Thursday, August 14, 2008

प्रचण्डले उमेदवारी दर्ता गरे

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र मधेसी जनअधिकार फोरमको समर्थनमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् । एमाले र मधेसी जनअधिकार फोरमको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको उमेदवारी दर्ता गरेका छन् । साउन ३० गते संविधानसभा स्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा दर्ता भएको प्रचण्डको उमेदवारीको प्रस्तावकमा एमाले महासचिव झलनाथ खनाल र फोरमका अध्यक्ष उपेन्द्र यादव समर्थक बनेका छन् । उम्मेदवारी दर्तापछि प्रचण्डले नेपाली कांग्रेसलाई पनि सहमतिको सरकारमा ल्याउन प्रयास गरिने उल्लेख गरे । यसअघि नै नेपाली कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उमेदवारी दर्ता गरिसकेका छन् ।

नया राजनैतिक समीकरणले गर्दा प्रचण्ड नै गणतान्त्रीक नेपालको प्रथम प्रधानमन्त्री हुने भएको छ भने संबिधान सभाको चार महिना पश्चात माओबादीको सरकार बन्ने बाटॊ खुलेको छ । यसैवीच तीन दल माओवादी, एमाले र मधेसी जनअधिकारसग आजै साउन ३० गते सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा करिव सात बुँदे सहमतिपत्रमा हस्ताक्षर पनि गरेका छन । सहमतिपत्रमा हस्ताक्षरपछि संचारकर्मीहरुबीच प्रस्तुत हुँदै माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानसभाको दुई तिहाई बहुमतको आगामी सरकारमा सहभागिता रहने जानकारी दिए । आशा गरौ माओबादीको वर्तमान नया सरकार बनाउने कार्य पनि विगत जस्तो उपयोगिताबादी सोच नभई , नया नेपालको संबिधान बनाउने कार्यमा सबै दललाई लिएर अगाडी बढदै जानेछ ।

No comments: