Sunday, August 10, 2008

'सहमतिकै सरकार बन्नुपर्ने कुरामा जोड'

रक्षा मन्त्रालय नछाड्ने नेपाली कांग्रेस तथा रक्षा मन्त्रालय नदिने माओवादीको अडानले नया सरकार बन्न नसकिरहेको अवस्थामा एमाले महासचिव झलनाथ खनालले राष्ट्रिय सहमति वाहेकको सरकारको कुनै बिकल्प नरहेको दोहोर्‍याएका छन् ।एमाले महासचिव झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारको कुनै बिकल्प नरहेको दोहोर्‍याएका छन् । साउन २६ गते राजधानीमा पार्टीले आयोजना गरेको राज्य पुनर्संरचना सम्वन्धि तीन दिने राष्ट्रिय अन्तर्क्रिया कार्यक्रमको उदघाटन गर्दै खनालले सहमति जुटाउने जिम्मा सबैभन्दा ठूलो पार्टी माओवादीको भएको तथा उसले अझै सहमति जुटाउन नसकेको उल्लेख गरे । खनालले नयाँ सरकार बनाउने काम संविधानसभामा पुगे पनि त्यहाँसमेत सहमतिबाटै सरकार बनाउनुपर्ने अडानमा आफ्नो पार्टी रहेको स्पष्ट पारे।
साउन २५ गते प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग उनको निवास बालुवाटारमा भएको भेटमा पनि खनालले सहमतिको सरकार बनाउनुपर्ने अडान राखेका थिए । भेटमा कोइरालाले भने रक्षा मन्त्रालय नपाएसम्म माओवादीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेस जान नसक्ने धारणा राखेका थिए ।

No comments: