Monday, August 25, 2008

प्रधानमन्त्रीका ज्वाईंले सुजाता र आरजुलाई बिर्साउने

गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनीहरूका छोरी, श्रीमती र सालाले ठेक्कापट्टालगायतका काम मिलाइदिएबापत मोटो कमिसन लिने गरेको चर्चा अब पुरानो भइसकेको छ ।सर्वहारा वर्गको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका पुष्पकमल दाहालका आफन्त पनि गिरिजाप्रसाद र शेरबहादुरका आफन्तहरू जस्तै कमिसनमा डुबुल्की मार्न पल्किएपछि सुजाता र आरजुका कर्तुत पुराना हुन थालेका हुन् ।
प्राप्त जानकारीअनुसार पछिल्लो पटक प्रधानमन्त्री दाहालका बहिनी ज्वाईं ऋषि पौडेल यस मामिलामा अग्रस्थानमा देखिएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको समेत ज्वाईं भएकै कारण पौडेलले अहिले माओवादी छापामारका निम्ति खाद्यान्नलगायत अन्य सामान आपर्तिको ठेक्का पाएका छन् । सरकारबाट मोटो रकम लिए पनि कमसल खालको रसद पानी आपर्ति गरेका पौडेलले सोहीवापत प्राप्त कमिसनबाट करोडौं रुपैयाँ आम्दानी गरेका छन् । सामान्य आर्थिक अवस्थाका पौडेल छापामारलाई सस्तो चामल खुवाएकै कारण करोडपति भएका छन् । पार्टी अध्यक्षको ज्वाईं भएकाले उनका कर्तुतप्रति कसैले औंला ठडाउन नपाएकै बेला दाहाल प्रधानमन्त्री भएपछि उनलाई छोइनसक्नु भएको छ । जेठान प्रधानमन्त्री भएपछि पौडेलको आँखा सरकारी ठेक्कापट्टामा परेको छ । युद्धकालीन अवस्थामा उनी माओवादीको चन्दालाई विभिन्न ठाउँमा लगानी गर्ने काममा पनि सक्रिय हुने गरेको बताइएको छ ।

No comments: