Wednesday, February 18, 2009

एमालेको नेतृत्वका निम्ति तीन नेताको तिब्र प्रतिस्पर्दा

एमाले आठौं महाधिवेशनको बन्द सत्रमा फागुन ६ गते प्रस्तुत गर्ने भनिएको राजनीतिक प्रतिवेदन फागुन ७ गते प्रस्तुत हुने भएको छ । पूर्व स्थायी समिति सदस्य इश्वर पोखरेलले बन्द सत्र ढिलो सुरु भएको तथा विदेशी पाहुनाहरुले बोल्न क्रम जारी रहेकाले राजनीति प्रतिवेदन आज प्रस्तुत हुन नसकेको जानकारी दिएका छन् । यसै वीच एमालेको आठौं महाधिवेशनमा एमाले नेतृत्वका निम्ति तीन नेताको तिब्र प्रतिस्पर्दा हुने भएको छ ।
शुरुमा, सहमतिमा नेतृत्व चयन गरिने बताईंदै आएतापनि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूबीच महाधिवेशनको बन्द सत्र अघिदेखि नै गुटबन्दी शुरू भएको छ। चालु महाधिवेशनले पारित गर्ने संशोधित विधानले पार्टीको सर्वोच्च स्थान दिएको अध्यक्ष पदका लागि भूतपूर्व महासचिव माधव नेपाल, अहिलेका महासचिव झलनाथ खनाल र बरिष्ठ नेता केपी ओलीको प्रचारमा कार्यकर्ताहरू जुटेका छन् । यो महाअधिवेशनमा वर्तमान महासचिव खनाल माओवादीसंगको वर्तमान समिकरण र निकटताले पार्टीलाई भिन्न र ठोस दिशातर्फ पनि लैजान नसकेको र अलग विचार प्रदान गर्न नसकेको आरोप खनालमाथि लगाएका छन्। त्यसकारण वर्तमान पार्टीको अवस्था नाजुक रहेको र पार्टीको मार्ग निर्देशन र सिद्धान्तको रूपमा रहेको जनताको बहुदलीय जनवादको ठोस पक्षधरको रूपमा आफूलाई चिनाउंदै आएका नेता ओलीले सो सिद्धान्तको रक्षा र प्रभावकारी कार्यन्वयनका लागि नेतृत्व पाउनुपर्ने जिकिर उनी निकट कार्यकर्ताहरूको छ।

No comments: