Wednesday, July 2, 2008

नेसाज द्वारा निबन्ध प्रतियोगिता हुने

नेसाज(नेपाली बिद्दार्थी समाज जापान ) को दशौं कार्यसमिती द्वारा निवन्ध प्रतियोगिताको आयोजना हुने भएको छ । नेपालमा भएको ऎतिहांसिक परिवर्तन र गणतन्त्र स्थापनाको उपलक्षमा हुन लागेको यस निवन्ध प्रतियोगितामा सहभागी हुन ईच्छुक संपुर्ण बिद्धार्थी साथिहरुमा नेसाज हार्दिक आव्हान गर्दछ । निवन्ध प्रतियोगिताको बिषय " नयां नेपालका चुनौतीहरु र विदेशमा अध्यनरत विध्यार्थीहरुको भूमिका " भन्ने रहेको छ ।
निवन्ध नेपाली , अंग्रेजी र जापानीज गरी तीन वटा भाषा मध्ये कुनै एकमा लेख्न सकिने छ । अंग्रेजीमा "New Nepal her Challenges and Roles of Nepalese Students living abroad" रहनेछ भने जापानीजमा "新生ネパールへのチャレンジとネパール人留学生の役割" रहनेछ । नेपाली र अंग्रेजी माध्यमको लागी १५०० देखी २५०० अक्षर को बिचमा र जापानीज भाषाको लागी ५००० देखी ६००० अक्षर( जापानीज क्यारेक्टर ) को बिचमा हुनुपर्नेछ । प्रतिस्पर्धीले माथी उल्लेख कुनै एक भाषामा मात्र आफ्नो निवन्ध पठाउन सक्नेछन । प्रतियोगिताको लागी नेसाजको वर्तमान कार्यसमितीका पदाधिकारी बाहेक जापानमा अध्यनरत संपूर्ण नेपाली बिध्द्यार्थीहरुले भाग लिन सक्नेछन । प्रतियोगीताको संपुर्ण प्रक्रिया ईन्टरनेटको माध्यमबाट हुनेछ भने प्राविधीक कारणले गर्दा प्रतियोगी साथीहरुलाई आफ्नो लेख {.doc} अथवा {.pdf} को माध्यमबाट मात्र पठाउन अनुरोध गरिएको छ ।
सहभागी मध्ये प्रत्यक बिधा मा बिजयी प्रतियोगीले १५००० ऎन नगद पुरस्कार र कदरपत्र प्राप्त गर्नेछन । नेसाज हामी सबैको साझा चौतारी भएकोले कुनै जिग्यासा भएमा president@nesaj.org मा संपर्क गर्न र यस कार्यक्रममा बढी भन्दा बढी सहभागीताको लागी नेसाजको वर्तमान कार्यसमितीले हार्दिक आव्हान गरेको छ ।

No comments: