-मन्डले-असामाजिक तत्वहरुलाई परिचालन गरेका थिए। मन्डले नियन्त्रित निर्वाचन आयोगले हुँदै नभएको "महासचिव"पद मतपत्रमा लेख्नु र केही गुन्डा-मन्डले-असामाजिक तत्वले "महासचिव"का नाममा बेलुजीका लागी भोट माग्नु के सँयोग मात्र हो त? अहँ , कदापी होईन। यसले के देखाउँछ भने मतपत्रमा "महासचिव" लेख्ने तत्वहरुले नै बेलुजीका लागी "महासचिव"पदमा भोट मागेका थिए। चुनावका अवधिमा जसरी हुन्छ मतदातालाई भ्रमित गर्न र वेलुजीका भोट काटन केही मन्डलेहरु निर्वाचन आयोगसँग साँठगाँठ गर्दै लागेका थिए भन्ने यसले प्रमाणित गर्दैन र? 

लान्छनाको शृँखला
बेलु थापालाई आक्रमण गर्ने तत्वहरु अहिले मात्र सक्रिय भएका होईनन। एनआरएनको चुनाव त ए्उ्टा बहाना मात्र थियो। जसरी महेश श्रेष्ठलाई लोकतन्त्रको नेतृत्व गरेकोमा बदला लिईन खोजिएको छ, एनआरएनको चूनावलाई ्उ्पयोग गर्दै वेलु थापामाथि पनि ्उ्हाँको गणतन्त्र प्रतीको प्रतिबद्धताका कारण अाक्रमण गरिएको हो भन्ने यो पँक्तिवार विश्वस्त छ। धेरै लोकतन्त्रवादीहरुलाई नपच्ला, तर कुरा सत्य हो हिजो लोकतान्तृक आन्दोलनका वेलामा गणतन्त्रका लागी अभिमत वना्््उ्ने अरु कोही थिएनन, वेलु थापा नै थिए। लोकतान्तृक समूहमा पसेका मन्डलेहरुका गुप्तचर तथा दलालहरुले त्यसवेला वेलुजीका अभिव्यक्ती सुने पश्चात आफ्ना मालिक तथा मन्डले राजदूतावासमा जापानको माओवादीका नेता वेलु थापा हुन भन्ने जना्उ् दिने गर्दथे।

विगतका यी प्रचारलाई हेर्ने हो भने, वेलु थापा माओवादी हुन या होईनन भन्ने कुरा बेलुजीलाई भन्दा फ्राड मन्डले, प्रगतीवादी मन्डले र यीनका समूहलाई धेरै थाहा हुन सक्छ । किनभने हिजो ज्ञानेन्द्रको सत्ता रहेका बखत जब सिधा-सादा नेपालीहरुलाई माओवादीका नाममा एकलासमा लगेर गोली ठोक्ने प्रचलन थियो, त्यसवेला जापानमा धेरै जसो मन्डलेहरु यस पँक्तिकारका साथ-साथै वेलु थापालाई पनि माओवादी हो भन्ने गर्थे। आफ्ना राजनैतिक आस्था विपरीत जबर्जस्ती लेबलिँग गरिँदा हामीले स्पष्ट भनकेा थियौँ, "हामी माओवादी होईनौँ तर माओवादीको विरोध गर्दैनौँ किनभने यो समस्या राजनैतिक समस्या हो।" त्यसवेला जापानका केही प्रमूख मन्डलेहरु भने, " लौ, न नी! माओवादीहरुले आफुलाई माओवादी होईनन भन्छन, के सुन्नु परेको यो भन्दै हिँडथे।" "वाईसीएल र उन्नत नेपाल"लाई बेलुजीले समुद्रपारीमा स्थान दिनु हुँदा पनि यी मन्डलेहरु भन्दै थिए,"लौ हेर, यी दौँतरी अब वाईसीएल बनेछन।" तर, अहिले आफ्ना नेता ज्ञानेन्द्र धरासयी भएपछि राष्ट्रवादको मखुन्डो अोढन बाध्य भएका मन्डलेहरु भन्दैछन, "तिनीहरु कहाँ माओवादी हुन र?"

जापानका माओवादी देखि नेपालका वाइसिएल सम्मलाई थाहा छ, हाम्रो उक्त पार्टी र भातृसँगठन सँग कुनै सँबन्ध छैन। विचार र अभिमत व्यक्त र प्रसारका बखत राजनैतिक पार्टीका कुनै भातृसँस्थाको राम्रो कामको प्रशँसा गरिन सक्छ। यस्तै कुनै वेला पार्टीका नेता देखि कार्यकर्तासम्मका गलत प्रवृतिको विरोध पनि गरिन सक्छ। सचेत नेपालीहरुले गर्ने काम भनेको निस्वार्थ मुल्याँकन नै हो। कसैले राम्रो मुल्याँकन गर्ने बितिक्कै उता ढल्क्यो भन्नु मेरो हिसाबले अपरिपक्व सोचको सूचक हो। मन्डलेहरु त अपरिपक्व छँदैछन, केही लोकतान्तृकहरु पनि अपरिपक्व निष्कर्षमा पुग्न हतारिन्छन। फलस्वरुप, कुनै वस्तुगत आधार विना लान्छना लगाउने चलन त छँदैछ, त्यसको साथै ठूलो डरलाग्दो कुरा भने असहज परिस्थितीमा गरिन खोज्ने भिक्टीमाईजेशन नै हो। अहिले हेर्नुस, कसैले भन्छन हामीलाई माओवादी? मैले सुनेँ अनुसार त मानव-तस्करीमा सँलग्न, फ्राड, माफिया तत्वहरु आफै राष्ट्रवादको मुकुन्डो अोढदै माओवादीतिर ढल्कँदै छन रे। 

कस्ले गर्छन यस्तो काम?
एनआरएन-जापानको देखिएको करौडौँको चलखेल, राजनैतिक पार्टीका पावर ब्रोकरहरुले गरेका अनैतिक, अपवित्र र अराजनैतिक गठबन्धनले स्पष्ट रुपमा एउटा सँकेत दिएको छ। त्यो हो, जापानमा मानव तस्कर-फ्राड-माफियाहरु आर्थिक रुपमा निक्कै सम्पन्न भईसकेका छन। अवैध तरिकाले कमाएको धन भएकाले नै हो यिनीहरुलाई सामाजिक सँस्थाको चुनावमा पैसा खर्च गर्न कुनै कठीनाई नभएको । धनको बलमा मान्छे परिचालनको नमूना एनआरएनको दोस्रो अधिवेशनमा देखिसकेपछि, आफ्ना कु-कृत्यका विरोध गर्नेहरु माथि परिस्थिति अनुसार माओवादीको "लेबलिँग" लगाउने काम यीनै व्यक्तिहरु गर्दछन भन्नेमा अब कुनै शँका छैन। राष्ट्रिय मानव तस्करहरुलाई निगरानीमा राख्ने घोषणा गरेका माओवादीहरुका यस्ता भ्रामक काममा लाग्ने अन्तर्राष्ट्रिय मानव तस्कर गिरोह, फ्राड र माफिया तत्वहरुका वारेमा के धारणा छ? सुन्न उत्सुक छु।

एन.आर.एन. को अधिवेशन जात्रा:राष्ट्रियताको घोर बेइज्जतीको एक दिन-३

स्रोत: बसन्तगौतमडटकम

कार्यक्रम शुरु भएपछि भाषण सुनियो एकछिन। र पेटमा मूसा दौडिन थालिसकेकोले केहि साथीहरुसंग बाहिर लागियो। 

खाना खाएर फर्केर आउँदा केहि साथीहरुले अर्को गज्जब कुरा सुनाए। नागोयाबाट हामीसंगै गएका केहि साथीहरुतिर एकजना ढल्किँदै आएछन् र पार्किङ गरिराखेका, हामी चढेर आएका बसहरुतिर देखाउँदै सोधेछन् "यो कस्को बस हो? किन यहाँ राखेको?"। साथीहरुले "हामी नागोयाबाट चढेर आएका बस हुन्। हलवालाले यहीं राख्नु भनेकोले राखेको हो।" भनेपछि ती मित्र जंगिन थालेछन्, "मेरो गाडी पार्क गर्ने ठाउँ भएन, तिमीहरुलाई बस लिएर आउनु भनेर कल्ले भन्यो----?!" साथीहरुले "बस ल्याउनु-नल्याउनु हाम्रो कुरो हो, तपाईँलाई पार्किङ चाहिने भए हलवालालाई भन्नुस्।" भनेछन्। त्यसपछि ती मित्र "मेरो गाडी पार्किङ गर्ने ठाउँ छैन, बस राख्ने----?!" भनेर भुन्भुनाउँदै हिँडेछन्। पछि अरुसंग पनि "नागोयाबाट आउनेको 'लिडर' कता छ?" भन्दै हामीमध्येका एकजना साथीको नाम लिएर खोज्दै हिँडेका थिए रे। फेरि पनि निहुँ खोज्न आए अझ 'गतिलो' जवाफ पाउने थिए तीनले, तर त्यो स्थिति आईपरेन। त्यो पार्किङ न त तीनको नीजि थियो, न तीनको नाममा पहिल्यै 'बुक' भएको थियो। पछि थाहा भयो, ती एनआरएन-जापानका अध्यक्ष रहेछन्। तीनको नेतृत्वको 'सक्षमता' त दुई वर्षको कार्यकाल र एकदिनभरिको 'रामलीला'ले देखाएकै थियो, तीनको तुक न तालको बडप्पन पनि देखियो।

देशमा राजतन्त्रले गुण्टा कसिकेको छ, तर विदेश बस्ने कतिपय 'नेता' नेपाली भने अझै आफूलाई 
'छोटे राजा' संझिन्छन् जस्तो छ!



उम्मेदवारी दर्ता र फिर्ताको कार्यक्रम पनि अझै सकिएको थिएन। भित्र हलमा पस्दा सांगठनिक र आर्थिक प्रतिवेदन र विधान संशोधन आदिमा ‘छलफल’ हुँदै थियो। तर ‘छलफल’को मैले बुझेको सार यस्तो थियो “समयको अभावले गर्दा हामी अहिले यसमा छलफल-विवाद गर्न सक्दैनौं। एउटा कमिटि बनाएर त्यसलाई जिम्मा दिन्छौं, त्यसले अर्को वर्षको साधारण सभामा लानेछ र त्यतिबेलै छलफल गराउनेछ।“ यो त बडो अचम्मको कुरो भयो, यो वर्षको प्रतिवेदनमाथि अर्को वर्ष छलफल गर्ने! अर्को वर्षको कहिले गर्ने नि?!



घोषित रुपमा समूहगत उम्मेदवारी थिएनन् तर बेला-बेला हस्तलिखित अथवा छापिएका पर्चाहरु बाँडिइरहेका थिए। तीनमा केहि उम्मेदवारहरुका सूचि हुन्थे र तीनलाई मत दिन आग्रह गरिएको हुन्थ्यो। ती पर्चाहरु त ‘रमाईला’ छँदै थिए, तीनले खडा गरेका विवाद र ‘हा—हू’ झन ‘रमाइला’ थिए। यस्तो लाग्थ्यो नेपाली राजनीति अचानक टोकियोको मुटुमा आईपुगेको छ। 



उता हल बाहिरको मानव समुन्द्र झन विशाल हुँदै थियो। तह नलागेको भिड देखेर हल र पुस्तकालयका जापानी कर्मचारीहरु निराश देखिन्थे। भिडसंगै स्वाभाविक रुपमा फोहर पनि बढिरहेको थियो। कागतका टुक्राहरु, क्यानहरु, पेट बोटलहरु र चुरोटका ठुटाहरु देखिन्थे जताततै। 'स्वनामधन्य' नेपालीहरु ती चीजहरु फाल्न नजिकैका ढ्वाङहरुसम्म पुग्ने 'पाउकष्ट' पनि गरिरहेका थिएनन् र जता बसेर 'हजम' गरेको हो, त्यतै मिल्काइरहेका थिए। हामी नेपाली जति वर्ष विदेश बसेपनि हाम्रो स्वभाव फेरिन्न, विशेष गरी नेपालीको जमघटमा त हामी उही पूरानै 'भान्छाको फोहर झ्यालबाट फाल्ने र बाटामा ढल मिसाउने' मार्कामा फर्किन्छौं। हामीले लालू प्रसादको नाम राखेर भन्ने-सुन्ने गरेको जोक हाम्रै लागि चरितार्थ भएको थियो र हामी नेपालीको हातमा परे जापानलाई एक दिनमै नेपाल बनाइदिन सक्छौं भन्ने कुराको बलियो प्रमाण पेश भएको थियो।



(मैले क्यामेरा बोकेको थिईँन, तर ब्लगको लागि भनेर मोबाइललेनै भएपनि केहि फोटोहरु खिचेको थिएँ। समयाभावका कारण अहिले राख्न सकिँन, क्षमाप्रार्थी छु। ती फोटोहरु र बाँकी विवरणका साथ अर्को भाग लिएर चाँडैनै आउनेछु।)

Friday, May 9, 2008

महेश श्रेष्ठको दायित्व

सुरेश परिवर्तन


महेश श्रेष्ठले यसपाली एनआरएनको चुनावमा भाग लिनु भएको सुन्दा मलाई अलिक खुशी पनि लागेको थियो भने अलिक विस्मात। खुशी यस अर्थमा कि लोकतन्त्रको नेतृत्व जापानमा उहाँले नै गर्नु भएको हो। मन्डले राजदूतको समर्थनमा जमजमाएका मन्डलेहरु टेलिफोनबाट धम्काँउदै थिए, चरित्र हत्या गर्दै थिए र भन्दै थिए "महाराज ज्ञानेन्द्रले एक-एकलाई ठीक पार्छ।" जापानमा आरामका साथ बसेका कुनै नेपालीले राष्ट्रिय राजनीतिमा आफ्नो धारणा, अभिव्यक्ती राख्दा र लोकतन्त्रलाई समर्थन गर्दा धेरै मन्डलेहरुका टाउको दुखेको थियो। यस पछाडी दुई कारण थियो-पहिलो मन्डलेहरु आफ्नो राजनैतिक आस्था पराजित भएका देख्न चाहँदैनथे र दोस्रो जापानबाट लोकतन्त्रको लागी समर्थन उम्लिएमा मन्डले राजदूत डा. रमेशानन्द बैध्यको कुर्शी जोगाउन मुश्कील हुन्थ्यो। मन्डले राजदूत बैध्य हटेका अवस्थामा मन्डलेहरुले राजदूतावासका आडमा गरेको धन्दा कायम गर्न गार्हो हुन्थ्यो र त्यसैले हो यिनीहरु मन्डले राजदूत वैध्यकै निरन्तरताको प्रयासमा लोकतन्त्रवादीहरुको आवाज दबाउन पट्टी लागेका। आफ्नो राजनैतिक र आर्थिक स्वार्थ पूर्तिका लागी मन्डलेहरुले धम्काउने, थर्काउने, तर्साउने र दबाउने बेलामा अगाडी सर्ने व्यक्ति अरु थिएन। महेश श्रेष्ठलाई हामीले मान्ने र सम्मान गर्नु पर्ने मुख्य कारण यही हो। किनभने धेरै विद्वानहरु चुपचाप लागेर बसेका थिए, अन्यायलाई अन्याय हो भन्न सकेका थिएनन र लोकतन्त्र जीवन पद्धती बन्नु पर्छ भनेर भन्न गार्हो मान्थे। आफु पूर्ण मानवाधिकार भएको देशमा बस्दै स्वतन्त्र जीवनयापन गरिरहेकाहरुले पनि डर वा भयका कारण मातृभूमिमा पनि मानवाधिकार हुनुपर्छ भन्ने हिम्मत देखाउन नसकेका बेलामा सफल व्यवसाय गरिरहेका महेश श्रेष्ठले लोकतान्तृक आन्दोलनको नेतृत्व गर्नु खुसीको कुरा थियो। विगतमा यिनले देखाएको साहस र प्रतिबद्धताले गर्दा नै हो एनआरएनमा यिनी प्रत्यासी हुँदा म खुशी हुन पुगेको। यिनी एनआरएनमा विजयी हुँदा एनआरएनमा लोकतान्तृक मुल्य कायम हुने र परिवर्तीत अवस्थामा एनआरएन आन्दोलन झन सबल हुने मेरो विश्वास थियो।

तर, मेरो विस्मात भने यिनले किन बुझेनन षडयन्त्रकारी ढँगले यीनलाई हराउँदै छ भन्ने कुरामै थियो। म स्वयमले उहाँलाई पटक-पटक सम्पर्क गरेको थिएँ र हुनसक्ने षडयन्त्रको जनाउ दिने कोशीस गरेको थिएँ। उहाँले चुनावको अघिल्लो रातीसम्म पनि मलाई आश्वस्त पार्नु भएको थियो र भन्दै हुनुहुन्थ्यो "राम्रोसँग चुनाव भएमा म अवश्य जित्छु।" हुनसक्छ, लोकतान्तृक व्यवहार र आस्थाकै कारण उहाँले चुनाव प्रकृया र चुनाव गराउनेहरु माथि विश्वास गर्नु भएको । तर, अहिले चुनावी परिणाम पश्चात, म देख्दछु कि मेरो अनुमान ठीक रहेछ र महेश श्रेष्ठजीको विश्वासमाथि ठूलो अन्तर्घात भएको छ। मन्डलेहरुले लोकतान्तृक आन्दोलनमा उहाँले निभाउनु भएको नेतृत्वको बदलामा उहाँलाई जबर्जस्ती र सुनियोजित रुपमा ठूलो धाँधली गर्दै हराउने तयारी गरेका रहेछन। 

मत विश्लेषण
यस चुनाव परिणाममा एकछापे मत किन पर्यो भनेर अहिले सर्वत्र खुलदुली छ। सुनिए अनुसार चुनावी स्थलमा तथा सो अगावै अप्राकृतिक र अनैतिक गठबन्धन मजाले हुन पुगेको थियो। अध्यक्ष र राष्ट्रिय सँयोजकका पदमा वर्तमान चुनाव एक हिसाबले दुई समूहमा विभाजित भएर लडिएको थियो। सह-राष्ट्रिय सँयोजकमा लोकप्रिय लोकतान्त्रिक युवानेता जिज्ञान कुमार थापाले फ्राड मन्डलेको षडयन्त्रका कारण आफ्नो उम्मेदवारीता फिर्ता लिनु भएको थियो। उपाध्यक्ष पदमा धेरै लोकप्रिय व्यक्तित्वहरु चुनावी मैदानमा थिए। कोषाध्यक्ष पदमा अर्का लोकतान्तृक व्यक्तित्व तथा हामी धेरैका सेन्सेई सुवर्ण बज्राचार्य मैदानमा हुनुहुन्थ्यो। प्रतिस्पर्धात्मक रुपमा हेर्ने हो भने यस चुनावमा लोकतान्तृक व्यक्तित्वहरुले मूल पदहरुमा आफ्नो जीतका लागी प्रयास गरेका थिए। त्यसैले हो यीनै पदमा फर्जी मत धेरै देखिन्छन र लोकतान्तृकहरुलाई हराउने जबर्जस्त षडयन्त्र गरिएको देखिन्छ। कोषाध्यक्ष पदका उम्मेदवार सुवर्ण बज्राचार्यले त मजाले धाँधलीका नमूना प्रस्तुत गर्नु भएको छ र जापानमा रहेका नेवार समूदायका लोकप्रिय यिनका भनाईलाई मनन गर्ने हो भने निर्वाचन आयोगमा रहेका मन्डलेहरुले, चुनावअघि पनि, चुनावका दौरान पनि र चुनाव पछि पनि आफ्नो मन्डलेरुपको नाँगो प्रदर्शन गरेका छन। 

तर, टडकारो रुपमा देखिने धाँधलीको नमूना भने अध्यक्ष पदका प्रत्यासीहरुले पाएको मतसँख्याले देखाउँछ। एउटै समूहबाट लडेका अध्यक्ष र राष्ट्रिय सँयोजककै विचमा करीब ११२ मतको फरक छ भने तथाकथित विजेता घोषित उम्मेदवार र महेश श्रेष्ठजीले प्राप्त गर्नु भएको मतमा १८६ मतको फरक छ। यसले के स्पष्ट पार्छ भने चुनावका दिन गरिएको धाँधली कुनै समूहलाई जिताउनु भन्दा पनि कुनै व्यक्तीलाई सर्वाधिक मत दिनुमा केन्द्रित छ। "नेपालीका लागी नेपाली" नारा बोकेको एनआरएनको चुनावमा कुनै व्यक्तिले सर्वाधिक मत पाउनुले चुनावी गठनबन्धनको पवित्रतामाथि मात्र शँका उत्पन्न गरेको छैन, यसले को हुन यस चुनावमा करोडौँ खर्च गर्ने, गुन्डा परिचालन गर्ने, धम्काउने र आफ्नो हैकम कायम गर्नेे चाहने प्रगतिवादी भनेर पनि ईँगित गरेको छ। 

महेश श्रेष्ठले अब के गर्ने?
जापानको सानो नेपाली समूदायमा बसेका हामी एकआपसबाट अपरिचित छैनौँ। प्रतिस्पर्धका कुरा वाहेक अन्य सामाजिक र अार्थिक पक्षमा पनि हाम्रो सहकार्य भएको हुन सक्छ। यस हिसावले महेश श्रेष्ठले आफ्नो सामाजिक पक्ष विर्सनु हुँदैन। तर, यसको मतलव धाँधली, गुन्डागर्दी, गुन्डा-मन्डले-असामाजिक तत्वको आडमा गरिएको फर्जी चुनाव परिणामलाई स्विकार्नु उहाँले कदापि हुँदैन। त्यसमा पनि सुवर्ण बज्राचार्यज्यूले भन्नु भएजस्तै अप्रत्यासित रुपमा र विधी नपुर्याई गरिएको अवैधानिक शपथ ग्रहणमा छातीमा हात राखेर शपथ खानेहरुका कुरा त उहाँले कहिले सुन्नु हुँदैन। महत्वपूर्ण कुरा के हो भने, आज महेश श्रेष्ठलाई स्विकृतिका लागी दवाव दिनेहरुले किन बुझ्न सकेनन की लोकप्रिय मतको हिसाबले हेर्ने हो भने उनीहरुले पाएको मतसँख्या भन्दा महेश श्रेष्ठले पाएको मतसँख्या धेरै छ। विजयी भएँ, पदको लोभ लाग्यो भन्दैमा के आफु भन्दा बढी मत ल्याउनेलाई कसैले दवाव दिन मिल्छ? कुन लोकतान्तृक नैतिकतामा पर्छ यो? 

एनआरएन जापानको यो चुनाव हरेक दृष्टीकोणले अन्तर्राष्ट्रिय मुद्दा भइसकेको छ। विश्वभरका एनआरएनहरु अहिले जापानमा के विधी विध्वँश मच्चाएछन त मन्डलेहरुले भन्दै हेर्देछन। महेश श्रेष्ठले अब के गर्छ र यीनमा कतिको लोकतान्तृक प्रतिबद्धता छ भन्ने पनि सबैले हेरिरहेका छन। लोकतान्तृक भन्ने तर गुन्डा-मन्डले-असामाजिक तत्वहरुले जथाभावीपूर्ण तवरले थोपरेको चुनावी परिणामलाई महेश श्रेष्ठले मान्ने हो र गुन्डा-मन्डले-असामाजिक तत्वहरुसँग त्वँ शरणम गर्ने हो भने भविष्यले उहाँको कस्तो मूल्याँकन गर्छ मैले भनिरहनु नपर्ला। तसर्थ, महेश श्रेष्ठजीले अब के गर्ने भन्ने कुरा बढो सोच-विचार गरेर मात्र चाल्नु अत्यावश्यक छ।

जापानवासी एनआरएनको निर्वाचन नेपाली तालमा

अनुवादक: सुरेश परिवर्तन
स्रोत:जपानवासी एनआरएनते जुल निर्वाचन नेपाली ताःलँ

एनआरएन जापान स्थापनाको चौथो वार्षिक समारोह तथा दोस्रो राष्ट्रिय अधिवेशन मेँ ४ तारीखका दिन मुख्य अतिथि महामहिम नेपाली राज्यदूत डा. गणेश योन्जन तामाङबाट उदघाटन गरेर प्रारम्भ भयो। समारोहमा अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष देवमान हिराचन तथा क्षेत्रिय सँयोजक गणेश इजामद्वारा एनआरएन अभियानका बारेमा मन्तव्य दिनु भयो। टोक्योस्थित मेगुरो सिटी हलमा सँचालित यस कार्यक्रमको सभापतित्व अध्यक्ष राजन प्रधानाँग तथा सँचालन राष्ट्रिय सँयोजक बेलु थापाले गर्नु भएको थियो। अधिवेशन पश्चात नयाँ कार्यसमिति छनौटको निर्वाचन सम्पन्न भएको छ। 

बिहानको दश बजे निर्धारित अधिवेशन उदघाटन कार्यक्रम बल्ल १२ बजे सुरु भयो। त्यस बाहेक, ५०० देखि १००० जना जति सदस्यहरुले निर्वाचनमा भोट खसाल्ने अनुमान विपरित टोक्यो शहरबाहरिबाट बसका बस आएका मतदाताहरुका कारण पनि, १ बजे शुरु हुने पर्ने मतदान कार्यक्रम बल्ल ३ बजे शुरु हुन पुग्यो। साँझ ७ बजेसम्ममा समाप्त हुनु पर्ने मतदान, उक्त समय पश्चात आईपुग्ने मतदाताहरुका लागी पर्खदै पछि मात्र समाप्त भयो। निर्वाचन समितिका सदस्यहरु तथा स्वयम-सेवकहरुद्वारा राखिनु पर्ने मतका सम्पूर्ण काम पश्चात राती ८ बजेमात्र मतदान समाप्त भएका कारण मतगणनाको काम भोलीपल्ट मात्र गरिने जानकारी दिँदै सबै उम्मेदवारहरुलाई फर्कन सूचना दिईयो र "सबैजना" फर्किए। 

भोलीपल्ट मे ५ तारीखका दिन निर्वाचन आयोग तथा एनआरएनका तर्फबाट, जीत-हारको खबर पर्खिरहेका धेरै उम्मेदवारहरुलाई नेपालजापानडटकममा दिँउसो प्रकाशीत समाचारले जिल्ल बनाईदियो। उक्त समाचारका साथ मतदान समाप्तीका बेलामा भोलिपल्ट गरिने भनेको मतगणना त्यही दिन राती कसैलाई थाहा नभएको स्थानमा लगेर विजयीहरुका नाम निकालेर राखिएको थियो। 

एनआरएन जापानको यस चूनावी प्रतिस्पर्धामा मत गणनाको काममा अध्यक्षका प्रत्यासीहरु दुई जवान तथा निवर्तमान अध्यक्ष तथा निर्वाचन आयोगका तीनजना प्रतिनिधिले गरिने भनेता पनि, मतगणना स्थलमा अध्यक्षका दुई उम्मेदवारहुर, उपाध्यक्ष तथा कार्यसमितिका सदस्य उम्मेदवारहरुले (अतिविशेष आमन्त्रित) टिका लगाएर अन्डाको सगुन लिएर बसे। फेरी हिजोको समाचार अनुसार नयाँ कार्यसमितिको शपथ ग्रहणकार्य एसिया प्रसान्त क्षेत्र सँयोजक गणेश इजमले गराएका छन। पूर्व कार्यसमितिका सदस्यहरुबाट एक-दूईजना बाहेक अरु सबै हारेता पनि, नयाँ कार्यसमितिको शपथ ग्रहण, कार्यभार हस्तान्तरणमा पहिलो कार्यसमितिका सम्पूर्ण सदस्यहरु निम्त्याउनु पर्नेमा, उहाँहरुले विशेष आमन्त्रित सदस्यहरुलाई मात्र बोलाएको रहेछ। सुनिए अनुसार, टोक्यो बाहिरबाट ओसारिएका मतदाताहरुमा ६०० मतदाताहरुले सदस्यता शुल्कनै नतिरेको र, कसैका लागी अचानक एवम कसैका लागी प्रीप्लान्ड हसिावले गरिएको यो निर्वाचन, समय र सिस्टमको ख्याल राख्ने जापानमा, "एकदम राम्रो" नेपाली तालले सम्पन्न भयो।

Thursday, May 8, 2008

डा. योन्जन सुत्दै कि सुन्दै?

सुरेश परिवर्तन


जापानभरिका नेपालीहरु अहिले एनआरएनका बारेमा खुलेर बोल्दै छन। अधिवेशनका दिन जे-जस्ता घटनाहरु घटाईए, त्यो त नियोग प्रमूख डा. योन्जनलाई विदितै होला। तर, अहिले कुरा खुल्दै छ-कसरी राष्ट्रियताको बेईज्जत गरे एनआरएनहरुले भन्ने कुरा। टन्न रक्सी, बियर ख्वाउँदै चुनावी प्रयोजनका लागी ठाँउ-ठाँउबाट मान्छे अोसारेको कुराले यस चुनावमा करौँडोको चलखेल भएको प्रमाणीत गर्दछ। सामाजिक सँस्थामा पाईने केही होईन। राम्रो काम गरेमा "क्या बात! बाबु" भनी प्रशँसाका दुई शब्द मात्र पाईने हो। तर, पनि मान्छेहरु आज करौडौँ खर्च गर्दै छन र जीत हासिल गर्न चाहन्छन। प्रगती गरेका नेपालीहरुका यो खर्चालु व्यवहारले अहिले शँका जन्माएको छ। रातारात सयौँ मान्छे बटुल्न सक्ने सामर्थ्यले सँगठीत रुपमै कोही केही गर्दैछन भन्ने देखाँउछ। राम्रो हो, यदी यो सँगठित प्रयोजन नियमानुसार र कानून अनुसार छ भने। होईन, दालमेँ कुछ काला छ भने, अब नेपालका वैदेशिक प्रमूख पनि चनाखो हुनु पर्छ। 

दालमेँ कुछ काला-कसरी?
बसन्त गौतमजीका अभिव्यक्तिहरु पढेपछि मलाई पनि केही लेख्न मन लाग्यो। एनआरएन दोस्रो अधिवेशनको अघिल्लो रात उहाँहरुले बढो कष्टमय तरिकाले बिताउनु भएको रहेछ। यता टोक्योमा भने हाम्रा केही साथिहरु बढो त्राशमा रहेका थिए। विवादको शुरुआत वास्तवमा मतदाता नामावलीमा निर्वाचन समितिले तोकेको समयको हदम्याद समाप्ती पछि दर्ता हुन ल्याईएकाहरुलाई समावेश गर्ने की नगर्ने भनेर भएको हो। निर्वाचन समितिका मान्छेहरुले कसैको ईशारामा मतदाता-विवरण हेरेर आफ्ना मालिकलाई नयाँ नाम थप्न ईशारा गरे पछि उक्त नाम दर्ता गर्न ल्याईएको मेरो अनुमान छ। तर, जबर्जस्ती रुपमा नयाँ नाम दर्ता गर्ने प्रकृया थाले पछि, निर्वाचन समितिको कार्यालयमा उपस्थित साथिहरुले उक्त कार्यको विरोध गर्नु भएको थियो। राष्ट्रिय सँयोजक बेलु थापा र सह-राष्ट्रिय सँयोजक जिज्ञान कुमार थापाले निर्वाचन समितिका साम्प्रदायिक नेवार मन्डलेको कामको विरोध गरेपछि, तत्कालै गुन्डा-मन्डले-असामाजिक तत्वहरुको जत्था निर्वाचन समितिमा पुगेका थिए। जिज्ञानजी र बेलुजीहरुसँग अपरिचित ती गुन्डा-मन्डले-असामाजिक तत्वहरु "को हो त्यो, जिज्ञान र बेलु भन्ने। हात-खुट्टा भाँच्छौँ हामी" भन्दै उहाँहरुसँगै प्रश्न गर्न थालेछन। अपरिचित अनुहारका मुखबाट नियोजीत प्रयोजनका कुराहरु सुने पछि, उहाँहरुले निर्वाचन कार्यलयमा बस्न असुरक्षित ठान्नु भएछ र तत्पश्चात सुरक्षाका लागी आ-आफ्ना स्थानमा लाग्नु भएछ। 

अधिवेशनका अधिल्लो दिन घटाईएको यो घटना शायद स्मृतीबाट हराउँथ्यो होला, यदि अधिवेशनकै दिन पनि गुन्डागर्दी, धाक-धम्की र टाउको फोडने दुस्साहसी उदगारहरु सुन्न नपरेको भए। जापानभरिका नेपालीहरुका आँखा अगाडी घटिएका घटनाले अहिले जापानको नेपाली समाजमा ठूलो त्राशको वातावरण कायम गरेको छ। अपरिचित कुनै नेपाली देख्नासाथ एनआरएन सँबद्धहरु अहिले कुराकानी गर्न पनि डराउँछन। के थाहा, कुन बेला कसले नाम सोद्धै हमला गर्ने? के कुनै सँगठनको अधिवेशन पश्चात यस्तो त्राशको वातावरण हुनु ठीक हो र? डा. योन्जनलाई हाम्रो प्रश्न छ?

को हुन त-यी आततायीहरु?
मतदाता नामावलीमा नाम नराख्दैमा कसैको हात-खुट्टा भाँच्नै पर्छ भन्ने छैन। सँविधान सभाको चुनावमा पनि केही नेपालीहरुले आफ्ना मताधिकार प्रयोग गर्न पाएनन। सरकारी कर्मचारीका गल्तीलाई उजागर गर्न यी नेपालीहरुले पत्रिका-वक्तव्य-लेख मार्फत आफ्ना भनाई राखे। कुनै कर्मचारीको नाम किटेनन र हात खुट्टा भाँचेनन। सभ्य समाजमा हुनु पर्ने कुरा यस्तै हो। तर, जापान जस्तो विकसीत देशमा आईपुगेका केही नेपालीहरुले असभ्य व्यवहार गर्छन भने, नेपालको वैदेशिक नियोग चनाखो हुनु पर्छ र यी गुन्डा-मन्डले-असामाजीक तत्वहरु को-को हुन छुट्याउनु पर्छ।

निर्वाचन समितिमा रहेका मन्डलेहरुका ईशारामा आईपुगेका यी गुन्डा-मन्डले-असामाजीक तत्वहरु को हुन भनेर खुट्याउने एउटा उपाय निर्वाचन समितिका मान्छेसँग सोधपूछ गर्नु नै हो। किनभने यदि यिनले आफ्ना मालिकलाई ईशारा नगरेका भए यी गुन्डा-मन्डले-असामाजीक तत्वहरु परिचालीत हुने थिएनन। वास्तवमा निर्वाचन समितिमा यो मान्छेलाई राख्यो भन्ने कुरा सुन्ने बितिक्कै मेरो मनमा शँकाले ठाँउ पाईसकेको थियो। हिजो नेसाजको चुनावमा हामीले केही कुरा बोल्दा, मन्डलेहरुद्वारा परिचालित यी गुन्डा-मन्डले-असामाजीक तत्वहरुले म स्वयममाथि भौतिक रुपमा आक्रमण गर्ने योजनाको फेहरिस्त छानविन समितिमा मेरा शुभचिन्तकहरुले बुझाँउदा पनि यिनी आफ्ना मालिकलाई वचाउन लागेका थिए। त्यसैले हो, यिनको यहाँको नियुक्तिले मेरो मनमा शँका जन्माएको। डा. गणेश योन्जन लगायत नेपाली दूतावासका पदाधिकारीहरुले अब एनआरएन-निर्वाचन समितिका मान्छेहरुसँग प्रश्न गर्नु पर्छ र प्रत्येक मतदाताको विवरण लगायत विवाद बढाउने कार्यमा यिनीहरुका भूमिकाको सँबन्धमा सोधपुछ गर्नु पर्छ। 

मनोवैज्ञानिक त्राश र सामाजिकता
डा. गणेश योन्जन राज्यदूत (राजदूत शब्द मन्डलेहरुले मात्र प्रयोग गर्छन) मात्र होईन हामी सबैका अभिभावक पनि हुन। त्यसैले हो, डा. योन्जन अहिले सुत्दै हुनुहुन्छ की सुन्दैहुनु हुन्छ भन्ने प्रश्न मैले राखेको। किनभने सामाजिक सँगठनमा आवद्ध रहेर केही काम गर्न खोज्दा हामीलाई प्रत्यक्ष धम्काउने, हामी माथि भौतिक आक्रमणको योजना बनाउने कामहरु समय-समयमा हुन गएको छ। एनआरएनको दोस्रो अधिवेशनका घटनाले त अब यो एउटा प्रवृति नै बनिसकेको देखाउँछ। यस्तो अवस्थामा डा. योन्जनले रेष्टुरेन्ट उदघाटन गर्ने, नाचगान हेर्ने र तथाकथित धनपतिहरुका कुरा मात्र सुन्ने की हाम्रा कुरा पनि सुन्ने? 

नेसाज र एनआरएनमा अहिले मात्र होईन पहिले देखि नै मन्डले, मानव तस्कर, फ्राड, माफियाहरुले आफ्ना आँखा गाढेका थिए। अवैध धन्दा गर्दै कुश्त गाँठ कमाएकाहरुमा सामाजिक सम्मानको महात्वाकाँक्षा जागे पछि यिनीहरु सामाजिक सँगठनमा हर्ता-कर्ता बन्न लागेका हुन। धनको प्रभावले सबैलाई चुप लगाउन सकिन्छ भन्ने यी तत्वहरु त्यसवेला तिलमिलाउँछन जब केहीले यिनीहरुका नियमविपरीत कामको विरोध गर्छन। फलस्वरुप, आफ्ना चम्चा, चाटुकार र दलालहरुलाई प्रयोग गर्दै अपमानजनक रुपमा चरित्र हत्या गर्दै हिँडने मात्र यिनीहरु गर्दैनन, सकुन्जेल भौतिक रुपमै आक्रमण गर्न पनि नजिकका मान्छेहरुलाई अर्हाउँछन। 

जिज्ञानजी-बेलु थापाजीहरुले लगायत अधिकाँश नेपालीहरुले यसपाली देखि हाल्नु भो कसरी मान्छे परिचालन गर्छन भन्ने कुरा। मेरा सँबन्धमा म सतर्क हुन थालेको चाँही म माथि भौतिक आक्रमण गर्ने योजनाको विवरण पढेपछि नै हो। मैले कहिले नभेटेको र नचिनेको मान्छेले आफ्ना समूहमा म माथि यसरी हमला गर्छु भन्ने लिखित विवरण पढेपछि म धेरै नै सचेत हुन थालेको हुँ। त्यसपछि सामाजीक सँस्थाहरुका कार्यक्रममा पनि मैले उपस्थिती नजनाएको हुँ। अरु त के कुरा नेपाली दूतावासको दशैँ पार्टीमा परिवारसहित सहभागी हुँदाका बखतमा पनि फ्राड मन्डलेका नातेदार र आसेपासेहरु म सँग उत्तेजित हिसाबले कुरा गर्दै थिए। कोही भन्दै थिए, तैँले पहिले काम गर्ने काठमाडौँ विश्वविध्यालयको फलानो-फलानोलाई म चिन्छु भनेर। श्रीमतिले एकातिर तानेपछि कुराकानी गर्न छोडेर हामी दुतावासबाट बाहिरिएका थियौँ। 

डा. योन्जनको अभिभारा
एनआरएन दोस्रो अधिवेशनले डा. योन्जनका उत्तरदायित्वहरु झन बढाएका छन। अब विकास र प्रगतीका कुरा, रेष्टुरेन्ट उदघाटन, नाचगानमा आतिथ्य स्विकार्नु भन्दा पनि उनले हाम्रा सुरक्षामा ध्यान दिनु पर्छ। यो पँक्तिकार लगायत लोकतन्त्र पक्षधर कसैमाथि पनि भौतिक हमला भएमा त्वरित कार्यवाहीमा डा. योन्जन लाग्नु पर्छ। हामीलाई तर्साउने, धम्काउने, टाउको फोडछु भन्दै धम्काउनेहरुसँग डा. योन्जनले न कफी खानु हुन्छ न डिनर खानु हुन्छ। मन्डले-मानव तस्कर-माफियाहरुका चाटुकार निर्वाचन समितिका केहि पदाधिकारी, टाउको फोडछु भन्नेहरुलाई अब नेपाली दूतावासले स्पष्ट रुपमा बहिस्कार गर्नु पर्छ। दूतावासका कार्यक्रमहरुमा यस्ता असामाजिक तत्वहरुलाई बोलाउने हो भने, करदाता नेपालीहरुको अपमान हुने त छँदैछ, डा. योन्जन पनि डा. वैध्य पथमा लम्किएको स्पष्ट हुनेछ। यस्तै नियोजीत तवरले धनको आडमा भाँडभैलो मच्चाउने सर्वाधीक मतहरुलाई डा. योन्जनले कुनै हालतमा स्विकार्नु हुन्न। सकुन्जेल यी असामाजिक तत्वहरु दूतावास परिसरमा कहिले नदेखिने वातावरण अब उहाँले बनाउनु पर्छ।