Wednesday, October 22, 2008

संसद पुनः बहिष्कार

कपिलबस्तुमा आफ्नो पार्टीका कार्यकर्ताको हत्या भएको घटनालाई लिएर सरकारले गम्भीररुपमा नलिएको बताउदै तराई मधेस लोकतान्त्रिक पार्टीका सभासदले बिधायिका संसद बैठक पुनः बहिष्कार गरेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका सभासदहरुले चौथो दिन पनि बिधायिका संसद बैठक बहिष्कार गरेका छन् । कार्तिक ६ गते संसद बैठक सुरु हुनासाथ तमलोपा सभासद जितेन्द्रप्रसाद सोनलले कपिलवस्तुमा आफ्नो पार्टीका कार्यकर्ताको हत्या भएको घटनालाई सरकारले गम्भीररुपमा नलिएको बताउनासाथ तमलोपाका सबै सभासदले रोष्टम नजिक गएर नाराबाजी गरेका थिए ।
तमलोपा सभासदहरुको बहिष्कारपछि संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका सभासद डा. प्रकाशशरण महतले शान्ति तथा संविधान निर्माण प्रकृया सहमतीबाट गर्नुपर्ने भए पनि माओवादी नेतृत्वको सरकारले शान्ति प्रक्रियालाई सहमतिमा अघि बढाउन बेवास्ता गरेर बिथोल्न खोजेको दावी गरे । शान्ति समितिलाई द्वन्द्व समितिमा परिणत गर्ने काम सरकारले गरिरहेको उल्लेख गर्दै महतले सरकारले यस्ते गरिरहे कांग्रेस कुनै समितिमा सहभागि नहुने तथा विनियोजन विधयेक पारित गर्न नदिने चेतावनी दिए । संसद बैठकमा विनियोजन विधयेक अन्तर्गत कानून, उद्योग, कृषि, सूचना, जलश्रोत, भौतिक योजना, र रक्षा मन्त्रालयका विभिन्न शीर्षक माथि छलफल गर्ने कार्यक्रम छ । आजको बैठकमा १ सय ३० जना सभासदले बोल्ने कार्यक्रम छ ।

No comments: