Wednesday, December 24, 2008

घोर निन्दा र भ्रत्सना

माओवादीका भातृ सँगठनहरु द्वारा मिडिया माथि भैरहेको शृँखलावध्द आक्रमणको पछिल्लो चरणमा यही पुष ६ गते माओवादीको मजदुर भातृसँगठनले प्रतिष्ठित हिमाल मेडिया माथि गरेको कायरतापूर्ण आक्रमणको हामी घोर निन्दा र भ्रत्सना गर्दछौँ।
माओवादीका भातृ सँगठनहरु द्वारा मिडिया माथि भैरहेको शृँखलावध्द आक्रमण मानव अधिकार, प्रेस अनि अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मुल्य र मान्यता प्रति नाङगो आक्रमण हो। जुनसुकै वाहनामा आक्रमण गरिएको भएता पनि हिमाल मेडियामा गरिएको आक्रमण नित्तान्त अपराधिक कार्य हो र यस्ता अपराधिक कार्यमा सँलग्न दोषीहरु माथि तत्काल कानून अनुशार कारवाही चलाइ विधिको शासन र लोकतन्त्र प्रति माओवादीहरुको विश्वास युक्त प्रतिवध्दताका लागि जोडदार माग गर्दछौँ।

भवदिय,
महेश कुमार श्रेष्ठ परमेश्वर पोखरेल
अध्यक्ष महासचिव
नेपाली जन सँपर्क समिति जापान
मिति: २३ डिसेमवर २००८

No comments: