Thursday, July 17, 2008

राष्ट्रपति र उपराष्ट्रपतिमा सबै दलबाट उम्मेदवारी, सिहले जित्ने सम्भावना प्रबल

काठमाडौं, १७ जुलाइ, राजनीतिक दलहरुले अहिलेसम्मको सहमति र सहकार्यको संस्कृतिलाई तोडेर राष्ट्रपति तथा उपराष्ट्रपतिमा आ-आफ्नै उम्मेदवार उठाएका छन् । आज विहान कांग्रेस, माओवादी, एमाले, मधेशवादी दलहरु लगायत साना १३ दलको छुट्टाछुट्टै बैठक बसी राष्ट्रपतिका लागि प्रमुख तीन दलका तर्फबाट मधेशी मूलका नेताहरुको उम्मेदवारी मनोनयन भएको छ । माओवादीले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, नेपाली कांग्रेसले महामन्त्री डा.रामवरण यादव र नेकपा एमालेले रामप्रित पासवानको उम्मेदवारी मनोनयन गरेको छ । रामराजा सिंह नवजनवादी मोर्चाका अध्यक्ष भएपनि माओवादी र्समर्थनक मानिन्छन् । डा.यादव नेपाली कांग्रेसका तर्फबाट धनुषाबाट सभासद बनेका छन् भने रामप्रित तर्राईका दलित र राष्ट्रियसभाका उपाध्यक्षसमेत भइसकेका छन् । त्यस्तैगरी उपराष्ट्रपतिका उम्मेदवारका रुपमा माओवादीले शान्ता श्रेष्ठ, कांग्रेसले मानबहादुर विश्वकर्मा र एमालेले अष्टलक्ष्मी शाक्यलाई प्रस्तुत गरेका छन् ।
उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म मात्र भएता पनि कुनै पनि पार्टीले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता नलिएकाले आगामी शनिवार मतदान हुने भएको छ ।

No comments: