Friday, December 12, 2008

लश्करे तोइबाका नाइके घेराबन्दीमा

इस्लामाबाद, मंसिर २६ (एजेन्सी) मुम्बई आक्रमणमा मुख्य दोषी मानिएका मुस्लिम लडाकु नेतालाइ घरमै बसिरहेको बेला घेराबन्दी गरिएको बीबीसीले जनाएको छ। घेराबन्दीमा परेका यी हाफिज मोहम्मद सइदलाइ भारतले लश्करे तोइबाका नाइकेको रुपमा उल्लेख गर्दै आएको थियो। अधिकारीहरुका अनुसार जमाते उद दावा नामको यसको एउटा सामाजिक संगठन समेत बन्द भइसकेको छ। राष्ट्रसंघले यसलाइ लडाकुहरुकै संगठनका रुपमा उल्लेख गरेपछि यसो भएको हो। केहि दिनअघि मुम्बई काण्डमा एक सय ७० को मृत्यु भएको थियो। त्यसका निम्ति पाकिस्तानी लडाकु समूहलाइ भारतले दोषी ठहर गर्दै आएको छ।

No comments: