Monday, January 19, 2009

बर्डफ्लु नेपालको अहिलेसम्मको ठूलो समस्या : कृषि मन्त्री

वीरगन्ज माघ ५ कृषि तथा सहकारी मन्त्री जयप्रकाशप्रसाद गुप्ताले पूर्वी नेपालमा भेटिएको ´बर्डफ्लू´ मुलुकको वर्तमान सबै समस्याभन्दा बढी विकराल भएको बताएका छन्।
रिपोर्टस क्लब पर्साद्वारा आइतबार बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुप्ताले यसको निराकरणका लागि सम्पूर्ण देशबासी एकजुट हुनुपर्ने बताए। ´यो नेपालमा भएको सबैभन्दा ठूलो समस्या हो´, उनले भने– ´यसको समाधानका लागि सर्वसाधारण तथा संचारकर्मीलाई आ–आफ्नो तर्फबाट सहयोगी भूमिका खेल्न आग्रह गर्दछु।
केही दिनअघि नेपालको पूर्ववर्ती शहर काकडभिट्टामा बर्डफ्लू भेटिएपछि सरकार अत्यन्तै गम्भीर भएको उनले बताए। सुविधा सम्पन्न देशमा समेत निराकरण गर्न नसकेको यो समस्या नेपालजस्तो देशका लागि दुर्भाग्य भएको उनले सुनाए। ´म यसै मञ्चबाट विश्व खाद्य संगठन, युरोपियन युनियन, विश्व स्वास्थ्य संगठनलगायत्सँग सहयोगको आग्रह गर्दछु´, उनले थपे– ´यस विकराल समस्यासँग नेपाल एक्लै जुध्न सक्दैन। नेपाल बर्डफ्लू भेटिने संसारको ६६ औं अभागी देश बनेको मन्त्रीले सुनाए। आजैबाट पक्षी मारिने मन्त्री गुप्ताले प्रभावित क्षेत्रलाई लक्षित गरी आजबाट पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गर्न १० वटा ´किलिङ टोली´ त्यसतर्फ गएको जानकारी दिएका छन्। टोलीले ४–५ दिनभित्रमा प्रभावित क्षेत्रका हाँस, कुखुरा, परेवा, लौकाटलगायतका पक्षी मारिने उनले जानकारी दिए। साथै पक्षीसँग सम्बन्धित दानालगायत्का पदार्थ पनि नष्ट गरिने जानकारी दिए। त्यस भेगका केही मानिस उक्त अभियानको विरोधमा उत्रेकामा चिन्ता जनाउँदै मन्त्री गुप्ताले यस अभियानमा सहयोग गर्न त्यहाँका बासिन्दालाई आग्रह गरे। ´हाँस परेवाको मूल्य राजमार्गमा मारिएका पक्षीको क्षतिपूर्ति जसरी नमाग्न आग्रह गर्छु´, उनले थपे– ´मुलुकका अन्य भागमा यो समस्या नजाओस् भन्नाका लागि उहाँहरुले सहयोग गर्न जरुरी छ। हाँस, परेवाको मूल्य नपुगको भन्दै त्यहाँका बासिन्दाले विरोध गरेका हुन्। कार्यक्रममा मन्त्रीले अण्डा खाए होटल सम्झनामा आयोजित कार्यक्रमको समाप्तिसँगै आयोजकले उपलब्ध गराएको नास्तामा अण्डासमेत समावेश थियो। सीमावर्ती सहर वीरगन्ज संचारकर्मीले अण्डा खान अनकनाएपछि मन्त्री गुप्ताले प्लेटबाट अण्डा निकालेर कपाकप खाएका थिए। उनले अण्डा खाएको दृष्य खिच्न पत्रकारको तछाडमछाड भएपछि मन्त्री गुप्ता ´सेतो अण्डा त है नि´ भन्दै झस्केका थिए।

No comments: