Sunday, December 7, 2008

सभापति कोइराला अस्पतालमा

महेन्द्रगरको सभालाई मंसिर २१ गते सम्वोधन गरेर २२ गते राजधानी आईपुगेका नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आकश्मिक रुपमा अस्पताल भर्ना गरिएको छ ।मंसिर २२ गते दिउँसो महेन्द्रनगरबाट हेलिकप्टर चढेर काठमाडौ आइपुगेका कोइरालालाई अहिले बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रको आकश्मिक कक्षमा राखिएको छ । कोइरालालाई अहिले अक्सिजन दिएर राखिएको छ । कोइरालाले हिजो महेन्द्रनगरमा पार्टीको सभालाई सम्वोधन गरेका थिए । कोइरालाको स्वास्थ्य अवस्थाको बिस्तृत बिवरण प्राप्त हुन बाँकि छ ।

No comments: