Friday, February 20, 2009

ल क्याम्पसमा एलएलएम लाई एसी

नेपाल ल क्यापसमा एलएलएम (कानुनमा स्नातकोत्तर) तहमा अध्ययनरत विद्यार्थीले अब एसीसहितको कक्षाकोठामा अध्ययन गर्न पाउने भएका छन्। नेपाल ल क्याम्पस नेपालमा एलएलएम तहको पढाइ हुने एक मात्र सरकारी क्याम्पस हो। आधुनिक कक्षाकोठा स्ववियुको पहलमा निर्माण भएको हो। एलएलएम अन्तर्राष्ट्रियस्तरको पढाइ हुने कक्षा भएको र लगातार ६/७ घन्टासम्म सेमिनार कक्षाहरूमा अध्ययन गर्नुपर्ने भएकोले जाडोमा अत्यधिक चिसो र गर्मीमा अत्यन्त तापमा अध्ययन गर्न कठिन हुने भएकोले कक्षाकोठामा एसी जडान गरिएको स्ववियु सभापति नवराज थपलियाले घटना र विचारलाई जानकारी दिनुभयो। नेपाल ल क्याम्पसले एलएलएम तहमा अध्ययनरत विद्यार्थीका लागि इ–लाइब्रेरीको सुविधासमेत प्रदान गर्दै आएको छ।

No comments: