
दौरा सुरवाल र भादगाउँले टोपीसहित राष्ट्रिय पोशाकमा उपस्थीत प्रधानमन्त्री नेपाललाई त्यस्तै पोशाकमा उपस्थित राष्ट्रपतिले सपथ गराउनुभएको थियो । सपथका क्रममा राष्ट्रपतिले इश्वरका नाममा भन्ने शब्द उल्लेख गरेपनि प्रधानमन्त्री नेपालले भने सो शब्द उच्चारण गर्नुभएन् ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवाषचन्द्र नेम्वाङ, सत्तासाझेदार राजनीतिक दलका नेताहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा संवैधानिक अंगका प्रमुखहरुको उपस्थीति थियो । नयाँ सरकार निर्माणप्रति असहमति र बिरोध जनाएको एकीकृत नेकपा माओवादीका नेता नरायणकाजी श्रेष्ठ प्रकाशसमेत समारोहमा उपस्थीत हुनुुहुन्थ्यो ।
प्रधानमन्त्री नेपालले तत्कालका लागि पार्टीका दुई नेतालाई मन्त्री नियुक्त गर्नुभएको छ । दुवैलाई आजै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री नेपालले सपथ ग्रहण गराउनुभयो ।
नयाँ मन्त्रीमण्डलमा एमाले उपाध्यक्ष बिद्या भण्डारीलाई रक्षामन्त्रालय र नेता सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रालयको जिम्मेवारी तोकिएको छ । सपथ लिएलगत्तै संचारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री सुरेन्द्र पाण्डेले असार महिनाभित्रै बजेट ल्याइने जानकारी दिनुभयो ।
मधेसी जनाधिकार फोरम र नेपाली कांग्रेसबाट समेत एक एक सदस्य सहभागी बनाई सानो मन्त्रीपरिषद बनाउने तयारी गरिएको भएपनि कांग्रेस र फोरमले आफ्नो प्रतिनिधिको टुंगो लगाउन सकेनन् ।
No comments:
Post a Comment