Saturday, February 21, 2009

प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको समीक्षा गर्ने

प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादी नेतृत्वको सरकारमाथि सहमति तोडेकोले सरकारको गम्भीर समीक्षा गर्ने सो पार्टीका नेताहरुले बताएका छन्। शुक्रबारदेखि शुरु भएको सो पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले अध्यादेश विवाद तथा सरकारले गरेका प्रतिबद्धताहरुको कार्यान्वयनको स्थितिबारे लेखाजोखा गर्ने उनीहरुले उल्लेख गरेका छन्।
पार्टी केन्द्रिय कार्यालय सानेपामा छ महिनाको अन्तरालमा बसेको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकको पहिलो दिन मुख्यगरी पार्टीको संसदीय दलको विधान अनुमोदन गर्नमै केन्द्रित रहेको थियो।
शनिबारदेखि फेरी बस्ने सो बैठक नेकपा माओवादीको नेतृत्वमा रहेको सरकारको गम्भीर समीक्षा गर्नमा लाग्ने सो पार्टीका नेताहरुले बताएका छन्।

No comments: