Friday, January 9, 2009

एमालेमा महासचिवको प्रतिवेदन लामो भएकामा विरोध

अराजक व्यवहार रहेसम्म एमाले माओवादीप्रति नरम हुन नहुनेविद्या चापागाईं, काठमाडौं पुस २४सत्तारुढ नेकपा एमालेमा केन्द्रीय सदस्यहरुले महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदन लामो भएकामा रोष प्रकट गर्दै त्यसलाई छोटो बनाउन माग गरेका छन्। एमालेको जारी २३ औं बैठकमा बिहीबार बोल्ने सदस्यहरुले लामो राजनीतिक प्रतिवेदन लामो भएको उल्लेख गर्दै स्थानीय तहका आमकार्यकर्ता तहसम्म लैजानुअगाडि त्यसलाई छोटो बनाउन दबाब दिएका हुन् । बैठकमा महासचिवले प्रस्तुत गरेको प्रतिवेदन ८० पेज लामो छ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार बैठकमा सदस्यहरुबाट प्रतिवेदनमा सातौं महाधिवेशनपछिको उपलब्धि र पार्टीका कमजोरीका विषयलगायत राज्यको पुनस्रंरचनाको सवाललाई प्रतिवेदनमार्फत् नै समेट्नुपर्ने सुझाव आएको जानकारी दिए । ´प्रतिवेदनमा कतिपय कुरा दोहोरिएका छन् भने राज्यको पुनस्रंरचनालगायतका कतिपय सवाल छुटेकाले तिनलाई पनि समेट्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल भयो´ उनले भने । आसन्न आठौं महाधिवेशनको तयारी तथा त्यसमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजलाई अन्तिम रुप दिन एमालेको मंगलबारदेखि २३ औं केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। एमाले स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले बैठकमा जनताको बहुदलीय जनवादले एमालेको कार्यदिशा निर्देश गर्ने भएकाले त्यसलाई समयअनुसारको थपघट गर्दै समृद्ध बनाउनुपर्ने तर यसको विकल्प भने खोज्न नहुने विषयमा छलफल भएको जानकारी दिए।स्रोतका अनुसार बैठकमा वक्ताहरुले वाईसीएलको अराजक गतिविधि बढेकाले एमालेले माओवादीप्रति नरमपना देखाउन नहुने धारणा व्यक्त गरेका छन्। माओवादी र एमालेको राजनीतिक धार अलग भएका कारण माओवादीसँग कुनै पनि हालतमा पार्टीको कार्यगत एकता हुन नसक्ने विचारसमेत उनीहरुको थियो। एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार ´कतिपय सवालमा माओवादीसँग सहकार्य गर्न सकिन्छ भने कतिपय कुरामा उनीहरुसंग सघर्ष पनि गर्नुपर्ने हुन्छ´ भन्दै सदस्यहरुले बैठकमा राजनीतिक हिसाबले अघि बढ्ने क्रममा कतिपय सवालमा माओवादीलाई रुपान्तरण पनि गर्न सकिने भएकाले तीन शब्द सहकार्य संघर्ष र रुपान्तरणलाई प्रतिवेदनमा राख्नुपर्ने सुझाव दिए ।कतिपय सदस्यले संविधानसभामा ६० प्रतिशत सदस्य वामपन्थीले जितेका छन् भन्दै महासचिवले माओवादीको विजयलाई पनि एमालेको उपलब्धिको रुपमा व्याख्या गरेकामा आपत्ति प्रकट गरेका थिए । उनीहरुले माओवादीविरुद्ध कडा रुपमा प्रस्तुत हुन सरकारमा रहेका आफ्ना नेताहरुलाई आग्रह गरेका थिए ।बैठकमा रघु पन्त रवीन्द्र श्रेष्ठ केदार न्यौपाने राजेन्द्र पाण्डेसहितका १३ केन्द्रीय सदस्यले महासचिव खनालको प्रतिवेदनमाथि बोलेका थिए । प्रतिवेदनमाथिको छलफल शुक्रबारसम्ममा सकिने स्रोतले जनाएको छ । बैठकमा बिहीबारसम्म जम्मा २५ सदस्यले बोल्ने क्रम सकिएको छ । बैठक शुक्रबार बिहान ११ बजेदेखि पुनः बस्नेछ।

No comments: