Saturday, July 12, 2008

नेपालगंजमा प्रहरी बिद्रोह

नेपालगंजमा जनपद प्रहरीको दंगा नियन्त्रण गणलाई बिद्रोही प्रहरीले आफ्नो नियन्त्रणमा लिएका छन् । पुष्पलाल चौकमा रहेको जनपद प्रहरीको क्षेत्रीय दंगा नियन्त्रण गणमा प्रहरीबाट सशस्त्र बिद्रोह भएको छ । असार २८ गते दिउँसो साढे १२ बजे गणभित्र फायर चलेपछि बिद्रोह सुरु भएको संकेत प्राप्त भएको थियो । घटनास्थल बाहिर रहेका पत्रकार रामेश्वर बोहोराका अनुसार, गणभित्र फायर चलेको लगत्तै केही प्रहरीले मूल ढोकामा आएर एस एल आरबाट ९ गोली फायर गरे । अहिले गणको मूल ढोका बाहिर संकटकालको बेला जस्तो तारबार लगाइएको छ तथा प्रहरीहरु युद्धकालिन पोजिशनमा देखिन्छन् ।
गणको प्रमुख उपरिक्षक भए पनि आज शनिवार जिल्ला र अञ्चलका सबै प्रहरी प्रमुख त्यहाँ भेला भएका थिए । अहिले त्यहाँ वरिष्ठ प्रहरी उपरिक्षक घनश्याम खत्रीसहित जिल्ला र अञ्चलका सबै अधिकृतहरु बन्दी बनेको अनुमान गरिएको छ । तर कुनै आधिकारिक खबर भने भित्रबाट प्राप्त भएको छैन । नायब महानिरिक्षक भरत जिसी केही घण्टा अघिसम्म त्यहीँ भए पनि उनी केहीबेर अघि त्यहाँबाट निस्किएको श्रोतले बतायो ।
यसअघि, सशस्त्र प्रहरीको समशेरगंजस्थित बागेश्वरी गणमा अधिकृतबिरुद्ध प्रहरी बिद्रोह भएको थियो । जनपद प्रहरीमा भने यो पहिलो बिद्रोह हो ।

No comments: