Monday, December 15, 2008

व्यापारीमाथि गोली प्रहार

वीरगंज,२९ - अज्ञात समूहले आइतबार साँझ वीरगंज व्यापारीमाथि गोली प्रहार गरेको छ। साँझ ६ बजेतिर उक्त समूहले वीरगंज महावीरस्थानस्थित आयुर्वेदीक पसलमा बसेका विश्वनाथ भगत माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
दाहिने कुममा गोली लागेका भगतको वीरगंजस्थित ए एमसी अस्पतालमा उपचार भइरहेको छ। अस्पताल सूत्रका अनुशार उनको अवस्था खतरा मुक्त छ। खुद्रा व्यापारसंघका अध्यक्षसमेत रहेका भगतमाथि गत जेठमा समेत गोली प्रहार भएको थियो।
यसै वीच मधेशी मुक्ती टार्इगस नामक सशस्त्र समूले स्थानीय संचारकर्मीलाई टेलीफोन गरी घटनाको जिम्मेवारी लिएको छ। सुल्तानको कमाण्डमा गएको टोलीले विश्वनाथ माथी गोली प्रहार गरेको सो समूहको दावी छ।
जेठको घटनाको विषयमा विश्वनाथको उजुरीमा प्रहरीले आफ्नो कार्यकर्ता पक्राउ गरेकाले उनलाई बदला लिएको सो समूहले दावी गरेको छ।

No comments: