Tuesday, August 26, 2008

खाडी देशको जेलमा परेका नेपालीहरुको डाटा संकलन शुरु

सागर श्रेष्ठ

राजनैतिक अन्योलतामा महँगी भ्रष्टचार बेरोजगार आदीले पिल्सीएका नेपाली युवा युवतीहरु विदेशीने क्रम जारी छ । सस्तोमा जाने सक्ने मुलुक भनेको खाडी भएपनि त्यहा गएका युवा युवतीहरु अनेकौ र कष्ट भोग्नु परेको छ । नेपाल सरकारको फितलो बैदेशिक नितिले गर्दा म्यानपावर तथा दलालहरुको मनपरि तन्त्रले गर्दा परदेशमा आएर पनि नेपालीहरु आपत विपतमा परिरहेका छन । नेपालमा गरेको सम्झौता अनुसार यहाँ साउदी अरेवियामा आएपछि नपाईने भएकोले भागेर काम गर्न बाध्य छन नेपालीहरु । यसरी भाग्नमा पनि यहाँका लोकल दलालहरुले प्रोत्साहित गरेको पाईन्छ ।
अहिलॆ साउदी अरेवियामा भागेर काम गर्ने नेपालीहरुको संख्या लगभग ५०-६० हजार भन्दा बढी रहेको अनुमान गर्न सकिन्छ । नेपाली दुताबास रियादले अहिले साउदी अरेवियामा रहेका झेलखानहरुमा गई झेलखानमा परेका नेपालीहरुको डाटा संकलन शुरु गरिरहेको छ । यसै क्रमको पहिलो दिन हिजो साउदी अरेवियाको पुर्विय क्षेत्र राजधानी रियाद भन्दा करिब ६०० कि. मि. टाढा अलहासा भन्ने ठाँउमा रहेको जेलमा हालसम्म ३२ जना नेपालीहरु रहेको दुताबासको कर्मचारी पुष्पराज भट्टराईले बताउनु भएको छ । विभिन्न कारणले जेलमा परेका नेपालीहरु मध्ये अधिकाँस नक्कली भिसाको कारण थुनिएको कुरा थाहा भएको छ । त्यस मध्ये एक जना नेपाली ६-७ महिना पहिले फिलीपिनोको हत्याको आरोपमा थिनिएका छन । साथै अन्य ठाउहरु दमाम तथा कतिफको जेलमा रहेका नेपालीहरुको तथ्याक पनि संकलन गर्ने जानकारी गराइएको छ । साथै यस सम्बन्धमा कुनै नेपालीहरुको साथी वा नातेदारहरु कुनै कारणले जेलमा छन भने यथाशिघ्र जानकारी दिनुहुन पनि अनुरोध गरिएको छ ।

No comments: