संसारको सबैभन्दा अग्लो ठाउं मध्येको एऊटा तिब्बत स्वायत क्षेत्र, जहा गतसालको जुनबाट चीनको बहुप्रतिक्षित योजना अन्तर्गतको रेलयात्रा शुरु भएको छ । अनैकौ दुर्गम ठाउ हुदै जाने यस रेलयात्रा लगभग ४८ घण्टामा ४०६४ किलोमीटरको यात्रा पुरा गरि बेईज़िगबाट ल्हासासम्म पुग्दछ । करीब ९०० किलोमीटरको रेललाइन समुन्द्री उचाई भन्दा ४००० मीटरको उचाईमा बनाईएको छ, जहा शून्य भन्दा पनि निकै कम डिग्रीको तापमान रहेको हुन्छ, साथै रेलको ५५० किलोमीटर यस्तो ठाउबाट जाने गर्दछ जहाँ हिउ जमेको हुन्दछ ।
संसारको सबैभन्दा अग्लो ठाउको र लामो सुरंग भएको यस रेल यात्रामा संसारको सबैभन्दा अग्लो उचाईमा रहेको तंगुला रेलवे स्टेशन(५०६८ मीटर) पनि पर्दछ । गत सालबाट शुरु भएको यस रेलयात्रामा तीन क्लासको डिब्बाहरुमा वर्गीकरण गरिएको छ । ४ जना सुत्न मिल्ने आरामदायी यात्राको लागि १६५ डलर, ६ जना सुत्न मिल्नेलाई १०० डलर र त्यो भन्दा पनि कम पैसामा भने साधारण डिब्बा जहा जो सुकै सर्वसाधारणले सस्तो मुल्यमा यात्रा गर्न मिल्ने ब्यवस्था गरिएको छ । यो रेलयात्रा यतिधेरै सस्तो र लोकप्रिय भएको छ कि एक वर्षसम्म बुकिंग पाउन मुश्किल भएको छ साथै यसले तिब्बतलाई अन्य ठुला शहरहरुसंग जोडने कामको साथसाथै तिब्बतको व्यापार गतसाल भन्दा बढी तथा पर्यटक ७०% भन्दा बढी बढेको छ ।

४८ घण्टाको यात्राको दोस्रो दिन रेल अत्यन्त उचाईबाट जाने भएकोले रेलको बाहिर ऑक्सीजनको मात्रा निकै कम हुनेहुदा कुनैपनि स्टेशनमा रेलको ढोका खुल्दैन । तरपनि यस रेलमा अत्याधुनिक रेष्टुरेन्ट ब्यवस्था गरि आवश्यक वस्तुहरु उपलब्ध गराईने गरिएको छ । साथै यात्रीहरुलाई अक्सिजनको कमि नहुनको लागि प्रत्येक डिब्बामा अक्सिजनको पाईप र अक्सिजन नियन्त्रक मेशीन जडान गरीएको छ । यस रेलको विकासले तिब्बतलाई बाकी चीनसग जोडन सफल भएको भएको छ भने यसबाट तिब्बतको ब्यापार मात्रै नभई कला, संस्कृतिको विकास हुन सम्भव भएको छ ।
तिब्बतको यस रेल मार्गलाई नेपालको भु भागसम्म जोडन सकिएको खण्डमा नेपालको विकासले नया आयाम लिन सक्नेछ । (साभार : बीबीसी सेवा)