Monday, October 13, 2008

सभासद्लाई साइकल उपहार

टोकियो, असोज २६ - भारतले सभासद् ओर्सार्न बस दिएलगत्तै जापानका नेपालीले साइकल उपहारको घोषणा गरेका छन् ।
उनीहरूले कांग्रेस सभासद् नवीन्द्रराज जोशीलाई टोकियोमा आयोजित कार्यक्रममा सभासद्हरूलाई साइकल किन्न २२ हजार रुपैया“ दिए । असोज १७ गते टोकियोको व्यस्त बजार सिनजुकुमा आयोजित कार्यक्रममा नेपाली जनसर्म्पर्क समिति, जापानका अध्यक्ष महेश श्रेष्ठले उक्त रकम दिएका हुन् ।
उनले इच्छुक अन्य सभासद्लाई पनि साइकल दिने घोषणा गरे । यसका लागि जापानका नेपालीस“ग चन्दा संकलन थालिएको उनले
बताए । 'भारतीय सहयोगको बस चढ्नुभन्दा नेपाली पसिना मिसिएको यो उपहार स्वीकार्न हामी सभासद्लाई अनुरोध गर्छर्ाा,' श्रेष्ठले कान्तिपुरसित भने, 'नया“ नेपालको संविधान बनाउने जिम्मा पाएका सभासद्लाई सरकारले यातायातको व्यवस्था गर्न नसकेको देख्दा हामी खिन्न छौं ।'
पेट्रोलियम अभाव खेपिरहेका बेला सभासद्ले साइकल चढे नेपाली समाजमा राम्रो सन्देश जाने उनको धारणा छ । 'जापानमा अधिकांश साइकल चढ्छन् । सभासद्लगायत विशिष्ट व्यक्तिले यसको सुरुवात गर्ने हो भने राजधानीमा साइकल संस्कृति भित्र्याउन सकिन्छ,' उलने भने । उनले वातावरणीय प्रदूषण, पर्यावरणको संरक्षण गर्दै राजधानीलाई 'हरियो सहर' बनाउने अभियान सुरु गर्न उनले सभासद्हरूलाई आग्रह पनि गरे ।
सभासद् जोशीले भने जापानमा बस्ने नेपालीले दिएको साइकल चढेर एक दिन बैठकमा सहभागी हुन जाने बताए । उनले जापानमा रहेका नेपालीले उपहारबाट दिन खोजेको सन्देश सभासद्हरूसमक्ष बा“ड्ने बताए ।
'सधै“ साइकल चढ्ने पर्ूवाधार विकासका लागि आफ्नोतर्फाट संसद्मा कुरा राख्छु,' उलने भने, 'प्रदूषणरहित सहर र पर्यावरणीय विकासका लागि साइकल सहरको पर्ूवाधार निर्माणको योजना बनाउन दबाब दिने भूमिका खेल्न यो उपहारले उत्प्रेरित गरेको छ ।'

No comments: