Tuesday, May 13, 2008

नेपाली साहित्य र म

सुरेश परिवर्तन

नेपाली साहित्यमा त्यति रुचि छैन भनेर कसरी भनुँ। प्रज्ञा प्रतिष्ठानको ढोकामा रहेको पसलबाट समलोचना लगायत विभिन्न साहित्यिक पत्रिकाहरु किनेर पढने गरेको थिएँ। म मा नेपाली साहित्य प्रति मेरो अनुराग जगाउनमा मेरा दिवगँत पिताजी लगायत काकाहरुले पढने गर्नु भएको पत्रिका-उपन्यासले धेरै ठुलो भूमिका खेलेको छ। काकाले कोठा सर्ने बेलामा किताबै-किताबले भरेको काठको बाकस भर्याङ््ग मूनि राख्नु भएको थियो। त्यतिकै चन्चलतावश बाकस खोलेर हेर्दा केही किताब देखेँ र पढन मन लाग्यो। " बालक बबुरो द्विज सुकनाम, हुँ म परेको छु एक पिँजरामा..." कवि शिरोमणि लेखनाथ पौड्याल द्वारा रचित "पिँजडाको सुगा" मैले कन्ठै पारेको थिएँ। त्यो बेला खै किन हो मलाई, त्यो कविताले एकदम घत पारेको थियो। स्कूलको पाठ्यक्रममा समावेश "सत्य सन्देश" पढिरहेकै थिएँ। कृष्णगोपाल सर "झुकेको वृक्ष निहुरिन्छ निरन्तर..........." हाम्रो आदर्श हुनुपर्छ भन्नुहुन्थ्यो। तर, पाठ्यक्रममा समावेश नभएको "पिँजडाको सुगा" मलाई जहिले पनि मन पर्यो। अहिले पनि म कहिलेकाँही गुनगुनाउँछु जब मेरी बुढी ज्यादा कच-कच गर्न थाल्छिन।
काकाको खजानामा रहेको यस पुस्तकबाट मैले जीवनमा शायद पहिलो पटक बन्धनको कष्ट महशुस गरेको थिएँ भने काकाकै खजानामा रहेको "स्वास्नीमान्छे" उपन्यासबाट जीवनकै पहिलो उन्मुक्ती महशुस गरेको थिएँ। नेपाली शब्द भन्डार निक्कै कमजोर थियो, अर्थ नबुझे पनि उपन्यासमा प्रस्तुत "नितम्ब'को नचाईले रोमान्चित हुन्थे। अहिले म महशुस गर्छु, १४-१५ वर्षे वय: सन्धी नाघ्ने उमेरका र नेपाली शब्दका अर्थ राम्रोसँग नबुझ्ने बालकमा पनि उत्तेजना जगाउन सक्ने शब्दशिल्पीहरुलाई हामीले मान्नै पर्छ। यो थियो, नेपाली साहित्यमा मेरो अनुराग जगाउन सफल काकाको खजानाको कुरा।
क्याम्पसमा प्रवेश र नेपाली विषयको अध्ययनका क्रममा भाषा-व्याकरणकै सन्बन्धमा पनि केहि सिक्नु पर्छ भन्ने भावना जागृत हुन पुग्यो। यसमा धेरथोर दवाव नेपाली विषयमा आवश्यक व्याकरणिय ज्ञानको कारण पनि थियो। जब अमृत क्याम्पसका लक्ष्मीकाँत पन्थीसरसँग सल्लाह मागेँ, उहाँले "राम्रो रचना मिठो नेपाली" लगायत अन्य व्याकरणका पुस्तकहरुका नाम दिनु भयो। "राम्रो रचना मिठो नेपाली"को नाम अहिले सम्झेको कारण पनि एउटा छ। त्यो हो, उक्त व्याकरणिय पुस्तकमा प्रस्तुत नाटककार बालकृष्ण समद्वारा रचित एउटा छन्दको कारण हो जसमा कुनै बुढी आमैलाई चाक्सी कति मिठो भनि सोध्दा, उक्त बुढी आमै आफुलाई बोक्सी भनिन भनेर रिसाउने एउटा छन्दात्मक दृष्टान्त छ।
क्याम्पस पश्चात भारतमा अध्ययनका क्रममा नेपाली साहित्यबाट केही लगाव हट्यो र अँग्रेजीमा पढन थालियो। हामी धेरैका अँग्रेजी सुध्रनुमा हाम्रो भारत अध्ययनको देन छ जस्तो मलाई लाग्छ। अध्ययन पश्चात काठमाडौँमा एकाध गोएथे ईन्स्टीच्युटमा गएको सम्झना छ। त्यो पनि कुनै नेताको पुस्तक विमोचन समारोहमा हो जस्तो लाग्छ। तर, नेपाली साहित्यमा मेरो अनुराग जगाउने काम भने न्युरोडको पीपलबोटले नै गरेको हो। भारतबाट भर्खर नेपाल फर्केको म टाईम्स अफ ईन्डीयाको खोजीमा नजर दौडाईरहेको थिएँ, त्यतिकैमा प्रतिष्ठानबाट प्रकाशित हुने "समालोचना"मा आँखा पर्यो। १५‍‍-२० रुपैयाँ दरका ती त्रैमासिक (शायद) एकाध हातमा राखे र हेर्न थालेँ। नेपाली साहित्यमा उदियमान तथा स्थापितहरुका रचनामा आँखा जुधेपछि पढन मन लाग्यो र किनेँ। त्यसपछि समालोचना मैले शायद लगातार नै किनेँ होला। काठमाडौँ विश्वविध्यालयमा १९९६ देखि पढाउन थाले पछि त यसमा रुचि झन बढन थाल्यो। कारण विश्वविध्यालयका नेपाली भाषाविद र रचनाकारहरुका रचनाहरु पढने उत्साह।
भवानी भिक्षु, दौलत विक्रम, सरुभक्तहरु धेरै पढियो जस्तो लाग्छ। रचनाको नाम केही पनि याद छैन। विपी कोईरालाका त सबै जसो रचनाहरु पढेको छु। कवितामा मेरो रुचि पछि रहेन। फलस्वरुप, गध्य, पध्य र निबन्धहरु धेरै पढन थालियो। वास्तवमा, अन्य धेरै नेपालीहरु जस्तै म पनि शौकिया पाठक मात्र हुँ। जानकार पाठक होइन। वास्तवमा अन्य धेरै जसोलाई जसरी मलाई पनि पुरस्कृत कृतिहरुनै पढन मन लाग्छ। अहिले मलाई पढन मन लागेको चाँही कृष्ण धारावासीको मदन पुरस्कार प्राप्त कृति हो। नाम बिर्सेको छु। किताब पसलमा गएर भन्छु र किन्छु।
म, जस्तै सबै नेपाली पाठकहरु हुन्छन भन्ने छैन। कोही नेपाली साहित्य भन्ने बितिक्कै भुतुक्क हुन्छन र हरेक नयाँ लेखक र रचनाकारका नाम सम्झन्छन होला। कमला स्वरुपको नाम चाँही उनले राजा ज्ञानेन्द्रको समर्थन गरेका कारण कतै पढेको थिएँ र सम्झेको हुँ। राजतन्त्रको समर्थन गर्नेहरु साहित्यकार होईनन भन्ने पक्षमा म छैन। लेखनाथ पौड्याललाई "पिँजडाको सुगा" लेखेका कारण राणाविरोधि भनेर दु:ख दिएका थिए रे पछि "सत्य सन्देश" कै आडमा विरोधीहरुले महेन्द्रभक्त भनेका थिए रे। यी कुराहरु एकदम वाहियात हुन। मलाई सबभन्दा वाहियात लागेको त युद्ध प्रसाद मिश्र र मोदनाथ प्रश्रितलाई "प्रगतीशिल" साहित्यकार भनेको कुराले नै हो। साहित्य अभिव्यक्तीको माध्यम मात्र हो, यहाँ सर्जकको राजनैतिक आस्था कहीले खोजीनु हुँदैन। तर पनि मानिसहरु गुट बनाउँछन र नियोजीत प्रयोजनका लागी त्यस्ता गुट-समूहको प्रयोग गर्छन। सुन्दै छु, जापानका डा. गणेश कुमार बस्नेत अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका हर्ताकर्तामा नियुक्त भएका छन रे। राम्रो हो, यदि यीनले उक्त पदमा बसेर राम्रा सिर्जना गर्ने र आफ्ना मनोवेदनालाई जनसमक्ष पोख्ने हो भने। होईन, यो अध्यक्ष बन्ने यावतका कुराहरु राजनीतिबाट प्रेरित छ भने, अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाली साहित्य कहिले उँभो लाग्दैन।

Monday, May 12, 2008

एनआरएन-जापान दोस्रो अधिवेशन: कानूनी तथा वैधानिक प्रश्नहरु

सुरेश परिवर्तन
एनआरएन-जापानको दोस्रो अधिवेशनका दौरान जे-जति घटनाहरु घटे, त्यसले हाम्रा अगाडी केही कानूनी र वैधानिक प्रश्नहरु उठाईएका छन। यस अधिवेशनका लागी तयार गरिएका आचारसँहितालाई हेर्ने हो भने, आचारसँहित निषेधात्मक मात्र छ। यसले अधिवेशन अगाडी वा अधिवेशन पछाडी कुनै हृँशक घटना भएमा वा मादकपदार्थका सेवन गराउँदै, भोज-भतेर गर्दै भोट किन्ने प्रयास गरेमा के कार्यवाही गर्छ भनेर केही उल्लेख गरेको छैन। अधिवेशन स्थलमा यो गर्ने र त्यो नगर्ने जनाउ दिने आचार-सँिहतामा केही भयो भने निर्वाचन समितीकै निर्णयलाई अन्तिम निर्णय मान्ने भन्ने कुराले के देखाउँछ भने निर्वाचन समितिमात्र होईन, आचार सँहिता स्वयम निर्वाचनमा धाँधली गर्ने प्रयोजनले बनाईएको छ। जापानमा चौथो वर्षमा प्रवेश गरेको एनआरएनको वर्तमान अधिवेशन र त्यसको तयारीमा रहेको कमी-कमजोरी स्पष्ट रुपमा एउटा सँकेत गर्छ-त्यो हो जापानमा रहेका विद्धत वर्गको ठूलो हिस्सा अझै एनआरएनमा सँलग्न छैन। केही साथिहरुका भनाई सुन्ने हो भने, अब कुनै दिन व्यक्तिगत तथा सामूहिक रुपमा एनआरएन परित्यागको खबर आउन वेर छैन। 
हिँसा विरुद्ध कानूनी कदम
यस दोस्रो अधिवेशनको मूल विशेषता के रह्यो भने यो पूर्णत निर्वाचन केन्द्रित रह्यो। कसैलाई सर्वाधिक मत दिलाउने चक्करमा यति विघ्न अत्याचार र अन्याय गरिएका छन कि तिनका अब कानूनी र वैधानिक उपचारको बाटो खोज्नु जरूरी भईसकेको छ। कानूनी उपचारको हकमा भने पिडित पक्ष आफैले सँबन्धित निकायमा उजुरी दिने र पिडकहरुमाथि कार्यवाहीको बाटो खोज्नु पर्छ। एनआरएन-जापानको विधानको धारा १९ अनुरुप पनि "विधानमा उल्लेख नभएका हकमा कुनै समस्या पर्न आएमा प्रचलित कानुन बमोजिम गरिने छ।" उल्लेख गरिएका कारण जापानको प्रचलित कानून अनुरुप पिडित पक्षले आफ्नो उजुरी दर्ता गर्दा कुनै समस्या नआउने देखिन्छ।
विधान सँशोधन
तर, वैधानिक रुपमा, यस अधिवेशनको गतिविधिलाई हेर्ने हो भने आगामी दिनका लागी अन्तर्राष्ट्रिय समन्वय समिति निक्कै चनाखो हुनु पर्छ। एनआरएन सँगठनको विधान र एनआरएन-जापानको विधान दुबै निर्वाचन प्रकृयाका सँबन्धमा त्यति चनाखो देखिन्न। दोस्रो अधिवेशनले निर्वाचन प्रकृया अधिवेशनकै दिनमा मात्र चल्दैन भन्ने कुरा जनाईसकेको छ। केही समिति व्यक्तिहरु एनआरएन आन्दोलनमा सँलग्न रहँदा बनाईएका कारण यी दुबै विधानहरु चुनावी प्रकृयाका सँबन्धमा खुकुलो देखिएको हो। हजारौँ व्यक्तिहरु परिचालीत हुने, मतदाता नामावलीमा आफ्नो नाम नरहँदा हात-खुट्टा भाँच्ने कुरा आउने, र चुनाव नभएमा टाउको फोडने कुराहरु सुन्नु पर्ने अवस्थामा केहि व्यक्तिलाई निर्वाचन गर भनेर जिम्मेवारी दिँदा निष्पक्ष निर्वाचन कदापि हुन सक्दैन।"निर्वाचन समिति"मा सिमित वर्तमान प्रावधानहरुलाई अब परिमार्जन गर्नु पर्छ। 
सर्वप्रथम, "निर्वाचन समिति"मा एनआरएनका सल्लाहकार-सँरक्षक जस्ता भूमिकामा रहेका निष्पक्ष र निर्विवाद व्यक्तित्वहरु सँलग्न हुनुपर्छ। एनआरएन-जापानको निर्वाचनमा मतदाता नामावलीका सँबन्धमा उठेका विवादलाई हेर्ने हो भने यदि यस चुनावमा सँरक्षक आफैलाई निर्वाचन आयुक्त तोकिएको भए यति विध्न विवाद नचर्किन सक्थ्यो। दोस्रो, अधिवेशन अवधिमा "निर्वाचन समिति" तथा अध्यक्ष मन्डललाई कुनै उम्मेदवार तथा मतदाताले देखाएको हृँशक व्यवहारकै आधारमा साधारण सदस्यबाट निलम्बन गर्ने र कानूनी उपचारको लागी कदम चाल्न सकिने प्रावधानहरु एनआरएनले आफ्ना विधानमा राख्नु पर्छ। यसका लागि अर्थ र सँशाधनको पनि आवश्यक हुने हुँदा निर्वाचनका अवधिमा कुनै एनआरएन-सँगठनको निर्वाचन अवधिभर सम्पूर्ण कार्य प्रमूख निर्वाचन आयुक्त वा अध्यक्षले गर्ने प्रावधान राख्नु पर्छ। 
वर्तमान चुनावलाई चुनौती
एनआरएन-जापानको दोस्रो चुनावलाई कानूनी रुपमा चुनौति दिन सकिन्छ। मतदाता नामावलीमा गरिएका धाँधलीका नमूना, जो पायो त्यसले भोट हाल्यो भन्ने आरोप  र उपलब्ध प्रमाणका आधारमा वर्तमान निर्वाचन समितिका सदस्यहरुका विरुद्ध तथा वर्तमान चुनाव परिणामका विरुद्ध एनआरएन सँगठनको विधान अनुरुप [APPLICABLE LAW:The governing law of the Kingdom of Nepal shall apply to the matters relating to the NRN Association. (किँगडम चाँही मन्डलेले हटाएको रहेनछ)] चुनौती दिन सकिन्छ। अन्तर्राष्ट्रिय समन्वय समितिसँगै मिल्नु पर्छ भन्ने मलाई लाग्दैन। उम्मेदवार वा मतदातालाई चित्त नबुझे नेपालमा कुनै कानून-व्यवसायी मार्फत उजुरी दर्ता गराए केही फरक नपर्ला की?

