Wednesday, July 23, 2008

डा. यादव प्रथम राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा खुशी ब्यक्त तथा हार्दिक वधाई - नेपाली जन सँपर्क समिति जापान

नेपाली काँग्रेसका महामन्त्री डा. राम वरण यादव नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा नेपाली जन सँपर्क समिति जापानले अत्यन्तै खुशी व्यक्त गर्दै उहाँलाई हार्दिक वधाई ब्यक्त गरेको छ । उहाँलाई नेपालको पहिलो राष्ट्रपतिको रुपमा निर्वाचित गराउन सहयोग गर्नुहुने सँपूर्ण दलहरु र सम्बन्धित सँपूर्ण सभासदहरुलाई नेपाली जन सँपर्क समिति जापान हार्दिक आभार प्रकट गर्न चाहन्छौँ ।
नेपाली जन सँपर्क समिति जापानका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महामन्त्री परमेश्वर पोखरेल महामन्त्रीद्वारा प्रकाशित वक्तब्यमा राष्ट्रपति निर्वाचनमा डा. राम वरण यादवको जित नेकपा -माओवादीको अहमता विरुद्धको जित हो,यो जित अधिनायकवाद, निरँकुश प्रवृति र उपयोगवादी चरित्रका विरुध्दको जित हो । तो जित शान्त र समुन्नत नयाँ नेपालको चहना राख्ने लोकतन्त्रवादीहरुको जित हो । यो परिणामले नेकपा माओवादीले पाठ सिक्नै पर्दछ कि अहिलेको परिस्थितिमा सहमतिय शासनको विकल्प छदैछैन ।
वक्तब्यमा अगाडी भनिएको छ ‍- नयाँ सँविधान वनाउने प्रकृयामा सँविधानका महत्वपूर्ण वुँदाहरुमा दुई तिहाई चाहिने सँवैधानिक वाध्यता रहेको छ। सँविधानसभामा दलहरुको सँख्यात्मक पक्षलाई हेर्दा सवै ठूला दलहरु वीच सहमति नगरी सँविधान वन्न सक्ने अवस्था छैन। देश र जनता प्रति जिम्मेवार दलहरुले सँविधान निर्माणको करिव दुई वर्षे अवधीमा सहमतिय आधारमा शासन गर्नू भन्ने स्पष्ट शन्देश सँविधानसभा मार्फत नेपाली जनताले दिइ पनि सकेका छन्। त्यसैले, सवै दलहरु वीच आपसी एकता, विश्वास, सहकार्य र सहमतिय सँस्कृतिको विकास होस् , ऐतिहासिक सँविधानसभाले तोकिइएको अवधीमा सँघात्मक,लोकतान्त्रिक गणतान्त्रिक नयाँ नेपालको उत्कृष्ट सँविधान निर्माण गरोस् र उक्त सँविधानले सार्वभौम सँपन्न अखण्ड, शान्त अनि समृध्द नेपालको खाका तयार पारोस् भन्ने कामना गर्दछौँ भनीएको छ ।

No comments: