Tuesday, February 10, 2009

मात्रृका यादव माओवादी छाड्दै

माओवादीका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री मात्रृका यादव माघ २९ गते पत्रकार सम्मेलन गरी पार्टी छाडेको घोषणा गर्ने टुङ्गोमा पुगेका छन् । 
एकिकृत माओवादीका पोलिटब्यूरो सदस्य मात्रृका यादवले पार्टीबाट राजीनामा दिने भएका छन् । यादवले माघ २९ गते दिउँसो २ बजे काठमाडौं सिंहदरवारस्थित नेपाल वार एसोसियशनको हलमा पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गर्ने जानकारी दिए । 'एकिकृत माओवादीमा म छैन भन्ने भोली घोषणा गर्नेछु, अब माओवादी फेरी ब्युँतिनेछ' यादवले भने ।
माओवादीको एकताकेन्द्र मसालसँग गत महिना एकता भएपछि यादव पार्टीसँग असन्तुष्ट थिए । त्यही कारण एकिकृत माओवादीको सबै कार्यक्रममा यादव अनुपस्थित थिए । 'एकिकृत माओवादीमा मेरो नाम त्यसै राखिएको छ, मेरो पार्टी त्यो होइन भन्ने भोली म सार्वजनिकरुपमा भन्ने छु' यादवले भने । माओवादी पार्टी पुनर्गठनका लागि भोलीदेखि नै लाग्ने पनि उनले जानकारी दिए ।
यसैबीच, माओवादीको 'जनयुद्ध दिवश' फागुन १ का बेला देशका बिभिन्न भागका माओवादी कार्यकर्ताले पार्टी त्याग्ने तयारी गरिरहेको श्रोतहरुले बताएका छन् । उता, माओवादी छाडेकाहरुको मोर्चा 'रिभुलिशनरी लेफ्ट वीङ' ले फागुन पहिलो साता राजधानीमा भेला गरेर पार्टी घोषणा गर्दैछ । वीङका नेता मणि थापाले यादवसँग आफ्नो समूहको निकटता रहेको तथा छिटै नै दुवै समूह एउटै पार्टीमा आउने सम्भावना रहेको बताए ।

No comments: