भारतको आर्थिक शहर मुम्बईमा बुधवार भिषण आतंककारि हमला भएको छ । मुम्बई शहरको प्रतिकको रुपमा चिनिने ताज होटल लगायत बिभिन्न प्रमुख १० स्थानमा एकै समयमा भिषण हमला भएको छ । आक्रमणमा परि हालसम्म ९ बिदेशी नागरिक सहित १०१ जनाको ज्यान गएको छ । जसमा जापानका एक ग्यास कंम्पनीका कर्मचारी समेत रहेका छन जो बुधवार ताज होटलमा हमला हुनुभन्दा ठीक केहि समय अगाडी मात्र चेक-ईन् भएका थिए । घटनामा अन्य कयौ बिदेशी नागरिकहरु पनि हताहत भएको खबर छ । हमलामा भारतका प्रहरीका उच्च अधिकारी डी.आई.जी. समेत ११ प्रहरीको ज्यान गएको छ । आक्रमण पछि आतंककारिहरुले होटलमा कयौं ब्यक्तिहरुलाई आफ्नो कब्जामा लिई बंधक बनाईरहेका छ्न । ब्रिटेनको शाशनकालमा सन १९०३ मा निर्माण भएको ताज होटल भारतको सबैभन्दा पुरानो लक्जरी होटल हो ।भारतको प्रमुख ब्यावसाहिक शहरको रुपमा चिनिने मुम्बईमा भएको आतंककारि हमलाको बिश्वका संचार माध्यमहरुले प्रमुखताका साथ प्रसारण गरिरहेका छ्न । आर्थिक उन्नती तिब्र रहेको भारतमा बिश्वका धेरै बहुरार्ष्ट्रिय कंपनीहरुले लगानी गरिरहेका छ्न । यस घटनाले भारतमा कस्तो प्रभाव पार्नेछ त्यो भने हेर्न बांकि नै छ । घटना पछि बिभिन्न देशले भारतमा बिभिन्न कामले रहेका आफ्ना नागरिकहरुको बारेमा जानकारि लिने काम गरिरहेको छ भने अन्तराष्ट्रिय बिमान स्थलमा भारत छाड्ने बिदेशीहरुको घुईंचो लागेको बिभिन्न समाचार माध्यमहरुले जनाएका छ्न । होटलमा रहेका बन्धक हरु छुटाउन सुरक्षा फौजले कार्वाही अगाडि बढाईरहेका छ्न ।
भारतका प्रधानमन्त्री मनमोहन सिंह ले राष्ट्रको नाममा संबोधन गर्दै घटना बारे दु:ख ब्यक्त गरेका छ्न र जनतालाई सचेत हुन आव्हान गरेका छ्न । घटनालाई बिभिन्न देशले निन्दा गरेको छ भने घटनाको जिम्मा डेकन मुजाहिदीन नामको संगठनले लिएको छ ।
No comments:
Post a Comment