कोसी तटवन्धन फुटेका कारण एक लाखभन्दा धेरै जना बिस्थापित भएको जानकारी सरकारले दिएको छ । कोसी ब्यारेजको तटवन्धन फुटेपछि सुनसरी जिल्लाका १ लाख ७ हजार २५५ जना बिस्थापित भएको तथ्याङ्क सरकारले दिएको छ ।
सिंहदरवारमा भदौ १२ गते दिउँसोदेखि जारी २५ दलका प्रतिनिधिहरुको बैठकमा गृहमन्त्रालयका सचिव उमेशप्रसाद मैनालीले यो तथ्याङ्क प्रस्तुत गरेका हुन् । बैठकमा कोसी क्षतिको स्थलगत अवलोकन गरेर फर्केका रक्षामन्त्री रामबहादुर थापा बादल र निर्माणमन्त्री बिजयकुमार गच्छेदार पनि सहभागि छन् । बैठकमा मैनालीले प्रस्तुत गरेको तथ्याङ्क अनुसार, बिस्थापितमध्ये १४ हजार १०७ जना बालबालिका मात्र छन् ।
सिंहदरवारमा भदौ १२ गते दिउँसोदेखि जारी २५ दलका प्रतिनिधिहरुको बैठकमा गृहमन्त्रालयका सचिव उमेशप्रसाद मैनालीले यो तथ्याङ्क प्रस्तुत गरेका हुन् । बैठकमा कोसी क्षतिको स्थलगत अवलोकन गरेर फर्केका रक्षामन्त्री रामबहादुर थापा बादल र निर्माणमन्त्री बिजयकुमार गच्छेदार पनि सहभागि छन् । बैठकमा मैनालीले प्रस्तुत गरेको तथ्याङ्क अनुसार, बिस्थापितमध्ये १४ हजार १०७ जना बालबालिका मात्र छन् ।उता बिहारमा अझै पनि हज़ारौ मानिसहरु पानीको बीचमा फँसेका छन भने सेनाको मददबाट स्थानीय प्रशासनले मानिसहरुलाई सहायता प्रदान गरिरहेको छ । अहिलेसम्म एक लाख २४ हज़ार मानिसलाई बाढीबाट निकालेर सुरक्षित स्थानमा लगिएको छ । भारतमा यसलाई प्रधानमन्त्रीले राष्ट्रीय विपत्ती भनेर घोषणा गर्दै १००० करोड़ रुपैयाको आर्थिक सहयोग सहित र १.२५ लाख टनको खाद्य-सामग्रीको सहायता दिने घोषणा गरेका छन । तर वर्तमान अवस्थामा नेपाल सरकारका मन्त्री तथा उच्च पदस्थहरु स्थानीय क्षेत्रको निरिक्षण मात्रै गरि रिपोट बनाउने कार्यमा ब्यस्त देखिएको छ । नेपालको माओबादी सरकारले संबदेनशील यस घडीमा सत्ता समीकरणलाई मात्रै अनावश्यक ध्यान दिनु भन्दा, यथाशिघ्र पिडितलाई आवश्यक सहयोग गर्नुको साथै पिडितलाई दिर्घकालीन राहत पुर्याउन आवश्यक छ ।
No comments:
Post a Comment