Sunday, May 11, 2008

एन.आर.एन. को अधिवेशन जात्रा:राष्ट्रियताको घोर बेइज्जतीको एक दिन-४

स्रोत: बसन्तगौतमडटकम

भिडका केहि फोटोहरु यहाँ राखिएका छन्। केहि फोटोहरु मित्र प्रताप छत्कुलीबाट प्राप्त भएका हुन्। उहाँलाई धन्यबाद।



हल परिसरमा सुन्दर फूलहरु फूलिरहेका थिए। केहि नेपालीहरु 'निर्दयी' पाराले फूलमा टेकिरहेका थिए, कोहि बसिरहेका थिए। दिनभरि उभिँदा थकाई लागेर बसेका भनौं भने सबैनै थाकेका थिए। अलिकति मात्रै चेतना भए मान्छेहरु त्यसरी बस्ने थिएनन्।


चुनाव हुने-नहुने अथवा कुन ढंगले हुने हो निश्चित थिएन। वातावरण झन-झन तनावमय हुँदै थियो। मतदाता नामावलीमा अझै मतैक्यता हुन सकेको थिएन शायद। 
साढे तीन बजेपछि होला, मतदाता नामवाली ल्याएर टाँसियो हलको मूलढोकाको दुईतिर। त्यसपछि मतदाताहरु लाईन लागे। अलिक ध्यान दिएर हेर्दा मतादात नामावली पनि 'गज्जब' देखियो। एउटै मान्छेको नाम धेरै ठाऊँमा पनि देखिन्थ्यो। एउटै नामको अगडि कहिले Mr. कहिले Ms. देखिन्थ्यो। टोकियोमा आएर लोग्नेमान्छेको middle name, kumari पनि हुन्छ भन्ने जान्न पाईयो:) केहि उदाहरणहरु छन् यहाँ, आनन्द लिनुस्।



भिडको टाउकोमाथीबाट मोबाइलले धेरै खिच्न सकिएन। यिनैको भरमा पनि तपाईँ अन्दाज गर्न सक्नुहुन्छ, मतदाता सूचि कति हचुवाको भरमा बनाईएको थियो। 
मतदाताको लाईन एकदम भद्रगोल देखिन्थ्यो। एनआरएनका स्वयंसेवकहरु बाहिर देखिएका थिएनन्। हामीसंग बिल्कूल सम्बन्ध नभएका केहि जापानी कर्मचारीहरु हाम्रा 'मतदाता'को लाइनलाई मिलाउँदै र सोझ्याउँदै थिए! 'हग्ने'लाई भन्दा 'देख्ने'लाई लाज!
त्यतिखेरसम्म के स्पष्ट भईसकेको थियो भने अब सदस्यताको बाल मतलब हुने छैन र जस्ले पनि भोट हाल्न पाउनेछ। मलाई यस्तो काइते चुनावमा भोट हालेर आफ्नो हात 'फोहर' गर्न मन लागेन र जो साथीका लागि म टोकियो आएको थिएँ उहाँलाई सोधें, चुनावप्रति उहाँको राय के छ र भोट हालौं कि नहालौं भनेर। उहाँले भोट हाल्ने अनुरोध गरेपछि बेलुकी सात बज्ने बेलामा लाइनमा बसें।
भित्र मतदान गर्ने ठाऊँमा पनि कम्ता भिडभाड थिएन। तलका फोटोहरुबाट देख्न सक्नुहुन्छ। को भोट हालीसकेको हो र को भोट हाल्न जाँदैछ, पत्तै हुँदैन थियो। यस्तो भिडभाडमा गोप्यताको के अर्थ रह्यो?! कस्ले कस्लाई भोट हाले भनेर स्टेजमा बसेका केहि ब्यक्तिले सजिलै हेर्न सक्थे।



यो एउटा सामान्य मतदाताको अनुभव हो। यो चुनावसंग अझ नजिक सम्बन्ध भएका साथीहरुका धारणा तपाईँ समुन्द्रपारीडटकम, लोकतन्त्रब्लग दनेवा:आदिमा पढ्न सक्नुहुन्छ।
यो अनुभवपछि म एनआरएनको साधारण सदस्यता पनि परित्याग गर्ने निर्णयमा पुगेको छु। लेख्न भने एनआरएनको बारेमा पछि पनि लेख्दै गरौंला। अहिलेलाई यो शृंखलालाई समाप्त पार्ने अनुमति चाहन्छु। धन्यबाद!

एनआरएनमा भाँडभैलो मच्चाउने को?

सुरेश परिवर्तन
धाक-धम्की, गुन्डा परिचालन, धाँधलीको नाँगोरुपको प्रदर्शन पश्चात जापानका फ्राड, मन्डले तथा माफिया तत्वहरु अहिले आफ्ना शुभचिन्तक, व्यापारिक साझेदार, अरौटे-भरौटे लगायत सबैलाई अर्हाउँदै छन र भन्दै छन हामी चुप लाग्नु पर्यो। लोकतान्तृक पार्टीको वरिष्ठ हुँ भन्ने तर अवैध धन्दाबाट अर्थोपार्जन गर्ने लोभ छोडन नसकेकाहरु सीधै कुरा गर्ने हिम्मत गर्दैनन तर अन्यलाई भन्छन," सुरेशजीलाई सम्झाउनु पर्यो।" उहाँहरुका विचारमा हाम्रा अभिव्यक्तिहरुले एनआरएन आन्दोलनलाई भाँडभैलोमा परिणत गर्न लागेको छ किनभने हामीले लोकतान्तृक पद्धति स्विकारेनौँ रे। पटक-पटक मैले भनेको छु-ढ्वाँगमा मत हाल्नु र त्यो गन्नु मात्र लोकतान्तृक पद्धती होईन। निष्पक्ष निर्वाचन आयोग, धाक-धम्की र गुन्डागर्दीको अनुपस्थिती, मादक पदार्थ-भोज भतेर निषेध, धनको दुरुपयोग र तुजुकको अन्त्य नभएको कुनै पनि चुनाव लोकतान्तृक पद्धतीमा पर्दैन।

एनआरएन जापानको चुनावलाई हेर्ने हो भने यहाँ निर्वाचन आयोग पूर्ण रुपमा पुर्वाग्रही छ र कसैलाई गुन्डा परिचालनको ईशारा गर्दैछन। लगतै तयार भएको समयम्यादपछिको मतदाता नामावलीले भन्छ कोही यहाँ छन जो तुरुन्तातुरुन्त लाखौँ-लाख जापानिज येन निकाल्न सक्छन र सदस्यता शुल्क तिर्न सक्छन। बसका बस टन्न रक्सी-बियर ख्वाउँदै ओसारिएका मतदातातहरुका कथाले देखाउँछ-एक भोट लिनका लागी हजारौँ खर्च गर्नेहरु यहाँ छन। यहाँ निर्वाचन आयोग पूर्ण रुपले भक्त बहादुर कोइरालाको शाही आयोगका रुपमा रहेका छन। यहाँ धाक-धम्की दिनेहरु शाही सत्ताका बेलामा परिचालित कमल थापाका गुन्डाहरु भन्दा फरक छैनन। यहाँ मादक-पदार्थ-भोज-भतेर गर्नेहरु कुनै नातावादी लोकतान्तृक नेताकी सुपुत्री भन्दा फरक छैन र यहाँ धनको दुरुपयोग गर्ने र तुजुक देखाउनेहरु माफिया-फ्राड-मानवतस्कर र सीताराम प्रसाईजस्ता बैँकठगहरु भन्दा फरक छैन। तर, सत्ताका दलाल र दूतावासलाई प्रभावित गर्न सक्छुभन्दै ध्वाँस देखाउनेहरु भने भन्दैछन,"यी ब्लगरेहरुले भाँडभैलो मच्चाउने लागेका छन।"

चुनावी प्रक्रियामा हामी सहभागी नभएका होईनौँ। निर्वाचन कार्यलय सम्म पुगेर वस्तुस्थिती मैले बुझेको थिएँ। लोकतान्तृक व्यक्तित्वहरु महेश श्रेष्ठजी, बेलु थापाजी लगायत जिज्ञान कुमार थापाजीसँग लगातार सम्पर्कमा थिएँ। स्पष्ट रुपमा महशुस गरेको थिएँ अब यहाँ केही न केही हुनेछ, किनभने नैतिक पतन भईसकेका फ्राड मन्डले फेरी जम्जमाएर बसेका छन। मलाई थाहा थियो-यहाँ भाँडभैलो अब मच्चाईन लागेको छ र लोकतन्त्रको नाममा जबर्जस्त धाँधली गर्दै कुनै व्यक्तिविशेषलाई एनआरएन जापानको सर्वाधिक मत प्राप्त नेता बनाईन लागेको छ। नभन्दै निर्वाचन आयोगमा रहेका मन्डलेका अाडमा चुनाव प्रकृयाको हरेक क्षणमा भाँडभैलो मच्चाइएको छ। जिज्ञान कुमार थापा जस्ता वास्तविक रुपमा ईमान्दारीता पूर्वक छोटो समयमा प्रगती गर्दै जापानिज जनता-सँस्था-सरकारको विश्वास जितेर सल्लाहकार बन्नेहरु माथि गुन्डा-मन्डले-असामाजिक तत्वहरुको परिचालन गरिएको छ। "नेपालीका लागी नेपाली" नारालाई सार्थक बनाउन एनआरएन-जापानमा राष्ट्रिय सँयोजकका रुपमा आफ्नो अमूल्य समय दिएर सँस्थालाई जीवन्त पार्ने निर्भिक पत्रकार बेलु थापा माथि असभ्य पशूतुल्य नरपिडक जत्थाबाट आक्रमण गर्ने प्रयास गरिएको छ। नागोयादेखि रातभर कष्ट सहेर एनआरएनको अधिवेशनमा सहभागी हुन आएका मित्रहरुलाई जथाभावी गाली गर्दै मान-मर्दन गरिने प्रयास गरिएको छ। हामी सबै नेपालीका साझा अभिभावक डा. गणेश योन्जन जस्ता लोकतान्तृक व्यक्तित्वसमेत चिन्तीत बन्न बाध्य हुने गरी सबैका अगाडी टाउको फोडने धम्कीका साथ चुनावकै दिन मन्डले रुपको प्रदर्शन गरिएको छ। 

हामीले केही अभिव्यक्ति दिँदा भाँडभैलोको सँकेत पाउनु हुने सत्ताका दलाल, धनपति मित्रहरुले स्पष्ट रुपमा भन्नु पर्छ, भाँडभैलो यहाँ कसले मच्चाएको छ? नेपालीको विश्वास र सँस्कृति मात्र होईन एनआरएनकै पवित्र उद्देश्य माथि दिन-दहाडै बलात्कार गर्ने नरपिचास-मन्डले-माफिया-मानव तस्करहरुले कि हामीले? अन्यका त के कुरा, अन्तर्राष्ट्रिय समितिमा पुगेका र कुनै वेला अध्यक्ष हुन्छु भन्नेहरुसम्म यहाँ भाँडभैलो मच्चाउँदै छन। पहिलो कार्यसमितिकै सदस्यहरुले भनेका छन एसिया प्यासीफिककाहरु मर्यादा र विधीमा भाँडभैलो मच्चाउँदै शपथ ग्रहण गराउँदै छन। जापानभित्रका मानव तस्कर-फ्राड-मन्डले-माफियाका गतिविधिहरु र अन्तर्राष्ट्रिय समतििकाहरु सबै कुनै न कुनै रुपमा दोस्रो अधिवेशनलाई "भाँडभैलो अधिवेशन"मा परिणत गर्न लागेका छन, तर आरोप भने हामीलाई छ किनभने हामीले केही शब्द मार्फत आफ्ना भनाई राख्यौँ।

Saturday, May 10, 2008

वेलु थापामाथि किन आक्रमण?

सुरेश परिवर्तन
अप्राकृतिक, अनैतिक र मन्डले गठनबन्धनका कारण मात्र बेलु थापालाई एनआरएन-जापानको चुनावमा हराईएको छैन। वेलुजीका सकृयता, फ्राड मन्डलेलाई अन्तर्राष्ट्रिय समितिमा पुग्नबाट रोक्न उहाँले खेल्नु भएको भूमिका र एनआरएन जापानमा लोकतान्तृक प्रवृतिलाई सँस्थागत गर्न उहाँले समय खर्चिनु भएपछि धेरै मन्डलेहरु तिलमिलाएका थिए। फलस्वरुप, जसरी हुन्छ वेलु थापाजीलाई एनआरएन जापानमा निर्वाचित हुन नदिन फ्राड मन्डले लगायत उनका हितैषी, शुभचिन्तक(?) प्रगतीवादी मन्डलेहरु लागेका थिए। चुनावको अघिल्लो दिन वेलु थापाजी माथि कसले आक्रमण गर्ने खोज्यो? राष्ट्रिय सँयोजक भईरहेका व्यक्तित्वलाई हात भाँच्छु, खुट्टा भँाच्छु भन्ने गुन्डा-‍मन्डले‍-असामाजिक तत्व को हो? त्यसको निर्क्योल अझै हुन सकेको छैन। यस्तो अवस्थामा राष्ट्रिय सँयोजक बेलु थापाले "महासचिव"का लागी भोट मागे भन्ने मन्डले प्रचारले के देखाउँछ भने वेलु थापालाई बदनाम गर्न सयौँ स्वयमसेवक परिचालन गर्न सक्ने प्रगतीवादी मन्डलेहरुले नै केही गुन्डा-मन्डले-असामाजिक तत्वहरुलाई परिचालन गरेका थिए। मन्डले नियन्त्रित निर्वाचन आयोगले हुँदै नभएको "महासचिव"पद मतपत्रमा लेख्नु र केही गुन्डा-मन्डले-असामाजिक तत्वले "महासचिव"का नाममा बेलुजीका लागी भोट माग्नु के सँयोग मात्र हो त? अहँ , कदापी होईन। यसले के देखाउँछ भने मतपत्रमा "महासचिव" लेख्ने तत्वहरुले नै बेलुजीका लागी "महासचिव"पदमा भोट मागेका थिए। चुनावका अवधिमा जसरी हुन्छ मतदातालाई भ्रमित गर्न र वेलुजीका भोट काटन केही मन्डलेहरु निर्वाचन आयोगसँग साँठगाँठ गर्दै लागेका थिए भन्ने यसले प्रमाणित गर्दैन र? 

लान्छनाको शृँखला
बेलु थापालाई आक्रमण गर्ने तत्वहरु अहिले मात्र सक्रिय भएका होईनन। एनआरएनको चुनाव त ए्उ्टा बहाना मात्र थियो। जसरी महेश श्रेष्ठलाई लोकतन्त्रको नेतृत्व गरेकोमा बदला लिईन खोजिएको छ, एनआरएनको चूनावलाई ्उ्पयोग गर्दै वेलु थापामाथि पनि ्उ्हाँको गणतन्त्र प्रतीको प्रतिबद्धताका कारण अाक्रमण गरिएको हो भन्ने यो पँक्तिवार विश्वस्त छ। धेरै लोकतन्त्रवादीहरुलाई नपच्ला, तर कुरा सत्य हो हिजो लोकतान्तृक आन्दोलनका वेलामा गणतन्त्रका लागी अभिमत वना्््उ्ने अरु कोही थिएनन, वेलु थापा नै थिए। लोकतान्तृक समूहमा पसेका मन्डलेहरुका गुप्तचर तथा दलालहरुले त्यसवेला वेलुजीका अभिव्यक्ती सुने पश्चात आफ्ना मालिक तथा मन्डले राजदूतावासमा जापानको माओवादीका नेता वेलु थापा हुन भन्ने जना्उ् दिने गर्दथे।

विगतका यी प्रचारलाई हेर्ने हो भने, वेलु थापा माओवादी हुन या होईनन भन्ने कुरा बेलुजीलाई भन्दा फ्राड मन्डले, प्रगतीवादी मन्डले र यीनका समूहलाई धेरै थाहा हुन सक्छ । किनभने हिजो ज्ञानेन्द्रको सत्ता रहेका बखत जब सिधा-सादा नेपालीहरुलाई माओवादीका नाममा एकलासमा लगेर गोली ठोक्ने प्रचलन थियो, त्यसवेला जापानमा धेरै जसो मन्डलेहरु यस पँक्तिकारका साथ-साथै वेलु थापालाई पनि माओवादी हो भन्ने गर्थे। आफ्ना राजनैतिक आस्था विपरीत जबर्जस्ती लेबलिँग गरिँदा हामीले स्पष्ट भनकेा थियौँ, "हामी माओवादी होईनौँ तर माओवादीको विरोध गर्दैनौँ किनभने यो समस्या राजनैतिक समस्या हो।" त्यसवेला जापानका केही प्रमूख मन्डलेहरु भने, " लौ, न नी! माओवादीहरुले आफुलाई माओवादी होईनन भन्छन, के सुन्नु परेको यो भन्दै हिँडथे।" "वाईसीएल र उन्नत नेपाल"लाई बेलुजीले समुद्रपारीमा स्थान दिनु हुँदा पनि यी मन्डलेहरु भन्दै थिए,"लौ हेर, यी दौँतरी अब वाईसीएल बनेछन।" तर, अहिले आफ्ना नेता ज्ञानेन्द्र धरासयी भएपछि राष्ट्रवादको मखुन्डो अोढन बाध्य भएका मन्डलेहरु भन्दैछन, "तिनीहरु कहाँ माओवादी हुन र?"

जापानका माओवादी देखि नेपालका वाइसिएल सम्मलाई थाहा छ, हाम्रो उक्त पार्टी र भातृसँगठन सँग कुनै सँबन्ध छैन। विचार र अभिमत व्यक्त र प्रसारका बखत राजनैतिक पार्टीका कुनै भातृसँस्थाको राम्रो कामको प्रशँसा गरिन सक्छ। यस्तै कुनै वेला पार्टीका नेता देखि कार्यकर्तासम्मका गलत प्रवृतिको विरोध पनि गरिन सक्छ। सचेत नेपालीहरुले गर्ने काम भनेको निस्वार्थ मुल्याँकन नै हो। कसैले राम्रो मुल्याँकन गर्ने बितिक्कै उता ढल्क्यो भन्नु मेरो हिसाबले अपरिपक्व सोचको सूचक हो। मन्डलेहरु त अपरिपक्व छँदैछन, केही लोकतान्तृकहरु पनि अपरिपक्व निष्कर्षमा पुग्न हतारिन्छन। फलस्वरुप, कुनै वस्तुगत आधार विना लान्छना लगाउने चलन त छँदैछ, त्यसको साथै ठूलो डरलाग्दो कुरा भने असहज परिस्थितीमा गरिन खोज्ने भिक्टीमाईजेशन नै हो। अहिले हेर्नुस, कसैले भन्छन हामीलाई माओवादी? मैले सुनेँ अनुसार त मानव-तस्करीमा सँलग्न, फ्राड, माफिया तत्वहरु आफै राष्ट्रवादको मुकुन्डो अोढदै माओवादीतिर ढल्कँदै छन रे। 

कस्ले गर्छन यस्तो काम?
एनआरएन-जापानको देखिएको करौडौँको चलखेल, राजनैतिक पार्टीका पावर ब्रोकरहरुले गरेका अनैतिक, अपवित्र र अराजनैतिक गठबन्धनले स्पष्ट रुपमा एउटा सँकेत दिएको छ। त्यो हो, जापानमा मानव तस्कर-फ्राड-माफियाहरु आर्थिक रुपमा निक्कै सम्पन्न भईसकेका छन। अवैध तरिकाले कमाएको धन भएकाले नै हो यिनीहरुलाई सामाजिक सँस्थाको चुनावमा पैसा खर्च गर्न कुनै कठीनाई नभएको । धनको बलमा मान्छे परिचालनको नमूना एनआरएनको दोस्रो अधिवेशनमा देखिसकेपछि, आफ्ना कु-कृत्यका विरोध गर्नेहरु माथि परिस्थिति अनुसार माओवादीको "लेबलिँग" लगाउने काम यीनै व्यक्तिहरु गर्दछन भन्नेमा अब कुनै शँका छैन। राष्ट्रिय मानव तस्करहरुलाई निगरानीमा राख्ने घोषणा गरेका माओवादीहरुका यस्ता भ्रामक काममा लाग्ने अन्तर्राष्ट्रिय मानव तस्कर गिरोह, फ्राड र माफिया तत्वहरुका वारेमा के धारणा छ? सुन्न उत्सुक छु।

एन.आर.एन. को अधिवेशन जात्रा:राष्ट्रियताको घोर बेइज्जतीको एक दिन-३

स्रोत: बसन्तगौतमडटकम

कार्यक्रम शुरु भएपछि भाषण सुनियो एकछिन। र पेटमा मूसा दौडिन थालिसकेकोले केहि साथीहरुसंग बाहिर लागियो। 

खाना खाएर फर्केर आउँदा केहि साथीहरुले अर्को गज्जब कुरा सुनाए। नागोयाबाट हामीसंगै गएका केहि साथीहरुतिर एकजना ढल्किँदै आएछन् र पार्किङ गरिराखेका, हामी चढेर आएका बसहरुतिर देखाउँदै सोधेछन् "यो कस्को बस हो? किन यहाँ राखेको?"। साथीहरुले "हामी नागोयाबाट चढेर आएका बस हुन्। हलवालाले यहीं राख्नु भनेकोले राखेको हो।" भनेपछि ती मित्र जंगिन थालेछन्, "मेरो गाडी पार्क गर्ने ठाउँ भएन, तिमीहरुलाई बस लिएर आउनु भनेर कल्ले भन्यो----?!" साथीहरुले "बस ल्याउनु-नल्याउनु हाम्रो कुरो हो, तपाईँलाई पार्किङ चाहिने भए हलवालालाई भन्नुस्।" भनेछन्। त्यसपछि ती मित्र "मेरो गाडी पार्किङ गर्ने ठाउँ छैन, बस राख्ने----?!" भनेर भुन्भुनाउँदै हिँडेछन्। पछि अरुसंग पनि "नागोयाबाट आउनेको 'लिडर' कता छ?" भन्दै हामीमध्येका एकजना साथीको नाम लिएर खोज्दै हिँडेका थिए रे। फेरि पनि निहुँ खोज्न आए अझ 'गतिलो' जवाफ पाउने थिए तीनले, तर त्यो स्थिति आईपरेन। त्यो पार्किङ न त तीनको नीजि थियो, न तीनको नाममा पहिल्यै 'बुक' भएको थियो। पछि थाहा भयो, ती एनआरएन-जापानका अध्यक्ष रहेछन्। तीनको नेतृत्वको 'सक्षमता' त दुई वर्षको कार्यकाल र एकदिनभरिको 'रामलीला'ले देखाएकै थियो, तीनको तुक न तालको बडप्पन पनि देखियो।

देशमा राजतन्त्रले गुण्टा कसिकेको छ, तर विदेश बस्ने कतिपय 'नेता' नेपाली भने अझै आफूलाई 
'छोटे राजा' संझिन्छन् जस्तो छ!



उम्मेदवारी दर्ता र फिर्ताको कार्यक्रम पनि अझै सकिएको थिएन। भित्र हलमा पस्दा सांगठनिक र आर्थिक प्रतिवेदन र विधान संशोधन आदिमा ‘छलफल’ हुँदै थियो। तर ‘छलफल’को मैले बुझेको सार यस्तो थियो “समयको अभावले गर्दा हामी अहिले यसमा छलफल-विवाद गर्न सक्दैनौं। एउटा कमिटि बनाएर त्यसलाई जिम्मा दिन्छौं, त्यसले अर्को वर्षको साधारण सभामा लानेछ र त्यतिबेलै छलफल गराउनेछ।“ यो त बडो अचम्मको कुरो भयो, यो वर्षको प्रतिवेदनमाथि अर्को वर्ष छलफल गर्ने! अर्को वर्षको कहिले गर्ने नि?!



घोषित रुपमा समूहगत उम्मेदवारी थिएनन् तर बेला-बेला हस्तलिखित अथवा छापिएका पर्चाहरु बाँडिइरहेका थिए। तीनमा केहि उम्मेदवारहरुका सूचि हुन्थे र तीनलाई मत दिन आग्रह गरिएको हुन्थ्यो। ती पर्चाहरु त ‘रमाईला’ छँदै थिए, तीनले खडा गरेका विवाद र ‘हा—हू’ झन ‘रमाइला’ थिए। यस्तो लाग्थ्यो नेपाली राजनीति अचानक टोकियोको मुटुमा आईपुगेको छ। 



उता हल बाहिरको मानव समुन्द्र झन विशाल हुँदै थियो। तह नलागेको भिड देखेर हल र पुस्तकालयका जापानी कर्मचारीहरु निराश देखिन्थे। भिडसंगै स्वाभाविक रुपमा फोहर पनि बढिरहेको थियो। कागतका टुक्राहरु, क्यानहरु, पेट बोटलहरु र चुरोटका ठुटाहरु देखिन्थे जताततै। 'स्वनामधन्य' नेपालीहरु ती चीजहरु फाल्न नजिकैका ढ्वाङहरुसम्म पुग्ने 'पाउकष्ट' पनि गरिरहेका थिएनन् र जता बसेर 'हजम' गरेको हो, त्यतै मिल्काइरहेका थिए। हामी नेपाली जति वर्ष विदेश बसेपनि हाम्रो स्वभाव फेरिन्न, विशेष गरी नेपालीको जमघटमा त हामी उही पूरानै 'भान्छाको फोहर झ्यालबाट फाल्ने र बाटामा ढल मिसाउने' मार्कामा फर्किन्छौं। हामीले लालू प्रसादको नाम राखेर भन्ने-सुन्ने गरेको जोक हाम्रै लागि चरितार्थ भएको थियो र हामी नेपालीको हातमा परे जापानलाई एक दिनमै नेपाल बनाइदिन सक्छौं भन्ने कुराको बलियो प्रमाण पेश भएको थियो।



(मैले क्यामेरा बोकेको थिईँन, तर ब्लगको लागि भनेर मोबाइललेनै भएपनि केहि फोटोहरु खिचेको थिएँ। समयाभावका कारण अहिले राख्न सकिँन, क्षमाप्रार्थी छु। ती फोटोहरु र बाँकी विवरणका साथ अर्को भाग लिएर चाँडैनै आउनेछु।)

Friday, May 9, 2008

महेश श्रेष्ठको दायित्व

सुरेश परिवर्तन


महेश श्रेष्ठले यसपाली एनआरएनको चुनावमा भाग लिनु भएको सुन्दा मलाई अलिक खुशी पनि लागेको थियो भने अलिक विस्मात। खुशी यस अर्थमा कि लोकतन्त्रको नेतृत्व जापानमा उहाँले नै गर्नु भएको हो। मन्डले राजदूतको समर्थनमा जमजमाएका मन्डलेहरु टेलिफोनबाट धम्काँउदै थिए, चरित्र हत्या गर्दै थिए र भन्दै थिए "महाराज ज्ञानेन्द्रले एक-एकलाई ठीक पार्छ।" जापानमा आरामका साथ बसेका कुनै नेपालीले राष्ट्रिय राजनीतिमा आफ्नो धारणा, अभिव्यक्ती राख्दा र लोकतन्त्रलाई समर्थन गर्दा धेरै मन्डलेहरुका टाउको दुखेको थियो। यस पछाडी दुई कारण थियो-पहिलो मन्डलेहरु आफ्नो राजनैतिक आस्था पराजित भएका देख्न चाहँदैनथे र दोस्रो जापानबाट लोकतन्त्रको लागी समर्थन उम्लिएमा मन्डले राजदूत डा. रमेशानन्द बैध्यको कुर्शी जोगाउन मुश्कील हुन्थ्यो। मन्डले राजदूत बैध्य हटेका अवस्थामा मन्डलेहरुले राजदूतावासका आडमा गरेको धन्दा कायम गर्न गार्हो हुन्थ्यो र त्यसैले हो यिनीहरु मन्डले राजदूत वैध्यकै निरन्तरताको प्रयासमा लोकतन्त्रवादीहरुको आवाज दबाउन पट्टी लागेका। आफ्नो राजनैतिक र आर्थिक स्वार्थ पूर्तिका लागी मन्डलेहरुले धम्काउने, थर्काउने, तर्साउने र दबाउने बेलामा अगाडी सर्ने व्यक्ति अरु थिएन। महेश श्रेष्ठलाई हामीले मान्ने र सम्मान गर्नु पर्ने मुख्य कारण यही हो। किनभने धेरै विद्वानहरु चुपचाप लागेर बसेका थिए, अन्यायलाई अन्याय हो भन्न सकेका थिएनन र लोकतन्त्र जीवन पद्धती बन्नु पर्छ भनेर भन्न गार्हो मान्थे। आफु पूर्ण मानवाधिकार भएको देशमा बस्दै स्वतन्त्र जीवनयापन गरिरहेकाहरुले पनि डर वा भयका कारण मातृभूमिमा पनि मानवाधिकार हुनुपर्छ भन्ने हिम्मत देखाउन नसकेका बेलामा सफल व्यवसाय गरिरहेका महेश श्रेष्ठले लोकतान्तृक आन्दोलनको नेतृत्व गर्नु खुसीको कुरा थियो। विगतमा यिनले देखाएको साहस र प्रतिबद्धताले गर्दा नै हो एनआरएनमा यिनी प्रत्यासी हुँदा म खुशी हुन पुगेको। यिनी एनआरएनमा विजयी हुँदा एनआरएनमा लोकतान्तृक मुल्य कायम हुने र परिवर्तीत अवस्थामा एनआरएन आन्दोलन झन सबल हुने मेरो विश्वास थियो।

तर, मेरो विस्मात भने यिनले किन बुझेनन षडयन्त्रकारी ढँगले यीनलाई हराउँदै छ भन्ने कुरामै थियो। म स्वयमले उहाँलाई पटक-पटक सम्पर्क गरेको थिएँ र हुनसक्ने षडयन्त्रको जनाउ दिने कोशीस गरेको थिएँ। उहाँले चुनावको अघिल्लो रातीसम्म पनि मलाई आश्वस्त पार्नु भएको थियो र भन्दै हुनुहुन्थ्यो "राम्रोसँग चुनाव भएमा म अवश्य जित्छु।" हुनसक्छ, लोकतान्तृक व्यवहार र आस्थाकै कारण उहाँले चुनाव प्रकृया र चुनाव गराउनेहरु माथि विश्वास गर्नु भएको । तर, अहिले चुनावी परिणाम पश्चात, म देख्दछु कि मेरो अनुमान ठीक रहेछ र महेश श्रेष्ठजीको विश्वासमाथि ठूलो अन्तर्घात भएको छ। मन्डलेहरुले लोकतान्तृक आन्दोलनमा उहाँले निभाउनु भएको नेतृत्वको बदलामा उहाँलाई जबर्जस्ती र सुनियोजित रुपमा ठूलो धाँधली गर्दै हराउने तयारी गरेका रहेछन। 

मत विश्लेषण
यस चुनाव परिणाममा एकछापे मत किन पर्यो भनेर अहिले सर्वत्र खुलदुली छ। सुनिए अनुसार चुनावी स्थलमा तथा सो अगावै अप्राकृतिक र अनैतिक गठबन्धन मजाले हुन पुगेको थियो। अध्यक्ष र राष्ट्रिय सँयोजकका पदमा वर्तमान चुनाव एक हिसाबले दुई समूहमा विभाजित भएर लडिएको थियो। सह-राष्ट्रिय सँयोजकमा लोकप्रिय लोकतान्त्रिक युवानेता जिज्ञान कुमार थापाले फ्राड मन्डलेको षडयन्त्रका कारण आफ्नो उम्मेदवारीता फिर्ता लिनु भएको थियो। उपाध्यक्ष पदमा धेरै लोकप्रिय व्यक्तित्वहरु चुनावी मैदानमा थिए। कोषाध्यक्ष पदमा अर्का लोकतान्तृक व्यक्तित्व तथा हामी धेरैका सेन्सेई सुवर्ण बज्राचार्य मैदानमा हुनुहुन्थ्यो। प्रतिस्पर्धात्मक रुपमा हेर्ने हो भने यस चुनावमा लोकतान्तृक व्यक्तित्वहरुले मूल पदहरुमा आफ्नो जीतका लागी प्रयास गरेका थिए। त्यसैले हो यीनै पदमा फर्जी मत धेरै देखिन्छन र लोकतान्तृकहरुलाई हराउने जबर्जस्त षडयन्त्र गरिएको देखिन्छ। कोषाध्यक्ष पदका उम्मेदवार सुवर्ण बज्राचार्यले त मजाले धाँधलीका नमूना प्रस्तुत गर्नु भएको छ र जापानमा रहेका नेवार समूदायका लोकप्रिय यिनका भनाईलाई मनन गर्ने हो भने निर्वाचन आयोगमा रहेका मन्डलेहरुले, चुनावअघि पनि, चुनावका दौरान पनि र चुनाव पछि पनि आफ्नो मन्डलेरुपको नाँगो प्रदर्शन गरेका छन। 

तर, टडकारो रुपमा देखिने धाँधलीको नमूना भने अध्यक्ष पदका प्रत्यासीहरुले पाएको मतसँख्याले देखाउँछ। एउटै समूहबाट लडेका अध्यक्ष र राष्ट्रिय सँयोजककै विचमा करीब ११२ मतको फरक छ भने तथाकथित विजेता घोषित उम्मेदवार र महेश श्रेष्ठजीले प्राप्त गर्नु भएको मतमा १८६ मतको फरक छ। यसले के स्पष्ट पार्छ भने चुनावका दिन गरिएको धाँधली कुनै समूहलाई जिताउनु भन्दा पनि कुनै व्यक्तीलाई सर्वाधिक मत दिनुमा केन्द्रित छ। "नेपालीका लागी नेपाली" नारा बोकेको एनआरएनको चुनावमा कुनै व्यक्तिले सर्वाधिक मत पाउनुले चुनावी गठनबन्धनको पवित्रतामाथि मात्र शँका उत्पन्न गरेको छैन, यसले को हुन यस चुनावमा करोडौँ खर्च गर्ने, गुन्डा परिचालन गर्ने, धम्काउने र आफ्नो हैकम कायम गर्नेे चाहने प्रगतिवादी भनेर पनि ईँगित गरेको छ। 

महेश श्रेष्ठले अब के गर्ने?
जापानको सानो नेपाली समूदायमा बसेका हामी एकआपसबाट अपरिचित छैनौँ। प्रतिस्पर्धका कुरा वाहेक अन्य सामाजिक र अार्थिक पक्षमा पनि हाम्रो सहकार्य भएको हुन सक्छ। यस हिसावले महेश श्रेष्ठले आफ्नो सामाजिक पक्ष विर्सनु हुँदैन। तर, यसको मतलव धाँधली, गुन्डागर्दी, गुन्डा-मन्डले-असामाजिक तत्वको आडमा गरिएको फर्जी चुनाव परिणामलाई स्विकार्नु उहाँले कदापि हुँदैन। त्यसमा पनि सुवर्ण बज्राचार्यज्यूले भन्नु भएजस्तै अप्रत्यासित रुपमा र विधी नपुर्याई गरिएको अवैधानिक शपथ ग्रहणमा छातीमा हात राखेर शपथ खानेहरुका कुरा त उहाँले कहिले सुन्नु हुँदैन। महत्वपूर्ण कुरा के हो भने, आज महेश श्रेष्ठलाई स्विकृतिका लागी दवाव दिनेहरुले किन बुझ्न सकेनन की लोकप्रिय मतको हिसाबले हेर्ने हो भने उनीहरुले पाएको मतसँख्या भन्दा महेश श्रेष्ठले पाएको मतसँख्या धेरै छ। विजयी भएँ, पदको लोभ लाग्यो भन्दैमा के आफु भन्दा बढी मत ल्याउनेलाई कसैले दवाव दिन मिल्छ? कुन लोकतान्तृक नैतिकतामा पर्छ यो? 

एनआरएन जापानको यो चुनाव हरेक दृष्टीकोणले अन्तर्राष्ट्रिय मुद्दा भइसकेको छ। विश्वभरका एनआरएनहरु अहिले जापानमा के विधी विध्वँश मच्चाएछन त मन्डलेहरुले भन्दै हेर्देछन। महेश श्रेष्ठले अब के गर्छ र यीनमा कतिको लोकतान्तृक प्रतिबद्धता छ भन्ने पनि सबैले हेरिरहेका छन। लोकतान्तृक भन्ने तर गुन्डा-मन्डले-असामाजिक तत्वहरुले जथाभावीपूर्ण तवरले थोपरेको चुनावी परिणामलाई महेश श्रेष्ठले मान्ने हो र गुन्डा-मन्डले-असामाजिक तत्वहरुसँग त्वँ शरणम गर्ने हो भने भविष्यले उहाँको कस्तो मूल्याँकन गर्छ मैले भनिरहनु नपर्ला। तसर्थ, महेश श्रेष्ठजीले अब के गर्ने भन्ने कुरा बढो सोच-विचार गरेर मात्र चाल्नु अत्यावश्यक छ।

जापानवासी एनआरएनको निर्वाचन नेपाली तालमा

अनुवादक: सुरेश परिवर्तन
स्रोत:जपानवासी एनआरएनते जुल निर्वाचन नेपाली ताःलँ

एनआरएन जापान स्थापनाको चौथो वार्षिक समारोह तथा दोस्रो राष्ट्रिय अधिवेशन मेँ ४ तारीखका दिन मुख्य अतिथि महामहिम नेपाली राज्यदूत डा. गणेश योन्जन तामाङबाट उदघाटन गरेर प्रारम्भ भयो। समारोहमा अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष देवमान हिराचन तथा क्षेत्रिय सँयोजक गणेश इजामद्वारा एनआरएन अभियानका बारेमा मन्तव्य दिनु भयो। टोक्योस्थित मेगुरो सिटी हलमा सँचालित यस कार्यक्रमको सभापतित्व अध्यक्ष राजन प्रधानाँग तथा सँचालन राष्ट्रिय सँयोजक बेलु थापाले गर्नु भएको थियो। अधिवेशन पश्चात नयाँ कार्यसमिति छनौटको निर्वाचन सम्पन्न भएको छ। 

बिहानको दश बजे निर्धारित अधिवेशन उदघाटन कार्यक्रम बल्ल १२ बजे सुरु भयो। त्यस बाहेक, ५०० देखि १००० जना जति सदस्यहरुले निर्वाचनमा भोट खसाल्ने अनुमान विपरित टोक्यो शहरबाहरिबाट बसका बस आएका मतदाताहरुका कारण पनि, १ बजे शुरु हुने पर्ने मतदान कार्यक्रम बल्ल ३ बजे शुरु हुन पुग्यो। साँझ ७ बजेसम्ममा समाप्त हुनु पर्ने मतदान, उक्त समय पश्चात आईपुग्ने मतदाताहरुका लागी पर्खदै पछि मात्र समाप्त भयो। निर्वाचन समितिका सदस्यहरु तथा स्वयम-सेवकहरुद्वारा राखिनु पर्ने मतका सम्पूर्ण काम पश्चात राती ८ बजेमात्र मतदान समाप्त भएका कारण मतगणनाको काम भोलीपल्ट मात्र गरिने जानकारी दिँदै सबै उम्मेदवारहरुलाई फर्कन सूचना दिईयो र "सबैजना" फर्किए। 

भोलीपल्ट मे ५ तारीखका दिन निर्वाचन आयोग तथा एनआरएनका तर्फबाट, जीत-हारको खबर पर्खिरहेका धेरै उम्मेदवारहरुलाई नेपालजापानडटकममा दिँउसो प्रकाशीत समाचारले जिल्ल बनाईदियो। उक्त समाचारका साथ मतदान समाप्तीका बेलामा भोलिपल्ट गरिने भनेको मतगणना त्यही दिन राती कसैलाई थाहा नभएको स्थानमा लगेर विजयीहरुका नाम निकालेर राखिएको थियो। 

एनआरएन जापानको यस चूनावी प्रतिस्पर्धामा मत गणनाको काममा अध्यक्षका प्रत्यासीहरु दुई जवान तथा निवर्तमान अध्यक्ष तथा निर्वाचन आयोगका तीनजना प्रतिनिधिले गरिने भनेता पनि, मतगणना स्थलमा अध्यक्षका दुई उम्मेदवारहुर, उपाध्यक्ष तथा कार्यसमितिका सदस्य उम्मेदवारहरुले (अतिविशेष आमन्त्रित) टिका लगाएर अन्डाको सगुन लिएर बसे। फेरी हिजोको समाचार अनुसार नयाँ कार्यसमितिको शपथ ग्रहणकार्य एसिया प्रसान्त क्षेत्र सँयोजक गणेश इजमले गराएका छन। पूर्व कार्यसमितिका सदस्यहरुबाट एक-दूईजना बाहेक अरु सबै हारेता पनि, नयाँ कार्यसमितिको शपथ ग्रहण, कार्यभार हस्तान्तरणमा पहिलो कार्यसमितिका सम्पूर्ण सदस्यहरु निम्त्याउनु पर्नेमा, उहाँहरुले विशेष आमन्त्रित सदस्यहरुलाई मात्र बोलाएको रहेछ। सुनिए अनुसार, टोक्यो बाहिरबाट ओसारिएका मतदाताहरुमा ६०० मतदाताहरुले सदस्यता शुल्कनै नतिरेको र, कसैका लागी अचानक एवम कसैका लागी प्रीप्लान्ड हसिावले गरिएको यो निर्वाचन, समय र सिस्टमको ख्याल राख्ने जापानमा, "एकदम राम्रो" नेपाली तालले सम्पन्न भयो।

Thursday, May 8, 2008

डा. योन्जन सुत्दै कि सुन्दै?

सुरेश परिवर्तन


जापानभरिका नेपालीहरु अहिले एनआरएनका बारेमा खुलेर बोल्दै छन। अधिवेशनका दिन जे-जस्ता घटनाहरु घटाईए, त्यो त नियोग प्रमूख डा. योन्जनलाई विदितै होला। तर, अहिले कुरा खुल्दै छ-कसरी राष्ट्रियताको बेईज्जत गरे एनआरएनहरुले भन्ने कुरा। टन्न रक्सी, बियर ख्वाउँदै चुनावी प्रयोजनका लागी ठाँउ-ठाँउबाट मान्छे अोसारेको कुराले यस चुनावमा करौँडोको चलखेल भएको प्रमाणीत गर्दछ। सामाजिक सँस्थामा पाईने केही होईन। राम्रो काम गरेमा "क्या बात! बाबु" भनी प्रशँसाका दुई शब्द मात्र पाईने हो। तर, पनि मान्छेहरु आज करौडौँ खर्च गर्दै छन र जीत हासिल गर्न चाहन्छन। प्रगती गरेका नेपालीहरुका यो खर्चालु व्यवहारले अहिले शँका जन्माएको छ। रातारात सयौँ मान्छे बटुल्न सक्ने सामर्थ्यले सँगठीत रुपमै कोही केही गर्दैछन भन्ने देखाँउछ। राम्रो हो, यदी यो सँगठित प्रयोजन नियमानुसार र कानून अनुसार छ भने। होईन, दालमेँ कुछ काला छ भने, अब नेपालका वैदेशिक प्रमूख पनि चनाखो हुनु पर्छ। 

दालमेँ कुछ काला-कसरी?
बसन्त गौतमजीका अभिव्यक्तिहरु पढेपछि मलाई पनि केही लेख्न मन लाग्यो। एनआरएन दोस्रो अधिवेशनको अघिल्लो रात उहाँहरुले बढो कष्टमय तरिकाले बिताउनु भएको रहेछ। यता टोक्योमा भने हाम्रा केही साथिहरु बढो त्राशमा रहेका थिए। विवादको शुरुआत वास्तवमा मतदाता नामावलीमा निर्वाचन समितिले तोकेको समयको हदम्याद समाप्ती पछि दर्ता हुन ल्याईएकाहरुलाई समावेश गर्ने की नगर्ने भनेर भएको हो। निर्वाचन समितिका मान्छेहरुले कसैको ईशारामा मतदाता-विवरण हेरेर आफ्ना मालिकलाई नयाँ नाम थप्न ईशारा गरे पछि उक्त नाम दर्ता गर्न ल्याईएको मेरो अनुमान छ। तर, जबर्जस्ती रुपमा नयाँ नाम दर्ता गर्ने प्रकृया थाले पछि, निर्वाचन समितिको कार्यालयमा उपस्थित साथिहरुले उक्त कार्यको विरोध गर्नु भएको थियो। राष्ट्रिय सँयोजक बेलु थापा र सह-राष्ट्रिय सँयोजक जिज्ञान कुमार थापाले निर्वाचन समितिका साम्प्रदायिक नेवार मन्डलेको कामको विरोध गरेपछि, तत्कालै गुन्डा-मन्डले-असामाजिक तत्वहरुको जत्था निर्वाचन समितिमा पुगेका थिए। जिज्ञानजी र बेलुजीहरुसँग अपरिचित ती गुन्डा-मन्डले-असामाजिक तत्वहरु "को हो त्यो, जिज्ञान र बेलु भन्ने। हात-खुट्टा भाँच्छौँ हामी" भन्दै उहाँहरुसँगै प्रश्न गर्न थालेछन। अपरिचित अनुहारका मुखबाट नियोजीत प्रयोजनका कुराहरु सुने पछि, उहाँहरुले निर्वाचन कार्यलयमा बस्न असुरक्षित ठान्नु भएछ र तत्पश्चात सुरक्षाका लागी आ-आफ्ना स्थानमा लाग्नु भएछ। 

अधिवेशनका अधिल्लो दिन घटाईएको यो घटना शायद स्मृतीबाट हराउँथ्यो होला, यदि अधिवेशनकै दिन पनि गुन्डागर्दी, धाक-धम्की र टाउको फोडने दुस्साहसी उदगारहरु सुन्न नपरेको भए। जापानभरिका नेपालीहरुका आँखा अगाडी घटिएका घटनाले अहिले जापानको नेपाली समाजमा ठूलो त्राशको वातावरण कायम गरेको छ। अपरिचित कुनै नेपाली देख्नासाथ एनआरएन सँबद्धहरु अहिले कुराकानी गर्न पनि डराउँछन। के थाहा, कुन बेला कसले नाम सोद्धै हमला गर्ने? के कुनै सँगठनको अधिवेशन पश्चात यस्तो त्राशको वातावरण हुनु ठीक हो र? डा. योन्जनलाई हाम्रो प्रश्न छ?

को हुन त-यी आततायीहरु?
मतदाता नामावलीमा नाम नराख्दैमा कसैको हात-खुट्टा भाँच्नै पर्छ भन्ने छैन। सँविधान सभाको चुनावमा पनि केही नेपालीहरुले आफ्ना मताधिकार प्रयोग गर्न पाएनन। सरकारी कर्मचारीका गल्तीलाई उजागर गर्न यी नेपालीहरुले पत्रिका-वक्तव्य-लेख मार्फत आफ्ना भनाई राखे। कुनै कर्मचारीको नाम किटेनन र हात खुट्टा भाँचेनन। सभ्य समाजमा हुनु पर्ने कुरा यस्तै हो। तर, जापान जस्तो विकसीत देशमा आईपुगेका केही नेपालीहरुले असभ्य व्यवहार गर्छन भने, नेपालको वैदेशिक नियोग चनाखो हुनु पर्छ र यी गुन्डा-मन्डले-असामाजीक तत्वहरु को-को हुन छुट्याउनु पर्छ।

निर्वाचन समितिमा रहेका मन्डलेहरुका ईशारामा आईपुगेका यी गुन्डा-मन्डले-असामाजीक तत्वहरु को हुन भनेर खुट्याउने एउटा उपाय निर्वाचन समितिका मान्छेसँग सोधपूछ गर्नु नै हो। किनभने यदि यिनले आफ्ना मालिकलाई ईशारा नगरेका भए यी गुन्डा-मन्डले-असामाजीक तत्वहरु परिचालीत हुने थिएनन। वास्तवमा निर्वाचन समितिमा यो मान्छेलाई राख्यो भन्ने कुरा सुन्ने बितिक्कै मेरो मनमा शँकाले ठाँउ पाईसकेको थियो। हिजो नेसाजको चुनावमा हामीले केही कुरा बोल्दा, मन्डलेहरुद्वारा परिचालित यी गुन्डा-मन्डले-असामाजीक तत्वहरुले म स्वयममाथि भौतिक रुपमा आक्रमण गर्ने योजनाको फेहरिस्त छानविन समितिमा मेरा शुभचिन्तकहरुले बुझाँउदा पनि यिनी आफ्ना मालिकलाई वचाउन लागेका थिए। त्यसैले हो, यिनको यहाँको नियुक्तिले मेरो मनमा शँका जन्माएको। डा. गणेश योन्जन लगायत नेपाली दूतावासका पदाधिकारीहरुले अब एनआरएन-निर्वाचन समितिका मान्छेहरुसँग प्रश्न गर्नु पर्छ र प्रत्येक मतदाताको विवरण लगायत विवाद बढाउने कार्यमा यिनीहरुका भूमिकाको सँबन्धमा सोधपुछ गर्नु पर्छ। 

मनोवैज्ञानिक त्राश र सामाजिकता
डा. गणेश योन्जन राज्यदूत (राजदूत शब्द मन्डलेहरुले मात्र प्रयोग गर्छन) मात्र होईन हामी सबैका अभिभावक पनि हुन। त्यसैले हो, डा. योन्जन अहिले सुत्दै हुनुहुन्छ की सुन्दैहुनु हुन्छ भन्ने प्रश्न मैले राखेको। किनभने सामाजिक सँगठनमा आवद्ध रहेर केही काम गर्न खोज्दा हामीलाई प्रत्यक्ष धम्काउने, हामी माथि भौतिक आक्रमणको योजना बनाउने कामहरु समय-समयमा हुन गएको छ। एनआरएनको दोस्रो अधिवेशनका घटनाले त अब यो एउटा प्रवृति नै बनिसकेको देखाउँछ। यस्तो अवस्थामा डा. योन्जनले रेष्टुरेन्ट उदघाटन गर्ने, नाचगान हेर्ने र तथाकथित धनपतिहरुका कुरा मात्र सुन्ने की हाम्रा कुरा पनि सुन्ने? 

नेसाज र एनआरएनमा अहिले मात्र होईन पहिले देखि नै मन्डले, मानव तस्कर, फ्राड, माफियाहरुले आफ्ना आँखा गाढेका थिए। अवैध धन्दा गर्दै कुश्त गाँठ कमाएकाहरुमा सामाजिक सम्मानको महात्वाकाँक्षा जागे पछि यिनीहरु सामाजिक सँगठनमा हर्ता-कर्ता बन्न लागेका हुन। धनको प्रभावले सबैलाई चुप लगाउन सकिन्छ भन्ने यी तत्वहरु त्यसवेला तिलमिलाउँछन जब केहीले यिनीहरुका नियमविपरीत कामको विरोध गर्छन। फलस्वरुप, आफ्ना चम्चा, चाटुकार र दलालहरुलाई प्रयोग गर्दै अपमानजनक रुपमा चरित्र हत्या गर्दै हिँडने मात्र यिनीहरु गर्दैनन, सकुन्जेल भौतिक रुपमै आक्रमण गर्न पनि नजिकका मान्छेहरुलाई अर्हाउँछन। 

जिज्ञानजी-बेलु थापाजीहरुले लगायत अधिकाँश नेपालीहरुले यसपाली देखि हाल्नु भो कसरी मान्छे परिचालन गर्छन भन्ने कुरा। मेरा सँबन्धमा म सतर्क हुन थालेको चाँही म माथि भौतिक आक्रमण गर्ने योजनाको विवरण पढेपछि नै हो। मैले कहिले नभेटेको र नचिनेको मान्छेले आफ्ना समूहमा म माथि यसरी हमला गर्छु भन्ने लिखित विवरण पढेपछि म धेरै नै सचेत हुन थालेको हुँ। त्यसपछि सामाजीक सँस्थाहरुका कार्यक्रममा पनि मैले उपस्थिती नजनाएको हुँ। अरु त के कुरा नेपाली दूतावासको दशैँ पार्टीमा परिवारसहित सहभागी हुँदाका बखतमा पनि फ्राड मन्डलेका नातेदार र आसेपासेहरु म सँग उत्तेजित हिसाबले कुरा गर्दै थिए। कोही भन्दै थिए, तैँले पहिले काम गर्ने काठमाडौँ विश्वविध्यालयको फलानो-फलानोलाई म चिन्छु भनेर। श्रीमतिले एकातिर तानेपछि कुराकानी गर्न छोडेर हामी दुतावासबाट बाहिरिएका थियौँ। 

डा. योन्जनको अभिभारा
एनआरएन दोस्रो अधिवेशनले डा. योन्जनका उत्तरदायित्वहरु झन बढाएका छन। अब विकास र प्रगतीका कुरा, रेष्टुरेन्ट उदघाटन, नाचगानमा आतिथ्य स्विकार्नु भन्दा पनि उनले हाम्रा सुरक्षामा ध्यान दिनु पर्छ। यो पँक्तिकार लगायत लोकतन्त्र पक्षधर कसैमाथि पनि भौतिक हमला भएमा त्वरित कार्यवाहीमा डा. योन्जन लाग्नु पर्छ। हामीलाई तर्साउने, धम्काउने, टाउको फोडछु भन्दै धम्काउनेहरुसँग डा. योन्जनले न कफी खानु हुन्छ न डिनर खानु हुन्छ। मन्डले-मानव तस्कर-माफियाहरुका चाटुकार निर्वाचन समितिका केहि पदाधिकारी, टाउको फोडछु भन्नेहरुलाई अब नेपाली दूतावासले स्पष्ट रुपमा बहिस्कार गर्नु पर्छ। दूतावासका कार्यक्रमहरुमा यस्ता असामाजिक तत्वहरुलाई बोलाउने हो भने, करदाता नेपालीहरुको अपमान हुने त छँदैछ, डा. योन्जन पनि डा. वैध्य पथमा लम्किएको स्पष्ट हुनेछ। यस्तै नियोजीत तवरले धनको आडमा भाँडभैलो मच्चाउने सर्वाधीक मतहरुलाई डा. योन्जनले कुनै हालतमा स्विकार्नु हुन्न। सकुन्जेल यी असामाजिक तत्वहरु दूतावास परिसरमा कहिले नदेखिने वातावरण अब उहाँले बनाउनु पर्छ। 


एन.आर.एन को अधिवेशन जात्रा:राष्ट्रियताको घोर बेइज्जतीको एक दिन-२

डा. बसन्त कुमार गौतम
नागोया, जापान

ठीक दश बजेको थियो फर्केर आइपुग्दा। कार्यक्रमको तयारी बल्ल शुरु हुन थालेको थियो। दश बजे शुरु हुने कार्यक्रमको स्टेज आदिको तयारी त दश बजेबाट नभई अलि पहिलेनै हुनुपर्ने होईन र? हामीलाई गलत समय भनिएको रहेछ कि? पछि उपलब्ध गराईएको कार्यक्रम तालिकामा एघार बजे भनेर लेखिएको रहेछ। लेख्न एघार लेखेपनि शुरु हुँदा बाह्र बज्न आँटिसकेको थियो।

तर दशबजेको उपस्थिति हेर्दा कार्यक्रम शुरु हुने भनेर तोकिएको समय दश बजेनै हो भन्ने स्पष्ट हुन्थ्यो। कार्यक्रम ढिलो सुरु हुनुको कारण बुझ्दा अनौठा कुराहरु सुनिए। कसैले भने “केहि उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाएर सर्वसम्मत बनाउन हिजो साँझदेखि बिहानसम्म ‘कसरत’ र ‘चलखेल’ गर्नु परेकोले कार्यक्रम ढिला हुन गएको हो।“ गज्जब छ बा! ठीक छ ‘कसरत’ र ‘चलखेल’ त नेपाली भएको संगठनमा नहुने कुरै भएन, तर सबैका सबै त्यतै लाग्ने भए आयोजक समितिको के काम? ‘कसरत’ र ‘चलखेल’का ‘पेशेवर’हरु त्यता लागेर केहि मान्छे; धेरै पनि पर्दैन, ५-७ जना जति; कार्यक्रमको तयारीमा जुट्नुपर्दैन?! यति सानो ‘बच्काना’ कुरा पनि ठूल्ठूला गुड्डी हाँक्ने एनआरएन-जापानलाई थाहा छैन?!

अझ ‘गजब’ कुरो पनि सुनियो। ३ तारीख दिउँसो पाँच बजेसम्म सदस्यता लिएकाहरुले मत दिन पाउने सहमति थियो रे पहिला, तर एक पक्षले पाँच बजेको केहि मिनेटभित्र ल्याएका १५० नयाँ सदस्यता निवेदनले विवाद खडा ग-यो रे! ती १५० जनालाई मत हाल्न दिने कि नदिने भोलि’ भन्ने विवाद सुल्झाउन सबै रातभरि ‘खटेको’ले ढिला हुन गयो रे! यो एनआरएन कस्तो संगठन हो?! यो भन्दा धेरै साना संगठनहरुमा पनि २० घण्टा पहिला सदस्य बनेकै भरमा मत हाल्न पाईँदैन। मत हाल्ने अधिकार पाउन सके एक महिना, नत्र कम्तिमा एक हप्ता पहिला सदस्य बनेको हुनुपर्ने प्रावधान राखिनुपर्थ्यो। मलाई थाहा छैन, एनआरएन भनिने नौटंकी संस्थाको विधानमा यो कुरा छ कि छैन। अथवा विधानै पो छैन कि के थाहा? विधान भएको संस्था पनि यति गाईजात्रे हुन्छ?!

पढ्दै जानुस्, यो भन्दा ‘आश्चर्यजनक’ कुराहरु फेला पार्नुहुनेछ। एनआरएन-जापानको माध्यमबाट तपाईँलाई भरपूर ‘मनोरञ्जन’ दिनु मेरो एकमात्र उद्देश्य हो!:)

कति उभिने भनेर भित्र हलतिर पसियो एकछिन बस्नु प-यो भनेर। लगभग साढे चार सयजति अट्ने हल थियो। बाहिर अहिलेनै ७-८ सयको भिड भईसकेको थियो। हिजोसम्मको सदस्यता संख्याले १८०० नाघिसकेको थियो रे। सदस्य संख्यानै १८०० भएपछि हल पनि कम्तिमा ११-१२ सय अट्ने चाहिन्न र?

पछि आयोजकहरुसंग कुरा गर्दा यस्तो जवाफ पाईयो, “यो हल ४-५ महिना पहिलेनै बुक गरिएको हो। त्यो बेला दर्ता सदस्य संख्या ४००जतिमात्रै थियो। अहिले अचानक सदस्य संख्या बढ्यो तर अर्को ठूलो हल लिन असाध्यै महंगो परने भएर लिइएन।“ मौका पाए पूरै नेपाललाई सुनको जलप लाईदिन्छौं भनेर ‘खोक्ने’हरुले यस्तो कुरा गरेको अलि सुहाएन। पैसा मनपरी खर्च गर्ने भनेको होईन तर १५ सय जनाको भिड जम्मा हुने जान्दा-जान्दै त्यति सानो हललेनै काम चलाउन खोज्नुजस्तो मूर्खता र गैर-जिम्मेवारीपन के हुनसक्छ।

कार्यक्रम कतिखेर शुरु हुने हो थाहा छैन, बाहिर मान्छेको भिड बढेको-बढ्यै छ। विशाल भिड जम्मा भएको देखेर जापानीहरु छक्क परेर हेर्दैछन्। हलसंगै जोडिएर रहेको पुस्तकालयमा आउने-जाने जापानीहरुले बाटो पाएका छैनन र ‘के भएको हो!’ भनेर अल्मलिएका छन्। न स्वयंसेवकहरु यथेष्ट थिए, न भएकाकोनै गतिलो ब्यबश्थापन थियो। यस्तो रमिता जापानीहरुले जिन्दगीमा कहिल्यै देखेका थिएनन् होला।

स्रोत:ब्लगिँग बसन्त

एन.आर.एन को अधिवेशन जात्रा:राष्ट्रियताको घोर बेइज्जतीको एक दिन-१

डा. बसन्त कुमार गौतम
नागोया, जापान


मलाई यो एन.आर.एन भनिने संस्थाको बारेमा धेरै चासो छैन पहिल्यैबाट। यसबारेमा राम्रा धारणा त्यति थिएनन् अहिलेसम्म तर असाध्यै 'खत्तम' पनि लाग्दैनथियो।

आफ्नो वचन पूरा गर्दा रहेनछन् यसका हर्ताकर्ताहरु भन्ने कुरा यो संग जोडिएको पहिलो अनुभव हो। म यसको सदस्य बनेको डेढ वर्षजति पहिला हो। एनआरएन सदस्यताको परिचयपत्र दिने, इ-मेल सूचि बनाएर सबै सदस्यहरुलाई बिभिन्न गतिविधिहरुको बारेमा अद्यावधिक सूसूचित राख्ने आदि कुराहरु सुनाईएको थियो त्यो बेलामा। तर न परिचय पत्र आयो, न एउटा इ-मेलनै आयो एनआरएनको। अब इ-मेल सूचि बनेर पनि मैमात्र छुटेको त पक्कै होईन होला। गज्जब त के छ भने एनआरएन सदस्यताको परिचयपत्र बोकेबापत पाईने बिभिन्न 'सुविधा' र 'छुट'हरुको भने जताततै भरमार विज्ञापन गर्छन् उनीहरु।

एकमहिना जति पहिला नागोयानजिक एनआरएनको तोकाई शाखाले एउटा कार्यक्रम गरेको थियो। त्यहाँ उपश्थित एनआरएनका 'अन्तर्राट्रिय नेता' एकजना र 'राष्ट्रिय नेता' एकजनालाई फेरि सम्झाएको थिएँ मैले (अरु 'स्थानीय नेता'हरुलाई पनि भेटेपिच्छे सम्झाउँछु म!)। उनीहरुले "हेर्नुस् वसन्तजी, कत्रा-कत्रा ठूला समस्या त समाधान हुन्छन्, यो त सानो समस्या हो। हामी मिलाईहाल्छौं नि----।" भन्दै एक राउण्ड गीता-दर्शन सुनाएका थिए मलाई। कुरो गराइबाटै थाहा हुन्थ्यो कि केहि हुनेवाला छैन। र भएन पनि।

अस्ति चार तारीखका दिन टोकियोमा एन.आर.एन-जापानको राष्ट्रिय अधिवेशन थियो र नयाँ कार्यसमितिको चयन पनि हुनेवाला थियो। जापानमा जहाँ बसेको भएपनि मतदान गर्न टोकियोनै जानुपर्ने बाध्यता थियो। नेपाल सरकारसंग ‘विदेश बसेकाले विदेशबाटै भोट हाल्न पाउनुपर्छ---‘ भनेर ‘हक’ मागेको नाटक गर्ने एन.आर.एनको आफ्नो चुनावमा भने भोट हाल्न टोकियोनै पुग्नुपर्ने ‘नियम’ खडा गरेर एन.आर.एनले आफ्नै धज्जी उडाइरहेको थियो। हुलाक मतदान अथवा इण्टरनेट मतदानको सजिलै ब्यबश्था गर्न सकिन्थ्यो, त्यो पनि जापान जस्तो भरपर्दो हुलाक प्रणाली र उच्च प्रविधिमय देशमा। तर एन.आर.एन. प्रविधिलाई बुझ्ने हिसावमा अझै २५ वर्षजति पछाडिनै छ भन्ने प्रमाणित भयो यसबाट। दोश्रो, टोकियोको एउटा सीमित समूह एन.आर.एनको नेतृत्वमा टोकियोबाहिरका कसैलाई पनि ‘छिर्न’ दिन चाहदैंन भन्ने पनि स्पष्ट भयो।

अरु बेला भए म कदापि जाने थिईँन। केहि साथीहरुले उम्मेदवारी दर्ता गरेका थिए। साथीहरु नेतृत्वमा आएभने केहि सकारात्मक परीवर्तन गर्न सक्लान् एन.आर.एन. भित्र र एन.आर.एन. अलि ‘विकेन्द्रित’ पनि होला भन्ने आशा राखेर टोकियो जाने निर्णय गरें। साथै, यहि मौकालाई उपयोग गरेर केहि नयाँ चिनजानको शुरुवात र पूराना चिनजानहरुको नवीकरण पनि गर्न सकिने देखें।

नागोयाबाट जान दुई बसको ब्यबश्था गरेका थिए साथीहरुले। राती १२ बजे बस हिँड्ने बेला हुँदासम्म ब्यबश्थापनमा लागेका साथीहरुको अनुहारमा चिन्ता छाउन थालिसकेको थियो। सिटले धान्ने भन्दा बढी मान्छे छिरिसकेका थिए बसभित्र र हामामाचु र शिजुओकाबाट टिप्नुपर्नेहरु अझै बाँकीनै थिए। यस्तै छ हामी नेपालीहरुको बानी। दुई घण्टा अगाडिसम्म ‘जान्न’ भनको मान्छे बस हिँड्नेबेलामा लाजै नमानी टुप्लुक्किदिन्छ। अब ‘लान्न तँलाई, फर्केर जा---‘ भन्नुभएन, त्यो पनि चुनावको मुखैको ‘मतदाता’संग!

जापानी चालकहरुले मान्ने थिएनन् यसरी मान्छे कोचीकोची उभ्याएर लान, तर यसपालीका ‘गुरुजी’ हरु अलि सोझै परेछन्। रिसाई-रिसाई भएपनि राजी भए गाडी हाँक्न। प्रहरीले ध्यान दिने ठाऊँमा सबै भुईँमै भएपनि बसिदिने र झ्यालका पर्दा लगाइदिनुपर्ने शर्त राखेका थिए उनीहरुले।

तर पक्का ‘नेपाली बानी’को अगाडी यी त साना समस्याहरु रहेछन्। पछाडि बस्ने १५-२० जनाहरु यति पत्रु र गएगुज्रेका रहेछन् कि म बसेको गाडीका चालकले ’३५ वर्षको चालक जीवनमा यति असभ्य यात्रुहरु कहिल्यै देखेको थिईँन!” सम्म भने। उनीहरु रक्सीले मातेर असाध्यै हल्ला गरिरहेका थिए, त्यो पनि बेला-बेलामा माईकै समाएर। ‘हल्ला नगर’ भन्दा उनीहरुले मानेनन् बरु झगडाकै मूडमा आउँथे सजिलै। बियर खाएर क्यान बसभित्रै गुडाइदिने, क्यान अथवा कप झ्यालबाट बाहिर फाल्दिने पनि गरिरहेका रहेछन् उनीहरुले। नेपाल र नेपालीको बेइज्जतीको यो क्रम बिहान ४ बजेतिर आएर सबैलाई रक्सीले ‘लडाइसकेपछि’ मात्रै रोकिएको थियो।

आएकोमा पश्चाताप लाग्न शुरु भइसकेको थियो मलाई। लाग्यो, नेपाल सरकारले एक महिना जति थुनेर बानी-ब्यहोरा र सभ्य आचरण नसिकाई कुनै पनि नेपालीलाई पासपोर्ट दिनुहुँदैन। (तर सरकार आफैं सभ्य हुनुप-यो नि पहिला त, हैन र?!)

एकजना कलाकार साथी थिए अगाडि। लोकगीत-संगीतमा सिपालु छन् तिनी, पहिला पनि केहि कार्यक्रममा तीनको प्रतिभा देख्ने मौका पाइएको थियो। तिनले रातभरि बाँसुरी बजाएर बस्न दिएका हैनन् अर्कोतिर! साथीले एक दर्जन जति बाँसुरी ल्याएका रहेछन् र १०-१५ मिनेटमा फेरी-फेरी बजाउँथे। ठीक छ तीनले बाँसुरी राम्रो बजाउँछन्, तर ५-६ घण्टासम्म एकोहोरो बाँसुरी सुनिरहनुपर्दा के हुन्छ मान्छेलाई?! त्यो पनि रातभरि अनिदो हुनुपरेको बेलामा!

बिहान आठ बजे मेगुरोको कार्यक्रम स्थलमा पुग्दा आयोजकहरु हुने कुरै भएन, कार्यक्रम दश बजेबाट शुरु हुने भनेर भनिएको थियो हामीलाई। त्यता हल्लेर दुई घण्टा बिताउन त्यति सजिलो नहुनेनै भयो, फेरि नित्यकर्मको कुरा पनि छँदै थियो।
क्रमश:


स्रोत:ब्लगिँग बसन्त

Wednesday, May 7, 2008

ईजमको काम : भएन हजम

सुरेश परिवर्तन


एनआरएन क्षेत्रिय प्यासिफिकका गणेश ईजमले गरेको हतारो वास्तवमा पचाउन गार्हो छ। उनकै आँखा अगाडी गुन्डा परिचालन गरिएको छ, उनकै उपस्थितिमा टाउको फोडने धम्की दिईएको छ, उनकै सामुन्ने एक-जनाले दस चोटी भोट हालेका छन र उनकै आतिथ्य रहेको बेलामा एनआरएनमा भाँडभैलो मच्चाईएको छ। समाचार पत्रहरु अहिले एनआरएन-जापानमा के भयो भन्दै बताईरहेका छन र पराजीत उम्मेदवारहरु षडयन्त्रको नमूना देखेर चकित छन। तर, ईजमजीलाई भने हतारो रहेछ। किन हतारे त ईजम? प्यासीफिक क्षेत्रकै हस्तीले यति हतारोमा शपथ ग्रहण गराउनुलाई के को सँकेत भन्ने?

कुरा स्पष्ट छ-एनआरएन जापानको चुनाव भित्र अन्तर्राष्ट्रिय समितिको राजनीति घुसेको छ र हतारो छ आफ्ना चम्चा, चाटुकार, दलालहरुलाई जसरी हुन्छ एनआरएन-जापानमा स्थापित गर्ने र अन्तर्राष्ट्रिय समितिको चुनावमा पनि यस्तै भाँडभैलो मच्चाउने। डा. उपेन्द्र महतो, भीम उदास, अर्जुन थापा लगायत अन्तर्राष्ट्रिय समितिका अग्रजहरुले अब बोल्नु पर्छ। किनभने, आज एनआरएन-जापानमा दिईएको धम्की भोली अन्तर्राष्ट्रिय समितिमा पनि आउन सक्छ र भोलीको अधिवेशनमा उहाँहरुको पनि टाउको फोडिन सक्छ। "नेपालीका लागी नेपाली" यो भन्दा सार्थक नारा अरु केही छैन। तर, एनआरएन-जापानमा भएका र देखिएका घटनाले भने "नेपालीका टाउकोका लागी नेपाली" अब एनआरएनको नारा बन्ने तय छ। 

गणेश ईजमजी शायद सोच्नु हुँदो हो, एकाध ब्लगरले लेखेका कुरामा केही दम छैन। उहाँ गम खानु हुँदो हो, को त्यो परिवर्तने र त्यसको कुरा सुन्ने? मन्डलेहरुका प्रचारले उहाँलाई हाम्रो भनाईको वास्ता नगरौँ भन्ने लागेको हुन सक्छ। म मान्छु, त्यो कुरा। तर, ईजमजीले अब बुझ्नु पर्छ, कसैले नपढने यस पँक्तिकारका भनाईहरु अब रोकिन गार्हो हुन्छ। जहाँसम्म यस चुनावले स्विकृती पाउने कुरा छ, त्यो मेरो विचारमा असँभव छ। लोकतान्तृक पद्धतीको मात्र यहाँ बलात्कार गरिएको छैन, यहाँ भाईचाराको, नेपालीपनको र हाम्रो सँस्कारको पनि भद्दा मजाक उडाईएको छ। विभिन्न आरोप-प्रत्यारोपको बेलामा एनआरएनको छवि धूमिल भईरहेको बखतमा "टाउको फोडने" कुरा आउनु चानचुन कुरा होईन। यसले के स्पष्ट गर्छ भने एनआरएनलाई जसरी हुन्छ कब्जा गर्दै आफुलाई गैर-आवासीयहरुको ठेकेदार बनाउने केही मन्डलेहरु लागेका छन र केही सामन्ती सत्ताका दलालहरु लागेका छन। 

गणेश ईजमजी भन्नु हुँदो हो, भै-सकेका चुनावी परिणाम सबैले स्विकारी हाल्छन नी। हो, स्विकार्नु पर्छ यदि एनआरएन-जापानको मतदाता नामावलीमा प्रत्येकको नाम, काम र ठाम स्पष्ट उल्लेख छ भने। चुनावी आँकडालाई हेर्नुस, कति फरक छ मतमा। अध्यक्ष पद र राष्ट्रिय सँयोजकका पदमा जम्मा दुई-दुई जनाले प्रतिस्पर्धा गरेका छन। तर, सर्वाधिक प्राप्त मतलाई हेर्ने हो भने नाम,काम र ठामका ठेगान नभएकाहरुले आफ्ना परिचालकलाई आँखा चिम्लेर मत हालेका छन। अन्तर्राष्ट्रिय समितिमा ईजमले के प्रतिवेदन देलान, त्यो मलाई थाहा छैन। तर, मलाई हजम नभएको कुरा भने सहमतीको कुनै प्रयास बिना उनले चालेका एकतर्फि कदम हो। गणेश ईजमले बुझ्नु पर्छ, एकातिर फर्जी मतधारीहरु छन अर्कोतिर जापान भरिका नेपालीहरुका वैधानिक अभिभावक डा. गणेश योन्जन छन। नेपालीको मामिला हो, नेपालीले हेर्नु पर्छ। के केहि समय कुरेर वा पर्खेर, एनआरएनका सँरक्षक डा. गणेश योन्जन लगायत नेपाली नियोगका पदाधिकारीका रोहवरमा मतादाताहरुका नाम, काम र ठाम पत्ता लगाउन मिल्दैन भन्ने छ र? हो, ईजमजी, तपाईको हतारो भएन है हजम।

डा. गणेश योन्जनका चुनौती

सुरेश परिवर्तन


एनआरएन दोस्रो अधिवेशनमा जे-जस्ता घटनाहरु भए त्यसले मलाई नेसाजको चुनावको सम्झना दिलाएको छ। मन्डलेहरले जबर्जस्ती र अलोकतान्तृक तवरले नेसाजमा हराँउदा लोकतान्तृक मित्र डा. सुदिप अधिकारीले आफ्नो ठाँउबाट विरोध जनाउनु भएको थियो होला। त्यसमा मलाई भन्नु केही छैन। तर, मेरा लोकतान्तृक प्रतिबद्धताका कारण सहधर्मी (सुनिए अनुसार) डा. सुदिपले जितेको बखतमा पनि बामपन्थी मित्र वेलु थापाले पुन: त्यही तरिका र प्रकृयाले हार्न पुग्दा अहिले मलाई डा. गणेश योन्जनको सम्झना आएको छ। किनभने हिजो डा. सुदिपहरुले हारेका बखतमा पनि नेपाल सरकारका तत्कालीन दूतलाई तथाकथित निर्वाचित नेसाज समितिलाई मान्यता नदिलाउन म आफैले सँवादका लागी पहल गरेको थिएँ। र आज पनि म नेपाल सरकारकै दूतलाई पुन: न्यायका लागि गुहार्दे छू।

के भएको थियो नेसाजको चुनावमा?

नेसाजको चुनावमा अत्यन्त षडयन्त्रकारी तवरले डा. सुदिप लगायतका मित्रहरुलाई जापानका मन्डलेहरुले हराउन पुगेका थिए। लिखित रुपमा खुला छलफल गर्दा गर्दै पनि चुनाव समितिका केही सदस्यका आडमा मन्डलेहरुले ठ्याक्क अहिलेको एनआरएनको चुनावकै शैलीमा लोकतान्तृक मित्र डा. सुदिप लगायत अध्यक्ष पदका प्रत्यासी तथा नेकपा एमालेका धुरन्धर नेता अच्युत सापकोटालाई बेईज्जती पूर्वक गाली गर्दै हराउने जमर्को गरेका थिए। हाम्रा अग्रज तथा प्रखर लोकतान्तृक व्यक्तित्व डा. नेत्र प्रकाश भन्डारीको हौसलाका कारण हामीले मन्डले चुनाव परिणामलाई चुनौती दिएका थियौँ । भनिरहनु नपर्ला, मन्डलेतन्त्रको पूर्ण सफाया भने हामिले क्युस्यु विश्वविध्यालयका प्राध्यापक तथा मेरा अभिन्न मित्र डा. रमेश पोखरेलको सल्लाह र सुझाव अनुरुप गरेका थियौँ।

जापानका विद्वत वर्ग र नरेश स्थापित जस्ता अग्रजहरुका सल्लाह बोकेका हामी एकातिर लोकतान्तृक मित्र अच्युत सापकोटा तथा डा. सुदिपको तथाकथित हारलाई जीतमा परिणत गर्न लागेका थियौँ भने अर्कातर्फ साम्प्रदायीक नेवार मन्डलेहरु भने मन्डले राजदूत डा. रमेशानन्द वैध्यलाई उक्साँउदै फ्राड मन्डलेले जे गर्यो, त्यो ठिक हो भन्ने पार्नमा लागेका थिए। मेरो पासपोर्ट नविकरण गर्ने सिलसिलामा डा. रमेशानन्द बैध्यसँग मैले चर्को रुपमै भनेको थिएँ नेपाल सरकारका दूतले कसैलाई लाखा-पाखा गर्न मिल्दैन। जबसम्म नेसाजले आफ्नो तर्फबाट कुराको छानबिन गर्दैन, त्यसबेला सम्म नेपाली दूतावास चुप लाग्नु पर्छ।

डा. योन्जनले के गर्ने?

एनआरएनको चुनावी परिणाम सँकटग्रस्त छ। मन्डलेहरुले व्यापक रुपका गुन्डा परिचालन गरेका छन। धाक-धम्की प्रत्यक्ष रुपमा दिन सक्नेहरुले हामीलाई सताउन अन्य के विधी अपनाए होलान भनेर मैल भनिरहनु पर्दैन। एनआरएनको चुनावमा सँलग्न लोकतान्तृक उम्मेदवारहरु देखि लिएर विद्वान मित्र सुर्य पाठक सम्मले यस कुरालाई प्रत्यक्ष रुपमा भोगेका छन। एनआरएनको अधिवेशनमा अतिथिका रुपमा रहेका हाम्रा लोकतान्तृक अग्रज डा. गणेश योन्जनज्यू आफैले पनि केही कुरा देख्नु भएको र महशुस गर्नु भएको मेरो अनुमान छ। यस्तो अवस्थामा डा. योन्जन र नेपाली नियोगले वर्तमान चुनावी परिणामलाई चुनावमा सहभागी उम्मदेवारहरुले हार-जीत नस्विकारे सम्म कुनै हालतमा पनि स्विकार्नु हुन्न। गुन्डागर्दी गर्ने, मन्डले परिचालन गर्ने र लोकतान्तृक पार्टीहरुमा पसेका कुडा-कर्कटलाई परिचालन गर्दै टाउको फोडने धम्कीदिनेहरुका कुरा यदि डा. योन्जनले सुन्ने हो भने त्यो लोकतान्तृक परिपाटिको उपहास नै हुनेछ। तसर्थ, डा. योन्जन लगायत नेपाली नियोगका प्रमूख पदाधिकारीहरुले चुनावमा सहभागी उम्मेदवारहरुका विना कुनै दवावका हार स्विकारोक्ति आएको खन्डमा मात्र वर्तमान एनआरएन चुनावको नतिजालाई मान्नु पर्दछ।

म्यानमारमा भिषण आंधि-बेहेरी

म्यानमारको सरकारी समाचार स्रोतका अनुसार शनिवार त्यहां आएको हुरी-बतासका कारण हालसम्म २५ हजार ब्यक्तिको ज्यान गईसकेको छ भने ४० हजार भन्दा ज्यादा ब्यक्ति बेपत्ता रहेको जनाईएको छ । शनिवार आएको उक्त भिषण सामुद्रीक आंधि-बेहेरीमा परि बोगाले शहरमा ९५ पतिशत ब्यक्ति घरबार बिहिन भएका छन । केहि ब्यक्तिलाई शिविर मा आश्रय मिलेको छ भने कयौं ब्यक्तिहरु भने अलपत्रमा परेका छ्न । हाल त्यहां मानवीय सहायताका लागि अमेरीका, यूरोपीयन संघ तथा जापानले आपतकालीन सहायता गरिरहेको छ । उता संयुक्त राष्ट्र संघले भने मानवीय सहायताको लागि समेत म्यानमारको सौनिक सरकारले त्यस इलाकामा उद्दारको लागि जाने बातावरण समेत नबनाएको भनि आलिचना गरेको छ । एक बिदेशी राहत संस्था वर्ल्ड विजनले खेत को गराहरुमा लाशहरु यत्रतत्र छरिएको बताएको छ भने हाल म्यानमार सरकारले नोक्सानको बिवरण तयार गरिरहेको छ ।

Tuesday, May 6, 2008

एनआरएन-जापान:चुनाव समिक्षा

सुरेश परिवर्तन


एनआरएन-जापानको दोस्रो महाधिवेशन अत्यन्त अव्यवस्थित र तनावका बिचमा सँपन्न हुन पुगेको छ। चूनावि नतिजा पनि आईसकेको छ र साथै चुनावका दौरानमा भएका अनियमितता र अव्यवस्थापनका कुरा पनि अगाडी आएको छ। यस चुनावमा सहभागी उम्मेदवारहरुले सहर्ष आफ्नो जीत र हार स्विकार्ने हो भने, कसले जित्यो र कसले हार्यो भन्ने विषय गौण हुन जान्छ। साथै, चुनावी प्रकृयाका सँबन्धमा उठेका विवादास्पद विषयहरु पनि आगामी दिनमा सुधार्नु पर्ने विषयकै रुपमा मात्र सिमित हुनेछ। होईन, चुनावमा प्रत्यासी उम्मेदवारहरुले परिणामलाई नस्विकार्ने हो भने, दोस्रो कार्यसमितिले सम्मान पाउने कुरामा भने शँकै छ। यस पँक्तिकारको विचारमा भने गैर-आवासीयहरुको सँगठनमा सम्पन्न यस चुनावमा प्रकृया पूर्णरुपमा हार्न पुगेको छ। जुन परिस्थिती र वातावरणमा चुनाव हुन गएको छ, त्यसलाई हामीले लोकतान्तृक प्रकृया मान्न सक्दैनौँ। मतका मार्फत प्रतिनिधी चयन अवश्य पनि लोकतान्तृक पद्धती हो, तर मतको दुरुपयोग हुने हो भने यो एउटा यान्त्रिक पद्धती भन्दा बाहेक केही होईन। एनआरएन दोस्रो महाधिवेशनका दौरान उपस्थित जो-कोहिले पनि भोट हाले र पटक-पटक भोट हाले भन्ने कुराले चुनावलाई विवादास्पद बनाएको त छँदैछ, यसको साथै यस चुनावमा नियमानुसार सदस्यता रकम तिरेर पहिलो पटक सहभागी धेरै साथीहरुको विश्वास पनि तोडिएको छ। जस्का कारण, नागोया, ओशाका, निगाता लगायत टाढाका प्रान्तबाट आउनुभएका मित्रहरुका सहभागीता एनआरएनको आगामी चुनावमा कम हुने सक्ने सँभावना छ। जापान भरका नेपालीहरु सौहार्दपूर्ण रुपमा भेटघाट गर्ने, विचार आदान-प्रदान गर्ने, र परिचयलाई गाढा बनाउने दिनका रुपमा धेरै साथिहरुले यस चुनावको दिनलाई लिनु भएको थियो। तर, अधिवेशन स्थलमा देखिएको उत्तेजक वातावरण र धाक-धम्कीको कुराले भने सामाजिकताका राम्रा पक्षहरु ओझेलमा पर्न गयो। 

बेथितिका कुराहरु

चुनावकै दिन उपस्थित रहँदैमा कसैले मत दिन पाउँदैन। जुनसुकै चुनावमा पनि यो कुरा लागु हुन्छ; चाहे त्यो नेपालको चुनावमा होस या अमेरीकाको चुनावमा। निर्वाचनसँग सँबद्ध समितिले ५:०० बजेको समयअवधि भित्र मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरिसके पछि, निवर्तमान कार्यसमिति र सँबध्द चुनाव समितिहरु यसै निर्णयमा अडीग रहनु पर्दथ्यो। तर, यसको विपरित निवर्तमान समितिका केही पदाधिकारी र चुनाव समितिका केही सदस्यहरुले भने लोकतान्तृक पद्धति भन्दै सबैलाई मतदाता नामावलीमा समाबेश गर्नु पर्ने कुराको जिकिर गर्न पुगेको देखिन्छ। यसले, के स्पष्ट सँकेत गर्छ भने, निवर्तमान समितिका केही पदाधिकारीहरु जसरी हुन्छ, चुनावलाई प्रभावित गर्न मतदाता नामावलीमा समावेश प्रत्येक मतदाता आफ्नो पक्षका हुन वा होईनन भन्ने छुट्याउने अभियानमा लागेका थिए। जब, आफ्ना पक्षले नजितिने भयो, तब तुरुन्तै १२५ जनाको नामावली तयार गर्ने प्रकृयामा यिनीहरु लागेका थिए। मतदाता नामावली अध्यावधिक गर्ने समयम्याद समाप्त भएपछि पनि एउटा पक्षले दर्ता गर्न खोजेको मतदाता नामावलीले समिति भित्रकै व्यक्तिहरु साँठगाँठमा लागेका कुरालाई यसरी स्पष्ट गर्दछ। फलस्वरुप, यस चुनावमा शुरुआती दिनदेखी नै नियोजित रुपले चुनावी नतिजा कसैको पोल्टामा हाल्न केही पदाधकारिहरु लागेको स्पष्ट हुन्छ। 

चुनावका दिनमा उम्मेदवारी दिएकाहरुले आ-आफ्नो जीत निश्चित गर्न चासो दिनु अस्वाभाविक होईन। फलस्वरुप, कोही उत्तेजीत पनि भए होलान र चुनाव समितिका मित्रहरुलाई प्रभावित गर्न खोजे होलान। उम्मेदवारहरुले यसो गर्न सक्छन किनभने सबै आफ्नो जीत चाहन्छन र अनुकूल परिस्थिती बनाउन चाहन्छन। तर, निर्वाचन समितिका सदस्यहरुको प्रमूख उद्देश्य भनेको कसैलाई चुनाव जिताउनु होईन। उहाँहरुको उद्देश्य चुनाव निष्पक्ष र विवादरहित ढँगले सम्पन्न गर्नु मात्र हो। नेपालमै सँविधान सभाको चुनाव पनि पटक-पटक स्थगित हुन गएको थियो। निर्वाचन आयोग समेतले तयारीमा रहेको कमजोरीलाई देखाएर चुनाव स्थगित गरेको कुरा कसैबाट लुकेको छैन। तयारी नरहँदा र स्थिती ठीक नहुँदा सँविधान सभाको चुनाव त रोकिन सक्छ भने, एनआरएन जापानको चुनाव किन नरोकिने? कसैले चुनाव हुनै पर्ने नत्र टाउको फोडीन्छ भन्दैमा निर्वाचन समिति चुनाव गर्न बाध्य नहुनु पर्ने हो। तर, निर्वाचन समिति, अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायत उपस्थित कसैले पनि धाक-धम्कीका आवाजलाई निस्तेज गर्न सकेनन र मूकदर्शकका रुपमा रहेर चुनाव गराउन खोज्ने षडयनत्रकारीहरुका कदममा सहभागी हुन पुगे। फलस्वरुप, चुनावी प्रकृया पूर्णत अस्तव्यस्त हुन पुग्यो र बलमिच्याँई गर्दै एकपक्षिय रुपमा मतदान हुन पुग्यो। 

पहिलो अधिवेशषको तुष हो त?

डा. उपेन्द्र महतोको उपस्थितिमा २००६मा सम्पन्न एनआरएन-जापानको पहिलो अधिवेशनमा तदर्थ समितिमा रहेकाहरु बाहेक धेरै नयाँ सदस्यहरु निर्वाचित भएका थिए। एनआरएनको नाममा आफुलाई समाजकै हर्ताकर्ता देखाउन केही व्यक्तिहरु लागेपछि हामी सबै एकजुट भएर पहिलो अधिवेशनमा सहभागी भएका थियौँ। हाम्रो उद्देश्य थियो-सामाजिक सँगठनमा लाग्नेहरुका सामाजिक पक्ष बलियो हुनु पर्छ भन्ने। तर, एनआरएनलाई एउटा साधन बनाउने र डा. महतो लगायत एनआरएनका केही गण्यमान्यसँग सोल्डर ब्रश गर्दै आफुलाई "महान" बनाउनु पर्छ भन्नेहरुलाई भने विध्यार्थि, पत्रकार, ब्लगर, ईन्जिनियर लगायतका उपस्थिती कहिले पचेन। सामाजिक सँगठनलाई बन्द सँगठन बनाउने र मौकामा चौका हान्न खोज्ने यी महान व्यक्तिहरु त्यसैबेला देखी मौकाको खोजीमा थिए। 

मानसिकताका हिसाबले, त्यसवेला एनआरएनमा हैकमवादी प्रवृतिका व्यक्तिहरुका रजाई चर्को नै थियो। सामन्ती सोच अनुरुप यी हैकमवादीहरु अन्यलाई सँधै कनिष्ठका रुपमै राख्न चाहन्थे। हो, त्यति वेलै हो, एनआरएनमा "विध्यार्थी" हुनु भनेको पैसा नभएका, केही खर्च गर्न नसक्ने दोस्रो दर्जाका एनआरएनका रुपमा चिनिनु हुन्थ्यो। तर, एनआरएनकै एक जिम्मेदार पूर्व-अधिकारीले सार्वजनिक रुपमै माफी माग्न पुगे पछि भने, अधिकाँश "हैकमवादी"हरु छाँगाबाट खसेका थिए। किनभने, जस्लाई उहाँहरुले कम्पनीमा कार्यरत विद्वानका रुपमा प्रस्तुत गर्नु हुन्थ्यो र आफ्ना नेताका रुपमा मान्नु हुन्थ्यो, उहाँ पुरा कार्यकाल विध्यार्थिकै रुपमा एनआरएनमा कार्यरत हुनु हुन्थ्यो। सत्यउदघाटनको यस चरणले एनआरएनमा निर्णायक मोड लिन पुगेको थियो। लडाईमा शहीद त कार्यकर्ता बन्नु पर्छ भन्ने अर्का "हैकमवादी"हरुले गर्दा नै हो, पहिलो अधिवेषनको तुष मेटने कृयाकलापमा यी छदमवेशीहरु लागेका। 

एनआरएनको एकता

एनआरएन-जापानको दोस्रो अधिवेशनले जापानमा रहेका गैर-आवासीय नेपालीहरुमा जबर्जस्त फुट पैदा गरिदिएको छ। कोही जित्दा खेरी फुटन गएका छन भने कोही हार्दा खेरी फुटन गएका छन। तर, सबै भन्दा ठूलो फुट भने एनआरएनमै देखिएको छ। चुनावी जितहारका लागी गुन्डा प्रयोग गर्ने, टाउको फोडने र धाक-धम्की दिने कुराहरु आएपछि , अब धेरैको मन यस सँस्थाबाट विकर्षित भएको छ। लाभको पद केही नपाईने र व्यापारीक फाईदाहरु पनि आफ्नो नेटवर्कँग क्षमतामा मात्र आउने यस सँस्थामा जान टाउको फोडनु भन्दा त अलग्गै एनआरएन किन नबनाउने भन्ने कुरा अहिले बहसमा आएका छन। एनआरएन विधेयकले पनि डा. उपेन्द्र महतोको एनआरएनलाई मात्र एनआरएन मान्दैन। गैर-आवासीयहरुले अलग्गै सँस्था बनाउने हो र नेपालमा नियमानुसार दर्ता गर्ने हो भने, त्यसलाई पनि एनआरएनको दर्जा दिईन सक्छ। तसर्थ, वैधानिक प्रावधानको फाईदा र टाउकोमा चोट लगाउनु पर्ने बेफाईदाले गर्दा अागामी दिनमा एनआरएनको अर्को सँस्था जापानमा गठन हुन सक्दछ। नेकपा माओवादी, नेकपा एमाले, नेपाली काँग्रेस लगायत लोकतान्तृक मोर्चामा रहेका राजनैतिक पार्टीमा आवद्ध शुभचिन्तक, सँगठक, बुद्धिजीविहरुले "टाउको नफोडने" र कुडा-कर्कट बिनाको अर्को एनआरएन गठन गर्न सक्छ। तर, यी सबै गतिविधिहरु वर्तमान चुनावमा सहभागी र पराजति उम्मेदवारहरुकै कृयाशीलतामा पनि भर पर्न सक्दछ। 

चूनावी परिणामको स्विकार्यता

दोस्रो अधिवेशनको चुनावि परिणामको पवित्रता समाचार-पत्र र लेखमा लेखिएका तर्क भन्दा पनि सहभागी उम्मेदवारहरुको स्विकारोक्तिमा भर पर्दछ। यदि पराजीत उम्मेदवारहरु सबैले यस चुनाव परिणामलाई स्विकार्ने हो भने, निर्वाचन परिणामले सामाजिक स्विकृति पाउन सक्छ र निर्वाचनका दौरानका घटनाहरुलाई र यस पटक हार्न पुगेको "निर्वाचन प्रकृया" भविष्यका लागी पाठका रुपमा लिन सकिन्छ। होईन, यदि पराजीत उम्मेदवारहरुले परिणाम नस्विकार्ने हो भने, सर्वप्रथम उहाँहरुले वक्तव्य मार्फत यसको जनाउ दिनु पर्यो र निर्वाचनमा देखिएका धाँधलीको फेहरिस्त अन्तर्राष्ट्रिय समितिमा पठाएर निर्वाचन परिणाम बदर घोषणा, मतदाता विवरण सँकलनको तयारी आदीका सँबन्धमा पहल गर्नु पर्यो। निर्वाचन लडने प्रकृया भन्दा पनि निर्वाचनलाई बदर गर्ने, धाँधलीलाई उजागर गर्ने र जबर्जस्ती चुनाव जितेकाहरुलाई हराउने काम झन सजिलो छ किनभने जे-जति जबर्जस्तीका कुराहरु भएका छन, ति सबैका अगाडी हुन पुगेका छन । होइन, अब हामीमा यस्तो गर्ने सामर्थ्य छैन, र जे जति भईसक्यो-भईसक्यो, अब आ-आफ्नो काममा लाग्दै बाँकी सामजिकतालाई बचाउने हो भने, अब अनावश्यक गफ गरेर केही फाईदा छैन। त्यस्तो अवस्थामा पराजीत मित्रहरु सबैले विजयी मित्रहरुलाई बधाई दिनु उदाहरणिय सामाजिक काम हुनेछ।