Monday, December 15, 2008

इराक भ्रमणमा रहेका अमेरिकी राष्ट्रपती बुश माथी जुत्ता प्रहार

राष्ट्रपती कार्यकालको अन्तीम समयमा इराकको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपती जर्ज डब्लु बुश माथि जुत्ता प्रहार भएको छ । डीसेम्बर १४ तारिकका दिन बग्दादमा उनी पत्रकार सम्मेलनमा बोलीरहेका बेला त्यहां रहेका पत्रकारको भिडबाट एकजना टेलिभीजन पत्रकारले ड्यास मा रहेका बुशमाथि एक्कासी जुत्ता प्रहार गरे । तर बुशले त्यस जुत्तालाई छल्न भने सफल भए । पत्रकारले लगातार दुई पटक सम्म जुत्ता प्रहार गर्ने बित्तिकै त्यहां रहेका सुरक्षाकर्मी र अन्य पत्रकारले जुत्ता प्रहार गर्ने पत्रकारलाई रोकेका थिए । जुत्ता प्रहार पछि बुशले जुत्ता १० नं (२७ से.मी) को थियो भन्दै सम्मेलनमा जोक गरेका थिए । आफ्नो कार्यकालको सायद अन्तिम इराक भ्रमणमा रहेका बुशले आफ्नै आंखा अगाडि यस्तो बेईज्यती सहनु परेको छ ।

No comments: