Wednesday, December 10, 2008

नेसाजद्वारा संकलित रकम हस्तान्तरण


नेपाली विद्यार्थी समाज जापान (नेसाज) द्वारा नेपालका बाढी-पीडितहरुको सहयोगको लागी संकलित रकम प्रधानमन्त्री दैवी सहायता तथा उद्दार कोष मा जम्मा हुने गरी महामहिम राजदुत डा. गणेश योंजन तामाङ लाई नेपाली राजदुतावास टोकियो मा आयोजीत एक कार्यक्रम बीच हस्तान्तरण गरियो । नेसाजका कान्तोऊ-क्षेत्रका उपाध्यक्ष माधब प्रसाद सेढाईं र सचिव राजेन्द्र पराजुलीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको उक्त रकमको राषी ५०,००० येन रहेको छ । डिसेम्बर ९ तारिख मंगलवारका दिन उक्र रकम हस्तान्तरण कार्यक्रममा राजदुत डा. तामाङले नेसाजको यस किसिमको कार्यको लागी धन्यवाद दिनुहुदैं नेसाजले आउने दिनमा अझै राम्रा कामहरु गर्ने र त्यसको लागी आफुहरुले सक्दो सहयोग गर्ने कुरा बताउनुभयो । कार्यक्रममा नेपाली राजदुतावासका उप-नियोग प्रमुख दुर्गा बहादुर सुवेदी (दुवसु) क्षेत्री को पनि उपस्थिती रहेको थियो । उहांहरुले जापानमा रहेका विद्यार्थीहरुको बारेमा आफुहरुले पनि केहि नयां कार्यक्रम ल्याउने सोच बनाईरहेको र त्यसको लागी सहयोग गर्न नेसाजलाई आग्रह गर्नुभयो । नेसाजका प्रतिनिधी माधव प्रसाद सेढाईं र राजेन्द्र पराजूलीले नेसाजका गतिबिधी र नेसाजका भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

No comments: