Thursday, August 14, 2008

कांग्रेसको उमेदवार देउवा

माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच सरकार निर्माणबारे लिखित सहमति बन्दै गरेको बेला नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरेको छ । साउन ३० गते सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा भएको कांग्रेस संसदीय समितिको बैठकले देउवालाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय समितिको बिहान भएको बैठकले प्रधानमन्त्रीको उमेदवार तय गर्न संसदीय समितिलाई जिम्मा दिएको थियो । समिति ९ सदस्यीय छ । प्रधानमन्त्रीको उमेदवारी दर्ता फारम माओवादी, नेपाली कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम र १३ साना दलले संविधानसभा सचिवालयबाट उमेदवारी दर्ता गर्ने फारम लगेका छन भने अहिलेसम्म कसैले पनि दर्ता गरेको छैनन् । उमेदवारी दर्ता गर्ने समय साझ पाँच बजेसम्म तोकिएको छ । सहमतिको सरकार बनाउने वा प्रधानमन्त्रीमा एक मात्र उमेदवार पार्न दलहरुबीच अहिले पनि वार्ता र छलफल भने जारी छ ।

No comments: