Sunday, November 23, 2008

'माओवादीलाई सेनामा समायोजन हुन दिन्न'

माओवादी छापामारलाई राष्ट्रिय सेनामा समायोजन हुन कुनै हालतमा नदिने चेतावनी नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले दिएका छन् ।
नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी छापामारलाई राष्ट्रिय सेनामा समायोजन गर्नेबारे आफूले कुनै सहमति मात्रै नभएर छलफल पनि नगर्ने बताएका छन् । मंसिर ७ गते नेपालगंजमा आयोजित पार्टीको राष्ट्रिय जागरण कार्यक्रममा बोल्दै कोइरालाले सेनामा राजनीतिकरण गर्ने माओवादीको अभियानलाई आफूले रोकेरै छाड्ने उल्लेख गरे । कार्यक्रममा कोइरालाले सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेट हौवा मात्र भएको दावी गर्दै त्यो लागू नहुने धारणा राखे ।
करिब आधा लामो सम्वोधनको क्रममा कांग्रेसका बयोबृद्ध सभापति कोइरालाले माओवादी लडाकु संगठन वाईसीएल नियन्त्रण गर्न आफूले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक भनेको तर, नमानेको उल्लेख गरे । 'यो सरकार र माओवादीको भविष्य अब वाईसीएलसँगै समाप्त हुन्छ' बिभिन्न जिल्लाबाट जम्मा भएका पार्टीका कार्यकर्ताअघि कोइरालाले दावी गरे । कार्यक्रमलाई कोइरालाले बसेर सम्वोधन गरेका थिए ।

No comments: