Tuesday, July 29, 2008

नेपाली जनसँपर्क समिति जापानले राष्ट्रपतिमा डा यादव निर्वाचित हुनुभएको रात्री भोजको आयोजना

२००८ जुन २७ आइतवार नेपाली जनसँपर्क समिति जापानले गणतान्त्रिक नयाँ नेपालका पहिलो राष्ट्रपति डा राम वरण यादव निर्वाचित हुनु भएको खुशियालीमा एक भव्य कार्यक्रमको आयोजना गरियो। टोक्योको आसागायाको हलमा महामहिम राजदूत डा गणेश योन्जन तामाङ ज्यूको प्रमुख आथित्यमा आयोजित उक्त कार्यक्रमलाई नेपाली जनसँपर्क समिति जापानका प्रचार प्रसार विभागका प्रमुख पारस मणी पोखरेले उदघोषण गर्नु भएको थियो।

समितिका महामन्त्री परमेश्वर पोखरेलको स्वागत भाषणवाट शुरु भएको उक्त कार्यक्रममा एनआरएन आइसिसिका केन्द्रिय सदस्य किरण विक्रम थापा, एनआरएन जापानका अध्यक्ष भवनभट्ट,शान्ति तथा लोकतान्त्रिक नेपाली मञ्च जापानका अध्यक्ष भुषण घिमिरे, एमाले प्रवास कमिटी जापानका सचिव सुर्य पाठक, सँयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानका सदस्य कृष्ण अधिकारी,प्रवासी नेपाली सँगठन(ओनो जापान)का अध्य्क्ष टँक भण्डारी,नाजका अध्यक्ष भुपी गोविन्द श्रेष्ठ,नेसाजका महासचिव राजेन्द्र पराजुली,तमुधी जापानका महासचिव ओम गुरुङ,थकाली सेवा समितिका अध्यक्ष ध्रुव भट्टचन,नेवा अन्तराष्ट्रिय फोरम जापानका अध्यक्ष ज्ञानु कातो,एमबिए जापानका सल्लाहकार पासाङ विश्वकर्मा,हातेमालो सोसाइटीका अध्यक्ष शुकमान थिङ तामाङ ले सम्माननिय राष्ट्रपति डा राम वरण यादवलाई वधाई दिदै आफ्ना मन्तव्यहरु राख्नु भएको थियो। उक्त कार्यक्रममा नेवा अन्तराष्ट्रिय फोरम जापानका पूर्व महासचिव सुवन वज्राचार्यले गणतन्त्र सँवन्धी कविता वाचन गर्नु भएको थियो भने आयोजक समितिका उपाध्यक्ष चिरञ्जिवी थापाले धन्यवाद भाषण गर्नुभएको थियो। समारोहमा नेपाली जन सँपर्क समितिका सँस्थापक अध्यक्ष एवँ वर्तमान सल्लाहकार विश्वनाथ शर्मा, सल्लाहकार गणेश नेपाल र नव नियुक्त सल्लाहकार राजन प्रधानाङ्ग लगायत वधाई मन्तव्य व्यक्त गर्नुहुने विभिन्न सँस्थाका प्रतिनिधीहरुलाई आसनग्रहण गराइएको थियो।

नेपाली जनसँपर्क समिति जापानका अध्यक्ष महेश कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा महामहिम राजदूत डा गणेश योञ्जन तामाङ साथै हाल जापानमा निजी भ्रमणमा आउनु भएका नेपाल तरुण दलका केन्द्रिय उपाध्यक्ष कमल शाह र नेपाली काँग्रेसका महिला नेतृ रिता खनालले पनि वधाई मन्तव्य दिनु भएको थियो। कार्यक्रमको अन्त्यमा रात्री भोजको आयोजना गरी रमाइलो गरी खुशीयाली मनाइएको थियो।

No comments: