Wednesday, August 13, 2008

सहमतिको वातावरण बन्न नसक्नु दुर्भाग्य

राष्ट्रिय सरकार गठनमा मुख्य चार दलहरूबीच सहमति बन्न नसक्नुलाई स्वाभाविक भन्दा पनि दुर्भाग्यपुर्ण भन्नु अत्तित्योयुक्त होला । मुलुक सरकारविहीन भएको दुई साता भन्दा बढी बितीसक्दा पनि दलहरुबाट भएको उदासीनता, गैर जिम्मेवारी तथा शक्ति बाडफाडमा मात्रै केद्रीत हुनु दलहरूले जनतालाई गरेको अपमान नै हो ।दलहरु सहमतिको सरकार बनाउने प्रयास गर्नुको अर्को नाम नै मन्त्रालयहरूको भागबन्डा भएको छ । माओवादीइतर दलहरूले मन्त्रालयको भागबन्डा भन्दा पनि शान्तिपुर्ण प्याकेजलाई न्यूनतम साझा कार्यक्रम ल्याई, नयाँ सरकारको नीति तथा कार्यक्रमलाई बढी भन्दा बढी ध्यान केन्दित गर्न नसकी मन्त्रालय बाडफाडको खेलमा सामेल हुनु देशको लागि अर्को बिडम्बना हो ।
विशेष गरी नेपाली कांग्रेस मन्त्रिपरिषद्को भागबन्डामा किचलो गर्दै, माओवादीको नेतृत्वमा सरकार बन्न नदिने खेललाई अगाडी बढाई राजनैतिक बदला लिन अगाडी सरेको जस्तो देखिन्छ । जस अनुरुप रक्षा मन्त्रालय नछाडने अड्डी लिएर बसेको छ भने सबैभन्दा ठुलो दलको रुपमा स्थापित माओबादीहरु सरकार निर्माण गर्ने भन्दा पनि धेरै भन्दा धेरै शक्ति हात पार्ने उपयोगिताबादी खेलमा लागेको देखिन्छ । अन्य पार्टीहरुसग सरकार गठन गर्ने सामान्य छलफल नगरी, सम्पुर्ण दलहरुले ठिक्क पारीदिएमा सरकारमा जाने तथा उसका सम्पुर्ण नितिहरुलाई अन्य दलहरुले साक्षी बसिदिनुपर्ने जस्ता गैर लोकतन्त्रीक शर्तहरु हेर्दा, माओबादीहरु कत्ति पनि लोकतान्त्रीक आचरणमा आफ़ुलाई ढाल्न नसकेको भान हुन्छ । धेर थोर माओबादेहरुको त्यही उपयोगिताबादी र गैर प्रजातान्त्रिक आचरणबाट अन्य दलहरु त्रस्त भएर पनि सहमति हुन नसकेको पनि देखिन्छ जुन अस्वाभाभिक पनि होईन । यस प्रकरणमा एमाले तथा फोरमबाट भएको सहमतिको राजनिति भन्ने निकै नै सर्हानिय नै भन्नु उपयुक्त छ ।
माओबादीबाट शुरु भएको गणितिय खेलमा काग्रेस ज़स्तो परिपक्क पार्टीले गर्न वेश भन्ने पक्कै नहोला । किनभने जनताको परिवर्तनको आवेगपूर्ण अपेक्षा, अभावलाई सम्बोधन नगरी विगतको जस्तै संसदीय बाह्र वर्षकै गणितिय खेलमा लाग्दा, अवश्य पनि त्यसको मार जनताले नै खेप्ने हो । त्यो मार खेप्न नसकी जनताको निराशाको विस्फोट भएमा देशले ब्यहोर्नु पर्ने मार अवश्य पनि अतुलनिय, विकराल हुने छ भन्ने आभास सम्पुर्ण नेताहरुलाई हुनु आवश्यक छ ।

No comments: