Sunday, December 21, 2008

हिमाल मिडियामा माओवादी आक्रमण

काठमाडौं, नेकपा माओवादीका कार्यकर्ताको ५० जनाको समूहले आइतबार मध्याह्न १२ बजे हिमाल खबर पत्रिकाको हात्तीवनस्थित समाचार कक्ष र छापाखानामा प्रवेश गरी प्रकाशक, पत्रकार र कर्मचारीमाथि आक्रमण गरी कार्यालय तोडफाड गरेका छन्। हिमाल मिडियाका प्रकाशक तथा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितसहित कार्यकारी निर्देशक आशुतोष तिवारी, फाइनान्स अफिसर बिन्दिरा शाक्य र पत्रकार डम्बर श्रेष्ठ माओवादी आक्रमणमा घाइते भएका छन्।
माओवादी समर्थित अखिल नेपाल रेष्टुराँ मजदुर संघका अध्यक्ष रमेशबाबु पन्तको नेतृत्वमा रहेको झण्डै ५० जनाको टोलीले आक्रमण गरेको हिमाल मिडियाले जनाएको छ। पत्रकार किरण नेपालका अनुसार मजदुर निकाल्ने र त्यसका विरुद्ध समाचार लेखेको भन्दै उनीहरुले आक्रमण गरेका थिए।
सम्पादक दीक्षितले दिएको जानकारीअनुसार आक्रमणकारीमध्ये माओवादी मजदुर संघका रमेश केसीको पनि पहिचान भएको छ। आक्रमणका लागि आएका पचास जनामध्ये २५ जना जब्बरजस्ती कार्यालयमा पसेको र अन्य २५ जना बाहिर बसेको हिमाल मिडियाले जनाएको छ। उनीहरूले पत्रिकाको वैठक कक्षमा तोडफोड गरेको र झ्यालका शिशा फुटाएका छन्।यसैबीच नेकपा एमाले र नेपाली कांग्रेसका सभासद् तथा नेता‍हरूको टोलीले घटनास्थलको निरीक्षण गरी हिमाल खवर पत्रिकाका प्रकाशक र सम्पादकसँग घटनाबारे जानकारी लिएका छन्।एमाले नेता केपी ओली, अमृत बोहरा, ईश्वर पोख्रेल तथा कांग्रेसका नवीन्द्रराज जोशीले माओवादी अराजकताको कारण यस्तो घटना भएको प्रतिक्रिया दिएका छन्। एमाले नेता ओलीले घटनालाई माओवादी सत्ता उन्मादको पराकाष्ठा भनेका छन्। उनले सभ्य समाज, कानुनी राज र प्रेस स्वतन्त्रताको खिल्ली उडाएको प्रतिक्रिया दिएका छन्।यसैबीच एमाले र माओवादीबीचको आइतबार बस्ने भनिएको बैठकमा पनि यस घटनाले प्राथमिकता पाउने भएको छ। एमाले नेता ओलीले यस घटना बैठकको प्रमुख एजेन्डा हुने जानकारी संचारकर्मीलाई दिएका छन्।उता कांग्रेस सभासद् जोशीले घटनाको निष्पक्ष छानविन नभएसम्म संसदको कारवाही अवरुद्ध पार्ने बताएका छन्।तर रेष्टुराँ मजदुर संघका अध्यक्ष पन्तले भने घटनामा आफ्नो सहभागिता नभएको जिकिर गरे। ´म अन्यत्रै बैठकमा छु´ उनले दैनिकीलाई संक्षिप्त प्रतिक्रिया दिए। उता केही समयअगाडि हिमाल मिडियाबाट अवकास दिइएका माओवादी सम्बद्ध छापाखाना मजदुर संघ हिमाल मिडियाका अध्यक्ष दीपक भनिने टंक संग्रौलाले आफूहरूको त्यसमा संलग्नता नभएको र बदनाम गराउने षडयन्त्र भइरहेको प्रतिक्रिया दिएका छन्।हिमाल मिडियामाथि दुई महिनायता भएको यो तेस्रो आक्रमण हो। यसअगाडि कार्यकारी निर्देशक तिवारीको गाडीका सिसा फुटाइएको थियो भने हिमालको मंसिर अंक जलाइएको थियो।हिमाल पत्रिकाको यस अंकमा माओवादी मजदुर भातृसंगठनका कारण देश धरासायी हुँदै गएको खवर प्रमुखता साथ छापिएको छ।
नेपाली कांग्रेसले पनि घटनाको भत्सना गरेको छ। कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले हिमाल मिडियामा हिमाल मिडियामा भएको आक्रमणको पनि विरोध गरे। मिडियामाथिको आक्रमण लोकतन्त्र, प्रेस स्वतन्त्रतामाथिकै आक्रमण भएको जनाउँदै यस्ता क्रियाकलापले माओवादीको सर्वसत्तावादी चरित्र देखिएको बताए।
कांग्रेसकी सभासद कमला पन्तले पनि माओवादीद्वारा हिमाल मिडियामा भएको आक्रमणको बचाउ गर्ने माओवादी सभासद् शालिकराम कट्टेलको अभिव्यक्तिप्रति कडा आपत्ति जनाइन्। ´कर्मचारीको निकालिएका छन् भने त्यसका लागि कानुनी प्रक्रिया छ।´ उनले भनिन, "यो तरिकाले आक्रमण गर्नु निन्दनीय छ।´
यसैबीच हिमाल मिडियामा आक्रमण गरेको घटनाको रिपोर्टर्स क्लब नेपालले भर्त्सना गरेको छ। क्लब अध्यक्ष ऋषि धमलाले जारी गरेको विज्ञप्तिमा घटनालाई सिंगो प्रेसमाथिको नांगो आक्रमण भन्दै त्यसविरुद्ध प्रेस र न्यायप्रेमी नागरिकहरु एकजुट भई उभिनुपर्ने अवस्थाआएको उल्लेख गरिएको छ ।´प्रेसको बैठक कक्षमै आक्रमण गरी आक्रमण गर्ने दुष्प्रयास सभ्य समाजका लागि सह्य हुनसक्दैन । यसबारे माओवादीले आफ्नो धारणा प्रष्ट पार्नुपर्छ,´ विज्ञप्तिमा छ। सरकारले प्रेसमाथि सुरक्षा दिन नसकेको भन्दै विज्ञप्तिमार्फ् क्लबले तत्काल शान्तिसुरक्षाको गयारेन्टी गर्न भनेका छन्।साँझ हिमाल मिडियामा भएको आक्रमणको घटनाको निरीक्षण गर्न पुगेका सत्तारुढ एमालेका महासचिव माधवकुमार नेपालले घटनालाई ´प्रेस स्वतन्त्रता विरुद्धको काम´ भनेका छन् । उनले हिमालका सम्पादक तथा सहकर्मीहरुलाई नआत्तिन समेत ढाढस दिए ।उक्त घटनाको विरोधमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको बैठक समेत वहिष्कार गरेको जानकारी उनले दिए । "यसको विरोधमा आज अपरान्ह ४ बजेको बैठक यसैको विरोधमा बहिष्कार गरेका छौं", उनले भने । "प्रेस स्वतन्त्रतामाथि अधिनायकवादी सोचबाट प्रेरित भई पटक-पटक आक्रमण भएको छ ।

No comments: