Monday, July 14, 2008

३७ घन्टापछि विद्रोही प्रहरीद्वारा मध्यरातमा आत्मर्समर्पण

काठमाडौं । आधा दर्जनभन्दा बढी उच्च प्रहरी अधिकारी तथा सिंगो गणलाई नै कब्जामा लिएका नेपालगञ्जस्थित दंगा नियन्त्रण प्रहरी गणका विद्रोही प्रहरीले अन्ततः ३७ घन्टापश्चात् आत्मर्समर्पण गरेका छन् ।

आत्मर्समर्पण सँगै नियन्त्रणमा रहेका प्रहरी अधिकृत सकुशल मुक्त गर्नुका साथै हतियार पनि बुझाएका छन् । सरकारले विद्रोही प्रहरीलाई कारबाही गर्न निर्देशन दिएपछि सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीले गण घेराबन्दी गर्नुका साथै सेनाको कमान्डो टोलीसमेत परिचालित भएपछि विद्रोही प्रहरीले अन्ततः गएराति १ बजे आत्मर्सपण गरेको बताइएको छ ।
काठमाडौंबाट सेनाको रेन्जर बटालियनबाट कर्णेल अनुपजंग थापाको नेतृत्वमा कमान्डोफोर्स गएपछि विद्रोही प्रहरीलाई आत्मर्समर्पण गर्न चेतावनी दिइएको थियो । तत्पश्चात् राति एक बजेतिर सैनिक कमान्डो टोलीले घेराबन्दी गरी सशस्त्र प्रहरीको टोली प्रवेश गरेपछि विना रक्तपात प्रहरी अधिकृतहरू मुक्त भएका र विद्रोहीले समेत आत्मर्समर्पण गरेको बुझिएको छ ।
त्यसअघि सेनाको जासुसी विमान तथा हेलिकप्टरले गणभित्रको गतिविधि रेकी गरी कारबाहीका निम्ति परिचालित भएका थिए । नेपालगञ्जको दंगा नियन्त्रण प्रहरी गणमा भएको प्रहरी विद्रोहीका सम्बन्धमा आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी कारबाही गर्न निर्देशन दिएको लगत्तै व्रि्रोहीले २० सूत्रीय माग र्सार्वजनिक गर्दै वार्ताका निम्ति तयार रहेको बताएका थिए । आफूहरू घेराबन्दीमा परेको सूचना पाएपछि सञ्चारकर्मी, अधिकारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिलाई गणभित्रै बोलाएर आफ्ना मागहरू पूरा गर्न र वार्तामा बस्न तयार रहेको बताउनुका साथै आफूमाथि बल प्रयोग भए भिडन्तका निम्ति तयार रहेको चेतावनी समेत दिएका थिए ।
दिउँसो पहल भएको वार्ता प्रक्रिया सफल नभएपछि राति गणबाट सञ्चारकर्मी, अधिकारकर्मीहरू बाहिरिएका थिए । वार्ता विफल हुनुका साथै सेना सशस्त्र प्रहरी र जनपद प्रहरीको ठूलो संख्यामा फौज परिचालित भएको र हेलिकप्टरले समेत गस्ती गर्न थालेपछि सम्भावित भिडन्तको खतरालाई लिएर नेपालगञ्जवासी त्रसित भएका थिए । गणको पाँच सय मिटर वरपर बिहानैदेखि र्सवसाधारणको आवतजावतमा रोक लगाई तयारीका साथै सुरक्षाकर्मी परिचालित थिए ।
गण नियन्त्रणमा लिन सशस्त्र र नेपाल प्रहरीले वरिपरिका जिल्लाबाट समेत ठूलो संख्यामा थप बल झिकाइएको थियो । उच्च प्रहरी स्रोतका अनुसार विद्रोही प्रहरीले गणमा रहेका २ सय थान अत्याधुनिक एसएलआर राइफल ४० हजार राउन्ड गोलीसहित ट्रक, जीपलगायतका सामान कब्जामा लिएको बताइएको छ । घटनाका सम्बन्धमा सर्म्पर्क गर्दा राति उनीहरूले आत्मर्समर्पण गरेपछि विद्रोहीको नेतृत्व गर्ने ४ जनालाई छुट्टै नियन्त्रणमा लिई बाँकी प्रहरीलाई गणभित्रै राखिएको जानकारी दिएका छन् । अहिले गणभित्र रहेका हतियार, गोलीलगायत अन्य सामानको निरीक्षण गर्ने तथा तिनको लगत राख्ने काम भइरहेको भए पनि पुर्ण विवरण आइनसकेको डिआईजी जिसीले बताए ।
गणभित्र राखिएकालाई छुट्टै र बाँकी ४ जनालाई छुट्टै किसिमबाट छानविन गरिने तथा विद्रोहीलाई गणभित्रै करिब डेढ सयजना राखिएको छ भने विद्रोहीको नेतृत्व गर्ने र्सइ धनबहादुर विकलाई नेपालगञ्जकै तालिम केन्द्रमा राखिएको जनाइएको छ ।
यसैबीच उच्च प्रहरी स्रोतका अनुसार घटनाका सम्बन्धमा सरकारले प्रहरी विशेष अदालतको गठन गरी र्सइ विकलाई अदालत पेस गरिने बुझिएको छ । प्रहरी ऐनअनुसार त्यस्ता दोषीलाई र्सवश्वसहित जन्मकैदसम्म हुने व्यवस्था रहेको छ ।

No comments: