Sunday, May 3, 2009

प्रधान सेनापति हटाइए, खड्का कायममुकायम

काठमाडौं, भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रधान सेनापति रुक्माङगद कटवाललाई हटाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघि बसेको मन्त्री परिषद् बैठकले सेनामा दोस्रो वरियताका कूलबहादुर खडकालाई कायममुकायम मुकरर गरेको छ। सत्ता साझेदार एमालेले बैठक बहिष्कार गरेको थियो भने फोरमले निर्णय प्रक्रियामा असहमति जनाएको थियो। बैठक सकिएपछि प्रधानमन्त्रीले कटवाल र खड्कासँग केहीबेर कुरा गरेका थिए।
त्यसपछि खड्का पहिले र कटवाल केहीबेरपछि त्यहाँबाट बाहिरिएका थिए भने चिठी नबुझी कटवाल ज‌गी अड्डामा छलफल गर्दैछन । मन्त्री परिषद्को निर्णयबारे राष्ट्रपतिलाई जानकारी दिइसकिएको एक मन्त्रीले बताए।मन्त्री परिषद्अघि बसेको पाँच दलको बैठकमा सहमति नभएपछि माओवादीले एकल निर्णय गरी प्रधान सेनापति हटाएको हो। यो बैठकमा प्रधानमन्त्रीले मन्त्री परिषद् बैठकले प्रधान सेनापति हटाउने जानकारी दलका नेताहरुलाई गराएका थिए । मन्त्रिपरिषद्को बैठकले सैनिक ऐन २०६३ को धारा ११ को उपदफा ३ अनुसार प्रधानसेनापतिलाई बर्खास्त गरेको जनाएको छ।

No comments: