Sunday, August 31, 2008

संविधान सभा सभासदकै दोहोरो नगरिकता

मासिक ४५,००० रुपियां भन्दा बढी तलव भत्ता खाने संविधान सभा सभासदकै दोहोरो नागरिकता रहेको पाईएको छ । सभासद तथा नेकपा एमालेका केन्द्रीय नेता रामचन्द्र झा को दोहोरो नागरिकता रहेको छ । उनले नेपालमा धनुषा जिल्लाको माझीजिकैया गा.वि.स वडा नं. ७ को स्थायी वासिन्दाको रुपमा नागरिकता लिएका छन । त्यस्तै उनी भारतको पनि नागरिक रहेको कुरा हालै उनी बिरुद्द परेको दोहोरो नागरिकता सम्बन्धी रिटमा श्री झा सन १९९५ देखि २००४ सम्म भारत मधुवनीका मतदाता समेत रहेको उल्लेख छ ।
अझ रोचक कुरा त झा का सहोदर भाई मदन चन्द्र झाले २०५७ सालमा भारतमा चुनाव लडेका थिए । एमाले जस्तो जिम्मेवार पार्टीको प्रभावशाली नेता को यस्तो दोहोरो चरित्रले नेकपा एमाले मात्र नभई देशको सभासद जस्तो गरिमामय पदमा रहेका ब्यक्तिहरुमाथिनै शंका उब्जाएको छ । उनले अझै पनि भारतीय नागरिकता नत्यागेर के गर्न खोजेका हुन सर्वत्र चासोको बिषय बनेको छ ।

No comments: