Friday, July 25, 2008

तलब माग्ने कर्मचारीलाई ज्ञानेन्द्रले घोक्र्याए

गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिले पदवहाली गरेको टेलिभिजनमा हेरेर रन्थनिएका पर्ूवराजा ज्ञानेन्द्रले तलव माग्ने कर्मचारीलाई गलहत्याएर निकालेको खबर छ । प्राप्त खबरअनुसार नारायणहिटीबाट बहिर्गमन भएपछि पनि दरबारका सरकारी कर्मचारीलाई नै काम लगाउँदै आएका ज्ञानेन्द्रले ती कर्मचारीले तलब मागेपछि भोलिदेखि काम गर्न नआउनु भन्ने आदेश दिएको बुझिएको छ । तिथिको आधारमा हिजो जन्मदिन मनाइरहेका पर्ूवराजाबाट -बक्सिस) पाउने आशामा तलबको कुरा गरेका कर्मचारीले -बक्सिस) त परै जाओस् उल्टै तलबसमेत नपाएर गलहत्तिनुपरेको छ । दरबारका दर्जनौं कर्मचारीलाई ज्ञानेन्द्रले निजी काममा लगाउँदै आएका थिए ।
यसअघि ज्ञानेन्द्रले ४० हजार रुपैयाँसम्म तलब खुवाउने गरी कर्मचारी नियुक्त गरेका थिए । स्रोतका अनुसार राष्ट्रपतिले शितल निवासमा सपथ खाइरहँदा ज्ञानेन्द्रले कर्मचारी र सहयोगीलाई बाहिर पठाएर ढोका थुनी एक्लै टीभी हेरेर बसेको बताइएको छ ।

No comments: