Thursday, February 12, 2009

मात्रृकाद्धारा नेकपा माओवादी पुर्नगठन

माओवादी नेता मात्रृका यादवले आफू एकिकृत माओवादीमा नरहेको तथा नेकपा माओवादीलाई नै पुर्नगठन गरेको घोषणा गरेका छन् । 
नेता यादवले प्रचण्ड लगायतका नेताहरु माओवादी छाडेर नयाँ पार्टीमा गएको बताउँदै आफू माओवादी केन्द्रीय सदस्य नै रहेको उल्लेख गरेका छन् । राजधानीमा माघ २९ गते पत्रकार सम्मेलन गरेर यादवले संविधानसभा सदस्यबाट राजिनामा दिएको घोषणा समेत गरे । कार्यक्रममा यादवले छिट्टै सभामुखलाई लिखित राजिनामा दिने जानकारी दिए ।
नेकपा एकता केन्द्र मसालसँगको एकिकरण भक्तपुरको खरिपाटीमा भएको माओवादी राष्ट्रिय कार्यकर्ता भेलाको म्यान्डेट विपरीत भएको कार्यक्रममा यादवले उल्लेख गरे । पुस २९ गते एकता केन्द्रसँगको एकिकरणपछि बनेको एकिकृत माओवादीमा यादवलाई पोलिटब्यूरो सदस्य बनाइएको थियो । पत्रकार सम्मेलनमा उनले शान्ति प्रकि्रया पछि प्रचण्डले क्रान्तिकारी नेता कार्यकर्ताको कुरा नसुन्ने गरेको दाबी गरे । एकिकृत माओवादी अध्यक्ष प्रचण्डले क्रान्तीकारी नेता गुमाउँदै गएको बताउँदै यादवले भने 'पार्टी एकिकरणको नाममा युद्धको बेलामा व्यापार व्यावशाय गरेर बसेकाहरुलाई प्रचण्डले नेता बनाएका छन् ।' यादवले शान्ति प्रकि्रयापछि माओवादी केन्द्रीय समितिको वैठकमा मधेशको विषयमा छलफल हुनै नसकेको बताए । उनले क्रान्ति पक्षधर नेता कार्यकर्ता माओवादी लडाकुको आफ समर्थन रहेको दाबी गरे । माओवादी छाडेकाहरुले बनाएको 'रिभुलिसनरी लेफ्ट वीङ' का नेताहरुसँग छलफल भएपनि एकताको टुङ्गो लागि नसकेको यादवले पत्रकार सम्मेलनमा जानकारी दिए ।

No comments: