Monday, September 10, 2007

जापानी स्थित नेपाली राजदुताबासको राजसंस्थाप्रति को मोह

हाल नेपालमा राजसंस्थाको अस्तित्व तथा सांस्क्रित अस्तित्व लोप भएको अवस्थामा, नेपाली जनताको बलिदान र लामो लडाई पछि शाही सामन्तीबादको समाप्तिका साथै नया नेपालको निर्माण गर्ने अवसर प्राप्त भएको छ । यसै अनुरुप विभिन्न ऎतिहासिक निर्णय गर्दै आएको वर्तमान सरकारले (निलम्बित)राजा र रानीका सम्पूर्ण तस्बीरहरु सरकारी कार्यालय लगायत बिदेशका सम्पुर्ण कुटनैतिक कार्यालयहरुबाट हटाउने निर्णय गर्यो । यसमा नेपाल सरकारले सबै ठाउबाट उक्त तस्बीर हटायो । कतिपय राजाका भक्तहरुले मुटु माथि ढुंगा राखि हटाए, कतिपयले लोकलाजले हटाए ।
तरपनि जापानमा रहेको हाम्रो नेपाली दुताबासले नेपाली जनताको जन-आन्दोलन २ को अपमान र शहीदहरुको रगतको अपमान गर्दै, दरबारप्रतिको भक्ति प्रर्दशन हेर्दा, देशमा नया सरकारको नियम र कानुन भन्दा दरबारको चाकडी गर्न अभ्यस्त (भु पु श्री ५ को सरकारका) चाकडीबाज कर्मचारीहरुको अझै पनि कमि छैन भन्ने कुराको झझल्को प्रदान गरेको छ । नेपाली राजदुताबास, जापानमा, दुताबासको लबि र कार्यबाहक राजदुतको कक्षमा, राजसंस्था प्रतिको अघोर भाक्तिभाव स्वरुप शोभायमान झै (निलम्बित ) राजा र रानीका तस्बीर टागीएको देख्न सकिने छ ।
नेपाली जनताले प्रजातन्त्रको लागि खर्चिएको रगत र बलिदानको उपहास स्वरुप टागीएको उक्त तस्बीर, वर्तमान कार्यबाहक राजदुत पारस घिमिरेले कुन रुपमा लिनुभएको छ थाहा छैन । तर सपुर्ण प्रजातन्त्रप्रेमी नेपालीको लागीको यो लाजमर्दो कुरा हो । तसर्थ उक्त राजाको तस्बीरलाई तुरन्त हटाउने पर्ने आम प्रजातन्त्रप्रेमी जापानबासीको धारणा रहेको छ ।
कुनैपनि जापानमा रहनु भएका प्रजातान्त्रिक साथीहरुले राजदुताबासमा गएर, (निलम्बित ) राजा र रानीका तस्बीर राजदुताबासको लबी र कार्यवाहक राजदुताबासको कक्षमा टासीएको हेर्न सक्नुहुन हुनेछ ।

5 comments:

Anonymous said...
This comment has been removed by a blog administrator.
Anonymous said...

प्रजातन्त्रको खोल ओडी सामन्तबाद राजसंस्थालाई जोगाउन खोज्ने कसैलाई पनि छोडन हुन्दैन । जापानबासी प्रजातन्त्र नेपाली साथीहरु तपाईहरु यस्ता नेपाल सरकारको कर्मचारीहरु विरुद्द अभियान शुरु गर्नुहोस हामी तपाउहरुको साथमा छौ ।

किरण, नेदरल्याण्ड

Anonymous said...

प्रजातन्त्रको लागि लडाई लडदै आएको लोकतन्त्र ब्लगबाट फेरी पनि राजसंस्थाका अस्तित्वहिन (कार्यवाहक जापानका राजदुत ज़स्ता) भरोटैहरुको वास्तविक अनुहार समाजमा देखाउनु भएकोमा हार्दिक बधाई छ । साथै यसै ब्लगबाट यस्ता कर्मचारीहरुलाई नेपाल सरकारबाट आवश्यक कारवाहीको लागि पनि अनुरोध गर्दछु साथै यसै ब्लगबाट यस्ता कर्मचारीहरुलाई नेपाल सरकारबाट आवश्यक कारवाहीको लागि पनि अनुरोध गर्दछु । अबका दिनमा पनि यस ब्लगको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

निरज , डी. सी. अमेरिका

Anonymous said...

जापानका प्रजातन्त्रप्रेमी साथीहरु

राजदुतबासको घटना एकदम आपत्तिजनक हो । सबैजनाले छिटॊ भन्दा छिटॊ राजदुताबासमा गएर राजदुतलाई बिरोध गर्नुपदछ ।

हरि भुजेल
जापानका प्रजातन्त्रप्रेमी साथीहरु

राजदुतबासको घटना एकदम आपत्तिजनक हो । सबैजनाले छिटॊ भन्दा छिटॊ राजदुताबासमा गएर राजदुतलाई बिरोध गर्नुपदछ ।

हरि भुजेल
रियाद

Unknown said...
This comment has been removed by the author.